नेपाली कुकुरको बेलायती भुकाई भन्दै ठुटेमुटे अंग्रेजी हाक्नेहरुप्रति कुरा काट्ने नेपाली प्रचलन अझैं मरेको छैन। प्रजातन्त्रको परिभाषा खोज्दा जो कोही नेपाली बेलायती डिक्सनरी नै पल्टाउँछन्। राजसंस्थाको मोडेल खोज्नु पर्दा सबैको दिलदिमागमा आउने देश उही बेलायत हो। पछिल्ला वर्षको आंकडांलाई अपवाद मान्ने हो भने नेपालीको वैदेशिक यात्राको गन्तव्य पनि बेलायत नै हो। नेपालका राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाको राजकीय यात्रा थियो त्यही बेलायतमा। गोर्खालीले वीरताको गाथा बनाउदै देश चम्काएको गाथा जोडिएको पनि त्यही बेलायतमा हो।
यस्तै, अनेकौं सन्दर्भहरुबीच अहिले नेपालीले राजकुमार कस्तो होस् भन्नुपर्दा सम्झने नयाँ नाम हो राजकुमार ह्यारी। चैत ६ गते काठमाण्डू ओर्लेका ह्यारीलाई जब थप ६ दिन नेपालका भूकम्पले क्षतिग्रस्त विकट भूगोलका बिद्यालय पुर्ननिर्माणमा सघाउने रहर जाग्यो अनि त ह्यारी थप भै हाले हाई हाई।
हुन पनि हो ह्यारीले नेपाल बसाईका क्रममा गरेका सत्कर्महरुको बयान जति गरे पनि अधुरो अपुरै हुन्छ। यस अर्थमा बेलायती राजकुमार ह्यारी अद्धितीय छन्, अनुकरणीय,प्रशंसनीय र सम्मानित पनि। यो उनको असल पक्ष सँधै यस्तै उकालो चढ्दै जाओस् र त्यसको लाभ आम नेपालीले पनि पाउन्। यही हो कामना।
तर बेलायती राजकुमार ह्यारीको मुक्तकण्ठले जयजयकार गरिरहँदा हामी कतिपयले हाम्रा भूतपूर्व राजकुमार पारसलाई सतस्विर तुलना गरेका छौं, खिल्ली, टियूरीको भाकामा। कतिपयले प्रचण्डपुत्र प्रकाशको तेजोवध गरेका छौं। माओवादी महासचिव कृष्णबहादुर महराको उछितो काढेका छौं। त्यो पनि आआफ्नो रुचि र दृष्टिकोण अनुसार खराब हैन।
तर त्यति नै बेला हामीले बिर्सिएकी पात्र हाम्री भूतपूर्व युवराज्ञी हिमानी पनि हुन्। धेरैलाई ज्ञात होला दार्चुलाको बाढी पहिरोमा होस् कि गतसालको महाभूकम्पमा, ती जनताका दूर्दशाहरुको स्यानो सारथी हाम्री पूर्वयूवराज्ञी हिमानी बनेकै हुन्, उनै नेतृत्वको हिमानी ट्रष्टको व्यानरमुनि।
भूकम्प पीडितका पक्षमा हिमानी ट्रष्टले गरेको राहत, उद्धार र पुर्नस्थापनाका प्रसंग उराल्नमा हामी जति संकुचित थियौं, ह्यारीको हकमा उत्ति नै खुलस्त बन्यौं। यहाँ सरोकारको मूल कुरा के हो भने हामी पराईले गरिदिएका कामको मात्रै किन प्रशंसा गछौं? परको देउता भन्दा नजिककै भूत काम लाग्ने भनाईलाई मान्दिने हो भने शायद हिमानीहरु पनि ह्यारी भन्दा कम थिएनन्, छैनन् नि, छन् र?
पारस र ह्यारीको तुलनामा कसैले पारसको बत्ख्वाई भो भनेर चित्त दुखाउनु नपर्ला। पारसको कर्म वा दुष्कर्मले हासिल गरेका ती कामको भागीदार तिनै बनेका छन्। तर पारसलाई उडाउँदैमा मात्रै पनि हामी ह्यारीलाई नेपाली बनाउन सक्दैनौं। आखिर शाही अतिथि नै हुन् ह्यारी, नेपाली धर्तीका पूर्वयुवराज र नेपाली नै हुन् पारस। पारसले पनि कतै सुध्रिने चेष्टा गरेका प्रसंगहरु हुँदा हामी किन स्यानो स्पेस दिन पनि मन खुम्च्याउँछौं अनि किन खाली खेदी मात्रै रहन्छौं त ओराली लागेको हरिणलाई बाच्छाले पनि खेदिरहे जस्तै?
हामी नेपाली नेताहरुलाई पनि उसैगरी लखेट्छौं मानौं तिनीहरु मात्रै देशका शत्रु हुन तर तिनलाई निर्वाचित गरेर देशको शासन सत्ता सुम्पने जनता चांहि सधै दूधले नुहाएका ईश्वरीय अवतार।
आखिर नेता भन्नुस् वा पारस वा हिमानीहरु- हामीले हाम्रै भएकालाई नै मान्नुपर्नेरैछ। आखिर सबैथोक विदेशबाट आयात गर्न सके पनि नेताहरु वा राष्ट्रका अगुवाहरु भने विदेशबाट आयात गर्न नमिल्ने नै त रैछ। अनि भएका मध्येबाटै नराम्रा मध्ये कम नराम्रा वा कम नराम्रा मध्येका राम्राहरुको समर्थन गर्ने संस्कार पनि हामीबीच सुरु हुनुपर्ने हो कि? यो सवालमा बहस होस् भन्ने मेरो रुचि हो।
निश्चय नै अरुको, टाढाको राम्रो लाग्ने मानवीय स्वभाव हो । तर सबै अरुको त आफ्नो नबन्ने रैछ नि। अनि अरुको प्रशस्ती गाइरहँदा हामीले आफ्नैहरुको धोती चोली उत्तार्ने क्रममा बिराम पो लाउने हो की ?
फेरि पनि प्रसंग ह्यारीकै किन भने नेपाली मात्रै हैन विश्वकै जनमत ह्यारी जस्ता राजकुमारहरु नै जन्मे,हुर्केको र चम्केको हेर्न उद्धत छ । हो, ह्यारीहरुको जगजगी हुदा नै संसारले केही सुखानुभूति गर्न पाउने हो । तर ह्यारीको मोहमा हामी हाम्रा स्वदेशी हिमानीहरुलाई पनि स्पेश दिन कन्जुस नबन्ने हो की ? बेलायती ह्यारीहरु जन्माउन नेपाल सबल हुदै जाओस, ह्यारीको मल्हम पट्टीमा दुखे, टुटेका मनहरुमा हांसो थपिदै जाओस । त्यसैले ह्यारीहरु हाई हाई भैरहून ।
गर्छु भन्नेेलाई गर्न नदीने आफुपनी न गर्ने नेपाली राजनिती वाला ग
द्दार हरु गर्न देऊ एकमन भयर
if it is possible, lets go for consensus regarding regime of himani shah. she should be the queen of nepal but not paras.
यहाँ, “अनि नराम्रा मध्ये कम नराम्रा वा कम नराम्रा मध्येका राम्राहरुको समर्थन गर्ने संस्कार पनि हामीबीच सुरु हुनुपर्ने हो कि?” सूर्य ज्यु, लेखिएका विचारले धेरै कोइसन्, सुझाव र आँकलन गरिएका छन्| म त खुशी भएँ! अरु मित्रहरु कताका के कुरा गर्छन गड/घोस्ट नोज!
कुनै पनि सम्मान मन बात आएको राम्रो हो l न कि करबल ले या अरु कसैले भनेर सम्मान गरिन्छ नै l यसरि कर बर र कसैले ए यसलाई सम्मान गर्नु पर्छ , फलानो ले गरेको काम यस्तो छ उस्तो छ तेसैले उसलाई सम्मान गर्नु पर्छ भनेर पाएको सम्मान देखावटी हुन्छ l र यदि कसैले निस्वार्थ भावमा राम्रो अरुको उद्धार हुने कार्य गर्छ या सहयोग गर्छ भने त्यो काम को अनायास नै सम्मान हुन्छ र यसरि गरेको सेवा लाइ सबैले सलाम गर्छ l सेवाको नाममा लगानी गर्नेहरुलाई तेसकै छेउछाउका ले मात्र सम्मान गर्छ यानी ति सम्मान गर्ने हरुले पनि भित्रि मन बाट होइन केहि पाउने आशमा लोभ गरीर गर्छ l
अहिले मिस्टर ह्यारीको सन्दर्भमा पनि यस्तै भएको हो l सबैले नेपालीले उसको सच्चा जान प्रेमलाई नमस्कार गर्दै सम्मान दिएको हो र यसमा उहा हाम्रो पाहुना पनि हुनु हुन्छ l बिशेष पाहुना ………….. जसको कुनै हनुमानहरु छैन नाना थरिका कुरा हरु बर्णन गर्ने ….
धेरै राम्रो लेख्नु भाको छ हाम्रो कसैले सानो केहि गरिदिदा एकैपटक मा हेरो बनाउने आनी आफ्नो लै पख लगाउने . हर्री ले जे गर्यॊ राम्रो र सहर्निया पूर्ण छ दुइ मात छैन हामीले आफ्नो ले गरेको लै पनि प्रोत्सान गर्न जान्नु पर्चा.
खुसि लग्यो तपाई को लेख पढेर .
In my knowledge himani is the only person in that family who is respected by all the nepalese people from the bottom of heart. Paras is a lucky guy who got such a generous wife, who else could live with him except himani. I always wonder with her patient or so call patibrataa beside this her generous way to help other is priceless it doesn’t need any column or article in any newspaper we all nepalese are well aware of it.
These gospels are good for those who want to be useful by taking their responsibilities seriously to live up to what they are trusted for.
Does not matter which part of the world we live, most people watch and assess their leaders, ideal personalities based on their work and dedication.
Position and authorities are not for abuse but for respect. Only the person on a trusted position is able look after himself, and if he or she does not live by example we can not blame others for their sin.
कुन्चाही नेपालि ले हिमानीको काम को समर्थन गर्ने सुर्य जी ?
अंगिकृत लिएका राजेन्द्र महतो मार्का र समर्थक वाल ले ?
बाहुन क्षेत्री ले देश धोस्त पार्यो भनेर ल है मदेश आन्दोलन न रोक्नुस भन्ने अशोक राइ ,मल्ल के सुन्दर , ,पदम रत्न , राजेन्द्र श्रेष्ठ , दमन हरु र उनीहरुको समर्थक हरुले ?
राजा औ देश बचाउ , पशुपति सेना , जोगी ,भोगी हरुले ?
कांग्रेस ,एमाले , माउबादी कार्यकर्ता र तिनका नेताहरुले ?
पहिले दुइ समुह को नेपालि ले नेपालको इतिहासै ठिक छैन भन्छ , भानुभक्त , पृथ्बी नारायण ,महेन्द्र सब लाइ बिबादित मानिआएको छ |
पछिलो दुइ समूह मध्ये कांग्रेस , एमाले , माउबादी आजकाल आफै छोटे राजा भएको छ उनीहरु बाट तेस्तो अपेक्ष्या राख्नु नास्पातिको बोट मा अम्बा खोज्नु जस्तै हो |
राजा औ देश्बचाउ , जोगी र भोगी हरु मध्ये , राजा औ देश बचाउ राजा अगिल्तिर दखे मात्र चिच्याउने हो यिनीहरु को यो पहिले देखिको बानि हो | जोगी लाइ आफै जोगी , १ छाक खान पाए पुग्छ , १ छाक खान पाए पछि कुटाइम मै सुति दिन्छ देश किन बन्न पर्यो तिनलाई , अब भोगी हरु ग्यास्टिक ले छोडे , येसो बाहिर घाम छैन भने , हुल मूल छैन मौसम राम्रो छ भने हात मा छातरी लिएर येसो निस्कने हुन् , तेस्मा पनि कति जानाले बाटोमा आफुलाई नमस्कार गर्छ , कोइ चिने जानेको ले छुटाउछ कि त्यो गन्दै बित्छ |
अनि हिमानी को तारिफ कसले गर्ने ?
ह्यारीलाई यी सब समुह को नेपालीले धेर थोर भाउ दिन्छ |
मिचेलज्यु
आफुलाई जनजातिको नेता भन्ने जातीय राज्य माग्नेहरुले अहिले मेची देखि महाकाली सम्मको भारत सिट सिमाना जोडेको तराइमा नेपालकै अरु जातिकालाई मधेसी नमान्ने तर बिहार बात पसे जत्तिको सबै मधेसी हुने भन्ने मधेशबादी सिट मिल्नु को पछाडी मलाइ त् राजनीति भन्दा धननीति भयको जस्तै लाग्छ/
तराइमा बसोबास गर्ने नेपालको जनाजातिकालाई लखेट्ने; बिहारबाट पसेका सबै मधेसी हुने र तिनीहरु सबैलाई नेपाली नागरिकता दिलाउने अनि तराइमा त्रिनिहरुको बहुमत बनायर तराइलाइ मधेसीको मत बात भोलि नेपाल बात अलग्गिन समेत सकिने मधेसीको स्वायत तथा रास्ट्रिय आत्म निर्णय गर्न सक्ने राज्य बनाउने भनेर सुरु गरेको थियो कथित मधेशबादी आन्दोलन/
जेके गोइतले तराइमा बसेका अरु नेपालीलाई लखेट्नु अपहरण गर्नु मार्नु अपराध होइन राजनीति हो भनेर अन्तर्वार्ता दियको थियो/ राजेन्द्र महतोले गिरिजाको मन्त्रि हुँदा हितौंदामा भासन गर्दा तराईमा अरु जातिको नेपाली बस्ने हो भने मधेशीको हुकुमत मानेर बस्नु पर्ने भनेको थियो/ठाकुर; सरिता गिरि गुप्ताहरूले भूकम्प पिडितहरुलाई तराइमा बसोबास गर्न नदिने भनेको थियो/ सिकेले तेही भने गरे जुन कुरा सन् १९५६मा रघुनाथ ठाकुरले भने गरेको थियो/ रघुनाथ ठाकुरले दीलिमा अनसन बसेर शिरमा आगो लगायर तराइलाइ नेपाल बात अलग्याउन भारतको समर्थन खोजेको थियो/ बाबुरामको सरकारमा बसेका मधेश्बादिले पदमै बसेर त्यो रघुनाथ ठाकुरको जयन्ति समेत मनायको थियो/ आजको मधेश्बादिले पनि तेही नै गर्दै आयको छ/ कथित जनजातिका नेताहरु उनीहरु सिट मिल्नुको पछाडी कुनै रास्त्रवादी कारण हुनै सक्दैन; लेंग्दुपे कारण चाहि हुन् सक्छ/
हैन भाई, हामी हीमानी लाई त्यो दिन मान्छु जुन दिन उन्ले “मैले नेपाली लाई गरेको सेवा मेरो छोरोलाई राजगद्दी दीलाउने लालचले होइन” भन्छीन् । ह्यारी को निःस्वार्थ सेवा (उल्ले पनी नाम कमाउन गरेको होला तर बेबि किंग हुन हैन) लाई कसरी हीमानीले लालची ससुरोको ईशारामा छोरोलाई बेबी कींग बनाउने षड्यन्त्रको पात्र भएर गरेको काम संग गर्न सकीन्छ हं सुर्य भाई ? होईन भने किन वंशमाराज्ञनेन्द्र वा हीमानीले बेवि किंगको सपना त्यागेको घोषणा गर्दैनन् । त्यस्तो सहयोग गर्ने उदार ब्यक्तिले कीन श्रुतीका टुहुरा छोरीहरुको सम्पति् मा द्हारा धस्छन् ?
ओ भाई, कती पैसा पाईन्छ यस्तो लेख लेखेको ?? त्यति जाबो पैसामा बिक्ने ?
हरे दैब तपाइलाई सदबुद्दी आओस येदि हिमानीले आफ्नो छोरोलाई बेबी किङ्ग बनौन यो सब गरेको हो भने उनलाई येति पर कुरी राख्नु पर्दैन थ्यो जुन दिन ज्ञानेन्द्र ले जनताको देश को हित को लागि राज गद्दी मात्त्र त्यागेनन् नारायेन्हीती नै त्यागे तेस दिन हिमानी को ठाउ मा मा भएको भए ज्ञानेन्द्र को कन्चेत मा बन्दुक राखेर भन्ने थिए मेरो छोरो लाइ राजा घोसना गर म राजेन्द्र लक्ष्मी जस्तो रानी भएर देश चलाउछु / जसको हात मा पावर थ्यो उसले जे नि गर्न सक्थ्यो दर्बार हत्या काण्ड जस्तो काण्ड सहने हामि नेपाली अर्को बेबी किङ्ग काण्ड त सजिलै पचाउने थ्येउ / हिमानी जस्तो सहनशील नारि को आज हामि सबै मोर्डन भनिने नेपाली नारि ले खी सिक्न सकिन्छः उनि संग के थिएन?ति छोरा छोरी बोर्दास गरेर आरामले एउटा भने जस्तो केटो संग गएर राज गर्न तर उनले आफ्नो परिवार को लागि माइती घर समेत टाडा राखेर परिवार,सासु,ससुरा,जनता,समाज सेवा अंगालेकी छिन तेस्तो लोग्ने हुदा सम्म एक सब्द कतै केहि बोल्दिनन्/ सत्य युग कि सिता ले आगोमा हामफालेको हामि अहिले सम्म सम्जिञ्छौ तर यो युग कि हिमानी ले जिउदै आगोमा बाचेर दिएको अग्नि परिछ्या हामि ले देख्दै नौ
स्मरणशक्ति बिहीन बबुराहरु देखेर दया लाग्छ
तलकाडु दुइ बुंदा फेरी पढौ, बुझ्ने खास गाह्रो छैन
१. ज्ञाने-हीमानीले राजगद्दी मोह त्यागेको घोषणा
२. श्रुतिका टुहुरा सन्तान लाइ लुट्न बन्द
बांकी राजपरीवार त मार्यो ती बच्चा हरुलाइ त सुखले बांच्न देउ ?
Rajan Ji,
I am pretty sure you are well educated. It seems very pathetic to me when you call Ex. King Gyanendra a culprit of royal massacre that happened in 1998. I am sure if politicians ever wanted they could get help from worlds best detectives to find the evidence of who was the culprit and they would have punished Ex. king Gyanendra well ahead as we all can see how much our new kings (well corrupted politicians) hate ex. king. It’s better stop calling anyone culprit without any evidence. Don’t think I am taking side of Ex. King Gyanendra, but be aware of fact that we should appreciate one’s good deed as well as criticize their mistakes. However, we as a human being should never call anyone a culprit without any evidence.
Sir, I am well educated and that is how I and most of others came to the same conclusion. There is enough circumstantial evidence to go around to call him murderer. There may not be any hard evidence convict him as this SOB destroyed all of them while he was in power beyond the time of massacre. If you do not eyes to see it or brain to process it, I will doubt your IQ level.
Everybody knows that he remained in power as an absolute monarch beyond the time, why the hell would you think he would keep all the evidence to convict him? He had enough time to destroyed every piece of evidence, including the sharp shooters he hired to kill his brother’s family. The only remaining Royal family member “Prekshya” died in mysterious helicopter crash in which, ironically, the pilot survived. If our leaders had shown even a little spine at the time, this SOB would have been behind bars or even hung by now.
I am glad that his hopeless son did one good thing in his life, he destroyed this SOB and his accomplice, Himani.
Rajan ji,
This shows how radical we are and without a clear evidence how we call someone culprit and punish him/her. Similarly, when we see any good deeds done by someone else we call them a deity and start to worship them without knowing their real motive behind their deeds. This radical thought has kicked us so much behind in each and every aspects of development. You can check the history of countries in the world and then you will figure out the cons of being an absolute radical.
I wish one day my country and countrymen will learn to become unbiased, wise and patient while taking any decisions.
हेर्नुस सूर्य जी ह्यारी र हिमानी मा निकै भिन्नता छ , हामी नेपाली लाई गोरो छाला र खैरो कपाल हुनासाथ कोहि पनि भगवान सरह लाग्छ , झन् ह्यारी त अझै राजकुमार पनि भए ! बिचरा हिमानी पक्का नेपाली परिन अनि भूतपूर्व पनि , अब उनको कदर कसले गर्ने ? उखान नै छ नि “ओरालो लागेको मृग लाई बाच्छाले पनि लखेट्छ” !!! वा “नजिक को तिर्थ हेला” ,
पारसले लागु पदार्थ प्रयोग गरेर आफ्नो बेइज्जत गरे , त्यो सबै नेपाली लाई थाहा छ , ह्यारी पनि लागुपदार्थ को दुर्व्यसन मा लागि कुनै समय Rehab मा पुगेका थिए , जुन कुरा धेरै नेपाली लाई थाहा नहोला !!! गूगल मा गइ खोज्न सकिन्छ !!!! तर हाल उनि सुध्रिसके , हाम्रा पारस दाइलाई पनि तेसै गरेर सुध्रने मौका दिने हो कि ? अनि ह्यारीले गर्ने काम उनले नै गरुन !!!!
आफु जस्तो छ अरुलाइ त्यस्तै देख्छ । “गोरो छाला” रे ।
नेपालीले जनताले राजपरिवारको संधै खेदो खने भनेर दूखी नबन्नुस | दिपेन्द्र र राजा बिरेन्द्रको हाई हाई गर्ने नेपाली नै थिए र आजपनी थाकेका छैनन | ३ करोड नेपालीको भबिस्य जोडिएको राष्ट्रको नेतृत्व लिनुपर्ने ब्यक्तीहरु घरको बिग्रेको छोरो सुधार गृहमा लगेर सुधारेर ल्याउँ र पुनर्स्थापना गरौँ र सबैले मानुन भन्ने हुँदैन | तिनको बिकास त्यसै अनुसार गरिनु पर्दछ जसरी ह्यारी र दीपेन्द्रको गरिएको थियो | अहिले रोएर काम छैन | तर बिचरा अभागी हिमानीलाई ससुराको इतिहाँस र श्रीमानको वर्तमानको कुकृत्यको श्राप लागेको छ |
सार्बजनिक व्यक्तिहरुको हिसाब हरेक जनमानसमा बसेको हुन्छ र ज्ञानेन्द्र/धिरेन्द्र/ऐश्वर्यहरुको गुणगान त गाइराख्नु पर्दैन होला |
हिमानी शाहले गरेको आफ्नो ठाउमा छ, र त्यो
गर्नु पर्ने कर्तब मा पनि पर्छ, तर ह्यारीले गर्नु
ठुलो कुरा हो, बेलायत जस्तो बिकसित मुलुको
एक प्रिन्स नेपालमा आएर,हरेक नेपाली को दुख
मा हातेमालो र सहोयग गर्नु ,जुन नेता नपुगेको
ठाउमा पुग्नु एक उधारणीय काम हो ,जो नेपाली
नेताहरुलाई पनि एक सबक मिलेको छ ,पारस
त यो लेबलमा कुरै नगर्यो तेसैले ह्यारी लै हिर्दय
देखि नै धन्यबाद …
म तपाईं को हृदय्स्पर्सी लेख को स्वागत गर्दछु. साथै हामी सम्पूर्ण नेपालीमा पनि येस्तै विशालताको भावना जागृत भैरहोस भन्ने कामना गर्दछु. यहाँ लाई फेरिपनि एकपटक धन्नेबाद. जय होस्.
यहाँ, “अनि नराम्रा मध्ये कम नराम्रा वा कम नराम्रा मध्येका राम्राहरुको समर्थन गर्ने संस्कार पनि हामीबीच सुरु हुनुपर्ने हो कि?” लेखिएका विचारले धेरै कोइसन्, सुझाव र आँकलन गरिएका छन्| म त खुशी भएँ! अरु मित्रहरु कताका के कुरा गर्छन गड/घोस्ट नोज!