-लेखनाथ भण्डारी-
कुनै एक जमानामा कुनै एका देशमा एउटा राजा रहेछ।
राजा यति धेरै दुष्ट र भ्रष्ट स्वभावको थियो कि उसका घर परिवार आफन्त समेत उसको ब्यवहार सहन नसकेर लाखा पाखा लागेका थिए। राजा दरबारमा
केही अह्रौटे भरौटे र धुपौरेहरुलाई मात्र लिएर बस्थ्यो।
जनसाधारणहरुलाई ऊ अनेक बहानामा दुःख दिइरहन्थ्यो।
जनतालाई ऊ केही सहयोग गरे जस्तो पनि गर्थ्यो तर त्यसको बदलामा उसले धेरै फाइदा लिन्थ्यो। गाउँलेहरुलाई उसले केही सर-सापटी र ऋण पनि दिन्थ्यो। तर ऊ त्यसको दोब्बर तेब्बर ब्याजको स्याज समेत लिन्थ्यो। सित्तैंमा राजाको काम गरिदिनु पर्थ्यो। अन्न आदिको लिने र दिने माना पाथी पनि ठुला-साना हुन्थे। गरीब जनताका करेसाबारीमा फले फुलेका राम्रा राम्रा फलफुल,मिठो-मसिनो अन्नपात उसैलाई चखाउनु पर्थ्यो पहिले।
समय बित्दै गयो,राजा बृध्द र रोगी हुँदै गयो। तैपनि उसको मति सुध्रिएको थिएन।
एक दिन राजाले सारा जनताहरुलाई दरबारमा बोलायो। ऊ साह्रै सिकिस्त थियो। बृध्द शरीर आज हो कि भोलि जस्तो भएकोले सबै जनता उसको वरिपरी भेला भए।
राजाले सकि नसकी रुन्चे स्वरमा भन्न थाल्यो –
मेरा प्यारा दाजु भाइ-दिदी बहिनीहरु ! मैले तिमीहरु सबैलाई उमेरमा पाखुरामा बल छउन्जेल साह्रै दुख दिएँ। म पापी हुँ। म यसको प्रायश्चित गर्न चाहन्छु। मलाई माफ गरि दिनु। मलाई विश्वाश छ,तिमीहरुले मलाई माफ गरिदिनेछौ। तिमीहरुले माफ नदिएसम्म मेरो सास पनि नजाने भयो।
गाउँलेहरुले सोचे –
आखिर बाचुन्जेल जति नै दुख दिए पनि अब त यो राजा बुढो पनि भयो र मर्छ नै। मरे पछि बरु सुख शान्ति हुन्छ देशमा ठानेर जीवनभर ऊसले दिएको दुख/कष्ट बिर्सिएर भने –
भैगो माहाराज ! यो उमेरमा यो अवस्थामा चिन्ता नलिनु होला। पहिले जे जे भयो सबै सकियो। दुख नमानि भगवानको नाम लिनु भए हुन्छ। हामी सबैले पुराना कुरा बिर्सिदिन्छौँ।
मरणासन्न आबस्थामा पुगिसकेको राजाले अझै रुन्चे अनुहार पार्दै भन्यो – म पापी हुँ। म दुष्ट हुँ। तिमीहरुले मेरो पापको बदला नलिएसम्म मैले कसरी शान्ति पाउँछु?| मेरो बिन्ति छ, तिमीहरुले मलाई केही न केही साजाँय त दिनै पर्छ।
राजालाई उनका बैधले यो पनि सम्झाए-
यता महाराजको अबस्था यस्तो छ,उता महाराजका घर परिवार अाफन्तजनलाई पनि त केही खबर नै नगरि बस्न भएन। साह्रो गाह्रो ओखती पानीका लागि त हामी नै छौं तर बसेको थिती संस्कारका लागि भए पनि घर परिवार अाफन्तजन हुनै पर्छ।
राजाले रुखो स्वरमा प्रतिवाद गर्यो- मैले बुझेको छु। भैगो कसैलाई बोलाउन पर्दैन।
थला परेर मृत्युशैयमा लडेको बृध्द राजालाई के सजाँय दिनु ? उसको पापको बदला कसरी लिनु ? गाउँलेहरु मुखा मुख गर्न थाले।
राजाले नै उपाए दियो – हो यो अबस्थामा तिमीहरुले मलाई केही गर्न सक्दैनौ। केही गर्न पनि मिल्दैन। मलाई कुट पिट वा काट भनेर त म भन्छु तर यसो गर्दा पनि तिमीहरुलाई नै पाप लाग्छ। म तिमीहरुलाई त्यस्तो पाप हुन पनि कसरी दिउँ ?
सर्वसाधारण जनता राजाको बिलौना सुनेर राजाप्रति दया प्रकट गर्न थालिसकेका थिए।
राजाले जनतालाई आफूले गरेको कु-कर्मको बदला लिने कबुल गराएपछि अन्तिम उपाय बतायो। उसले भन्यो-
म अब धेरै बाँच्दिन। तिमीहरुले मलाई माफि पनि दियौ। म खुसी छु। तिमीहरुलाई पाप पनि गर्न नपर्ने र तिमीहरुको रिस पनि मर्ने मसँगको सबै बदला पनि लिन पाउने उपाय छ, त्यही गर्नु।
सारा गाउँलेहरु छक्क परे। के हुन सक्ला पाप पनि नलाग्ने अनि रिस पनि मर्ने र बदला पनि लिन सकिने त्यस्तो काईदा ?
म मरे पछि तिमीहरुले मेरो शरीरमा जे जे सक्छौ, तै तै गर्नु। काटे पनि हुन्छ, कुटे पनि हुन्छ। थुके पनि हुन्छ। लाटी मुड्की घुस्सा जे मन लाग्छ हाने हुन्छ। मरे पनि म त्यही पापी राजा नै हुँ। तै दुष्ट हुँ। यो शरीर मेरै हो। मरेको शरिरमा कुटे पिटे तिमीहरुलाई पाप पनि नलाग्ने। म माथिको रिस पनि सकिने। मलाई पनि प्रायश्चित हुने। त्यसो गर्ने कबुल नगरेसम्म मेरो यो घिटघिटो ज्यान नजाने भयो।
अन्ततः मरणान्त राजाको घिक्क घिक्क सुनेर गाउँलेले मरेपछि उसको शबलाई उसले भने अनुसारकै सजायँ दिने कबुल गरे।
राजाले पनि देह त्याग गर्यो।
राजा मरेको खबर थाहा पाए पछि उसका आफन्त घर परिवार जति सुकै दुष्ट भए पनि बसेको रिती अनुसारको थिती गर्न पर्ने भएकाले जम्मा हुन थाले।
तर जब राजाका घर परिवार आफन्त छोरा-छोरी जम्मा भए, उनीहरुले देखे – राजालाई त विभत्सरुपमा काटेको कुटेको पो छ है ! यस्तो कसरी भयो ?
राजा कालगतिले नै मरेका हुन हुन् कि कसैले मारेको ? सोध-खोज गर्दा राजाको अनुरोध के हो थाहा नहुनेहरूले वा कुटिरहेको देख्नेहरुले उसका घर परिवारलाई त्यही भनिदिए। त्यसपछि सारा छरछिमेकीहरुलाई त्यही राजालाई कुटिकुटि मारेको आरोपमा आजीवन जेल सजायँ दिइयो।
दुष्ट राजाले बाचुन्जेल मात्र होइन,मरेपछि पनि जनसाधारणलाई सुख र शान्तिले बाँच्न दिएन।
यो कथा “तेह्र रमाइला कथाहरु” भन्ने पुरा………नो पुस्तकमा छ | यसको सही शीर्षक “दुष्टले मरेपछि पनि दुख दिन्छ ” हो | श्रोत नखोली आफ्नै कथाजस्तो बनाउनु भएको रहेछ | के भुल हुन गयो हजुर?
हाम्रो ज्ञाने र तेस्को अर्धपागल छोरों अझै राजा-युवराज भएको भए जनताको हालत कथाको जस्तै हुन्थ्यो होला ।
धन्न राजतन्त्र आर्यघाट पुगीसक्यो ।
राजाले त होइन होला, कोइराला परिवारले यस्तो गर्न सक्ला बरु ।
कथा राम्रो नै लाग्यो
राजतन्त्र भुत भैसक्यो नेपाल मा भुत को कथा सुनाएर ब्वासा हरु जो हकिकत मा नेपाल लुटी रहेछन त्यो झन् बिभत्स छ |
एउटा पार्टी सत्ता मा आयो — देश लाइ सिंगापुर बनाउछु , मेलाम्चिको पानि ल्याएर पिउन दिन्छु भनेर ढाट्यो, यथार्थ मा देश को नदीनाला ,उद्द्योग बेच्यो , तिन्क्स नेता ,कार्य कुता ले
समेत नेपाल लुट्नु सम्म लुटे
आर्को आयो -महाकाली बेच्यो , उसले पनि आफ्नो कार्य कुत्ता लाइ बेस्करी सरकारी , बिश्वबिद्द्याली जागिर मा भर्यो लुट्नु सम्म लुट्यो ,लुतायो र हाल समेत लुट दै छ |
तेस्रो आयो – ठुलो क्रान्ति र जनयुद्द भन्यो गरिब १४,१५ हजार मार्यो ,७ साल पछि को बिकास सब टूड फोड गर्यो , देश लाइ सय बर्स पछि धकेल्यो आखिर बिदेशी खुफिया भन्ने साबित भैसक्यो तैपनि नेता तिनका नेता कोइ छेपारो जस्तो रंग बदलेर आउन खोज्दै छ , कोइ अझै लाज पचाएर सत्ताको हिस्सेदारी बनेर बसेछ |
This story even doesn’t meet the standard of mysansar. Looks like suitable for 10- kid.
पुरानो कथा फेरी पनि पढ्न पाइयो ! धन्यबाद
राजा चै अलि मिलेन| यो कथा को सिर्शक अर्कै थियो| मैले पढेको हो पैले नै \एसको सिर्शक “दुष्ट ले बाँचुन्जेल मात्र हैन , मरे पछि पनि दुख दिन्छ हो ”
येंहा रख्दिनु भएको मा धन्यवाद | यो साह्रै मिठो कथा छ |
यो छेउ न टुप्पो बनाएर कथा किन पोस्ट गरेको, हामीलाई दुख दिन ?. कमसेकम भन्न खोजेको सार के हो त्यो त खुलाउनु पर्थ्यो नि कथाकार महोदय
Good NITI-KATHA but have heard this one and many similar (with about 1-2% twist in the story)in the past..Nothing new..
sorry.. good efforts though
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
yea, i had heard this story years ago, as fairy tale, little modification as “king” instead of “thief’ it is not writer’s original story.
दुष्ट मान्छे कहिल्यै सुध्रन सक्दैन भन्ने सन्देश प्रबाह नगरेकै भए राम्रो हुने थियो। तैपनि कथा राम्रै लाग्यो।