Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

५ लाख आइसीमा दास बनाएर बेचिँदैछ नेपालका भूकम्पपीडित बालबालिकालाई बेलायतमा

Posted on April 5, 2016 by Salokya

01_03215918_5c9b0d_2778192a
कसैले यो बालकलाई चिन्नुभएको छ? गोडामा अलग अलग चप्पल लगाएका १० वर्षका अमित नामका यी बालकको फोटो बेलायतको दि सनमा छापिएको हो। पत्रिकामा नेपालमा भूकम्पपीडित बालबालिकालाई ५ लाख आइसीमा बेलायतमा दास बनाएर बेच्ने बारे अनुसन्धनात्मक रिपोर्ट छापिएको छ। बेच्ने चाहिँ भारतको जालन्धरमा रहेछ। नेपाली र भारतीय गरिब बालबालिकालाई बेच्ने गरिएको भनिए पनि माथिको फोटोको बालक भारतीय हो कि नेपाली हो खुलेको छैन।

बच्चा बेच्ने मख्खन सिंहले बच्चाहरुलाई लाइनै राखेर ‘एउटा नेपाली इंग्ल्यान्ड लानुस्, उनीहरु राम्रा हुन्छन्। घरायासी काम गर्न, खाना पकाउन राम्रो हुन्छ। कसैले केही खोज्न आउँदैन’ भनेको रिपोर्टमा उल्लेख छ।

सिंहले धेरै नेपाली केटालाई बेलायत पठाइसकेको बताएका छन्। तपाईँले बेलायतमा नेपाली केटाहरु देख्नुभएको होला समेत भनेका छन्।

नेपालको बालगृहबाट बच्चाहरु विदेशतिर निर्यात हुने बारे त पहिले पनि समाचार आएका हुन् तर यसरी भारतबाट समेत दलालहरुले बच्चा बेच्ने कुरा भने पहिलो पटक प्रमाणसहित खुलासा भएको हो।

दि सनको विस्तृत समाचार यहाँ क्लिक गरी पढ्नुस्।

यो समाचारपछि बेलायतमा सरकारले यस विषयमा छानबिन गर्ने भएको छ। नेपालमा भने कसैलाई वास्तै छैन।

के बेलायतमा तपाईँले पनि यसरी नेपाली बच्चालाई घरायासी कामका लागि लगिएको देख्नुभएको छ? आफ्नो कुरा तल कमेन्टमा राख्न सक्नुहुन्छ।

5 thoughts on “५ लाख आइसीमा दास बनाएर बेचिँदैछ नेपालका भूकम्पपीडित बालबालिकालाई बेलायतमा”

  1. dor prasad says:
    April 5, 2016 at 4:46 pm

    नेपाली वा भारतीय जो बेचिए पनि सारै दुखलाग्दो घटना हो ! नेपाल र भारत दुवै सरकार लै मतलब छैन ! द सन् का फोटो मा हेर्दा कति सक्कली नेपाली हुन् भन्न गारो छ … कति लै नेपाली राम्रो र शोझो भन्दै इन्डियन लै नेपाली बनाएर बेची रहेको पनि हुन् सक्छ !

    Reply
  2. karbir says:
    April 5, 2016 at 2:33 pm

    seems indians selling indians for indians in UK.Other than indian who else can do this heinous work ? The guy pronouncing Nepals name so investigation on this can be misguided. Note that wherever
    these indians go they bring their corrupt culture. Shame

    Reply
  3. प्रविण कुमार के‍.सी. says:
    April 5, 2016 at 12:53 pm

    बिगतमा बेलायतीहरु दास राख्‍ने सन्दर्भमा अग्रणी स्थानमा देखिएतापनि हालको परिप्रेक्ष्यमा बेलायत जस्तो प्रजातान्त्रिक तथा महिला अधिकार, बाल अधिकार सहितको पूर्ण मानव अधिकारलाई उच्च सम्मान गर्ने मुलुकका मुलकवासीहरुले यस्तो कुकृत्य गर्नु नपर्ने हो । तथापी ईतिहासको धङधङी अझै नमेटिएका केहि तथाकथित गोरा अथवा बेलायतमा पछि बसोवास गर्न गएका चैते बेलायतीहरुले यसो नगर्लान पनि भन्न सकिन्न त्यसैले यसको बिस्तृत रुपमा छानविन गर्न जरुरी छ । नेपाल सरकार र बिदेशी भत्ता खाएर बसेका मानव अधिकारवादीहरुलाई चेतना भया ।

    Reply
    1. dor prasad says:
      April 5, 2016 at 4:55 pm

      कुरो हेर्दा भारतीय बेलैती यो काम गरेका हुन् सक्छन … पुरातन बेलैती यो काम गर्ने सक्दैन् …. उनीहरु लै कानुनी रुप मा येदोप्ट गर्न नै प्रसस्त बाल बालिका छन् संसार मा तर त्यो गर्न महगो छ … तेसै ले भारतीय बेलैती जसको यी बालबालिका को छाला को कलर मिल्छ र भाषा मिल्छ बालबालिका तस्करी गर्न खोज्लान … मलाई बेलायत नै निकासी कति गरिए बारे संखा छ बरु भारत मै कोठी मा कति ले नाराकिये जिबन बितौदै छन् जस्तो लाग्छ |

      Reply
    2. सिर्जने says:
      April 5, 2016 at 10:32 pm

      प्रबिणजी, प्रजातान्त्रिक बिकसित मुलुक भनेर मात्रै पुग्दैन, त्यहाँ विभिन्न खालका मान्छेहरु बस्छन / हालैका बर्षहरुमा बिकसित देशमा बसोवास गर्ने मध्यपुर्बका (साउदी अरब लगायतका), भारत, पाकिस्तान लगायतका मान्छेहरु (खासगरी दुतावासका कर्मचारीहरु) ले श्रम सोषण गर्ने, बन्दी जस्तो गरी राखेर काम लगाउने आदि खाले समाचारहरु मैले देखेको छु / कम उमेरका केटीहरुलाई थुनेर यौन दासी बनेका खवरहरु पनि देखिएका छन / सबैले चनाखो हुनु जरुरि छ / माफियाहरुको जालो संसारभरी छ /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme