प्रधानमन्त्री केपी ओली यतिखेर जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा छन्। १ करोड १६ लाख २५ हजार ३०४ रुपैयाँ राज्यको ढुकुटीबाट खर्च भएको भारत भ्रमणको ठ्याक्कै एक महिनापछि (दिल्ली फागुन ७ मा गएका थिए, चीन चैत ७ मा) ८० भन्दा बढी सदस्यको टोली बोकेर प्रम ओली बेइजिङ पुगेका हुन्। प्रम ओली दिल्लीमा हुँदा म पनि भ्रमणको समाचार कभर गर्न त्यतै थिएँ। तर म सरकारी प्रतिनिधिमण्डलमा चाहिँ थिइनँ है, म आवद्ध संस्था पहिलोपोस्टको खर्चमा म त्यता पुगेको थिएँ। अहिले फेरि प्रधानमन्त्रीको चीन भ्रमण भइरहेको बेला भारत भ्रमणका केही किस्सा याद भयो, जुन कुनै समाचारमा आएन। लेख्ने मेसो पनि मिलेन।
१) सिम कार्ड बोकेरै गए पाहुनाहरु
भारत भ्रमणको सरकारी टोलीमा ५२ जनाको नाम थियो। तर उड्ने बेलासम्ममा मधेसी मोर्चा र कांग्रेसका सांसदहरुले ‘हामी जान्नौँ’ भन्दिए। सरकारी टोलीमा रहेका पाहुनाहरुका लागि भारतीय दूतावासले सञ्जार सहजताका लागि भारतीय मोबाइलको सिम कार्ड उपलब्ध गराएको थियो। दूतावासका अधिकारीहरुले उनीहरुलाई फर्कने बेलामा सिम कार्ड फिर्ता गरिदिन आग्रह गरेको थियो। तर एक जनाले पनि सिम कार्ड फिर्ता गरेनन्। ‘दूतावास यस्तो सानोतिनो काममा अल्झने हैन’ भनेर उल्टो उपदेश दिँदै उनीहरु नेपाल फर्किए। ती सिमकार्ड तीन महिनासम्म प्रयोग नभए बेकम्मा हुन्छन्।
२) सांसद सीमाकुमारीको सिम खुल्दै खुलेन
भारतीय मोबाइल अपरेटरहरुको नियम कडा छ। ह्याँ जस्तो पान पसलमा सिम कार्ड किनेर तुका तु फोन त्यहाँ कहाँ खुल्छ र। कम्तिमा २४ घण्टा लाग्छ। त्यही पनि मोबाइल अपरेटरले एक जना परिचितको नम्बर मागेर त्यसमा फोन गरेर जसको नाममा फोन लिन लागेको हो उसलाई चिन्ने हो कि हैन भनेर कन्फर्म गरेपछि फेरि त्यही नम्बरमा फोन गरेर ठेगाना मागेर रिकन्फर्म गरेपछि बल्ल सिम खुल्छ। राष्ट्रिय जनमुक्ति पार्टीकी सांसद सीमाकुमारी विकको सिम खै कुन्नि के प्राविधिक कारणले हो, भ्रमणको अन्तिम कार्यक्रम रहेको ठाउँ मुम्बईमा पुग्दासम्म पनि खुल्दै खुलेन। माननीय ज्यु धोका दिने भनेर रिसाएर छुट्टी !
३) पत्रकार बसेको कोठाबाट २२ हजार आइसी फोनको बिल
मुम्बईबाट फर्कने दिन होटलको बिलले तनाव दियो। पत्रकार बसेको कोठाबाट २२ हजार आइसी फोनको बिल आयो। ल बर्बाद। अब के गर्ने। परराष्ट्र मन्त्री कमल थापाले अहिले मिलाउनु, पछि हेरौँला भनेपछि दूतावासले बिल तिरिदियो। जुन कोठाबाट २२ हजार आइसीको फोनको बिल आएको थियो त्यसमा बसेका दुई पत्रकार थिए- ऋषि धमला र शम्भु श्रेष्ठ। उनीहरु मध्ये कसले फोन गरेका थिए, वा कोठामा आएर अरु कसैले पो फोन गरेका थिए कि, रहस्य मै रह्यो।
४) धमलासित नागरिकता पनि छैन पासपोर्ट पनि छैन
सरकारी प्रतिनिधिमन्डलको सूचीमा पत्रकार ऋषि धमलाको नाम थिएन। तर उनी प्रतिनिधिमन्डलमै रहे सरह नै अरु सदस्य झैँ उनीहरु बसेकै होटलमा बसे। मुम्बईबाट काठमाडौँ फर्कने क्रममा इमिग्रेसनमा चेक गर्दा धमलासित न नागरिकता थियो, न पासपोर्ट। विमानबाट भारत जानका लागि पासपोर्ट वा नागरिकता अनिवार्य हुन्छ। तर धमला बिना नागरिकता र पासपोर्ट काठमाडौँबाट दिल्ली पुग्न चैँ कसरी पुगे? यो पनि रहस्यकै कुरा भयो। मुम्बईमा परराष्ट्र मन्त्रालयका liaison officer चक्र सुवेदी ग्यारेन्टी बसेपछि बल्ल मुम्बई इमिग्रेसनले प्लेन चढ्न दियो।
बलिउड कलाकारलाई भेट्ने कार्यक्रममा भने धमलालाई राम्रैसँग पन्छाइएको थियो। खासमा उनी होटलबाट जान मानेका थिएनन्। तर अधिकारीहरुले तपाईँलाई कारकेडमा लान मिल्दैन, अहिले नै एयरपोर्ट नगए छुट्नु होला नि भनेर तर्साएपछि उनी खुरुखुरु एयरपोर्टतिर लागेका थिए।
धमलाले प्रमका सहयोगीहरु गोपाल खनाल, इन्द्र भण्डारी र राजेश महर्जनलाई सुषमा स्वराजसँग भेटेको फोटो देखाउँदै प्रधानमन्त्रीसँग अन्तर्वार्ता गर्नुपर्यो भनिरहेका देखिन्थे। तर प्रमले धमलालाई समय दिएनन्।
५) मुख्य सचिव सबभन्दा असन्तुष्ट
मानमनितो पुगेन भनेर मुख्य सचिव डा. सोमलाल सुवेदी सबभन्दा असन्तुष्ट देखिन्थे। यत्रो जम्बो जन्तिमा मुख्य सचिवलाई चिनेर कसले पो मानमनितो गरिराख्न भ्याउने ! फेरि संयोग पनि उस्तै। सप्रु हाउसमा प्रधानमन्त्री ओलीको लेक्चर कार्यक्रममा आमन्त्रितहरुलाई मात्र कडा सुरक्षा बीच प्रवेश दिइएको थियो। निमन्त्रणा पत्र नभएको भन्दै मुख्य सचिवलाई नै सुरक्षाकर्मीले छिर्न दिएनन्। त्यसपछि दूतावासले हतार हतार निमन्त्रणा पत्र भारतीय आयोजकबाट एक्स्ट्रा लिएर उनलाई उपलब्ध गराएको थियो।
६) शक्तिहीन गृहमन्त्री शक्ति बस्नेत
नेपालको शक्तिशाली मन्त्रालयहरु मध्ये एक गृह मन्त्रालय हाँक्ने मन्त्री शक्ति बस्नेत भारत भ्रमण भर बिल्कुन निरीह देखिए। उनी एक्लै एक्लै, अड फिल गरिरहेका देखिन्थे। फागुन ७ गते दिल्ली पुग्दा दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलाई भेट्न र फोटो खिचाउन आउने भिडमध्ये एक जनाले गृहमन्त्रीले अय्या भन्ने गरी खुट्टैमा कुल्चिदिएका थिए। अरु कार्यक्रमहरुमा पनि गृहमन्त्रीको कुनै भूमिका देखिएको थिएन। नेपालबाट बुख्याँचा ल्याए सरह नै थियो उनको भूमिका र उपस्थिति।
मुम्बईमा सम्मानमा दिएका उपहारका सामान राख्नलाई उनी ‘खै एउटा प्लास्टिक भए पाउँ न’ भन्दै खोजिरहेका थिए।
७) कमल थापा विदा लिएर सिद्धिविनायक मन्दिरमा
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले भने त्यस्ता उपहार राख्नलाई १२ सय पर्ने सुटकेस पाएका थिए जसको व्यवस्था गरेका थिए मास्टर थापाले। प्रधानमन्त्रीले युनिलिभर उद्योगको अवलोकन गर्ने दिन मन्त्री थापाले प्रधानमन्त्रीलाई आज मलाई छुट्टी दिनुस् भने। उनी प्रमसित युनिलिभर गएनन्। त्यसको साटो प्रोटोकलसहित सिद्धि विनायक मन्दिर गएर पूजाआजा गरेर फर्किए।
८) दूतावासकै कर्मचारी अलपत्र
प्रतिनिधिमण्डललाई होटलमा वासको व्यवस्था गरिएको थियो। तर अव्यवस्थापन कस्तो थियो भने दूतावासकै कर्मचारीले समेत होटलमा बास पाएनन्। बाहिर अरु होटलमा पनि कोठा नपाएर उनीहरु अलपत्र परेका थिए। जबकि प्रतिनिधिमण्डल बसेको होटलकै कोठा खाली नै थियो।
९) नुहाउँदा नुहाउँदै छुटे
दिल्लीबाट चार्टर्ड विमानमा प्रधानमन्त्रीको टोली राजस्थानको भुज गएको थियो। भुजको रिसोर्टमा एकछिन बसेपछि कार्यक्रम स्थल जानु पर्ने थियो। तर राससका पत्रकार नुहाउन थालेछन्। नुहाउँदा नुहाउँदै टोली भने कारकेडसहित कार्यक्रम स्थल हिँडिसकेको थियो। अनि राससका पत्रकारले भुजको कार्यक्रमको फोटो खिच्न समेत पाएनन्।
१०) राष्ट्रपति भवनलाई हत्तु बनाए
भारत सरकारले त्यहाँको राष्ट्रपति भवनमा १३ जनाको बासका लागि व्यवस्था मिलाएको थियो। तर त्यहाँ २० भन्दा बढी बस्न पुगे। अझ लञ्च र ब्रेकफास्ट खाने बेलामा त ४० जनासम्म पुगेर हत्तु बनाए।
११) के के न होला भनेको त
राजस्थानको भुजमा परम्परागत नाच प्रधानमन्त्री ओलीलाई देखाइयो। नाचपछि प्रमले भने, ‘के के न होला भनेको त हाम्रो गाउँको सतार नाच जस्तो पो रहेछ !’
१२) झण्डाको फन्डा
होइन, हाम्रो रातो र चन्द्र सूर्य झन्डाको आकारप्रकार यस्तो हो र ? @ Bhuj, Gujraat! ! pic.twitter.com/6H2p3CO0hF
— Devendra R Bhattarai (@registandiary) February 23, 2016
राजस्थानमा जाँदा नेपालको चारकुने गलत राष्ट्रिय झण्डा राखियो भनेर नेपालमा खुबै हङ्गामा मच्चियो। तर सोसल मिडियामा जुन फोटो भाइरल भएको थियो त्यो खिच्ने पत्रकार देवेन्द्र भट्टराईका अनुसार राजस्थानका सबै ठाउँमा त्यस्तो झण्डा राखिएको थिएन। एयरपोर्टबाट आउँदा बाटोमा नेपालको तीनकुने झण्डा नै देखिएको थियो। स्वागतका लागि सडक छेउमा उभ्याइएका बालबालिकाले पनि नेपालको तीनकुने झण्डा नै बोकेका थिए। तर करिब १० किलोमिटरमा फैलिएको रिसोर्ट परिसरको खम्बामा भने त्यस्तो चारकुने झण्डा देखिएको थियो। प्रतिनिधि मण्डलका अरुले त शायद् होस पनि गरेका थिएनन् होला त्यस्तो झण्डा थियो भनेर।
ओहो ! तयारी बिना काम गर्दा येस्तै हुन्छ /
के के न होला भनेको त हाम्रो गाउँको सतार नाच जस्तो पो रहेछ !’
kati hasnu
१, प्र म भ्रमणको खास उप्लब्धि के के हुन्?
२, औपचारिक र राजकीय भ्रमणमा जाँदा टोलीका कसैले उपहार लिए राज्यलाई फर्काउन पर्ने हो|
३. जँहासम्म सीम कार्ड दिने र लिने हो, दिल्लीको नेपाली राजदुतावासले उपलब्ध गराएको भए के बित्दो थियो र? कसले कंहा कुनबेला फोन गरेर कोसँग के कुरा गर्यो त्यसको रेकर्ड राख्नु त् होइन? मुख्य सचिव देखि मन्त्रि सबै मगन्ते प्रबित्तिका देखियो|
४. मुलुक के बाजे र बाजे जस्ताको मात्र हो? यो मुलुकमा अरु जात छैन? टोलीमा बाजे र बाजे जस्ता मात्र रहेछन|
Nepal ko Rishi Dhamala po hunta…waha lai kaha nagarikta, passport, invitation chaincha waha ko aanuhaar nai sabai thok ho …. lekhah ji tapai pani k yesto sano tino kura ma aljhera baseko ne ….
Nothing is surprised. If a highly disorganised mob of ill mannerred, undignified people get opportunity for free travel and free food, this becomes a typical story.
I think Oli possibly did not have much opportunity to travel and see outside Nepal in the past, now being a PM he has boundless opportunity to abuse the system and waste government fund. He also knows he suffers from various illness and he wants to see as many places as possible spending government money ( this is a typical system approved corruption for a very poor country like Nepal)without any gain for the country but lots of gain for his cronie supporters in the ministries and secreteraites.
येस्तै हो नेपालीको यात्रा , तर धमलाको दिल्ली हमला अलि सस्पेन्स लाग्यो |
यात्रा कथा रोचक ,घोचक र सस्पेन्स पनि छ |
येसैलाई र ओलीको लेक्चर लाइ लिएर टेलिफिल्म बनाउने हो भने काइदा बन्छ |
आज मुस्कानदेविले कत्ताबाट सम्झेर मेरो ओठमै चुम्बन गरी – हॉस्या हॉस्यै छु ।
my sansar.com tim lai chai mannu parch kin vane. Khabar yasto hunchha ki khabar vitrako khabar po hunchha t yo blog ma nachutai kan padhne garchhu thanks mysansar
‘नपाउनेले केरा पायो चियामा चोपेर खायो’ भन्ने उखान चरितार्थ पार्नु हामी अधिकांस नेपालीहरुको नैसर्गिक अधिकार हो.