Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपल्लो मुस्ताङको गुफाभित्र

Posted on March 20, 2016March 20, 2016 by Salokya

image
मुस्ताङ मुन्टिने क्रम जारी छ। सोचेभन्दा अलि बढी समय लागेको मात्र हैन, नसोचेका कुरा पनि भइरहेका छन्। लोमान्थाङमा दोस्रो दिन दरबार अगाडि खिच्दै गर्दा अचानक गोप्रो फ्रिज भयो। त्यसपछि खुल्दै खुलेन। कहिले क्यामेराको ब्याट्री चार्ज नहुने, कहिले क्यामेरा भूइँमा जोतिने, कहिले गाडीको डिजेल पास हुने पाइप उछिट्टिने ! तर रमाइलो पनि कम्ता भएन। एउटा स्मरणीय क्षण यो सयौं वर्ष पुरानो गुफा अवलोकन रह्यो। छोसेरको यो झोङ गुफा पाँच तल्ला र १०८ कोठा रहेछ। यात्रामै रहेकोले मोबाइलबाटै खिचेका केही फोटो राख्दैछु। बाँकी फोटो काठमाडौं गएपछि।

image
यस्ता कयौं गुफा उपल्लो मुस्ताङमा छन्। यो दृश्य गुफाभित्रबाट खिच्दाको हो।
image
यो पनि गुफाभित्रको दृश्य।
image
गुफाभित्र
image
यो अलि विशेष फोटो हो मेरो लागि। गुफाभित्र सेल्फी खिच्दै थिएँ, लोमान्थाङको गुम्बाका लामाले फोटो खिच्दिम् भन्दै खिचेको!

13 thoughts on “उपल्लो मुस्ताङको गुफाभित्र”

  1. madan bajracharya says:
    March 24, 2016 at 10:17 pm

    मित्रहरु
    अरु प्रतिक्रियाहरुमा नेगेटिभ टिक लाग्नु स्वाभाविक हो/ तर नेपाल सुन्दर छ भन्ने प्रतिक्रियापानी नेगेटिभ टिक लगाउनु बडो आस्चर्य लाग्दो कुरा हो/ को होला त्यो जसलाई नेपाल सुन्दर छ भनेको कुरा समेत मन नापाराउने? व्यक्तिको बिचार मन नपराउनु व्यक्तिको अधिकार हो र तेस्तो व्यक्तिको विवरण गोप्य रहनु ठिक हो/ तर नेपाल सुन्दर छ भनेको समेत मन नपराउने को विवरण गोप्य रहने हो भने नेपाल बिरोधि हरु हौसिन्छ/

    Reply
  2. Michael says:
    March 21, 2016 at 2:33 pm

    तपाइँ गुफा पसेको , उता ओली चीन गएर सबै सम्झौता तर इन्धन सम्झौता चै न गरि आएछ | तयारि न पुगेको अरे ?
    भित्र भित्रै यो कुमाई ले इन्डिया सग के के मिलेमोतो गरेर आएको छ |
    भ्रस्ट पनि कति भ्रस्ट अन्तरास्ट्रिय विमानस्थल पोखरा मा बनाउन ऋण लिने रे ?
    ऋण लिएर नेपाल मा कुनै काम गरेको छ ?
    त्योपैसा भत्ता , घरभाडा , भैपरी भन्दै उपचार खर्च आदिमा समायोजन गर्छन यी डाँका हरुले |

    Reply
  3. eklavya says:
    March 21, 2016 at 6:34 am

    सर त्यहाँको एउटा Special Documentry तयार गर्नुपर्यो फोटो मात्रले काम भएन।यस्तो बिचित्र ठाँउ शायद नेपालमा कमै छन होला।

    Reply
  4. Naresh says:
    March 21, 2016 at 4:52 am

    Cave pepole of the himalya ………national geographic documentry

    Reply
  5. Naresh says:
    March 21, 2016 at 4:45 am

    एस को documentry bbc ले बन नाई सक्यो यो गुफा होइन

    Reply
  6. suman says:
    March 21, 2016 at 4:23 am

    Salokya ji,

    When you publish a travelogue when going to any place then it would be helpful to the readers if you could also let us (them) know how you get(got) there.

    Did you take your own vehicle or did you travle by bus?

    Reply
  7. madan bajracharya says:
    March 21, 2016 at 12:23 am

    मेरो नेपाल भने सबैलाई नेपाली मान्ने हामि नेपालीको नेपाल बिस्वमा राम्रो भन्दा राम्रो मुलुक भन्दा राम्रो छ/ तर के गर्ने राजा मन्त्रि नेता बन्नको निमित मात्रै आफुलाई नेपाली मान्नेको कुशासनको कालो पर्दाले नेपालको सौन्दर्य छोपियो/ नभय के छैन नेपालमा; मात्र हिमालमा राम्रो ब्यबस्था गर्न सकेको भय, बुद्ध जन्मेको लुम्बिनीलाई बिस्व भरिको बुद्धिस्ट हरुको तिर्थ स्थल को रुपमा बिकाश गर्न सकेको गर्न सकेको भय, पुर्खाले बनायको कला संस्कृति मन्दिर र मुर्ति सम्हालेर राख्न सकेको भय नेपाल बिस्व कै पर्यटकको निमित सुन्दर गन्तब्य बन्ने थियो र मात्र तेतिले पनि नेपाल बिस्वमा धनि मुलुक मध्य यक हुने थियो/

    नेपाल सानो मुलुक हो तर यति सानो मुलुकमा नेपाल भन्दा २२ गुणा ठुलो भारतलाई पाल्न पुग्ने श्रोतछ/तर ती श्रोतहरु यक पछि अर्को नेपाललाई केहि पनि निशुल्क र सजिलै नदिने भारतलाइ नेपालमा कुर्सि नपाय भारतलाई आफ्नो घर बनाउनेहरुले ……./ यति नभयको भय ……/

    चन्द्र शमशेरको पालामा गेहेन्द्र शमशेरले बेलाईतले बनायको भन्दा राम्रो बन्दुक मेसिन बनाईसकेको थियो, रेल बनाइसकेको थियो/ तेस्तो गेहेन्द्र शमशेर लाई पुरस्कार र प्रोत्शाहन दिनुको बदला आत्म हत्या गर्न बाध्य बनायो/ नेपाललाई चिन्हाउने बनाउनेलाई गेहेन्द्र शमशेरकै हालतमा पुर्याउने काम अहिले पनि हुँदै आयकैछ/ यसैले आज नेपालमा भारतले बनाउने कुनै पनि चिज र बस्तु बनाउने कल कारखाना उद्द्योग नेपालमा खुले पनि बन्द भयो/ यस्तो कुकार्य देस बनाउने कुरामा मात्रै सिमित भयन देस चलाउने राजनैतिक ब्यबस्था पनि भयो/ कुर्सिको लागि जन्गेले कोटपर्व गरे जस्तै आज पनि कुर्सिको लागि राम्रो नेताहरुको अस्तित्व मिताउने कोट पर्वहरु हुँदैआयकै छ/ यति नभयको भय नेपाल शान्त र बिकशित मुलुक उहिलेनै बनि सक्ने थियो/

    नेपालमा नराम्रो भनेको मात्र अग्लो कुर्सि पाउन मात्रै जय नेपाल नभय जय भारत भन्नेको कुशासन हो/

    Reply
  8. Rohini says:
    March 20, 2016 at 11:50 pm

    नेपालको मुस्तांग को गुफाको बारेमा बनेको डकुमेन्ट्री यो तलको लिंक मा हेर्न सकिन्छ:
    https://www.youtube.com/watch?v=B_C9ywns3Co

    Reply
  9. sujan maharjan says:
    March 20, 2016 at 9:56 pm

    हामी काठमाडौँ कुंवामा बस्ने हरु लाई यी फोटो देखाउनु भएको मा धन्यवाद !!!

    Reply
    1. madan bajracharya says:
      March 21, 2016 at 10:45 pm

      सुने अनुसार हाम्रो काठमान्डू उपत्यकामा पनि अनेकौं आस्चर्य लाग्दो सुरुङ्गहरु छन्/ स्वयम्भूको शान्तिपुर आदि मन्दिर भित्र सुरुङ्ग मार्गहरु भयको र ती सुरुङ्गहरु चोभारको सुरुङ्ग सम्म जोडेको सुनेको थिय/ चोभारमा अनेकौं सुरुङ्ग मार्गहरु भयको त् हामीले देखे सुनेकै कुरा हो/ ती सुरुङ्गमै रानाको जेल तोडेर भागेको गणेशमान लुकेको भनिन्छ/ ती सुरुङ्गहरु प्राकृतिक थिय बा हाम्रो पुर्खाले बनायको थियो तेस्को खोजि भयन/

      सानो तिनो सुरुङ्ग मार्गहरु उहिलेको रानाहरुको दरवारमा पनि हुन्थ्यो/ तेस्तो सुरुङ्ग मैले तीनधारा बात कमलपोखरी जाने बाटोको रानाको दरवारमा मैले देखेको थिय/. त्यो सुरुङ्ग जाने बाटोमा माथि मन्दिर मन्दिर बनायको थियो र त्यो मन्दिरको मुर्ति घुमाय पछि सुरुङ्ग जाने बाटो देखिन्थ्यो/ मलाइ त्यो सुरुङ्गको बाटो त्यो दरवार किन्ने परिवारको मेरो मित्रले देखायको थियो/ मेरो मित्रले त्यो गहिरो सुरुङ्ग पस्ने बाटो पानीमा दुवेको र त्यो सुरुङ्गको भित्ताहरुमा पानीले डुबेको कारणले खोल्न नसकेको अनेकौं फलामको सेपहरु भयको भनेको थियो/.

      पृथ्बी नारायण शाहले हमला गर्दा मल्ल राजा जय प्रकाशको खुट्टामा गोलि लागेको र उनि र पाटनको राजा तेज नर्सिङ्ग राजा हनुमान ढोका भित्र को मन्दिर पसेको थियो र तिनीहरुलाई पछि पाटनमा समायको थियो/ तिनीहरु पनि त्यो मन्दिर भित्रको सुरुङ्गकै बाटो पाटन पुगेको भनिन्छ/ पाटनको कृष्ण मन्दिर संगैको भीमसेन मन्दिर भित्र सुरुङ्ग को बाटो भयको सुनेको थिय/ राजा प्रताप मल्ल देसमा भयको अनिकालको अन्त गर्न पुजा गर्ने सामान लिन स्वयम्भूको चैत्य भित्र सुरुङ्ग कै बाटो बात प्रवेस गरेको र त्यहा उनि बेहोस भयकोले उनीलाई निकाल्न स्वयम्भूको चैतिमा प्वाल बनायर निकालेको भनिन्छ/ स्वयम्भु भित्रको सुरुङ्ग भित्र पस्ने मार्ग मात्र जामन गुभाजुको परिवारलाई जानकारी छ भनिन्छ र आज पनि तिनीहरुले मात्रै स्वयम्भूको शान्तिपुर आदि भनिने मन्दिर भित्रको सुरुङ्ग भित्र गयर गर्नु पर्ने पुजाहरु गर्छन भनिन्छ/

      Reply
      1. Michael says:
        March 22, 2016 at 12:31 am

        एउटा गुफा त् इन्डियन येम्बेस्सी देखि बालुवा टार सम्म छ पनि भनिन्छ |

        Reply
        1. madan bajracharya says:
          March 22, 2016 at 1:38 pm

          मिचेल ज्यु
          भारतीय दुतावासको अन्डर ग्राउण्ड संरचना भित्र धेरै रहस्यमय कुराहरु भयको चाहि सुनेको थिय/ ती रहस्यमय संरचनामा नेपालको राजनैती महत्व भयको घर दरवार सम्म पुग्न सकिने सुरुङ्ग बा त्याहाको गतिबिधि जान्न सकिने कुनै पनि कुरा हुन् सक्छ/

          Reply
  10. sushil says:
    March 20, 2016 at 7:32 am

    मलाई एउटा कुरा अचम्म लागेको छ. यो हजारौं वर्ष पुरानो गुफा भेटेर पनि कुइरेहरुले बाइबल संग जोडेर कुनै डकुमेन्ट्री बनाएका छैनन् नि. नत्र त जहाँ जे भेटे पनि “बिब्लिकल प्रोफेसी कमिंग ट्रु” भन्दै बिबिसी, डिस्कभरी, अलजजिरा आदिमा कुनै डकुमेन्ट्री बजिसक्नु पर्ने हो. त्यहाँको लामा कडा भएर हो कि चीनको जासुसी गर्न अपायक परेर हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme