Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटो चोरी कान्ड : राससले सिक्यो पाठ, डिलिट गर्‍यो संस्थागत ह्यान्डलबाट बाझाबाझ गरेका ट्विटहरु

Posted on March 11, 2016 by Salokya

rssnepal मैले खिचेको फोटो मेरो अनुमति बिना राससले आफ्नो क्रेडिट राखी आफ्ना सयौँ ग्राहकलाई पठाएको विषयमा मैले लेखेको ब्लगपछि राससले गल्ती स्वीकार्नु, माफी माग्नु त परै जाओस्, आफ्नो संस्थागत ह्यान्डलबाट कूतर्क गर्दै बाझाबाझ गर्दै ट्विटहरु गरिएको थियो।

ट्विटरमा अरु प्रयोगकर्ताले राससको कडा आलोचना गरे। तर पनि गल्ती स्वीकार्न तयार नभएको राससले अहिले भने गुपचुप ट्विटहरु डिलिट गरेको छ। कम्तिमा राससका हाकिमहरुले सरकारी संस्थाले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्ने पाठ सिकेको हुनुपर्छ। दम्भपूर्ण अभिव्यक्ति दिने उनीहरुले अझै सिक्नुपर्ने पाठ धेरै बाँकी नै छन्।

ट्विटरको फाइदा के हो भने कुनै ट्विटलाई एम्बेड गरे प्रयोगकर्ताले ट्विट डिलिट गरे उसको ट्विटरबाट डिलिट भए पनि एम्बेड गरेको पेजमा भने देखिँदो रहेछ।

के के ट्विट गरिएको थियो राससको संस्थागत ह्यान्डलबाट ? थाहा पाउनलाई यो ब्लग पढ्नुस्-

कूतर्क गर्दै ‘फोटो चोरी’ बारे रासस सार्वजनिक बहसमा उत्रियो, यस्ता छन् ५ कूतर्क

के हो विषय ? थाहा पाउन यो ब्लग पढ्नुस्-
सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो

6 thoughts on “फोटो चोरी कान्ड : राससले सिक्यो पाठ, डिलिट गर्‍यो संस्थागत ह्यान्डलबाट बाझाबाझ गरेका ट्विटहरु”

  1. bharat mishra says:
    March 13, 2016 at 4:33 pm

    के गर्ने उमेश जि यो देश का ठेकेदार सबै कोहि रास्ट्रको ढुकुटी चोरेर , कोहि जनता को मत चोरेर आनि कोहि जनता को लेख, फोतो चोरेर जनता कै दिलम हैन टाउको मा राजनीति गर्न पल्केका भतुवा हरुले भरिएको जून सुकै देश को पनि हालत नेपाल कै बराबर हुन्छ।

    Reply
  2. Suman Gurung says:
    March 12, 2016 at 4:54 pm

    ल एकदम राम्रो भयेछ ! रासस ले त एस्तो गर्छ अरु भारे भुरे ले किन नगरुन, जे भयो राम्रोभयो!

    Reply
  3. बले says:
    March 11, 2016 at 7:56 pm

    यसरि नै सही कुरोमा आफ्नो अडान नछाड्नुस| हामी पाठक छदै छौ| यो हामी सबैको जित हो| माफी नमागुन्जेल जारी राखौ| समय लिएर माईसंसार पढ्दै रहने छौ| गर्व छ| पहिलेदेखि राससको विश्वसनीयतामा गडबड थियो झन् ह्रास भयो|

    Reply
  4. Michael says:
    March 11, 2016 at 1:27 pm

    देश को ब्यापार ब्यबसाय , सरकारी निकाय अब माफिया मार्फत चलेको छ |जिम्बेबार लियेरकाम गार्ने कोइ छैन | उदाहरण स्वरुप येस्तरी ग्यास भित्रिदा पनि सर्बसाधारण उपभोक्ताले सजिलै पाउन न सक्नु ,कालो बजारिया र कमिसन को खेल हुनु आदि |
    तेसैले रास स का कुनै पदाधिकारी ले माफ माग्छ जस्तो लाग्दैन |
    हो एस्तो हर्कत यिनीहरुले जारि राख्छ | त्वित्तर गर्ने ,झिक्ने |
    हामीले नेता बिदेसिको हात बिकेको कुरा गर्छु , हिजो चाइना सग सब नाका खुल्छ भन्ने ओलीको भारत बात फर्केपछि कुनैक्रियाकलाप त्यो दिसा मा न देखिएपछि संका पनि गर्छम
    त् नेपाल को कर्मचारी तन्त्रको को सुष्म अध्यान गरिएकोछ ? मदिसे मोरर्चा उचालेर मात्र तराइ टुक्र्याउने , न दि नाला हडप्ने अभियान सफल हुन्छ र ?

    उहिबेलामा कृष्ण प्रसाद भट्टराइ ले भन्नेगर्थे कोइकोइ सभासद र पत्रकार दुतावास बात चेक बुझ्ने गर्छन | यो कुरा थियो बहुदल हुदा बेलाको |
    आजकाल धेरै अगिदेखी अफिस का हाकिम हरु , संग्रौला आदि बुद्दिजिबि हरु , धमला दि पत्रकार हरु यदा कदा सान सग होटल मा भोज खाएको , भारतीय राजदुत सग भेट भएको कुरा लेख्छन | आफ्नो सुराल फुकालेर इज्जत २ गुणा बढेको फुर्ति छोडिरहेको देखिन्छ सामाजिक संजाल हरुमा |
    भारतीय दुतावास यत्ति सक्रिय छ कि देश मा ओलिसरकार त् मधुमास मा लिप्त छ |
    धेरै पहिले देखि बेला बेलामा नेपालि सासक थर्काउन तराइ तताउने धम्कि दिने उनीहरु ले येस्पाली त्यो पनि गरे , अब झन् सेना गठन गराएर ठुलो अभियान मा छन् |
    यथार्थ मा हेर्दा राज्य शक्तिको स्रोत जनता न भै , सरकार न भै दुतावास भएको कटु अबस्था हो यो |
    नेपालि सेना भारतीय सेनाको को पकड मा , देश को समाचार एजेन्सी , कर्मचारी दुतवास को पकड मा , सरकार को सैली चरी डन जस्तो , येसरी पनि देश कति दिन चल्छ ?
    एस्तो अबस्था किन ल्याई एको छ ?
    किनकि नेपाल लाइ या त् टुक्र्याउनु छ न भए पहाडी सासक लाइ निकम्मा बनाएर धपाएर
    तराइको जनताको नाउमा बिहारीलाई लाइ नेपालको सासन सत्ता मा राख्नु छ |

    Reply
  5. ज्ञान नारायण सिंह says:
    March 11, 2016 at 11:59 am

    घाँस काट्दा काट्दै को मान्छे लाई आफ्नो पार्टीको कार्यकुत्ता भन्दै पदमा राखे पछी यस्तै त हुन्छ नि उमेश जी

    Reply
  6. akashdeep says:
    March 11, 2016 at 7:07 am

    गलाएरै छोड्नु भयो । आफ्नो अधिकार लिएरै छोड्नु भयो । तपाईं जस्तालाई पत्रकार भन्न पाउदा गर्व हुन्छ । २००७ देखी यो ब्लग हेर्दै आएको छु । उत्तरोत्तर सफलताको अनि निडरताको कामना ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme