-राजु आचार्य-
पत्रकारले चितुवा तथा हुँडारलाई बाघ भनेर रिपोर्टिङ गर्नु नौलो रहेन नेपालमा। सेतोपाटीमा जेठ २ गते प्रकाशित खबरमा सल्यान देवस्थलका टेकबहादुर विष्ट, गोरख पुन, विनोद साहु, हरी विष्ट र भीमबहादुर बाघको छालासहित समातिएको भनेर चितुवाको तस्विर राखिएको छ। यति ठूला स्तनधारी र सजिलै छुट्याउनेमा त गलत पहिचान भएको छ भने अन्य साना स्तनधारी र वन्यजन्तुको पहिचानमा के भइराखेको होला, सहजै अनुमान लगाउन सकिन्छ। पत्रकारले सबै विषयमा आफूलाई विज्ञ ठान्ने र विज्ञहरुसँग परामर्श नलिने बानीले पनि यस्तो भइरहेको छ।
विज्ञहरुको हालत पनि यस्तो
हुनत, मनाङ जिल्लामा स्वचालित क्यामेरामा नेपालमै पहिलो पटक परेको Pallas Cat (नेपाली नामाकरण हुन् बाँकी) विज्ञ ठान्नेहरूहरुकै आँखाबाट ओझेलमा पर्यो। २ वर्षपछि फेसबुकको मद्दतले पहिचान गर्न सम्भव भयो।
डीएनए परीक्षण बिना छुट्याउन सम्भव नभएको टिबेटन ब्वाँसोलाई नेपालका विज्ञहरुले नयाँ उप-प्रजाति पाएको भनेर पत्रकार सम्मेलन नै गर्दिए।
यही पुस २७ गते विराटनगरमा समातिएको गोठे लाटोकोसेरोलाई जिल्ला वनले समेत हुचिल भनेर प्रचार प्रसार गरिदिए।
केही वर्षअघि पोखराको विश्व शान्ति जैविक विविधता पार्कको कार्ययोजना प्रस्तुत गर्दा नेपालमा अभिलेख नगरिएको वन बिरालो (वाइल्ड क्याट) छ भनेर विज्ञहरुले पोखरामा कार्यपत्र नै प्रस्तुत गरे।
सरकारको झन् बेहाल !!!
वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रजाति पहिचानका लागि बेग्लै शाखा त छैन, तर सरकारलाई सहयोग गर्न बनाइएको प्राविधिक समितिमा समेत सबैलाई समेटिएको छैन। उक्त समितिमा विज्ञहरु राख्ने त कुरै भएन। आफ्नालाई र आर्थिक स्रोत बढी भएकालाई संस्थालाई काखा अरुलाई पाखा गर्ने परिपाटी समिति गठनको क्रममा पनि देखियो।
संसार भरका बैज्ञानिकहरुले हो भन्दा पनि यो समितिले हुम्लामा भेटिएको जंगली चौरीगाइ नै हो भन्न ९ महिना लगाएको थियो। यही घटनाबाट यसको क्षमता अनुमान गर्न सकिन्छ।
नेपालको वन्यजन्तु अध्ययन , अनुसन्धान र संरक्षणको जिम्मेवारी पाएको सरकारी संस्थाको वेबसाइटमा (http://www.dnpwc.gov.np/protected_species/species/mammals) समेत नेपालमा नपाउने वन्यजन्तुहरुलाई नेपालका संरक्षित स्तनधारी भनेर उल्लेख गरिएको छ ।
घरपालुवा झोपालाई (घरेलु याक र गाइको क्रोस) जंगली चौरीगाई भन्नु र तस्विर राख्नु नौलो कुरै भएन। मुनाललाई चुनाल भन्नु, सारस चरा भनेर अर्कै चराको फोटो (लक्ष्मन सारस) राख्नुलाई के नौलो भन्नु । हिमाली रातोभालु भनेर नेपालमा नपाइने ग्रिज्ली भालु, हुँडार भनेर अफ्रिकामा पाइने स्पोटेड हुँडारको, ध्वाँसे चितुवा भनेर छिरबिरे बिरालोको तस्विरहरु राखिएका छन्।
वेबसाइटमा थुप्रै तस्वीरहरुका श्रोत समेत उल्लेख गरिएको छैन। लामो समयदेखि अभिलेख नभएका स्तनधारी जस्तै चिरुको तस्वीरको स्रोत के हो भनेर समेत उल्लेख छैन। संस्थाको वेबसाइटमा यस्ता थुप्रै गल्तिहरु बग्रेल्ती भेटिन्छन्।
माथि उल्लेखित त्रुटीहरु सच्याउन पनि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागलाई दाता नै चाहिने त होइन होला नि? औँलामा गन्न मिल्ने वन्यजन्तुको क्षेत्रमा कामगर्ने सस्थाहरुबीच समन्वय गराएर काम गर्न विभागलाई कस्ले रोक्छ कुन्नि ? विज्ञहरु र अन्य संस्थाहरु सम्मिलित बृहत प्राविधिक समिति बनाएर अगाडि बढ्दा नेपालले अन्तराष्ट्रिय स्तरमा पाएको जस, थप बढ्ने निश्चित छ। विभागले केही संस्थाको सिन्डिकेटको घेरा बाहिर निस्केर काम गर्न आँट देखाउनु पर्छ।
सबै तस्विर श्रोत : http://www.dnpwc.gov.np/protected_species/species/mammals
अफ्रिकामा पाइने यो प्रजातिलाई नेपालका संरक्षित स्तनधारी भनेर उल्लेख गरिएको छ
गत २ बर्ष अघि मात्र हुम्लामा पुन भेटिएको जंगली चौरीगाई भनेर यो हिमाली भेगको घरपालुवा जीव झोपाको तस्विर राखिएको छ र वेबसाइटमा लेखिएको छ ‘योक नाक’
ध्वाँसे चितुवा भनेर छिरबिरे बिरालोको तस्विरहरु राखिएको छ
राजु सर्, ब्यक्ती भित्र जस्तो छ, उस बाट तेही नै बाहिर आउने हो । सबै मा “कमल्” कहाँ र ? मलाई लाग्छ तपाईं बाट उठेको बिसय बस्तु लाई बिज्ञहरुले सकरात्मक रुप मा पक्कै लिनुहुन्छ, र त्यसको सुरुवात पनि भैसक्यो । यसो हुनु राम्रो हो । तपाईं र DNPWC दुबै लाई धन्यबाद दिन्छु, राम्रो सुरुआत को लागि ।
माइ सन्सार लाई साधुबाद्!
माईसंसार सोह्र पैसे ब्लग : मेरो लेख बकम्फुसेले रचेको भद्दा खेल
-राजु आचार्य-
एक जना संरक्षणकर्मीले नेपालको चर्चित ब्लग माईसंसारलाई दुइ रुपियेमा १२ वटा किन्न पाइने भने । मेरो लेखलाई दुइ पैसे बकम्फुसेले रचेको भद्दा खेलको संज्ञा दिए । लेखमा मैले लेखेको कुराहरुको बैज्ञानिक रुपमा जवाब लेख्नुस महासय । यदी यो दुइ पैसे ब्लग थियो भने विभागले website नै बन्द गरेर किन सच्याउन थाल्यो त ! नपत्याए हेर्नुस । http://www.dnpwc.gov.np/
संबन्धित अधिकारीहरुले यी गलत जानकारी दिने फोटोहरुलाई तुरुन्त हटाई हाल्नु पर्ने देखिन्छ | बन्यजन्तु विभागले नै बन्यजन्तु नचिन्ने ..कस्तो बिडम्बना …जुलोजिस्टनै छैनन् कि क्या हो बन्यजन्तु विभागमा ??
चितुवालाई नेपालमा(गाउघरमा) बाघनै भनिन्छ, बरु खास बाघलाइ पटेबाघ भनिन्छ/ जाउलाखेलको चिडियाखानामा समेत चितुवाको परिचयमा, गाउघरमा यसलाई बाघ भनिन्छ भनेरै लेखेको छ/
बन्यजन्तु पढेका र काम गरेका बेक्तिहरु लाइ wild life ecology section मा नियुक्ति गर्नु को साटो wild life ecology कुन चरीको नाम हो vanera पनि थाहा नहुने मान्छे लाइ DNPWC ले Ecologist को पद मा बर्सौ नियुक्त गरेको अबगतनै छ जसले सम्बन्धित बिज्ञहरुसंग consult र समन्वय नै नगरिकन आफूखुसी निर्णय गर्दछन, बास्तबमा ति व्यक्ति बिशेषले आफु नाम मात्रको ecologist हु वन्ने कुरा बिर्सी रहेका हुन्छन. Teso हुदा Mr Raju ले औल्याए जस्ता bivinna gambhir truti हरु बन्यजन्तु सम्भंदी निकाय बाट हुने गरेका छन्l
I totally agree with Dr सुरज, DNPWC should take this as a positive
feedback and ensure no such Blunders are repeated in the future .
नेपाल – भ्रस्ता चार को संस्कृती बोकेको, भाद भैली देस. भांड भैलो गर्नेले गर्छन, हेर्नेले गौछन, ” मेरे बेहोसी आज मेरोलागि परदा भो, छोपिए पिरसबाई दुख सबै पर्दभो .
समय समयमा यस्तो सकारात्मक लेख र सुझावहरुले सम्बन्धित निकायहरुलाई गल्ती सच्याउन अवसर दिन्छ । गल्ती औल्याएकोमा “राष्ट्रीय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग” ले राजु आचार्यलाई धन्यवाद दिनु का साथै तुरुन्त सच्याउने काम गर्नु पर्दछ ।
डा. सुरज
नेपालगंज
Interesting article to show taxonomic negligence in Nepal. I think this problem is much serious in case of plant species. Botanists easily can write a poisonous plant as edible.