Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

करिश्माको नयाँ काम : बाबुरामको पछाडि प्लेकार्ड बोकेर धर्ना बस्ने

Posted on April 11, 2016April 11, 2016 by Salokya

Dharna-Chaitra28 (1) (1) सदाबहार सुन्दरी नायिकाको रुपमा पनि पहिले चिनिने करिश्मा मानन्धर आजभोलि फिल्ममा खासै देखिँदैनन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा घोषित रुपमै प्रवेश गरेकी करिश्मा आजभोलि पार्टीकै कार्यक्रमहरुमा देखिन थालेकी छिन्। मधेसी दलहरुले सिंहदरबार केन्द्रित आन्दोलन गर्ने भनिरहेका बेला त्योभन्दा अघि सिंहदरबार घेर्न पुगेका (खासमा भद्रकालीमा धर्ना बस्न गएका) बाबुरामको पार्टीका कार्यकर्ताहरुमा करिश्मा पनि एक थिइन्। बाबुरामको पछाडिपट्टी बसेर “महिला हिंसा अन्त्य गर” लेखिएको प्लेकार्ड बोकेर उनी बसेको बाबुरामकै प्रचार विभागले पठाएको फोटोमा देखिएको छ।
Dharna-Chaitra28 (1) (1)
उता माओवादी एक नम्बरको पार्टी हुँदा प्रचण्डसँग सडकमै नाच्ने अर्की नायिका रेखा थापाले माओवादीबाट चुनाव लड्नेसम्म कुरा आएको थियो। तर अहिले भने उनले एउटा अन्तर्वार्तामा भनेकी छिन्- उहाँले धेरै काम गर्न सक्नुहुन्थ्यो। अलिकति संगठनभित्र र पारिवारिक झमेलामा फसेर गर्न सक्नु भएको छैन। बिग्रनुभयो? परिवारवादमा लाग्नुभयो? बिग्रेको त होइन तर परिवारवादमा लागेको हो। देश हाँक्ने नेताले सम्पूर्ण जनता आफ्नो सन्तान हो भनेर नेतृत्व गर्नुपर्ने हो। यसले अरुलाई पनि झकझकाउँथ्यो। (पूरा पढ्नुस्)

रेखाको अहिले पनि फिल्म चल्दै गरेको कारण उनी क्रिटिकल हुन सकिन्। करिश्मा त कार्यकर्ता भइसकेकी छिन्। उनी बाबुरामको राम्रो/नराम्रो पक्षप्रति क्रिटिकल हुन सक्लिन् त? कि सँधै बाबुरामकै पछाडि प्लेकार्ड बोकेर बसेको देखिने हो। ठीकै हो त्यो पनि, एक कार्यकर्ताले नेताको लागि त्यति त गरिदिनै पर्‍यो।
Dharna-Chaitra28 (1) (1)-001

Dharna-Chaitra28 (3)

7 thoughts on “करिश्माको नयाँ काम : बाबुरामको पछाडि प्लेकार्ड बोकेर धर्ना बस्ने”

  1. Kushal says:
    April 16, 2016 at 8:37 am

    अब हुँदा हुँदा स्तन मा ट्याटु खोपेका हरु नेतागिरी गर्ने भए। हेर देश को हालत। यो देशचलाउन धेरै पढ्नु पर्दैन। ८ क्लास पढेकी चर्चित नायिका को हो भन्दा करिस्मा भन्थ्यौँ साना मा । अब नेता गिरि तिर लागिन। यसो मिडिया मा देखिरहने बानी। बाबुराम को पछडी नबसे त मिडिया मा न आइने भो क्या गरून् त।

    Reply
  2. सिर्जने says:
    April 13, 2016 at 10:25 pm

    महिला हिंसा “नियन्त्रण” गर्ने कि “अन्त” गर्ने? नियन्त्रण भन्नाले ‘regulate” भन्ने अर्थ लाग्न सक्छ नि /

    Reply
  3. myloma says:
    April 12, 2016 at 10:17 am

    खै के खै के, भ्रस्ट हरुको जमात नया शक्ति ?

    Reply
  4. राजन says:
    April 12, 2016 at 3:52 am

    भारतका ट्टुहरु, किन उतै मोर्दैनन् ? अमेरीकी नीगरीकता लिएर नेपालमा राजनिती गर्नु अनैतिक मात्र हैन अबैध पनि हो । अमेरीकामा गरीखान मेहनत गर्नु पर्यो नि फोकटको खान नेपाल पुगीछ स्याल ।

    Reply
  5. mohan says:
    April 11, 2016 at 7:43 pm

    १७ हजार निर्दोष नेपालीको हत्याराको मतियार फेरी अर्को मुखुण्डो लगाएर बसेछ र साथ दिँदैछन् सरम पचेकहरुको एक हुल|

    Reply
  6. harihar sharma says:
    April 11, 2016 at 2:32 pm

    ठिक छ / नेपालमा बेरोजगारले गर्ने काम भनेकै बिरोध हो / गर्छ /

    Reply
  7. Shankar says:
    April 11, 2016 at 2:02 pm

    राजनीति रुपी ब्यापार मा लागेर छिटो छिटो धनि हुन् चाहने हरु ,
    नेता बनेर मन भित्रको बासि राजनीतिक महत्त्वाकंश्या को गन्ध र डंकार ओकल्न चाहने हरु ,
    नक्कली अरविन्द केजरिवाल , स्मृति इरानी हरु ,

    तिमीहरु सबैले सोध तिम्रा चमेरो नेतालाई , हिजो १४००० गरिबलाई धारिलो हतियार ले गिड्ने आदेश दिनेबेलामा नैतिकाता , मानबता काहा गा थ्यो ? मुस्ताङ्ग चडेर मुसाको अचार खान ?

    अनि यो नया शक्ति हो कि , शक्तिकपुर ? एस्तो लाग्छ ,शक्ति कपुर को बम्पर उपहार को बिज्ञापन ;;” आफ्नो जवान बहुबेटी हामीलाई दिनुस , र ढुक्क हुनुस”
    इस तेरो नया सक्ति छेपारो हरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme