Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावअघि नै रामचन्द्र पौडेलले किन आत्महत्या गर्न मनलाग्ने भन्दै भाषण गरे? मनोविज्ञ यसो भन्छन्

Posted on March 14, 2016March 13, 2016 by Salokya

-डा.विजय ज्ञवाली-

paudel नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको अधिवेशन उद्घाटनका क्रममा खुलामञ्चमा भाषण गर्ने क्रममा आफ़्नो चरम नैराश्यता व्यक्त गर्दै आफूलाई कहिले काहीँ आत्महत्या गरुँ जस्तो लाग्ने विचार ब्यक्त गरे। उनका अनुसार मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई निन्दा गरेको देख्दा आत्महत्या गरौँ जस्तो लाग्ने रहेछ ।

सामाजिक संजालमा ठूलै चर्चाको प्रसङ्ग बनेको यो भनाइ उनले भाषण गर्दाको उत्तेजनामा मात्र भनेका हुन् या साँच्चिकै उनी त्यस्तो भावना राख्छन त्यो छुट्याउन गार्हो छ। राजनीति आफैमा तनावपूर्ण कार्य हो। त्यो बीचमा पछिल्लो समयमा सामाजिक वितृष्णाको शिकार नेपाली राजनीति भएको छ।

त्यो प्रसंगमा नेपाली राजनीतिका एउटा प्रमुख पात्रले हजारौँ आफ्ना कार्यकर्तालाई साक्षी राखेर आत्महत्या गर्न मन लाग्छ भन्नु पक्कै पनि सानो प्रसंग होइन। बोले पछि त्यसको जवाफदेहिता नभए पनि हुने मान्यताका साथ उनले सुरिएर हौसिएर बोलेको भए त्यो प्रसंग फरक हुन सक्छ। तर यदि उनले साँच्चिकै अन्तस्करणबाट बोलेका हुन् भने यसले हाम्रो समाज चरम निराशाबाट गुज्री रहेको थप प्रस्ट गर्छ।

समस्याको समाधान होइन आत्महत्या
पछिल्लो सममा नेपाली समाजमा आत्महत्या महामारी (Epidemic ) भएर फैलिदै छ। ससानो घटनामा आत्महत्या गर्ने जस्ता घटना बढिरहेको छ। परिवार र समाज भित्र नै घुर्काउन ,आफ़्नो माग पूरा गराउन आत्महत्या गर्छु भन्ने परिघटना देखिन थालेको छ। हरेक समस्यामा अन्तिम समाधान आत्महत्या हो भन्ने परिपाटीको डरलाग्दो स्वरूप समाजमा देखिन थालेको छ। आफ़्नो असफलता र निराशाको समाधान आत्महत्या हो भन्ने गलत मानसिकताको दरिलो उदाहरणको रुपमा नेता रामचन्द्र पौडेलको भनाइलाइ लिन सकिन्छ। जिम्मेबार व्यक्तिले जुनसुकै प्रसङ्गमा यो भनेता पनि यो निन्दनीय छ।

आत्महत्या विचार भनेको के हो ?

कुनै पनि व्यक्तिले बारम्बार मर्ने कुरा गर्छ ,त्यस्तो विचार बारम्बार मनमा ल्याउछ , आफ्नो जीवन अन्त्य गर्ने विभिन्न प्रयोगात्मक शैलीको अभ्यास गर्छ भने त्यसलाई हामी Suicidal Thought अथवा Suicidal Ideation भन्न सक्छौ। यस्तो विचार राख्ने सबैले आत्महत्या गर्छन भन्ने छैन। चरम निराशा , निराश जीवनशैली ,निश्चित परिघटनाका कारण पनि व्यक्तिहरुले यस्तो विचार राख्न सक्छन। तसर्थ यस्ता व्यक्तिले आत्महत्या गर्छन् नै त भन्ने हुदैन तर यसलाई आत्महत्याको एउटा संवेदनशिल पक्षको रुपमा लिन सकिन्छ। अन्य विभिन्न मानसिक रोगमा पनि यो लक्षणको रुपमा देखा पर्न सक्छ।

के गर्न सकिन्छ ?
यदि परिवार ,साथीभाई अथवा समाजमा कसैले आफुलाइ मर्न मन लागेको आसयको अभिव्यक्ति दिन्छ भने पक्कै पनि उसलाई कुनै प्रकारको सहयोग चाहिएको हुनसक्छ।अधिकांस आत्महत्याका घटनामा आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रुपले सहयोगको निम्ति अपिल गरेको हुन्छ। उक्त अपिललाइ बुझ्न सकियो भने आत्महत्या रोक्न सकिन्छ। आत्महत्या देख्दा आवेगमा आएर गरेको जस्तो देखिए पनि यसका अधिकांस घटना योजनाबद्द रुपमा भएको हुन्छ। नेपालमा पनि हाल विभिन्न सस्थाहरुले यो बिसयमा काम गर्दै आएका छन्। ति अस्पताल ,परामर्स केन्द्रमा गइ यो बिसयमा थप जानकारी लिन सकिन्छ।

बिसयको गम्भीरतालाइ बुझौ

आत्महत्या हाम्रो ठुलो जनस्वास्थ्यको समस्या भै सकेको छ। तसर्थ हामी सबैले यसको गम्भीरतालाइ बुझ्नु जरुरि छ। हाम्रा बालबालिकालाइ हामीले आत्महत्या कुनै पनि समस्याको समाधान कदापी होइन भनेर बुझाउन जरुरि छ। एउटा जिम्मेबार व्यक्तिले ब्यक्त गरेको विचारको गलत अर्थ नलागोस। यदि उनि त्यस्तो भावना साच्चिकै राखछन् भने त्यो हाम्रो लागि पनि दुखद कुरा हो।उनि मनोविज्ञको सहयोग लिन जानु पर्छ। तर यदि उनले कार्यकर्ता को सहानुभुती बटुल्न मात्र त्यस्तो भनेका हुन भने त्यो अन्त्यन्त निन्दनीय छ। समाजका पथ प्रदर्शकहरुले समाजलाई त्यस्ता कुरा सुनाउन जरुरि छ जसले समाजलाई राम्रो अभिप्रेरणा मिलोस। हामी प्रतेक दिन १२ जना नेपाली आत्महत्या बाट गुमाउदै छौ। बिदेशी भुमिमा रहेका नेपाली माझ पनि यो समस्या उत्तिकै गम्भीर बन्दै छ तसर्थ यो संबेदनशिल बिसयमा हामी जबाफदेही हुनु जरुरी छ।

(लेखक क्लिनिकल मनोबिज्ञ र मानसिक रोग तथा आत्महत्या रोकथाम अभियानका अभियन्ता हुन्।)

7 thoughts on “चुनावअघि नै रामचन्द्र पौडेलले किन आत्महत्या गर्न मनलाग्ने भन्दै भाषण गरे? मनोविज्ञ यसो भन्छन्”

  1. Pradeep MS says:
    March 15, 2016 at 11:55 am

    पार्टीको नेतृत्व गर्छु, देशको सेवा गर्छु भन्ने वहाँ जस्तो एउटा जिम्मेवार नेताले यस्तो अभिव्यक्ती दिनु जुनसुकै अवस्थामा नितान्त गलत कुरा हो | अब बोलि नै सके पछि, लेखमै सुझाए झैं साँच्चै वहाँलाई त्यस्तै लागेको हो भने मानसिक चिकित्सक संग परामर्श लिन जरुरी छ, हैन वहाँले कार्यकर्ताको साहनुभुती लिन यस्तो बोलेको भए, सामाजिक संजालमा नेताहरु प्रतीको अथाह नकारात्मक सोचको कारण वहाँ आफै पनि एक हो भन्ने सिद्ध हुन्छा |
    जय नेपाल (राष्ट्र-प्रेम वाला)

    Reply
  2. Dhruba says:
    March 14, 2016 at 10:54 pm

    ए बुज्रुक लेखक तिमीले त्यही ” आत्माहत्या गर्न मन लाग्छ ” भनेको वाक्यमात्र सुनेउकी अरू वाक्य पनि सुन्यौ | नेपाली राजनितीमा लाग्ने धेरै जसो मान्छेहरु बदनाम भए \ समाजमा राजनितीकर्मीहरुको राम्रो इमेज बनेन | नराम्रा मान्छेले गर्दा केहि राम्रा मान्छेलाई पनि हेर्ने
    समाजको दृस्टी एउतै भयो | राजनितीमा लागेर राम्रो गर्न खोज्ने हरुको पनि समाजमा राम्रो इमेज बनेन | यसको आलोचना सामाजिक संजालहरुमा राम्रै संग देख्न सकिन्छ भनेका हुन्

    Reply
  3. सिर्जने says:
    March 14, 2016 at 10:47 pm

    भन्नुको मतलब पौडेल बा ले कि त डाक्टर देखाउन जानु परो कि त मैले झुठ बोलेको भनेर माफि माग्नु परो, होइन त?

    जथाभाबी बोल्दै हिड्न यी नेताहरुलाइ लाज लाग्दैन है?

    Reply
  4. madan bajracharya says:
    March 14, 2016 at 11:00 am

    औकात र योग्यता अरु बात मुल्याकन हुन्छ, तर आफैले आफुलाई बिशिस्त माने
    राजनीतिमा लाग्दैमा राजनीतिग्य बनिन्दैन नमान्ने नमुनाहरु पनि हास्ने नमुना थिय
    नागरिक विधेकलाइ आर्थिक विधेक भने, बीरेन्द्रले त्यो बारेमा सर्वोच्चको राय सोधे
    हाम्ले आर्थिक विधेक भने पछि लालमोहर किन नलागाय त्यो राजाले भनि कुर्लेथ्यो
    नागरिक त् नागरिक राजा पनि लुत्रुक्क बन्नु पर्ने भन्ने “(???) }बन्नु पर्नेमा नेता बने
    निरन्तर उपभोगलाइ अनुभव माने; राजनीतिलाई पनि अपरिबर्तानिय बेद जस्तै ठाने
    “प्रतिस्पर्धा र समर्थकको रोजाई लोकतान्त्रिक राजनीतिको आधार” मानेन बा जानेन
    १७/१७ चोटी हार्दै बसे, जितिनेलाइ मौका नदियर लोकतन्त्रको प्रक्रिया अबरुद्ध पारे
    मात्रिका पछि बिपी योग्यताले तर बिपी पछि गिरिजा केपिलाई चुनावमा अन्तरघातले
    गिरिजा पछि जो गिरिजाको पछुवा “त्यो” नहुनु कसैको योग्यताको कदर नभयको ठाने
    गिरिजा पछि देउपा यो त् तुक्रि सकेको पार्टी यकिकरण हुँदा नै तय भई सकेको थियो
    देउपाले धेरै गल्ति गरे; सायद अझै गर्ला पनि, तर मुर्खले गर्ने गल्ति देउपाले गर्दैन होला
    यस्तै सोच्ने धेरै भयो सभापतिको चुनावमा; चुनावको नातिजाहरुले त् यहि कुरा देखायो/

    Reply
  5. sushil says:
    March 14, 2016 at 10:13 am

    डा. साब! जसको उदाहरण दिएर येतिको लेख्नुभयो, एक पटक गएर उनलाई हल्का ‘counselling’ पनि गरिदिनु भए राम्रो हुने थियो. त्यत्रो सार्वजनिक व्यक्तित्वलाई मानसिक समस्या रहेको भनेर ठोके पछि केही त गर्नुपर्यो नि डाक्टर भएर. कि लेख्नै हुन्थेन, कि उनको व्यक्तिगत उदाहरण दिनु हुन्थेन.

    Reply
  6. Sharad says:
    March 14, 2016 at 7:58 am

    Come on lets not get carried away. He is bullshitting like they always do. Have you ever seen a politician committing suicide because of the the plight of country. I haven’t !

    Reply
  7. Michael says:
    March 14, 2016 at 7:06 am

    यहा चै डाक्टर साहेब आफै बिरामी त् पर्नु भएँन ?
    ओली ले घर घर ग्यास लाइन जोड्ने , मेट्रो रेल बस चलाउने , चीन तर्फ सब नाका खोल्ने कुरा , रामचन्द्र ले चुनाब को मुख मा आत्म हत्या गर्न मुन लागेको कुरा , कांग्रेस ले सिंगापुर बनाउने कुरा , माउबादिको स्वित्जर्ल्यांड बनाउने कुरा पत्याएको भए सबै नेपालि अहिले तपाइको क्लिनिक मा हुन्थे | त् तपाइले कसरि पत्याउनु भयो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme