Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेस महाधिवेशनको चुनाव नौटंकी सफलताका साथ दोस्रो हप्तामा प्रवेश

Posted on March 13, 2016 by Salokya

DCIM100GOPROGOPR0726.
भूइँभरी देखिएका यी कागजै कागज खासमा कांग्रेसको १३ औँ महाधिवेशनका उम्मेदवारहरुको प्रचार सामाग्री हुन्। भित्ता नरङ्ग्याउने राम्रो निर्णय गरे पनि उम्मेदवारहरुले कागजबाट भूइँ भने राम्रैसँग रङ्ग्याए। ठ्याक्कै एक हप्ताअगाडिको फोटो हो यो अर्थात् पछिल्लो आइतबारको। त्यो दिन मतदान भएको थियो। आज अर्को आइतबार भइसक्यो। तर अझै मतगणना सकिसकेको छैन। जम्मा पद ६४ अनि उम्मेदवार ३१२। सबभन्दा बढी झ्याउ भइरहेको छ खुला २५ केन्द्रीय सदस्यको मतगणना। ९० जना उम्मेदवार भएको यसको मत गन्न थालेको आज पाँचौँ दिन हो।

किन त ?

धेरै उम्मेदवार अनि उनीहरुबीच विश्वासको कमिका कारण मतगणना प्रक्रिया लम्बिएको हो।

९०-९० उम्मेदवार छन्। २०/२५ भोट मात्र ल्याउनेहरुको पनि चुरिफुरी बेग्लै। धाँधली होला भनी कराउनेहरु उनीहरु र उनीहरुका प्रतिनिधिहरु नै। फेरि एक दुई भोटको अन्तरले हारजित हुने हुँदा धेरै मत ल्याउने उम्मेदवारहरुलाई पनि चनाखो हुनुपर्ने नै। चरम अविश्वास।

त्यसैले सबैको चित्त बुझ्ने गरी एउटा उपाय अपनाइयो- प्रोजेक्टर। मतपत्र भूइँमा राखेर औँलाले देखाई देखाई गन्ने र त्यसलाई क्यामेराले खिचेर भित्तामा प्रोजेक्टरमार्फत् देखाउने। अनि गन्न पनि तीन चार ठाउँमा गनेको भए छिटो नतिजा आउँथ्यो। एक ठाउँमा मात्रै गन्न थाले।

यसरी मत गन्दा एउटा मत गन्नै ५ मिनेट लाग्यो। दिनमा २५० जति मात्र गन्न सकियो। त्यसपछि चौथो दिन शनिबार बल्ल यस्तो तालले हुन्न भन्दै प्रोजेक्टर स्रोजेक्टर अफ गरेर दुई ठाउँमा गन्न थाले। त्यही भएर शनिबार डबलभन्दा बढी मत गनियो। हिजोसम्मको स्थिति यस्तो थियो-

यसरी दोस्रो हप्तासम्म सफलताका साथ मञ्चन भइरहेको छ- मतगणना नौटंकी।
DCIM100GOPROGOPR0797.

DCIM100GOPROGOPR0781.

DCIM100GOPROGOPR0776.

DCIM100GOPROGOPR0769.

DCIM100GOPROGOPR0728.

DCIM100GOPROGOPR0722.

DCIM100GOPROGOPR0689.

DCIM100GOPROGOPR0726.

5 thoughts on “कांग्रेस महाधिवेशनको चुनाव नौटंकी सफलताका साथ दोस्रो हप्तामा प्रवेश”

  1. Sabin says:
    March 13, 2016 at 7:03 pm

    बलबहादुर जस्तो निडर ! पर्खाल चड्नु जस्तो निडर काम अरु के होला र ?

    Reply
  2. Ramesh says:
    March 13, 2016 at 4:54 pm

    ELECTRIC भोटिंग मसिनको जमानामा, सात सात दिन लगाउदा ३००० मत गणना गर्न नसक्ने पार्टीबाट देश र जनताले के आश गर्नु खै ?

    Reply
  3. Power says:
    March 13, 2016 at 3:46 pm

    The so called mainstream medias are getting good job – : Each hour you see the head lines khadka beat Koirala by this number and Koirala beat Khadka by this number.

    Reply
  4. sushil says:
    March 13, 2016 at 1:18 pm

    जहाँ पायो त्यहीं फोहोर गर्नुहुँदैन भन्ने सम्म ज्ञान नभएका येस्तै नेता कार्यकर्ताहरुले भरिएको जिविस, गाविस र नगरपालिकाले के काम गरोस त?

    Reply
  5. Michael says:
    March 13, 2016 at 12:35 pm

    गिर्जा ले भन थ्यो म शक्तिको लुगा लाउछु , लायो पनि मर्ने बेलै सम्म लायो | जन्म बिहार , शक्तिको लुगा बन्ने पनि इन्डिया मै रैछ उसलाई खुब फापेको थ्यो |रक्त बिज का सन्तान सब लाइ अब शक्तिको लुगा चाहिएको छ त् मत गणना सजिलो कहा हुन्छ | चुनाब जितेपछि काम गर्नुपर्ने , देश बनाउनु पर्ने भए पो खास चासो हुन्न थ्यो | चुनाब जितेर आफ्नो पार्टी सट्टा मा पुगे ठेक्का पत्ता पाइने , पान खाएर बाँदर को चाक् जस्तो रातो मुख बनाउदै जथाभाबी थुक्दै गफ हाक्यो ,बिपी बाबु , गिर्जा बौ, किसुनजी ,सुसिल्दा जस्तो महान , गणेश मान जस्तो बिर , रामचन्द , प्रदिप गिरिजस्तो त्यागि , सेर बहादुर , बलबहादुर जस्तो निडर , गगन थापा जस्तो बिद्द्यार्थी नेता का संतान हामि भन्यो , फेरी एक चोटी तिच्छा थुक्यो , सुपारी चपायो बस्यो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme