Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चितवनकी अस्मी श्रेष्ठ बनिन् मिस नेपाल, हिरोइन सोध्छिन्- मिस नेपाल कि मिस नेवार?

Posted on April 8, 2016April 8, 2016 by Salokya

12936551_1081227901937046_7230814705085490120_n
चितवन घर भएकी २२ वर्षीया अस्मी श्रेष्ठ मिस नेपाल २०१६ बनेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछन्। श्रेष्ठ मिस नेपाल घोषित भएपछि सामाजिक सञ्जालमा मिस नेपालमा एउटै जातिको मात्र वर्चस्वमाथि प्रश्न उठ्यो। पशुपतिप्रसाद फिल्मकी हिरोइन वर्षा शिवाकोटीले लेखिन्– मिस नेपाल कि मिस नेवार?
barsha
अघिल्लो मिस नेपाल इभाना मानन्धर थिइन्। त्यसभन्दा अघि सन् २०१४ मा सुविन लिम्बु मिस नेपाल थिइन्। त्यसअघि २०१३ मा इसानी श्रेष्ठ, २०१२ मा सृष्टि श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१० मा सदिच्छा श्रेष्ठ नेवार समुदायकै थिइन्। २००९ मा जेनिशा मोक्तान मिस नेपाल थिइन्।

२००७ मा शिताष्मा चन्द, २००५ मा सुगरिका केसी मिस नेपाल थिइन् भने २००४ मा पायल शाक्य। २००३ मा प्रीति सिटौला, २००२ मा माल्भिका सुब्बा, २००० मा उषा खड्गी, १९९९ मा श्वेता सिंह मिस नेपाल थिइन्।

१९९८ मा ज्योति प्रधान मिस नेपाल भए पनि पछि उनको ताज खोसी निरु श्रेष्ठलाई दिइयो। उनी पहिलो नेवार जातिकी मिस नेपाल थिइन्।

त्यसअघि १९९७ मा नीलिमा गुरुङ, १९९६ मा पुनम घिमिरे, १९९५ मा सुमी खड्का मिस नेपाल भइन्। पहिलो मिस नेपाल रुबी राणा थिइन्।

यस पटक ललितपुरकी रोशनी खत्री फर्स्ट रनर्सअप र सप्तरीकी वर्षा लेखी सेकेन्ड रनर्सअप भइन्। रोशनीले मिस अर्थ र वर्षाले मिस इन्टरन्यासनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

हेर्नुस् आयोजक मिस नेपालबाट साभार गरिएका केही फोटोहरु-

12961567_1081227948603708_7812513714545290705_n
मिस नेपाल अस्मी। यसपालि ताज फेरिएको छ।

12985434_1081227978603705_6936704171069844796_n

वर्षा लेखी
वर्षा लेखी

12928427_1081227618603741_7790981652122869424_n

फस्ट रनर्स अप रोशनी खत्री
फस्ट रनर्स अप रोशनी खत्री
फस्ट रनर्स अप रोशनी खत्री
फस्ट रनर्स अप रोशनी खत्री

12938343_1081198435273326_7693197028989420181_n

12924454_1081198411939995_163192561933381326_n

फाइनलमा पुगे पनि उपाधिविहीन भएकी दुई सुन्दरी

नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ
सिर्जना रेग्मी
सिर्जना रेग्मी

टप टेनमा पुग्न सफल सुन्दरी

सन्दीपा लिम्बु अश्मी श्रेष्ठ सोनिया शर्मा नम्रता श्रेष्ठ आश्मा केसी नम्रता श्रेष्ठ वर्षा लेखी रोशनी खत्री आयुष्मा श्रेष्ठ सिर्जना रेग्मी
1

2

3

4

5

6

7

8

9

10

33 thoughts on “चितवनकी अस्मी श्रेष्ठ बनिन् मिस नेपाल, हिरोइन सोध्छिन्- मिस नेपाल कि मिस नेवार?”

  1. Surya Giri says:
    April 14, 2016 at 5:33 pm

    नेवारहरुले नेवारीभाषा लाइ नेपाल भाषा भने जस्तै, मिस नेवारलाई पनि मिस नेपाल भनेको हुनुपर्छ है, यसमा मेरो आफ्नो लजिक !

    Reply
  2. Shreeram Siwakoti says:
    April 11, 2016 at 5:32 pm

    वर्ष तिमि सानै देखि इर्स्यालु थियौ…यी छेत्री भनौदा हरुलाई किन बन्ने मौका दिन्छौ

    Reply
  3. devendra says:
    April 11, 2016 at 9:43 am

    of course, Newar must be separate from the Janajati Team because they’re very sophisticated people in Nepal and their living standard is very high than Janajati or others so they’ve their own historical, cultural image so Newar should be the next icon of Nepal

    Reply
  4. भैरब says:
    April 10, 2016 at 10:02 pm

    नेपाल कला कृतिको देश..
    मन्दिरै मन्दिरको देश..
    राग, ताल ,नाच, गान, चाडपर्बको धनि देश..
    संस्कृतिको धनि देश…!!!
    हरेक Miss Nepal हरुले सजिलै प्रस्तुत गर्ने कुराहरु हो नेपालको बारेमा …..
    तेती बेला यो संस्कृति कसले बचाई राखेको हो…
    कसको सिर्जना हो कसैले सिकयेना कि के हो..?
    येस्मा बाहुनहरुको कति योगदान छ ….. सत्तामा गएर जनतालै लापर्बाह गर्न बाहेक ? बात कर्ता है वर्ष जी !!!
    Certaintly, Newars have better talent than others which has been proved by our history.
    Why can’t Newar be Miss Nepal ? We have never complained about those Bahun politicians even they are not able to talk and decide any issue which will be beneficial for his own country.

    Reply
    1. kancha says:
      April 11, 2016 at 5:05 am

      अनि सरकारी जागिर र राजनीतिमा कोटा मागे जस्तै बाहुनलेनि मिस्स नेपाल, ब्यापारी, डाक्टर, बैंकर, राजदूत हरु मा कोटा माग्ने नै भो नि त .कि त सबै कुरा मा चेमता ले गर्ने भनेर छुट दिनु पर्यो सबैलाई .एकतिर कोटा नि चियो ,अर्को तिर जो संग चेमता छ तेइ हुन्छ भन्न त मिलेन नि पासा

      Reply
  5. HarataraH says:
    April 10, 2016 at 4:01 pm

    साथि हो, तपाईहरुका विचार पढें! मेरो नि हेर्नुहोला: “संसार ५०/५० चल्दो रैछ, जस्ले मह….चाट्छ जस्तै! सो, लिभ देम! कि चै आफै गरौँ, आफै नापौ!!! ३.६ दशक र अध्ययनले यहि बुझायो!” सकिन्छ भने विरोध पनि गरौँ सुहाउदो!

    Reply
  6. chetan says:
    April 10, 2016 at 3:57 pm

    यो मामला मा चै छेत्रि, कुमाइ, बाहुन(छेकुवा) दशनामिलाइ पछारे छ है नेवारले, तेसो भएत बर्षाजि नेपालमा प्रधानमन्त्रि होइन बाहुनमन्त्रि अर्थात छेकुवामन्त्रि, प्रधानन्यायधिस हैन बाहुनन्यायधिस अर्थात छेकुवान्यायधिस, प्रधान सेनापति हैन छेकुवासेनापति अर्थात बाहुनसेनापति
    बनाउनु पर्ने बेला पो भो कि कसो??

    Reply
  7. Gyan Narayan Singh says:
    April 10, 2016 at 2:41 pm

    यो च्वांची हिरोईनलाई कसैले चिन्दैन अनि कसैले गन्दैन , त्यहि भएर यिनले आफ्नो नाम पपुलर गर्ने मार्केटिंग स्टन्ट गरेकी हो ! अब हेर्नु न हामि नचिन्ने ले सुद्द यिनलाई अलिकति भए पनि चिन्यौं नि ! संसार भरिको थर्ड क्लास हिरोईंन हरुले निमार्ता संग कास्टिंग काउंच मा काउंच काउंच गरेर पनि सफल हिरोईन बन्न सकेन भने गर्ने यस्तै मार्केटिंग स्टन्ट नै हो , भारतीय पुजा मिश्रा जस्तै नेपालमा पनि आयो एउटी ..

    Reply
  8. tullu_pradhan says:
    April 10, 2016 at 5:42 am

    ओ कान्छा भाइ तिमि कुन जात को हो थाहा छैन ल तेसो भए तिमि लाइ डाक्टर बनाइदिनु पर्ला जस्तो छ बिरामी जाँच्ने?

    Reply
  9. tullu pradhan says:
    April 10, 2016 at 5:30 am

    यो अरु केहि होइन यो so called हेरोइन वर्षा सिवाकोटी भन्ने आफ्नो मेहनत ले हेरोइन भएको होइन कुन बाहुन ले हेरोइन बनाइदियो हेरोइन भयो. एसको केहि talent छैन. competition मा पठाउने हो भने सबै भन्दा लास्ट हुन्छ. बुद्दि नभएको हेरोइन रेखा थापा पछि को अर्को बुद्धि हीन हो. एउटा हेरोइन डाक्टर र पाइलट बराबर भन्ने अर्को बाहुन्नीले जितेन भनेर बबण्ड मचाउने. त्यो के लिग लिक कोट को दौड हो खुरुक्क उठेर कोटा बाट मिस नेपाल बनाउने? मुर्ख हेरोइन

    Reply
  10. Babu Ram Dawadi says:
    April 9, 2016 at 9:57 pm

    मिस नेपाल कि मिस नेवार? सह्रै सटिक र पेचीलो प्रश्न लाग्यो मलाई त। यो प्रश्न स्टेजमा ईभ्यालुयटरले सोद्धा ठीक हुन्थयो। मिस नेपाल कि मिस खत्री, मिस नेपाल कि मिस बाहुन, मिस नेपाल कि मिस लिम्बु, मिस नेपाल कि मिस मधेसी, मिस नेपाल कि मिस थारु? आदि आदि। देशको परिस्थितिलाइ हेरेर उठेको प्रश्न हो यो। सबैलाई चेतना भया। नेपालीमा जातिय द्वन्त चलिसक्यो कतिले नेपाली भन्दा पनि मधेसी भनेको रुचाउंछन, कतिले नेपालि हैन लिम्बु, तमु, मगर, किरांत, खस आदि आदि भन्न रुचाउंछन आज भोली, जसले नेपाल र नेपाली को पहिचानमा आघात परेको मैले महसुस गरेको छु। यही परिस्थितिमा कतै यि सुन्दरीले पनि म मिस नेवार भन्न रुचाऊछु न कि मिस नेपाल भन्दा पो भन्ने हुन कि आफ्नो उत्तरमा। यिनिले पनि कतै मगर, राई, मधेसी, खस आदीलाई जस्तै नेपाली भन्दा आफ्नै थरको पहिचानलाई पो प्रायोरिटी दिने हुन कि? के बेर। यस्तो जटिल प्रश्नको लागि धन्यबाद दिन्छु है म त।

    Reply
    1. tullu_pradhan says:
      April 10, 2016 at 5:44 am

      त्यो केहि होइन यो वर्षा लाइ सानो बेला स्कुल मा rhyme पढेको थिएन होला खाली rhyme बनाएको मात्रै जस्तो लग्यो मलाई त!

      Reply
  11. Prava says:
    April 9, 2016 at 6:40 pm

    Why are you discriminating against caste? she won because of her talent, not because she is NEWAR. manxe ko yesto bichar xa ta country kasari develop hunxa?
    This way you won’t end caste discrimination..you will increase it…Shame on Nepali people

    Reply
  12. eklavya says:
    April 9, 2016 at 4:14 pm

    Miss shiwakoti how dumb you are ? Proud to be nepali not being casted they will all represent at international level as nepali not by their caste. Change your thought its shame on you….

    Reply
  13. sushil says:
    April 9, 2016 at 3:03 pm

    यी मिस नेपाल भए, नमिस नेपाल चाहिं कस्ता हुँदारैछन?

    Reply
  14. Rishav says:
    April 9, 2016 at 2:57 pm

    I’m pretty sure there is an intelligent Nepali girl who has the body and looks of Sandipa Limbu, vocal talent of Srijana Regmi, elegance of Asmi Shrestha, cuteness of Prerana Adhikari, and sexiness of Roshani Khatri (not her teeth though). That lady will win the Miss World for us. Sorry, miss siwakoti, not sorry.

    Reply
  15. राजन says:
    April 9, 2016 at 1:06 pm

    यस्ता सुन्दरी प्रतियोगितामा दीमाग चाहीने भए पो बाहुनले जीतथ्यो ।

    Reply
    1. राजन says:
      April 10, 2016 at 5:13 pm

      सरी, मैले गलत लेखेको हो, दीमाग यि नानीको अवश्यै होला । सफलताको धेरै धेरै कामना ।

      Reply
  16. shiva says:
    April 9, 2016 at 12:12 pm

    सबै शासक बाहुन हुँदा ( सबै बाहुन शासक होइन है) …….एउटै भाषा सस्कृती लाई प्रसय दिदा चित्त नदुखने ……..बिदेशी लिपि देवनगिरी लिपि सम्बिधान त सरकारी काम्काज को भाषा बनाउदा चुइक्क नबोल्ने…….बिदेशी हस्तक्षप भयो नभन्ने…….न गोर्खा को बासिन्दा न त गोर्खाली (खस नेपाली?) भाषा मातृभाषा तर पनि गोर्खली पहिचान बिश्वभर चम्काउन राई लिम्बू गुरुङ मगर नेवार लागि पर्दा तिमी गोरखा भाषी खुसी हुने…….तिमी बाहुन क्षेत्री हरु के भाको ? देश मा सदियौ देखि हालिमुहाली गर्दा नि पुगेन ? एउटै भाषा जाती धर्म संस्कृतिले सदियौ सम्म शासन गर्दा अरुलाई के भयो होला ??

    Reply
  17. I'm Nepali says:
    April 9, 2016 at 11:03 am

    त्यो सिवाकोटी भन्ने लाइ अगाडी जान नपाएर हो कि जातिएको कुरा गर्दै छ त, अहिले पनि जातिएको कुरा,

    Reply
  18. राम बाबु श्रेष्ठ says:
    April 9, 2016 at 10:29 am

    िमस नेवा: नै हो रे िकन बाहुन्नीलाई रिस ? बाहुनराज चलेको छ कति जनतालाई दु:ख िदईरहेको छ मतलब छैन । देश बेचेर खाईरहेको छ बाहुनराजले याद गर्नु ।

    Reply
  19. Michael says:
    April 9, 2016 at 8:35 am

    निलो सारी लाउने बाहेक अरु त्तेत्ति राम्री लागेन हो | मिस्टर नेपाल पनि गर्नु पर्यो , कति मिस नेपाल मात्र |

    Reply
    1. Shreeram Siwakoti says:
      April 11, 2016 at 5:36 pm

      दाजु….हामी बाहुन र नेवार मिलेको यो छेत्री लै किन मन नपरेको हो ….?????????????????????????????????????

      Reply
      1. Michael says:
        April 13, 2016 at 9:53 am

        भाइ
        जो कोइ पनि मान्छे कोइ कसैसग मिलेको बा न मिलेको हुँदैन | दुबैको स्वार्थ मिले केहि बेर सगै चल्ने हो | आज धेरै नेपालि युवा हरु आफ्नै बा , आमा छोडेर युरोप , अमेरिका पलायन भा छ त् अरु मिल्ने कुरा धेरै पर को हो , यो जात ,त्यो जात को कुरा राजनीति र स्वार्थ को लागि उठी रा छ | नेवार को दुश्मन नेवार मै हुन्छ ( अन्सियार दाजु भाइ ), बाहुन को बाहुन नै , मदिसे हरु आफु आफु लडी रा छ| अहिले मुलकुरा देश मा ग्रिह युद्द निम्त्याउने ठुलो अभ्यास हुँदै छ , के गर्दा युद्द हुन्छ | तेस्का लागि डलर खेति गर्ने येन जो वो हरु ,भारत , इ यु , अमेरिका लागि परेको छ |

        Reply
  20. Dr. Suraj Shrestha says:
    April 9, 2016 at 7:47 am

    Congratulations to Miss Nepal, First Runnerup, Second Runnerup other title winners 2016 !!!

    Suraj
    Nepalgunj

    Reply
  21. Bidur says:
    April 9, 2016 at 5:51 am

    ‘मिस नेपाल’ कि ‘मिस नेवार’ भन्ने कुरा प्रचण्ड वा बाबुरामलाई सोध्नु होला. यस्ता अदुरदर्शी नेताले सत्तामा आउनको लागि जातको राजनीति नगरेको भए मिस नेपालको थर के हो कसैले भाडभैलो सायदै गर्थे !!! अनि अस्मि श्रेष्ठलाई धेरै धेरै बधाई, यू डीजर्बड फर द टाईटल !!!

    Reply
  22. ming joshi says:
    April 9, 2016 at 2:31 am

    नेपाल प्रशाशन कि बाहुन प्रशाशन, नेपाल सरकार कि बाहुन सरकार,नेपाल को प्रधामन्त्री कि बाहुनको प्रधानमन्त्री???????……………..

    Reply
  23. Saran thapa says:
    April 9, 2016 at 1:35 am

    ‘Prime minister of nepal’ or ‘prime minister of bahuns’!

    Reply
  24. dor rampur says:
    April 9, 2016 at 1:28 am

    लामो नाक र अनुहार भएका बाहुन भन्दा बाटुलो अनुहार र सानो नाक भएका सुन्दरी लै नेपाली हरुले मनपराएर हो कि सदै जनजाती हुने ? यो कुरा मा भेने बाहुन छेत्री ले अधिकार माग्नु पर्ने भो ! सबिधान संसोधन गर्नु पर्छ कि ???

    Reply
  25. jhalak agar says:
    April 9, 2016 at 12:45 am

    यो कुरामा म पटक्कै सहमत छैन किनकी जति ट्यालेन्ट होस,जति पनि पढाईमा जति अब्बल होस तर तिनीहरु जहिले सरकारी तह होस जुनसुकै कुट्नितीक तह होस त्यसमा आरु जातिको कुनै उपस्थिती नै छैन त्यसमा मात्र छन क्षेत्री बाहुन अब भन्नुस यो देशलाई चै ब्राह्मण राज्य भन्ने कि नेपाल एकृक्रीत राज्य भन्ने सिबाकोटी जि???!!

    Reply
  26. Samir Chohan says:
    April 9, 2016 at 12:10 am

    १ टा मुला सुन्दरि प्रतियोगिता , अर्को जातको मन्छे ले continious जित्दा, बाहुनीको कन्सिरी तात्दो रहेछ ,
    कहिले सोचेको छ​, राज्य र सरकारमा बाहुनहरुको मात्र हालि-मूहाली हुदा अरु समुदयलैइ कस्तो fell हुन्छ ????
    between I am madeshi, and don’t care , who ever win the Miss Nepal,,,,,
    but this statement from this girl shows the hyprocratic mentality of so called bahuns.

    Reply
    1. om says:
      April 9, 2016 at 2:00 pm

      किन नेवार चै नेपाली हैन र ,यो युग मा किन जातभात को कुरा मा अल्झने ,जो काबिल छन् उसले नै जित्छ …त्येती नि थाहा छैन ..नेवार भएर जितेको हो त कस्तो बुद्धि नभाको केटि रहेछ …

      Reply
    2. kancha says:
      April 9, 2016 at 8:51 pm

      धेरै फुर्ति नलागौ सोल्टा, बाहुन जत्तिकै नेवार पनि नेपालको सोशक हो, ५% भएर १८% कर्मचारी तिम्रै,४०% ब्यपारी तिम्रै, ५०% बैंकर ,डाक्टर,प्रोफेसर तिम्रो ,अनि टिम चै के बाहुन भन्दा कम सशक हो र गाठे ?आज हामी जनजातीको कोटा खैदिने पनि काठमाडौँ कै नेवार ले,
      बाहुन काठा भन्दा कत्ति नि कम छैनौ तिमि नि

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme