बिचरा भारतीय दूतावास। हाम्रा मिडियाले निकै पावरफूल भनेर देखाउने भारतीय दूतावासको त आफ्नै वेबसाइटका लागि बजेट पुग्दो रहेनछ। सोमबार राति एउटा जानकारी लिनका लागि साइट हेरेको त ब्यान्डविथ सकियो भनेर यस्तो पो देखाउँछ त। साह्रै कम रकममा होस्टिङ गरेको रहेछ। कि अरुलाई बाँड्दा बाँड्दा आफ्नै लागि पैसा सकिएको पो हो।
के हो यो Bandwidth Limit Exceeded भनेको?
सजिलोले बुझाउनु पर्दा मानौँ तपाईँले १०० रुपैयाँको रिचार्ज गर्नुभयो आफ्नो प्रिपेड मोबाइलमा। त्यो १०० रुपैयाँ बराबरको फोन कल गरिसकेपछि मोबाइलबाट फोन गर्न सकिँदैन। ठीक त्यसैगरी एउटा निश्चित रकममा निश्चित ब्यान्डविथ होस्टिङ गर्नेले दिएको हुन्छ। त्यही ब्यान्डविथ सकिएपछि यस्तो हुने हो।
मधेसी डामनाहरुलाई भोज खुवाएर बजेट सकियो रे के ……