Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँको हुरीको डरलाग्दो दृश्य : जस्तापाता नाङ्गो तारमा बज्रियो

Posted on March 28, 2016March 29, 2016 by Salokya

huri काठमाडौँमा सोमबार साँझ डरलाग्दो हुरी चल्यो। ८० किलोमिटर प्रतिघण्टाको दरले चलेको हुरीको पूर्वसूचना मौसम विभागले जारी गर्न नसकेको मात्र होइन हुरी आएको घण्टौँसम्म त्यसबारे जानकारी पाउनसमेत विभागमा मौसमविद्लाई खोज्न हामीलाई गाह्रो पर्‌यो। हुरीका कारण काठमाडौँमा एक जनाको ज्यानै गयो। नौ जना घाइते भए। टेकु, स‌ंखमुल पुल नजिक र बालकोटमा बिजुलीको खम्बा ढल्यो। काठमाडौँको एउटा डरलाग्दो दृश्य युट्युबमा सार्वजनिक भएको छ। यसमा बिजुलीको नाङ्गो तारमा नजिकैको घरबाट उडेको जस्तापाता बज्रँदाको दृश्य देखिन्छ।

हेर्नुस् दृश्य

via GIPHY

यो भिडियो अहिले नेपालमा रहेका फ्रेन्च फोटोग्राफर Thomas Dutour ले खिचेका हुन्।

कहाँ के भयो?
आज अपरान्ह उपत्यकामा चलेको भिषण हावाहुरीका कारण उपत्यकामा हालसम्म काठमाण्डौ जिल्लामा ६ जना ललितपुर जिल्लामा १ र भक्तपुर जिल्लामा ३ गरि जम्मा १० जना घाईते भएको जानकारी प्राप्त
घट्नाको बिस्तृत बिवरण निम्न अनुसार रहेको छ :-
१) त्रिचन्द्र अगाडी मो.सा. बाट लडी बर्ष ३० को अंशु ढंगोल र बर्ष २५ की रजिना महर्जन घाईते भई उपचार भईरहेको
२) काडाघारी सनसिटी अगाडी वा २ ज ३४६ नं. को ट्याक्सीको सीसा फुटेको
३) स्वयम्भु स्तुपा छेउमा ईटाले लागी बर्ष ३५ की बिमला मगरको मनमोहन अस्पतालमा १९:२० बजे मृत्यु र वर्ष २३ की भावना बडु घाईते भई उपचार भईरहेको
४) मध्ये बानेश्वर मो.सा. बाट लडी बर्ष २२ को निसान श्रेष्ठ र बर्ष २२ की सानु श्रेष्ठ घाईते भई उपचार भईरहेको
५) ललितपुर ठेचो बस्ने वर्ष २९ कि बिना श्रेष्ठ हात र खुट्टा मा सामान्य चोट
६) सिपाडोल ८ बस्ने बर्ष २३ को प्रताप बस्नेत दाँया खुट्टाा र तिघ्रा काटेको अवस्थामा उपचार भईरहेको
७) छालिउ बस्ने बर्ष ६५ को सानु प्रसाद बल घरको ढोकामा ठोकीएको बोल्न सक्ने भक्तपुर अस्पतालमा उपचार भइरहेको
८) भक्तपुर बस्ने बर्ष४० को गणेश खत्रि घाईते भई उपचार भईरहेको (स्रोतः महानगरीय प्रहरी कार्यालय)

3 thoughts on “काठमाडौँको हुरीको डरलाग्दो दृश्य : जस्तापाता नाङ्गो तारमा बज्रियो”

  1. Michael says:
    March 30, 2016 at 8:35 am

    यो हुरीमा दुइटा जड्याहा टन्न जाँड धोकेर भट्टी बाट निस्के |
    आइते : ये तुले, हन!यो भुचालो फेरी आयो कि क्या हो | म के बिधि हाल्ले को |

    तुले : प्रिथिबी हाल्ले को छैन , यु हावा हालेको |नालेज लागा नु हो |परेको छुन तोइले |
    कास्तो ओली जस्तो मुन्छे रोइछ यो त् हो |खोइ तेरो टोपी | भुचालो ले टोपी उड़ाउ छ ?

    आइते : पाढेको छैन चै नभन फेरी! मुइले तै भंदाधेरै पाढेको छ | अस्ति तैले सहर बाटु ले को गुर्खा पत्र पुरै पाढ्यो मुइले |

    तुले : तेसो भा जाम हिड , नायाँ शक्ति ज्वाइन गार्न| तँ पानि पाढेको , मा पानि पढेको ,
    बाबुराम पानि पाढेको | आब पाढेको मुन्छेले देश चालाउछ |
    ( तेस्पछि दुवै नालीमा ढल्छन )

    Reply
  2. punya hawaii says:
    March 29, 2016 at 7:49 am

    मौसम बिभागले हुण्डरी रहेपछि मौसमबारे जानकारी दिएकै थियो त ।

    Reply
  3. sushil says:
    March 29, 2016 at 7:21 am

    अरु कति रुवाउनुहुन्छ सालोक्यजी?
    कहिले बन्यजन्तु, कहिले एयरपोर्टको मौसम टावर, अहिले मौसम विभाग, थाहा छ नि हामी सबैलाई, यो सबै टुप्पोबाट फेदसम्म परिवर्तन नगर्दा सम्म ओली त के ब्रुस ली आए पनि केही हुने वाला छैन भनेर. सब दिमाग नभएका कर्मचारीहरुले भरिएका छन्.
    सोध्यो भने, “थानकोटबाट हुरी बतास सुरु भएको हुनाले पूर्वानुमान लगाउन समय पुगेन भन्न बेर लगाउदैनन”.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme