Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिस होमले मलाई नराम्ररी ठग्यो

Posted on March 21, 2016 by mysansar

-रुपेश कार्की-

dish-home-logo मेरो घरमा भएको डिस होमको सेट टप बक्सबाट आवाज कहिले आउने कहिले नआउने समस्या भइरहेको थियो। तेस्को लागि भनेर मैले डिसहोमको कस्टमर केयरमा पटक-पटक कम्प्लेन गरेँ। तर पनि उनीहरु ले कहिले टिभीमा समस्या त कहिले रातो पहेँलो तारमा समस्या भनेर टारी नै रहे। मैले सपोर्टको लागि भन्दा महिनौँसम्म पनि कोही नि पठाइदिएनन्। पछि आफैले डिसहोमको सर्भिस सेन्टर पत्ता लगाएर तीनकुने अफिसमा गएँ। त्यहाँ उनी हरुले चेक गर्दा सेट टप बक्समा समस्या देखियो र बनाउनको लागि ५०० रुपैयाँ लाग्छ भनेर भने। थप २ महिनाको रिचार्ज पनि गर्नु पर्छ भनेर ती रिसेप्सनकी बहिनीले भनिन्। मैले रिचार्ज चैँ किन नि ? भनेर प्रश्न तेर्स्याउँदा, कम्पनी को नियम भनेर जवाफ फर्काइन्।

पछि बक्स लिन जाँदा मैले मर्मत खर्च ५०० चैँ छ तर दुई महिनाको रिचार्ज गर्ने पैसा चैँ छैन भनेँ। ती बहिनीले विनम्रपूर्वक बक्स फिर्ता गर्दै बिल चै दिन मिल्दैन भनिन्।

म त छक्क परेँ, पैसा तिर्ने म तर मलाई नै बिल दिन मिल्दैन रे। अनि मैले इन्चार्जसँग कुरा गर्छु भन्दा इन्चार्ज चैँ छुट्टीमा भनेर जवाफ दिइन्।

लौ ठीकै छ, टिभी त हेर्न पाउने भएँ भनेर घरतिर लागेँ। घर गएर रु ३०० (फागुन २८ गते) को रिचार्ज गरी टिभी हेरिरहेको थिएँ। त्यसको ३ दिनमा (चैत २ गते) फेरि पैसा सकेको मेसेज आयो।

अनि मैले डिस होम को कस्टमर केयरमा फोन गर्दा त्यहाँकी बहिनीले विनम्रतापूर्वक पहिले पहिले रिचार्ज गर्दा तपाईँलाई अलि बढी नै टिभी हेर्न दिएका थियौँ, त्यही पुरानो हिसाबले गर्दा तीन दिनमा नै यसरी लाइन काटेका हौँ भनेर भनिन्।

हैन ए गाँठे, यस्तो पनि हुँदो रहेछ भनेको ! रिचार्ज गरेको पैसा बराबरको चैँ टिभीमा सिग्नल नदिने रे, अनि पहिले-पहिले चैँ बढी समय च्यानल हेर्न दिएको भनेर चैँ कसरी पत्याउने? यो त सरासर ठगी भएन र भनेको। पैसा तिरेको बिल पनि नदिने, अनी पैसा तिरे बराबरको टिभीमा सिग्नल पनि नदिने। हैन एस्तो ठगी गर्ने निकायलाई कारबाही गर्न मिल्छ कि मिल्दैन? मिल्छ भने मलाई उजुरी गर्ने ठाउँको ठेगाना भनिदिनु पर्‍यो

मेरो सेट टप बक्स नम्बर N71902778738

3 thoughts on “डिस होमले मलाई नराम्ररी ठग्यो”

  1. devendra says:
    March 29, 2016 at 9:52 am

    डिश होम होइन इश होम होला, सिम टिभी पनि येस्तै गर्दो रैछ, धमिलो पानीमा माछा मार्न खोज्नेहरु जताततै ….

    Reply
  2. sanu nepali says:
    March 23, 2016 at 10:06 am

    दिस होम को खाने दाउ जस्तो लाग्यो .

    Reply
  3. bhupendra says:
    March 23, 2016 at 9:37 am

    डिस होमले मलाई नराम्ररी ठग्यो तपाई लाई मात्र हैन. धेरै जना ठग्यो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme