Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाओवादी B माओवादीलाई C माओवादीको चेतावनी- जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौँ

Posted on March 26, 2016March 26, 2016 by Salokya

पहिलो स‍ंविधानसभाको सबैभन्दा ठूलो दल एमाओवादी कति टुक्रा भयो भनेर हिसाब गर्न क्यालकुलेटर नै अगाडि राख्नुपर्ने जस्तो भइसक्यो। क्यालकुलेटर मात्र हैन इन्टरनेट पनि चाहियो- यो माओवादी यति बेला यो नामले टुक्रिएको थियो अनि यो नामको बन्यो भनेर खोज्न गुगलै छिर्नुपर्छ। त्यही पनि कहाँ सजिलै खोज्न सकिन्छ र भन्या।

सजिलोको लागि प्रचण्डको पार्टी एमाओवादी हो। एको अर्थ एकीकृत माओवादी हो। टुक्रिकृत भइसकेको पार्टीलाई एकीकृत भनिए पनि नाममा के राखेको छ र भन्दै चित्त बुझाउनु परेको छ। B माओवादी भनेको वैद्य माओवादी हो। पहिले यो माओवादीको नाम नेकपा-माओवादी थियो जसलाई ड्यास माओवादी पनि भनिन्थ्यो। अहिले यसको नाम नेकपा क्रान्तिकारी माओवादी भएको छ। C माओवादी भनेको चन्द माओवादी हो। अर्थात् नेत्रविक्रम चन्द नेतृत्वको माओवादी। यसको नाम नेकपा माओवादी हो। यति धेरै माओवादीले के गर्छन् त? आ-आफू यसरी झगडा गर्छन् हेर्नुस् एउटा अलि पुरानो तर नमूना विज्ञप्ति जसमा C माओवादीले B र एमाओवादीलाई चेतावनी दिएको छ।

12592591_1078493825545628_7737761723396388108_n

5 thoughts on “एमाओवादी B माओवादीलाई C माओवादीको चेतावनी- जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौँ”

  1. Madhav Khadka says:
    March 31, 2016 at 12:16 am

    बस्ताब मा धेरै धार मा फुट्नु को अर्थ हो बिनास हुनु
    किन भने तथा कथित जन उय्द्ध मा १७,000 नेपाली को निरमता पुर्बक रगत को खोला बगेको थियो र तेही रगत को सराप ले बिनास को सुरुवात हो.

    Reply
  2. madan bajracharya says:
    March 28, 2016 at 10:33 pm

    कानोको नाम नेत्र बहादुर लुरेको नाम बिर बहादुर भयको त् हामीले देखेकै कुरा हो, अब अयासी धनाढ्य जमिन्दार र जंगली र राज्यको कोष बात मोज गर्नेहरु इस्वरको नाम लियर सपथ चाहि नलिने बाहिर ढोगी बाबा को आशिर्वाद लिंदै गर्ने हामपंथी झ्वामपंथी लम्पटहरु आफुले पिडित बनायाकोलाई न्याय होइन पीडकलाई माफ गरे मात्र शान्ति हुने भनेर मावोबादकै उपहास गर्नेले मावोबादी हौ भने; त् आफ्नो माग पुरा नगरे रास्ट्रिय सम्पति धोस्त बनाउने नागरिक र प्रहरी माथि पेट्रोल बम हान्ने आतंककारी देस टुक्राउन खोज्ने ले पनि आफुलाई राजनेता भने/ यस्तै हुँदै जान दिय यक दिन सिके जेके जस्ताले आफुलाई रास्ट्रिय बिभुति हौ भन्नेछ/

    Reply
  3. Desh Bandhu Sharma says:
    March 28, 2016 at 8:19 pm

    १७००० , त्यस मध्ये धेरै निर्दोष, को हत्या गरेर पलाएका माओबादीहरु टुक्रिएर र आपसमा लडेर सकिने निश्चित छ । पाप धुरी बाट कराउछ भनेको येही हो ।

    Reply
  4. Ram Shrestha says:
    March 27, 2016 at 1:22 pm

    यहि हो ” Those who live by sword they die by sword” भन्ने उक्ति को चरितार्थ !! आफु आफु मा लडी मरी जानु पर्ने कुतत्व हरु !!

    Reply
  5. sushil says:
    March 27, 2016 at 9:51 am

    इसट्याब्लिमेन्ट २२ मा तालिम दिने गुरुहरुले छोडे पछिको हविगत हो यो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme