Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मदन पुरस्कारको नयाँ निर्णयले किताब छाप्नेहरुलाई मोज हुने भो

Posted on April 3, 2016April 3, 2016 by Salokya

‘मरिसक्या मान्छे बिहे भोजमा आएको’ भनेर लेखेको पुस्तकले समेत मदन पुरस्कार पायो भनेर जसले जति आरिस गरे पनि आखिरमा नेपाली साहित्यमा मदन पुरस्कार जतिको पुरस्कार अरु कुनै भएन। हरेक वर्ष यही पुरस्कारको बारेमा अनेकौँ आलोचना हुन्छ। अनि फेरि यही पुरस्कारको, यही पुरस्कार पाएको पुस्तकको चर्चा हुन्छ। ‘मदन पुरस्कार प्राप्त कृति’ भनेर लेखेपछि पुस्तकको बिक्री पनि बढ्छ।

अब यही पुस्तक बिक्रीको व्यवसायिक पाटोलाई मदन पुरस्कारले अझ फराकिलो पार्ने निर्णय गरेर किताब छाप्नेहरुलाई सघाउने भएको छ। अब एउटा हैन, १० वटा किताब बेच्न सजिलो बनाइने भएको छ।

अस्ति चैत १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औं साधारण सभाले गरेको निर्णय अनुसार आगामी वर्षदेखि मदन पुरस्कारका लागि दर्ता हुने पुस्तकहरूबाट छनौट गरी टप टेन लिस्ट तयार पार्नेछ।

लिस्टमात्र तयार पार्ने होइन, ती पुस्तकको नामसेत सार्वजनिक गर्नेछ।

अर्थात् मदन पुरस्कारका लागि मनोनीत टप टेन पुस्तक भन्दै नाम सार्वजनिक। त्यसपछि मदन पुरस्कारका लागि मनोनीत पुस्तक भन्दै किताब छाप्नेहरुको मार्केटिङ सुरु। चासो त हुने नै भो पाठकलाई-कस्तो किताब परेछ मदन पुरस्कारको सूचीमा? साथमा यो पुस्तकले पाउँछ यसले पाउँदैन भनेर हल्ला, चर्चा पनि खोजेकै होला।

यसरी सार्वजनिक भएका टप टेन पुस्तकहरू मध्ये एक पुस्तकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्नेछ।

वैशाखको अन्त्य सम्ममा गुठीले मनोनयन समितिलाई आएको ग्रन्थहरूको लगत दिनेछ र मनोनयन समितिले तीमध्येबाट छनौट गरी “श्रेष्ठ” १० पुस्तकको नाम गुठीमा सिफारिस गर्नेछ।

तपाईँलाई कस्तो लाग्यो त यो यो निर्णय? आफ्नो प्रतिक्रिया तलको कमेन्टमा लेख्न सक्नुहुन्छ।
Press Release_Madan Puraskar Guthi

सम्बन्धित ब्लग:
उत्कृष्ट कृतिमाथि अन्याय, निकम्मा लेखक पुरस्कृत! कमलमणि दीक्षितसँगको अन्तर्वार्ता

अहिलेसम्म क-कसले पाए?
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो।

वि सं २०७२ :- ख़ुशी विजयकुमार पाण्डे
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर – राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती – अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल – झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली – युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो – महेशविक्रम शाह
वि.सं. २०६३: राधा – कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे – नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली
वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरदचन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका – डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलतविक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्‌को निर्णय – नयनराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी
वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल. करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत – भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – इश्वरवल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजङ्गबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना सर्मा
वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्म बहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन : प्याज – शंकर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल – पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
वि.सं. २०१४: मन – लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी

यस्तो फाराम भरेर निवेदन दिनुपर्छ मदन पुरस्कार पाउनका लागि-
form

11 thoughts on “मदन पुरस्कारको नयाँ निर्णयले किताब छाप्नेहरुलाई मोज हुने भो”

  1. HarataraH says:
    April 6, 2016 at 1:42 pm

    कृपया, अध्ययन(education ) र अनुभव (experience ) गरौँ अनि मात्र २~’अ & E ‘ का काम आउछन भएर ‘विचार उत्कृष्ट’!
    हो, पुरस्कृत मध्य पढेको/बुझेको/हुर्केको पुस्तक हुन्- पल्पसा क्याफे, राधा, शीरिषको फूल, खुशी(half only ).
    नोमिनेसन गरिनु, ब्यापार गरिनु, पुरस्कार बाडिनु सकारात्मक पक्ष हुन् मेरा नजरमा|

    Reply
  2. kedar says:
    April 3, 2016 at 11:44 pm

    अझ धेरै सृजना र श्रजक जन्माउने राम्रो उपाए | बिक्री हुनसक्ने लोभले धेरै पुस्तक निक्लिने भएपछी प्रतिष्पर्धाले गुणस्तर त बढाउँछनै | धेरै पुस्तक बिक्रि बढ्ने भएकाले रोजगारीका नयाँ पाटा खुल्छन र आर्थिक चहलपहल बढाउन केही भए पनी सहयोग हुन्छ |

    Reply
  3. निर्मल says:
    April 3, 2016 at 8:17 pm

    दिनहु असमानता, विभेद र दाल भात ढिडो रोटिसंग संघर्षरत अधिकांश नेपाली जनतालाई नयराज वा नयनराज जे भएपनि केहि फरक पर्दैन| यो नाउँ, जात र जुङ्गाको लडाई लड्नेहरुले जानुन, बुझून|
    विहेभोजमा मरिसक्या मान्छे आएको आत्मारति खेल्नेले सम्म मपु पाए| त्यो बर्षको उत्कृष्ट ठानिएकोले पुरस्कार जिते सम्भवत| जस्तो कि कुनै निश्चित गुणस्तर नै छैन मपुको| मैले एसएलसी दिंदा बिभिन्न गुरुहरुको भनाई र आफ्नै अड्कलमा कमसेकम बोर्ड तेस्रो सम्म अपेक्षा गरेको थिए|दिनरात एक बनाएर पढियो र पुरै तम्तयारका साथ जाँचमा बसियो| त्यो साल उस्तै जनडा अझ जल्दो बल्दो तयारीका साथ अरु पनि आएछन, एसएलसी दिएछन| टप टेनको कुरै छैन, कंहा मुश्किलले पहिलो सयभित्र चित्त बुझाउन पर्यो| तर जब पछि बोर्ड टप टेन वा फिफ्टीसंग परिचय भयो, हेमचेम बढ्यो तब थाहा भयो कसरि विद्यार्थीको भविश्यसंग खेलवाड गरिँदो रहेछ| पहुँचवालाले जांच कापी को संग गएको छ वा त्यो भन्दा पहिले कठिन पेपरको प्रश्नपत्र नै अघिबाट पत्ता लाएर आफ्ना छोराछोरी आफन्तलाई प्लानमा पठाउन पक्का गराउन रहेछन| हाम्रो मुलुकमा यसरि अबैध तरिकाले कति विद्यार्थीको पालो काटेर अघि बढेका छन्, समाजमा गन्यमान्य बनेका छन्| स्वर्ग नर्कमा विश्वास गर्नेको मन रुँदो हो कि होइन, कसैले देखेको छैन तर प्रायश्चित गर्न काशी जान पर्दैन, यही धर्तीमा उकेले हुन्छ| मुकुन्डा खोले हुन्छ| लाई डॆटेक्टर टेस्ट गर्ने हो भने एक्साएक फेल खान्छन अहिले ती प्रतिष्ठित व्यक्तिहरु जो जिवितै छन्|

    अहिलेसम्मका सबै मपु पुरस्कृत कृतिहरुलाई र अन्य प्रकाशित पुस्तकहरुलाई हेर्न हो भने र गुणस्तरको बर्णानुक्रममा राखिने हो भने कति मपु कृतिहरु पच्चीसौमा उच्छिटिन सक्छन, सय उत्कृष्टमा समेत नपर्न सक्छन, सम्भवत|
    निश्चयनै मपु गुठीको टपटेनबाट पहिलोलाई छनौट गर्ने नियम स्वागतयोग्य छ|

    Reply
  4. saroj says:
    April 3, 2016 at 6:39 pm

    होस् न त! business activity बढ्छ । पैसाको कारोबार बढी हुनजान्छ। थप दुइवटा रोजगार श्रीजना भए कसैलाई के को टाउको दु:खाई? राष्ट्रले कर पाओस्, लेखकले पारिश्रमिक र रोयल्टी!! win win situation

    Reply
  5. Nabin Khatiwada says:
    April 3, 2016 at 6:26 pm

    विनोद धितालको किताबको नाम चाहिँ योजनगन्धा हो जस्तो लाग्छ

    Reply
  6. bibek dhakal says:
    April 3, 2016 at 5:04 pm

    जहाँसम्म निर्णयको सवाल छ अब साहित्यिक पुरष्कार जस्तो सम्माननीय कुरालाई व्यवसायीकरण गरेकोले चित्त बुझेको छैन

    Reply
  7. bibek dhakal says:
    April 3, 2016 at 5:02 pm

    एब्स्ट्र्यक्ट चिन्तन प्याज, अलिखित, पागल बस्ति, सेतो धर्ति जस्ता कृतिहरु को लिस्टमा बिजयकुमार को ‘खुसि’ लाइ सुरुमै देख्दा तेती खुसि लागेन

    Reply
  8. dilip tandukar says:
    April 3, 2016 at 3:09 pm

    Good news. It enhance the glory of MPP.

    Reply
  9. kiran says:
    April 3, 2016 at 1:36 pm

    nomination को नाम राख्नु राम्रै हो ।

    Reply
  10. नयराजको नाति says:
    April 3, 2016 at 1:14 pm

    लिच्छवि संवत्‌को निर्णय (म.पु वि.सं. २०४४) का लेखक नयनराज पन्त है’न , नयराज पन्त हुन्।

    Reply
    1. Salokya says:
      April 3, 2016 at 1:26 pm

      पुरस्कार दिनेले अर्थात् मदन पुरस्कारको आधिकारिक वेबसाइटले नै नयनराज पन्त लेखेको हुनाले त्यही राखिएको हो।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme