Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बच्चाले पनि बुझ्ने गरी #PanamaPapers लिकको व्याख्या : खासमा यो के हो?

Posted on April 6, 2016 by Salokya
स्केच साभार : गार्डियन
स्केच साभार : गार्डियन

अहिले विश्वभर हङ्गामा भइरहेको र आइसल्यान्डका प्रधानमन्त्री त राजीनामा दिनसमेत बाध्य भएको ‘पनामा पेपर्स’ लिक के हो भनेर सरल भाषामा बुझाउन अस्ति नै यो ब्लग लेखिसकेको थिएँ – #PanamaPapers लिक के हो बुझ्नुभो? सजिलोसित बुझ्न यो पढ्नुस् तर यो पनि बुझ्न अलि गाह्रो भयो भन्ने गुनासो इमेल र च्याटमा आयो।

रेड्डिटका एक प्रयोगकर्ता DanGliesack ले पाँच वर्षको बच्चाले पनि बुझ्ने गरी यो जटिल विषयको एउटा व्याख्या गरेका छन्, जसलाई मूलधारे मिडियाले समेत साभार गरेका छन्। उनकै व्याख्यालाई नेपाली परिवेशमा ढालेर भावानुवाद गरेको छु, शायद् यसले चाहिँ सजिलोसँग बुझाउन मद्दत गर्छ कि-

रामबहादुरसँग एउटा खुत्रुक्के थियो। आफूसित अलिकति पैसा हुने बित्तिकै उसले त्यही खुत्रुक्केमा जम्मा गर्थ्यो। उसले आफ्नो खुत्रुक्के खाटमुनि लुकाएर राख्ने गरेको थियो। तर रामबहादुरकी आमालाई उसले खुत्रुक्के कहाँ राखेको छ भनेर थाहा थियो। आमाले बारम्बार खुत्रुक्के जाँच्थिन्- पैसा राख्यो कि, निकाल्यो कि थाहा पाउँथिन्।

रामबहादुरले एक दिन निर्णय गर्छ, मेरो पैसा मेरी आमाले चियाएको मलाई मन परेन। अनि ऊ अर्को एउटा खुत्रुक्के बोकेर श्यामबहादुरको घरमा जान्छ। त्यो खुत्रुक्के रामबहादुरले आफ्नो नाम लेखी श्यामबहादुरको कोठाको खाटमुनि राख्छ।

श्यामबहादुरकी आमा निकै व्यस्त हुन्छिन्। त्यसैले उनले रामबहादुरकी आमाले चैँ खुत्रुक्के जाँच्ने फूर्सद पाउँदिनन्। त्यसैले रामबहादुरले आफ्नो खुत्रुक्के त्यहाँ राखेको कुरा गोप्य नै बनाउन सकिन्छ।

अब टोलका सबै बच्चाहरुले यो त राम्रो उपाय हो भनेर सोच्न पुग्छन्। अनि सबै जना खुत्रुके लिएर श्यामबहादुरको घरमा जान्छन्। अब श्यामबहादुरको खाटमुनि सबै छिमेकीहरुको खुत्रुकेहरुले भरिन्छ।

एक दिन श्यामबहादुरकी आमाले कोठा सफा गर्दा सबै खुत्रुके देख्छिन्। उनी रिसाउँछिन् र सबै बच्चाका आमाबुबालाई बोलाएर भनिदिन्छिन्।

सबै बच्चाले नराम्रो कारणले त्यहाँ खुत्रुक्के जम्मा गरेका भने हुँदैनन्। रामबहादुर आफ्नो गोपनीयता चाहन्थ्यो। हरिका दाजुले चोरी गरेको रकम राम्रो ठाउँमा लुकाउन त्यसो गरेको रहेछ। कृष्ण आफ्नी आमालाई थाहा नदिई जन्मदिनको उपहार किन्न पैसा जम्मा गर्न चाहन्थ्यो। रविन्द्र अर्काको पर्सबाट रकम खुसुक्क चोर्थ्यो र बाबुआमाले थाहा नपाओस् भन्ने चाहन्थ्यो। भोजबहादुरले आफ्नै आमाको ब्यागबाट रकम चोर्थ्यो। मोटे मनोजलाई उसका आमाबुबाले जङ्कफूड र चकलेट किनेर नखाओस् भन्ने लाग्थ्यो। मनोज भने आमाबुबालाई थाहै नदिई आफूलाई मन परेको कुरा किन्न चाहन्थ्यो।

अहिले वास्तविक जीवनमा धेरै धनी र शक्तिकाली व्यक्तिहरु पनामाको श्यामबहादुरको घरमा खुत्रुके लुकाएको अवस्थामा पक्रिएका हुन्। अहिले ती सबैका आमाले थाहा पाएका हुन्। अब छिट्टै नै कसले राम्रो उद्देश्यले र कसले नराम्रो उद्देश्यले खुत्रुके राखेका हुन् भन्ने थाहा हुनेछ। पत्रकारहरु त्यही गरिरहेका छन्। तर सबैजना समस्यामा भने परेका छन् किनभने उद्देश्य जेसुकै भए पनि त्यसरी गोप्य राख्न पाइन्न थियो।

नेपालको कुरा गर्ने हो भने यहाँको कानुनले घरको रकम बाहिर लगानी गर्न अनुमति दिँदैन। यो गैरकानुनी हुन्छ।

अफसोर बैँकिङबारे सजिलो बुझाउन गरिएको यो व्याख्या तपाईँले बुझ्नुभयो नि ?

10 thoughts on “बच्चाले पनि बुझ्ने गरी #PanamaPapers लिकको व्याख्या : खासमा यो के हो?”

  1. Ram says:
    April 7, 2016 at 11:36 pm

    बाउलाई थाहा नदिएर आमाछोराले खुत्रुके सारेको हो. पैसाबोकेर Panama जानेकुरा हुन्छा? बैंक ट्रांस्फोर गर्न थाहा नदीकिना हुनसक्दैन

    Reply
  2. Michael says:
    April 7, 2016 at 12:08 pm

    के ति साचिकै श्याम बहादुर कै आमा थि इन ? बा श्याम बहादुर कै घर थियो ?
    न भए आजकाल नेपाल को समय नै एस्तो छ कि श्याम बहादुर को खाटामुनी तेत्रो धन छ भन्ने था भो भने न श्याम बहादुर , न उसको आमा कसैले बाँकी राख्दैन |
    अरुलाई भन्ने त् कुरै छैन |

    Reply
  3. sushil says:
    April 7, 2016 at 7:03 am

    अझ सजिलो बनाउँ होला है?
    राम बहादुर: छविलाल
    श्याम बहादुर: सुमार्गी
    खुत्रुके: मुक्तिश्री

    Reply
  4. Ekraj says:
    April 7, 2016 at 3:45 am

    Is is going to touch any of the most corrupt politicians of Nepal (Prachanda,Khum Bahadur, Ram Saran Mahat, Unpendra Mahato, KP Oli, Gacchedar, Rajendra Mahato etc.) In general most Ministers, Big Business men, Politicians, Sectretories, Judges, Army and Police heads of Nepal.
    Most of the the people involved in Panama are tax avoiders, rather than earning from illegal business. But Nepal’s politicains and and business people are not only financial criminals they are black marketers and tax frauders , but also mansluttes and dacoits and gansters. Who is going to punish such a organised criminal gangs when the government itself is repeatatively made out of most notorious criminals of the country.

    Reply
  5. kedar says:
    April 6, 2016 at 9:04 pm

    मज्जाले बुझियो अब चैं | धन्यबाद |

    Reply
  6. Rohini says:
    April 6, 2016 at 8:27 pm

    धन्यवाद उमेश जी | अब भने कुरो बुझियो |

    Reply
  7. Surendra Regmi says:
    April 6, 2016 at 5:46 pm

    I appreciate your nice and understandable Nepali version of Panama paper. I was reading the origin document by Dan Gliesack. He was trying to explain in simple way too. I make your own version so everybody can understand the story in as simple as they can.

    Reply
  8. डा. सुरज says:
    April 6, 2016 at 3:38 pm

    “पनामा पेपर्स” खुत्रुकेमा जेब खर्च बचत गर्ने हरुका कुरा होईन यो त बहुमूल्य धन सम्पति र नगद सहितको कालो, निलो, रातों र हरियों ठुलो सेफ सार्नेहरुका करतूत बारेको बृतान्त हो । यस्तो हलुवा किसिमले ब्याखॉ गर्न कदापि मिल्दैन ।

    डा. सुरज
    नेपालगंज

    Reply
  9. प्रविन वल says:
    April 6, 2016 at 1:39 pm

    प्रष्ट नै रहेछ| अझ आफ्नो पनि थपम है|
    श्यामबहादुरको कर्तुत क्रियाकलाप छिमेकी गाउँको अमरबहादुरले गोप्य रुपमा निगरानी गरिरहेको थियो| आफुलाई पायक पर्ने र फायदा हुने दिन सुलसुलेले थाहा पाउने गरेर बिर्को अलिकति उघारिदिने योजना थियो, त्यस्तै गरिदियो|
    रामबहादुर र अन्य खुत्रुके जनहरु कालोधन पखाल्न श्याम बहादुरको खुत्रुकेमा ओइरिएका थिए| हिउँ चुलीमा पनि हिउँ धेरै भएपछी तल झर्छ र आंधी वतासले हिमपैह्रो आइरहन्छ|
    यो त्यही निकै ठुलो हिमपैह्रो हो, कतिलाई पुर्ने हो र कतिलाई चोट लाउने हो के थाहा?
    टन्न कमाएर पापको धन थुपारेका हुन् त्यसमा दुईमत छैन| त्यस्ताको धन मात्र स्वाहा पार्ने होइन प्रतिष्ठा र अरु कमाई पनि नोक्सान हुने निश्चित प्राय छ|
    दुख गरेर कमाई गरेको धन किन पानामामा पार्किङ्ग गर्नपर्यो? कर छल्न र कमाईको अज्ञात श्रोतको कारणले हो| अज्ञात श्रोत भने चोरेको, लुटेको बराबर हो|
    भारतमा मोदीले बीजेपी चुनाव प्रचारमा कालो धन देश फर्काउने प्रतिज्ञा गरेका थिए| अरु प्रण जस्तै त्यो पनि नाकाबन्दीवाल मोदीको ढोंगी र फोस्रो थियो| यो सबैले बुझेकै हुन्| चुनाव जितेको दुई बर्ष पुग्दा पनि केहि गरेनन| उनको टार्गेट कांग्रेसका समर्थकहरुलाई लक्ष्य गरिएको थियो तर ती समर्थक हरु रातारात बीजेपीको शरणमा परे|
    अन्तमा, किन अमेरिकाका त्यस्ता कोहि पनि परेनन्? किनभने अमेरिकामा कानुनि शासन छ| कानुनको भय राख्छन| कानुन मिच्नेलाई सजाय हुञ्छै हुन्छ चाहे जोस्कै हुन् वा जुनै पार्टीका हुन्| छंदैछैन र गर्दै गर्दैन भन्ने चै होइन तर कडा कानुनी डरले पनि उस्तैले आँट गर्दैनन्|
    कानुनको लुपहोलको फायदा लिएर नाजायज लाई जायज बनाउने हो पानामाको फोस्रो बोक्रे कम्पनी|
    थर्ल्ड वर्ल्डमा जस्तो र पुटिनको साम्राज्य जस्तो होइन अर्कोलाई एकाउन्ट खोल्न लाएर सत्ताको पावर प्रयोग गरेर नाजायज कमाई गरी कालो धन थुपार्ने|

    Reply
  10. भक्तपुरे says:
    April 6, 2016 at 1:27 pm

    सरल चैं छ तर यो पाँचौ अनुच्छेदले चैं अझै नी रिङ्ग्याउछ है । यसलाई अलि स्पष्ट पार्नु होला । झैं लेख्न खोज्नु भा होला चैं भएछ । येही अनुच्छेदको अन्तिम वाक्य चैं खै कता बाट किन आको हो दांत मा ढुंगा लागे झैं हुन्छ । एस्लाई अझै स्पष्ट पार्नु पर्छ । रामबहादुर ले सोचेको कुरा हो कि तपाई ले थप्नु भएको हो? अनि लास्ट मा चै रामबहादुर भनेको यो, उसको आमा भनेको यो, श्यामबहादुर भनेको यो भनेर नी बुझाइदिये अझै काइदा हुन्छ ।

    श्यामबहादुरकी आमा निकै व्यस्त हुन्छिन्। त्यसैले उनले रामबहादुरकी आमाले चै खुत्रुक्के जाँच्ने फूर्सद पाउँदिनन्। त्यसैले रामबहादुरले आफ्नो खुत्रुक्के त्यहाँ राखेको कुरा गोप्य नै बनाउन सकिन्छ।
    भक्तपुरे

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme