Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवाको देउता पूजा गर्ने स्टाइल

Posted on March 28, 2016March 28, 2016 by Salokya

1-12896274_464077403788619_533289656_oपावरफूल भएपछि देउता पूजा गर्न पनि सर्वसाधारणको नियमले नछुने रहेछ। देउवाकै उदाहरण हेर्नुस्, दशैँमा महानवमिका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरका चारै ढोका सोमबार उनकै लागि भनेर खोलियो। सर्वसाधारण भएको भए महानवमिको दिनै कुर्नुपर्थ्यो त्यो पनि लामो लाइन लागेर। नेपाली कांग्रेसको सभापति भएपछि चाहिँ मन्दिर पनि जतिबेला मन लाग्यो त्यतिबेला खुल्ने रहेछ।
1-12903828_464077377121955_562857280_o
देउवा दम्पतिको पूजाआजाको थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्

देउवाले सोमबार जीवित देवी कुमारी, मरु गणेशस्थान र आकाश भैरवको दर्शन तथा पूजाआजा गरे। अरु मन्दिरमा पूजाआजा सामान्य नै हुन्।

तर तलेजुमा चाहिँ चाकडीबाज कार्यकर्ताहरुले किन लगेछन् कुन्नि। आखिर त्यहाँ लग्दैमा कुनै विशेष उपलब्धि हुने होइन। फेरि लगे भन्दैमा कुरा नबुझी देउवा आफै किन अघि सरेर गए कुन्नि।

कार्यकर्ताहरुको वशमा हुँदो हो त खड्ग साट्ने जात्रा पनि उनैलाई ल्याउँथे कि। के गर्नु त देशमा कम्युनिस्ट राष्ट्रपति छन् भन्ने (कू)तर्क गरेर।

यसपालि इन्द्रजात्रामा पो रमाइलो हुने भो त। इन्द्रजात्राको अन्तिम दिन राष्ट्रपतिले कुमारी दर्शन गरी आशीर्वाद लिने चलन छ। हाम्रा अहिलेका राष्ट्रपति पर्नुभो कुमारी प्रथाकै विरोध गर्ने। कुमारी प्रथा खारेज गर्नुपर्छ भनेर उहाँले सन् २००२ मा पत्रकार सम्मेलनै गर्नुभाथ्यो। त्यतिबेलाको नेपाली टाइम्समा छापिएको समाचार हेर्नुस्‌
bidhya

खारेज गर्नुपर्छ भनेको कुमारीकोमा गएर टीका लगाउनु होला त राष्ट्रपतिले? गद्दी खोसिएका राजा पनि इन्द्रजात्रामा कुमारीकहाँ टीका लगाउन जान छाडेको धेरै वर्ष भइसक्यो।

अब कुमारी जात्रामा पनि देउवालाई नै ल्याउने कि कसो चाकडीबाज कार्यकर्ताहरु?

5 thoughts on “देउवाको देउता पूजा गर्ने स्टाइल”

  1. Gyan Narayan Singh says:
    March 29, 2016 at 11:58 am

    दशैंमा मात्र तजेजु भवानी खोल्नुको ठुलो एतिहासिक , सामाजिक र तान्त्रिक रहस्य रहेको छ ! पार्टी कार्यकुत्ताहरुले मिल्दै नमिल्ने गरि र ग्रह तिथि नै नहेरी (तलेजु भवानीको चारै वटा धोका खोल्ने परम्पराको नियम तोडेर) आफ्नो अहम शक्ति देखाई कार्यकुत्ताहरुको बुइ मा बुइ चढेर भवानीको दर्शन गरें भनेर फुर्ति देखाको छ नि होइन पाखे हो , ? हो यो काठमाडौँ को त्यहि तलेजु भवानीहो जसको मर्यादा नराख्दा जय प्रकाश मल्ल जस्तो प्रतापी र असल राजाको धोकापूर्ण तरिका बाट इन्द्रजात्राको दिनमा हत्या भै जंगली पाखे हरुले काठमाडौँ र किर्तिपुरलाई तहस नहस गरेका थिए ! तर केहि वर्ष पछी नै त्यो जंगली पाखेको शिकारको क्रम मा जंगली बाघ (माता भवानी को बाहन )को प्रत्याक्रमण मा कुक्कुर को जस्तो मृत्यु भएको थियो !
    अब पालो यी कार्यकुत्ता र तिनीहरुको कुत्ता नेताहरुको हो ! अझै मात हराएको छैन र आँट छ भने हनुमानढोका प्रहरी चौकी अगाडी को श्री काल भैरब र टुंडीखेलको श्री महांकाल लाई गएर चलाउनु कार्यकुत्ता र भाते खाते पाखे नेता हो .
    आज बाट दिन गन्ति शुरु , तँ हरुको पापको घैंटो फुटेको आज देखि हामि हरु बसी बसी हेरी रहने छौं ! मात्र ६ महिना हेर्नु के के हुन्छ !

    Reply
    1. Michael says:
      March 30, 2016 at 6:09 pm

      ज्ञान जी बेस्करी तात्नु भएछ | हुन् पनि यो डांडा मा हगेर डल्लाले पुछेर फाल्नेहरुले काठमान्डू आएर बाँदर नाच देखाएर देसै स्वाहा पारिसक्यो |

      Reply
  2. sushil says:
    March 29, 2016 at 7:10 am

    विदेशी राष्ट्रप्रमुखले स्वदेशी राष्ट्रप्रमुखको पिर्कामा बसेर पुजा गर्दा कसैलाई केही बोल्ने आँट आएन (मोदिमय भएर रे), सक्नेले मन्दिर खुलाएर पुजा गर्यो त गर्यो के गर्ने? undo गर्न मिल्दैन. त्यसै पनि यो देशमा देवी देवताको बास हुन छोडिसक्यो. टेन्सन नलिए पनि हुन्छ. पशुपतिनाथ, पारुहांग, बुढा सुब्बा, बुद्ध सबैलाई नेपालीले आजित पारिसके.
    महत्वपुर्ण कुरा भनेको अबबाट चाहिं ती मन्दिरका मुर्तिहरुलाई कडा सुरक्षा दिनुपर्छ. यो तालले त कुनैदिन कुनै मुर्ति तस्करको लागि पनि चाका (चाप्लुस कार्यकर्ता) हरुले ढोका खोलिदिन सक्छन.

    Reply
  3. जगत says:
    March 29, 2016 at 12:13 am

    देउबाले अरु के के तातो न छारोको काम गर्ने हुन् थाहा छैन| ज्ञानेन्द्रले समेत असक्षम भनेर निकालेका हुन् उनलाई| बोल्या बुझे पो, जे भने नी भो|

    नेपालमा एक लाख भन्दा बढी राजनीति गर्नेहरु छन् जसको कुनै productivity छैन र सोझो रुपमा मुलुकको अर्थव्यवस्थामा योगदान छैन बरु नकारात्मक योगदान छ| त्यस्ता अल्छे र अनुत्पादकीय खालि गफ गरेर मात्र दिन काट्नेहरुलाई के भन्ने?

    जँहासम्म विद्या भण्डारीको कुमारी पुजा संग सम्बन्ध छ, उनी जानकी मन्दिर र पशुपति जानपर्ने कमरेड हुन्| राष्ट्रपतिले हिन्दु बौद्ध सबै मन्दिरमा गएको भए हुन्थ्यो अरु काम नभए पछि| कि धर्म निरपेक्ष भनेर नलेखे भैहाल्थ्यो| जे होस्, नेपालका सबै थरिका कमरेडले धनलक्ष्मीलाई पुजा गर्छन| अरु सब नक्कली हुन्| यो हामीलाई थाहा भएकै हो|

    Reply
  4. Michael says:
    March 29, 2016 at 12:12 am

    हिजो के भन्या थ्यो , आज कसले सम्झिन्छ ? तेस्माथी नेपालि राजनीतिक कर्मी हरु |
    झुठो बोल्नु , जनता सग ढाट्नु यहाको कल्चर नै हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme