Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा थापिएको पासोमा परी ज्यानै गुम्यो भेनिशाको

Posted on March 24, 2016 by Salokya

abhiyukta
सामाजिक सञ्जाल परिचित साथीहरुको सर्कलमा आफ्ना गतिविधि बाँड्ने उद्देश्य राखेर बनाउनेले बनाएका हुन्। तर अहिले त गोरु बेचेको साइनो नभएकालाई पनि फ्रेन्ड बनाउने त फेसनै चलेको छ। त्यसरी सामाजिक सञ्जालमा भेटिने सबै मानिस सामाजिक नै हुँदैनन्। त्यस्ता कतिपय अपरिचितले त फेसबुकलाई पासोका रुपमा मात्रै थापेको पनि हुनसक्छ। यही कुरा बुझ्न नसक्दा २० वर्षकी भेनिशा लिम्बुले ज्यानै गुमाउनु पर्‍यो।

प्रहरीले आज पत्रकार सम्मेलन गरी उनको हत्यामा संलग्न तीन अभियुक्तलाई पक्राउ गरेको छ तर मुख्य अभियुक्त भने अझै फरार नै छन्। उसको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन। घटना एकदम फिल्मी शैलिको छ। यो घटनाबाट पाठ सिक्नुपर्ने धेरै छ। यस्तो छ घटना विवरण।

धनकुटा स्थायी घर भएर हाल कपन सरस्वतीनगर बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बु फागुन ८ गतेदेखि बेपत्ता थिइन्। फागुन १४ गते भक्तपुरको नगरकोट-भक्तपुर सडक खण्ड छेउको बाँसघारीमा शव फेला पर्‍यो।

राजनीतिक दबाब नपर्ने हो भने नेपाल प्रहरी अनुसन्धानमा खतरा छ। फागुन १४ मा शव भेटिएको एक महिना नबित्दै प्रहरीले घटनाको साङ्गोपाङ्गो केलाउन सफल भयो।

अनुसन्धानबाट खुलेका केही कुरा यस्ता छन्-

भेनिषा लिम्बु र राजन राई एक अर्कामा परिचित थिएनन्। तीन महिनाअघि देखि उनीहरु फेसबुकमा फ्रेन्ड भएका थिए। अनलाइनको परिचय अफलाइनमा पनि गाढा भयो।

फागुन ८ गतेको दिन दिउँसो अन्दाजी ३ बजे बौद्ध गेटमा राजन र भेनिषाको भेट भएको थियो। उनीहरु बीच एक्लाएक्लै भेट भएको थिएन। सनी लामा,सजित लामा र अर्को एक जना नाम थर वतन नखुलाइएका व्यक्ति (हाल फरार) समेत सँगै रहेका थिए।

सबै जनाले सल्लाह गरी रमाइलो गर्ने भनी ठमेलतिर गई हार्ड रक रेस्टुरेन्टमा गई चार पाँच वटा बियर खाए। भेनिशालाई रक्सी खुवाई लठ्ठ बनाई सामान्य अश्लील क्रियाकलाप समेत गरी उनीहरु बसे।

साँझ ६ बजेर १० मिनेटमा उक्त फरार व्यक्तिको गाडीमा राजन राई र सजित लामा समेतका सबैजना बाहिर निस्के। बौद्द गेटमा पुगेपछि राजन राई र सजित लामा गाडीबाट झरे। भेनिशालाई सनी लामा र अपरिचित व्यक्तिको जिम्मा लगाई छाडिदिए।

त्यसपछि उक्त फरार व्यक्तिले सनी र भेनिशालाई आफ्नो अपार्टमेन्टमा लगे। अपार्टमेन्टको छैंटौ तलामा रहेको कोठामा सन्नी र भेनिषाले थप १ बोतल बियर खाए। सनी र भेनिषा एउटा कोठामा सुते। सन्नी र भेनिषा बीच सहमतीमा सेक्स समेत भयो।

यहाँसम्म सबै सहमतिमा भएको थियो। आपराधिक प्रवृत्ति त्यसपछि सुरु भयो। नाम नखुलाइएका ती अपरिचित व्यक्तिले सनी र भेनिषा सुतेको कोठामा गई बाहिरबाट ढोका खोल्न भने। सनीले ढोका खोले। त्यो मान्छेले भेनिशासित सेक्स गर्ने मनसायले सन्नी लामालाई कोठा बाहिर जान भने। सनी मानेनन्। यस क्रममा दुई जनाबीच सामान्य विवाद समेत भयो।

उक्त व्यक्तिले जवर्जस्ती गर्न खोजेपछि भेनिशा ट्वाईलेटभित्र पसिन्। उसले भेनिशासँग ट्वाईलेटमानै जबर्जस्ती गर्न खोजे। भेनिशाले मानिनन्। त्यसपछि त्यो व्यक्तिले अपार्टमेन्टको छैटौं तलाबाट धकाली भुईँमा खसालीदिए।

राक्षसै रहेछ त्यो मान्छे। घाइते भेनिशालाई हाल फरार व्यक्तिले गाडीमा राखी अस्पताल नलगी अन्यत्रै घुमाए। छटपटाएकी भेनिशाले केही समयपछि कुनै प्रतिक्रिया नजनाएपछी मरीछ भनी लाशलाई भक्तपुर नगरकोट नगरपालिका-११ मनपोखरी सडक नजिकै पुर्‍याई सनीसमेतको सहयोगमा बाँसको झ्याङमा छोपछाप पारी लाशलाई लुकाई फर्के।

मुख्य अभियुक्त अहिलेसम्म फरार छन्। प्रहरीले तीन जनालाई भने पक्रेको छ।

पक्राउ अभियुक्तहरु:
१, नाम : सनि लामा
उमेर : २८ वर्ष
ठेगाना : का.जि.का.म.पा-०६ बौद्ध
पक्राउ मिति : २०७२/१२/११ गते।

२, नाम : राजन राई
उमेर : १९ वर्ष
ठेगाना : जि.मोरङ पथरी- ३ स्थायी घर भई हाल जि.थली
पक्राउ मिति : २०७२/११/११ गते।

३, नाम : सजित लामा
उमेर : २४ वर्ष
ठेगाना : का.जि.का.म.पा-०६ बौद्ध
पक्राउ मिति : २०७२/११/११ गते।

13 thoughts on “फेसबुकमा थापिएको पासोमा परी ज्यानै गुम्यो भेनिशाको”

  1. madan bajracharya says:
    March 28, 2016 at 8:54 pm

    उहिले राना राजाहरु र तिनका आसेपासेलाई कानुन लाग्दैनथ्यो/ अहिले पार्टीका नेताहरु र तिनका आसेपासेलाई कानुन लाग्दैन लागे पनि मन्त्रिपरिषदले मुद्दा फिर्ता गरि अपराधीलाई मुक्ति दिलाईञ्छ तर तेस्ता बात पिडित भयकालाई सरकारले वास्ता समेत गर्दैन/ ठुला गुन्डाहरु देखि अनेकौं देसको नागरिकता भयका समेत सभासद बने/ सर्वोच्चले समाउ भनेका सिंह दरवारका माननीय बने/ ठुलों ठुलो कालो बजारी गर्ने भ्याट चोर्ने ग्यास सिलिन्डर काण्ड गर्ने पेट्रोल चोर्ने आदि रास्ट्रको सम्पति चोर्ने चोर भयन; ब्यबसाई र उद्द्योगपति बने/ राजनैतिक बिरोधको नाममा गाडीमा पेट्रोल बम हानेर व्यक्ति हत्या गराउनेको नाईके नेता बने/ प्रहरीको जवान देखि यस पी समेतलाई निर्ममता पुर्वक मार्ने सिमानामा बसेर नाकाबन्दी गर्दै प्रहरीलाई पेट्रोल बम हान्ने आदि समुहलाई सजाय गर्नु त् कता कता उल्टै तिनीहरुको उपचार गर्ने खर्च सरकारले दियो/ यस्तै यस्तै गर्ने गराउनेको सहमति र गठबन्धन मा राज्य चल्ने देसमा यस्तो त् हुनेनै भयो/

    प्रहरीले अपराध गरेको आरोपमा समाई सके पछि बार्ता सहमति मेलमिलाप र ठुलाको निर्देशन बात कसैको निर्देशन बात मुद्दा नचलाउने र सजाय नगर्ने परिपाटी को अन्त हुनु पर्छ/ अपराधीलाई प्रहरीले समाउन मात्रै पाउने तर सहमति मिलापत्र र ठुलाको प्रभाव र निर्देसनमा छोड्न नपाउने र त्यो व्यक्ति र तेस्ले गरेको अपराधको बारेमा न्यायालयले मात्रै निर्णय गर्न सकिने ब्यबस्था बने प्रहरीले पनि कसैलाई गलत आरोपमा समाउन सक्दैन र अपराध गर्नेले पनि उन्मुक्ति पाउदैन/ यस्तो ब्यबस्व्था नबने सम्म नेपालमा कानुनको होइन बलियाको राज चल्दै गर्छ/

    Reply
  2. राजन says:
    March 28, 2016 at 3:05 pm

    अनुहारै हेर्दा अनपढ़ खाते जस्ता देखिन्छन् । यि खातेहरुका लागि भएपनि नेपालमा म्रीत्युदण्डको कानुन आवशयक छ । यस्ता लाई समाजको शौचालयबाट फ्लश गरेर फालेकै उपयुक्त छ ।

    Reply
  3. KRISH DHAKAL says:
    March 28, 2016 at 11:45 am

    अपरिचितलाई फेसबुकमा ठाउँ नदिउ |सारा समाजलाई नै गाली गर्नु अज्ञानी पन हो फेसबुकमा जथाभावी फ्रेन्ड बनाउन पनि डराउन पर्नि यार.

    Reply
  4. Sunil. London says:
    March 26, 2016 at 2:41 am

    कानून त कडा बनाउनै पर्ला अपराध गर्नेका लागि, तर कानून कडा पार्नु भन्दा पनि अपराध नै गर्न बाट रोक्ने उपाय गरे कसो होला ? एकजना जवान केटि ४ जना अपरिचित पुरुष संग पहिलो भेटमा नै मादक पदार्थ सेवन गरि “सहमति मा नै *** गर्छिन भने , दुनिया को कुनै पनि कडा कानून ले केहि लछारपाटो लाउदैन, मा ठोकुवा का साथ भन्छु !!!!!
    अब महिला अधिकारवादी हरुले जुलुस निकाल्ने र नारा लगाउने तेस्पछि हात्ती आयो हात्ती आयो फुस्सा !!!!! युवतीहरुले यस घटना बाट केहि पाठ सिकुन र आफ्नो रक्षा आफै गर्न सिकुन , अस्ति भर्खर पोखराको घटना बाट कसैले केहि सिके जस्तो लागेन !!!!

    Reply
    1. HarataraH says:
      March 27, 2016 at 7:38 pm

      हामी कसरि हुर्कियौं? त्यहाँ यो प्रश्न छ! अपरिचित ‘रे, को हो? कस्ले दिएको यो कथा हौ लेखक ज्यु? अब, सामान्य रुपमा लिऔं “माथि तलबाट, उता यताबाट!!
      घटना घटी रहन्छ, कल्पना कल्पी रहन्छ,
      म १ पात्र, तपाई अर्को,
      कुरा गरौला बाचुन्जेल, नमानि झर्को!”

      Reply
  5. madan bajracharya says:
    March 25, 2016 at 8:43 pm

    अपरिचित व्यक्ति भनेर मूल अपराधीलाई गोप्य राख्न खोजेको कुरा नै रहस्यमय छ/ भेनिसा र संनिलाई आफ्नो अपार्टमेन्टमा लगे भने पछि अपार्टमेन्ट हुने व्यक्ति अपरिचित बा गोप्य कसरि हुन् सक्ला? त्यो अपार्टमेन्ट कसको हो पत्ता लगाउन गाह्रो कुरा हुँदै होइन/ प्रहरीले अपरिचित भने पनि मिडियाले चाहे तुरन्तै त्यो को हो भनेर पत्ता लगाउन सक्छ/ यति गरियन भने अहिले अपरिचित अपरिचित भन्दै पछि कुनै निर्दोषलाई दोषी बनाउने जाल बन्ला कि जस्तो लाग्छ/

    Reply
  6. sushil says:
    March 25, 2016 at 9:44 am

    हैट्! फेसबुकमा जथाभावी फ्रेन्ड बनाउन पनि डराउन पर्नि यार.
    नेपाल प्रहरी धन्यवादको पात्र छ. मैले पनि सुनेको थिएँ कुनै बेला कि नेपाल प्रहरीको अपराध अनुसन्धान (देश र साधनस्रोत अनुसार तुलनात्मक रुपमा) लगभग स्कटल्याण्ड यार्डको बराबरी छ भनेर.
    बरु, त्यो एक पटक काठमाडौँको जेलमा गोली हान्न आएको भैयालाई के गरे थाहा पाउन पाए हुन्थ्यो.

    Reply
  7. iswar says:
    March 25, 2016 at 9:44 am

    मृत्यु दण्ड नराखे सम्म हुन्न होला| साना लाई मात्र होईन नेता र माथिकालाई पनि लागु भये हुन्छ

    Reply
  8. dor prasad says:
    March 25, 2016 at 3:06 am

    नेपाल को कानुन ले के भन्छ कुन्नि अरुदेश मा त रक्सि खाएकी महिलाले सेक्स गर्न सहमति दिए पनि मानिदैन – त्यो रेप नै मानिछ |

    Reply
  9. Michael says:
    March 25, 2016 at 1:59 am

    पुर्बिय दर्शन , सिक्ष्या अद्भुत छ , मानिस लाइ नैतिक बान बनाउछ त्यहा येत्सा क्रियाकलाप को गुञ्जाइस हुन्न|

    पश्चिमी शिक्ष्या ,आधुनिक छ , सेक्स लाइ सामान्य रुप मा लिन्छ , खुला समाज यहा पनि एसको गुञ्जाइस हुन्न |

    भारत जहा दास मनोवृत्तिका मानिस बस्छन , न पश्चिमा शिक्ष्या अगाल्न सक्छन , न पुर्बिय दर्शन छोंडन सक्छन , परिणामत मुस्लिम सरियल ल जस्तो कडा कानुन बनाउन पुग्छन , बलात्कारीलाई मृत्यु दण्ड दिने कानुन ब्नाउछन फेरी पनि इन्डिया मा हेरौ न बालत्कार कम भएको छ न नारि प्रतिको दुर्ब्यबहार |
    नेपाल त् झन् दास को पनि दास बनाइएको छ | दिपिका पदुकोंन , प्रियंका चोपडा , सनिलियों न लाइ र रंबिर सिङ्ग , मिका सिङ्ग , के के जति लाइ आदर्श मान्ने नया पुस्ता निस्केको छ | नेपाल को प्रमुख रास्ट्रिय दैनिक मा दिपिका ले , प्रियंका ले ब्वाई फ्रेन्ड फेरेको कुरा रास्ट्रिय समाचार बन्छ | हिजो राजाको पालामा रेडियो मा आधा घण्टा हिन्दि समाचार बज्दा बिरोध गर्ने लेनिन र मावोका नाजायज सन्तान हरुले आज गंगाको दुर्घंध र बिहारको को गुण्डा गर्दी काठमान्डू भित्राइसके |
    अब येस्ता अपराध को के कुरागर्नु ? छिट्टै बिहारीले तराइमा सेनाग ठ न गरेर नेपाल खान खोज्दा हिजोका नेपाल बादी को स्वाङ्ग गर्ने कुनै पार्टी बोलेको छ ?
    नाकाबन्दी आयो , गयो खै कुनै बिस्लेसन भयो ? चीन सग इन्धन सम्म गर्न सकेन भित्र भित्रै बिकेका भाइरस हरुले |

    Reply
    1. Bhuwan says:
      March 25, 2016 at 10:10 am

      एस्तो कुराहरुलाई सामान्यकरण गर्नु हुन्दैन | सारा समाजलाई नै गाली गर्नु अज्ञानी पन हो जस्तो लाग्छ | येस्ता गतिबिधि संसारभरि नै हुन्छन | यो केवल पुरुषले महिला लाई आदर गर्न नसक्नुको कारण हो जस्तो लाग्छ मलाई |

      Reply
  10. shristi says:
    March 24, 2016 at 11:03 pm

    this only one news that we read in net but there is many and different kind of crime is happening because of facebook miss used.

    Reply
  11. Rohini says:
    March 24, 2016 at 10:43 pm

    आफ्ना परिचित साथीहरुलाई मात्र फेसबुकमा साथी बनाऊ | अपरिचितलाई फेसबुकमा ठाउँ नदिउ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme