हिजो मुक्तिनाथमा देखिएको अलिअलि हिउँ कहिले परेको भनेर सोध्दा दुई दिन अघिभन्ने जवाफ पाइएको थियो। राति यहाँको तापक्रम माइनस ४ सम्म पुगेछ। बिहान होटल सेरिनको झ्यालबाट हेर्दा यस्तो पो देखियो।
जानुपर्ने बाटो गाडी बिग्रेर हैरान। यात्रामा यात्राकै मजा लिने, अरु झ्याउ टेन्सन नलिने भनेर ल्यापटप बोकेको थिइनँ। अहिले होटलको वाइम्याक्सको वाइफाइ र मोबाइल चलाएर मोबाइलको कीबोर्डमा टाइप गर्दै मोबाइलले नै खिचेका केही फोटो राख्ने प्रयास गर्दैछु।
घेराबन्दीमा परियो। चारैतिर हिमालै हिमाल। पाइलाअघि बढ्नै मान्दैन। मुक्तिनाथबाट केही घन्टा झोङ जाने बाटो हिँडेपछि देखिने ठाउँ। त्यसो त थोराङ पास पनि गरिसकेको हुँ। तर त्यतिबेला हिउँ थिएन। आज भने रातभर हिउँ परेकोले जताततै सेताम्मे।
beautiful
पिरामिड भन्दा कैयौं गुना ठुला पहाडहरु र नितान्त प्रकृतिमा तिनको उर्जाको अनुभव गर्नु वास्तवमा एउटा अलौकिक अनुभूति हुन्छ.
म पनि आज भन्दा १५ बर्ष पहिले (पुष महिना) छुसांग, चैले, सोमर, घमी, चरांग हुँदै लोमंथांग सम्म गएको थिएँ/ राजा संग भेट्न भने पाइएन – राजा काठमाडौँ गएको मौका परेछ जाडो छल्न/ जिन्दगीमा एकचोटी जानै पर्ने ठाउं नेपालमा कस्तो कस्तो भौगोलिक विषमता छ भनेर जान्न इच्छा हुनेलाई/
नेपाल को हिमाल युरोप को सुजर्लैंड र अमेरिका को आलसका भन्दा राम्रो छ … हामी अलि प्रचार र प्रोमोशन मा कम गरेका छौ … नेपाल को विकास पर्येटन बाटै हुन्छा |
लाइक!