Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कूतर्क गर्दै ‘फोटो चोरी’ बारे रासस सार्वजनिक बहसमा उत्रियो, यस्ता छन् ५ कूतर्क

Posted on March 9, 2016March 9, 2016 by Salokya

डिस्क्लेमर : अर्काको फोटो कपि गरेर फेसबुक, ट्विटरमा स्रोत नखुलाई प्रयोग गर्नुहुन्छ भने तपाईँलाई एउटा फोटोमा के किचकिच गरिरा होला भन्ने लाग्नसक्छ। त्यसैले तपाईँका लागि यो ब्लग होइन। तपाईँ यसलाई नपढी समय जोगाउन सक्नुहुन्छ। कपिपेस्ट गरेर अनलाइन साइट र एडसेन्सका लागि ब्लगस्पटका ब्लग चलाउने हुनुहुन्छ भने तपाईँको झन् टाउको दुख्नसक्छ। जसलाई बौद्धिक सम्पति र बौद्धिक चोरीका विषय गम्भीर लाग्छ, उनीहरुलाई मात्रै यो चासोको विषय हुनसक्छ।

पृष्ठभूमि : भारत भ्रमणमा रहँदा हरियाणाको मेदान्त अस्पतालमा फेब्रुअरी २१ तारिखका दिन बिहान मेदान्त अस्पतालमा मैले त्यहाँ उपचाररत अम्बर गुरुङको फोटो गोप्रो खिचेको थिएँ। त्यो फोटो मैले अरु कसैलाई दिएको थिइनँ। फेब्रुअरी २७ तारिखको ब्लग “ढुंगो भनी फालिदियौ, देउता थियो कि : अम्बर गुरुङलाई मेदान्तमा भेटेर फर्केपछि मनमा गुन्जिएको गीत” मा मैले आफ्नो वाटरमार्क @salokya सहित केही फोटोहरु राखेको थिएँ। मार्च १ तारिखका दिन राससले आफ्नो फोटो सेवामा यही फोटोमध्येको एक फोटो क्रप गरेर मेरो नामको वाटरमार्क हटाई ‘तस्बिर : रासस’ लेखेर आफैले खिचेको फोटो सरह गरी आफ्ना सयौँ ग्राहकको उपयोगका लागि अनधिकृत रुपमा पठायो। त्यही बारे त्यही दिन मैले सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो शीर्षकमा ब्लग लेखेँ। भोलिपल्ट मैले सरकारी सेवाको विसंगतिबारे उजुरी दिने निकायमा उजुरी पनि दिएँ। चलानी नम्बर पनि पाइयो। त्यसको सातौँ दिन राससले आफ्नो ट्विटर ह्यान्डलबाट कूतर्क गर्दै सार्वजनिक बहस थाल्यो।

कूतर्क नम्बर १ : सार्वजनिक बहसलाई निरन्तरता दिइरहनु शोभनीय छैन

तपाईंजस्तो जिम्मेवार व्यक्तिले राससले फोटो चोरेकै हो भनेर सार्वजनिक बहसलाई निरन्तरता दिइरहनु शोभनीय लागेन ।१/२ https://t.co/PnBUpPpJQB

— National News Agency (@RSSNEPAL) March 7, 2016

राससले आफ्नो संस्थागत ट्विटर ह्यान्डलबाट लेख्यो- ‘तपाईंजस्तो जिम्मेवार व्यक्तिले राससले फोटो चोरेकै हो भनेर सार्वजनिक बहसलाई निरन्तरता दिइरहनु शोभनीय लागेन।’

जिम्मेवार सरकारी समाचार एजेन्सीले मैले खिचेको फोटोलाई आफ्नो क्रेडिट हालेर प्रकाशित गर्दा चाहिँ शोभनीय भएछ? अनि सार्वजनिक विषयलाई सार्वजनिक बहस नगरी गोप्य बहस गर्नुपर्ने किन?

रासस सार्वजनिक बहसमा आएपछि ट्विटर प्रयोगकर्ताले पनि यसरी जवाफ दिए-
jawaf1

कूतर्क नम्बर २ : दोष अर्काको थाप्लोमा

अम्बर गुरुङ आबद्ध संस्थाले उपलब्ध गराएको फोटो राससले प्रयोग गरेको हो । क्रेडिट दिन छुट भएकोमा रासस दुःखित छ ।२/२ https://t.co/PnBUpPpJQB

— National News Agency (@RSSNEPAL) March 7, 2016

राससले भन्यो- अम्बर गुरुङ आबद्ध संस्थाले उपलब्ध गराएको फोटो राससले प्रयोग गरेको हो। अम्बर गुरुङ आवद्ध कुन संस्था हो? के नाम हो? त्यो खुलाइएन। क्रेडिट दिन छुट भएकोमा रासस दुःखित छ भनियो तर छुट भएको होइन, क्रेडिटमा “तस्बिर : रासस” भनी आफैले खिचेको फोटोसरह क्रेडिट राखी आफ्ना सयौँ ग्राहकलाई पुनःप्रयोगका लागि वितरण गरिएको हो।

दोष अर्काको टाउकोमा थोपर्नु उचित भएन। मैले मेरो फोटो प्रयोग गर्ने अधिकार कसैलाई दिएकै थिइनँ? मैले खिचेको फोटो मेरो जानकारी बिना रासस क्रेडिट लेखिने गरी वाटरमार्कसमेत हटाउन कुन संस्थाले अधिकार दिएछ? मैले त पत्तै पाइनँ।

@RSSNEPAL त्यसो भए त जुन संस्थाले उपलब्ध गरायो त्यसैलाई क्रेडिट दिने हो।अनि दोषबाट पनि वचन सकिन्थ्यो ।यसमा त सरासर राससकै गल्ती छ। @salokya

— इन्दरधोजक्षेत्रीय (@indradhoj) March 7, 2016

@RSSNEPAL गल्ती स्वीकार गर्दा बिस्वसनियता कम नहुने पत्रकारितामा नसिकिने सकेसम्म ढाकछोप । जति लामो इतिहास त्यति होचो बिस्वसनियता @salokya

— NARAYAN KAFLE (@kaflepost) March 7, 2016

कूतर्क नम्बर ३

अम्बर गुरुङको तस्वीर संगीत नाट्य प्रतिष्ठानले उपलब्ध गराउँदा राससका फोटो सम्पादकले सायद अरु प्रमाण खोजेनन् । 1/2
https://t.co/tElkuPS2a7

— National News Agency (@RSSNEPAL) March 7, 2016


खोज्नु पर्दैन? कसको फोटो, कसले, कहिले, कहाँ खिचेको भनेर? के थाहा त्यो फोटो मेदान्तको नभएर काठमाडौँकै पो थियो कि। भेरिफाइ गर्नुपर्छ कि पर्दैन? “तस्बिर: रासस” भनेर आफ्नै क्रेडिट हान्दिने? अनि दोष अर्कालाई?

@salokya ले खिचेको फोटो प्रतिष्ठानले चैँ कसरी उपलब्ध गराउँछ हौ अनि? ल ठीकै छ प्रतिष्ठानले दियो रे अनि रासस ठोक्दिने त माड्सापहरु? @RSSNEPAL

— Anamol Mani (@anamolmani) March 7, 2016

@RSSNEPAL if Sangeet Natya Pratishthan (SNP) gave RSS the picture, then why did not they mention SNP on photo credit? Why write RSS?

— Dilli Neupane (@drneupane) March 7, 2016

@RSSNEPAL just say it that you missed to credit the source, it was a mistake! Why such drama? It is not working you see! @salokya

— Pradip Bhandari (@Mrbhandari) March 8, 2016

पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेले भने-

@salokya @kptantra @RSSNEPAL कुनैबेला पत्रिकाले राससको समाचार चोरी गरेर छापेकोमा राससका पझमा बलियो गरी उभिइयो । यो पल्ट उसैले त्यो काम गरेछ।

— SHIVA GAUNLE (@GaunleShiva) March 7, 2016

राससले आफ्नो आधिकारिक ह्यान्डलबाटै यस्तो लेख्यो-

गाउँले सर सायद चाेरी शब्द अलि बढी भयाे कि ? https://t.co/FpNCwEAL2I

— National News Agency (@RSSNEPAL) March 7, 2016

गाउँलेले जवाफ दिए-

@salokya @somnath9 @RSSNEPAL तपाइले फोटो रासस लेखेको तस्बिर मेरो भन्ने दावी पर्यो । अब तपाई कि मेरो हो भन्नुस कि गल्ती भो भन्नुस,सक्किगोनी ।

— SHIVA GAUNLE (@GaunleShiva) March 8, 2016

कूतर्क नम्बर ४ : प्रमाण भए क्षमा माग्न तयार

राससले कसैको तस्वीर चोरेर प्रयोग गर्नु छैन । तपाईलाई राससमा स्वागत छ । प्रमाण भए क्षमा माग्न रासस तयार छ । 2/2 https://t.co/tElkuPS2a7

— National News Agency (@RSSNEPAL) March 7, 2016


राससले प्रमाण भए क्षमा माग्न तयार भएको कूतर्क गर्‍यो जबकि मैले सार्वजनिक रुपमा पछिल्लो ब्लगमा नै प्रमाण दिइसकेको छु। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। दुई फोटो तुलना गरेर हेर्दा पनि थाहा हुन्छ फोटो मेरै हो र मलाई थाहा नदिई चोरी गरी राससले आफ्नो क्रेडिट लेखेको छ। अझै पनि के प्रमाण आवश्यक पर्‍यो? बरु त्यो फोटो क्रेडिट रासस लेखिने गरी राससको हो भनेर प्रमाण देखाउनुस्, चुनौति भो।

@RSSNEPAL श्री राससज्यू, @salokya ले मैले खिचेको र ब्लगमा राखेको फोटो दाबी गरेपछि तँपाईको तस्वीर आफ्नो भनि प्रमाण देखाउने काम त तँपाईकै हो ।

— उज्ज्वल आचार्य (@KANepal) March 8, 2016

jawaf2

कूतर्क नम्बर ५ : भावुक भएर…

अनमाेलजी तपाईले भनेकाे ठीकै हाेला । हामी अाश्चर्यमा छाै‌ । खाेजी हुन्छ । सायद अम्बर गुरुङ भनेपछि साथीहरु भावुक भए । https://t.co/iR5oNgvvcb

— National News Agency (@RSSNEPAL) March 7, 2016

ओह… भाबुक भएर पो आफ्नै क्रेडिट दिएको ?
भाबुक हुनु त यस्तो पो!! यस्तै भैरहनुस ।
@salokya @anamolmani https://t.co/qZb5w8ohaF

— -DINess AC.. (@dineshnuwakot) March 8, 2016

@dineshnuwakot @salokya @anamolmani @RSSNEPAL Can you get undue credit just being sentimental on Ambar Gurung? What an emotionanal argument?

— Lekhnath Pandey (@PandeyLekhanath) March 8, 2016

@RSSNEPAL हामी पनि स्वच्छ मर्यादित र विश्वसनीय पत्रकारितामा विश्वास गर्दछाै‌ । पीडितले उजुरी दिने विधि हुन्न ? साेझै चाेर किन भनिदैछ ?

— National News Agency (@RSSNEPAL) March 8, 2016

अब घरमा चोरी भईरहँदा घर धनीले थाहा पाएर पनि चोर चोर भन्न पाईएन। यसले चोरको सामाजिक प्रतिष्ठामा खलल पुराऊछ।सुटुक्क चौकी जानुपर्नेछ @RSSNEPAL

— सुशील पौडेल® (@sushilpdl) March 8, 2016

यी थिए राससले आफ्नो संस्थागत ह्यान्डलबाट गरेका ट्विट र त्यसमा मेरो र अन्य केही ट्विटर प्रयोगकर्ताको प्रतिक्रिया।

यसबाहेक सोमनाथ लामिछाने नामका व्यक्तिले पनि यही प्रसंगमा ट्विट गरिरहे। परिचय सोध्दा उनले राससको पत्रकार र पत्रकारिताको विद्यार्थी बताए-

@salokya @ameerrai म राससकै पत्रकार हुँ । पत्रकारिताकाे विद्यार्थी हुँ ।

— Somnath Lamichhane (@somnath9) March 8, 2016

उनले राससलाई इमेलबाट प्राप्त फोटो हो वाटरमार्क राससले हटाएको हैन भनी तर्क गरिरहे। इमेलबाट आएको भए पनि तस्बिरः रासस भनेर चैँ आफैले खिचेको जस्तो गरी क्रेडिट किन हालियो भन्ने प्रश्नको जवाफ भने उनले दिँदै दिएनन्।

@GaunleShiva @salokya @kptantra @RSSNEPAL राससलाई प्राप्त फाेटाे हेर्नुस् । याे अन्यत्र पनि इमेल गरिएकाे छ । pic.twitter.com/u2rPVBepWs

— Somnath Lamichhane (@somnath9) March 8, 2016

तर उनले पठाएका स्क्रिनसटहरु हेर्दा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राससको इमेलमा फोटो र समाचार पठाएको देखिएको छैन। बरु सोमनाथ लामिछानेले आफूलाई प्राप्त इमेल राससलाई फरवार्ड गरेको देखिएको छ। हेर्नुस् प्रमाण-
rss111

यदि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राससको इमेलमा फोटो पठाएकै रहेनछ भने ‘तस्बिरः रासस’ भनी कसरी लेखियो त?

उनी भन्छन्- निवेदन दिनुस् छानबिन गरी आधिकारिक जवाफ दिन्छौँ

@salokya निवेदन दिनुस् छानबिन गरी अाधिकारिक जवाफ दिन्छाै‌ं ।

— Somnath Lamichhane (@somnath9) March 8, 2016

निवेदन दिनुस् भन्ने कुरा चैँ आधिकारिक ह्यान्डलबाट होइन व्यक्तिगतबाट आएको छ, त्यही व्यक्ति जसले राससलाई इमेल फरवार्ड गरेको छ।

अनि फेरि उनै भन्छन् माइसंसारको त्यो सामाग्री हटाउनु पर्‍यो।

@salokya अाफूलाई त्यही ठाउँमा राखेर साेच्नुस् न । तपाईंलाई माइसंसारकाे त्याे सामग्री हटाउन विनम्रतापूर्वक अाग्रह गर्दछु ।

— Somnath Lamichhane (@somnath9) March 8, 2016

यो विषयमा थप के गर्न सकिएला? तपाईँहरुको सुझावको अपेक्षा गर्छु।

22 thoughts on “कूतर्क गर्दै ‘फोटो चोरी’ बारे रासस सार्वजनिक बहसमा उत्रियो, यस्ता छन् ५ कूतर्क”

  1. Purushottam Giri says:
    March 11, 2016 at 11:09 am

    देशकै अाधिकारीक समाचार एजेन्सी राससकाे त याे हालत छ । अनि अनलाइन, माेफसल, अनि दुर्गमकाे पत्रकारीतालाइ नियमनका कुरा । मलाइ लाग्छ यस्ताे विषयमा पत्रकार महासंघ किन चुप । राज्यले ठाेस रुपमा केहि गर्न किन सक्दैन । वाक्क लाग्छ । अनि चाेर साधु त साधु चाेर बन्न पुग्छन । हेर्दै जानुस राससले तपाइलाइ नै चाेर बनाउन हर कदममा साम दाम र दण्डभेदकाे निति अंगाल्छ । नांगाे नाच

    Reply
  2. HarataraH says:
    March 10, 2016 at 4:32 pm

    “कुरा सुने, पढें र बुझें! त्यै भएर समाचार नपढेर, नहेरेर सालोक्य’को यो भिजिट गर्या! अरु त जे छ त्यो बोल्दैनन् है हौ!”

    Reply
  3. bibek dhakal says:
    March 10, 2016 at 1:11 pm

    अदालत मा जानुस. एउटा यस्तो केस बनोस कि आइन्दा कसैले यस्तो गर्ने हिम्मत नगरोस.

    Reply
  4. बले says:
    March 10, 2016 at 9:42 am

    निष्पक्ष दृष्टिले सरसरती हेर्दा राससको सरासर गल्ति देखिन्छ| चोरी नभनी के भन्नु? चोरी नै हो १००%| जसको चोर उसकै ठुलो शोर| प्रेस काउन्सिलले हेर्नपर्ने हो| उसकै ढोकामा गएर उजुरी दिनपर्ने हैन त्?
    न तर्क दिन जान्या छ, न भुल स्वीकार गर्न| राससको पंचायत कालमा बन्द भएको घडीमा दम दिन पर्यो|

    Reply
  5. iswar says:
    March 9, 2016 at 7:15 pm

    नानी देखि लागेको बानि भनेर हुन्छ साथि!
    जमाना अनुसार गए होलान. माफ गरिदिनुहोला भलादमी महोदय लाई

    Reply
    1. Krishna says:
      March 10, 2016 at 7:56 pm

      गल्ति स्वीकार गर्नेलाइ पो माफी दिने त | नेपालको समग्र पत्रकारिता छेत्रलाइ नै पाठ सिकाउने यो मौका हो | यो कुरा एत्तिकै सेलाउन दियो भने भविस्यमा फेरी एसरी अरुको बौदिक सम्पत्ति चोरी नहोला भन्न सकिन्न |

      Reply
  6. Surya says:
    March 9, 2016 at 6:31 pm

    Intellectual property चोरी गर्यो भनेर रा स स लाई मुद्धा ठोक्दिनुस. किन बेक्कारको गन्थन. आफुले गरेको गल्तिको हेक्कै रैनछ त. एउटा सरकारी संस्थालाई यति जाबो कुरा पनि थाहा रहेनछ. सुन्दा दुख पनि लाग्यो र रिस पनि उठ्यो. There is no excuse for this.

    Reply
  7. chhetu sherpa says:
    March 9, 2016 at 3:05 pm

    यो संस्कार छोडौ । डिजिटल युग छ कस्ले कहाँ कुन क्यामराले कुन मितिमा खिचेको भन्ने सक्कल फोटोमा देखिन्छ । उसै गरे भै गो नि ।

    Reply
  8. Rajaram says:
    March 9, 2016 at 12:43 pm

    मुद्दा हाल्नु पर्यो. त्यो पत्रकार को सैछिक प्रमाण पत्र हरु पनि छानविन हुनुपर्यो, सबै चोरेको नक्कली हुन सक्छ.

    Reply
  9. cRIS says:
    March 9, 2016 at 11:59 am

    मलाई त शंका नै लाग्न थाल्यो है, सायद वहाँहरु त्यो ठाउँमा “चोरेरै” पुग्नु भा जस्तो छ|

    अनि आफु चोर्ने अनि पकडाउ खाए पछि, “सोधीखोजी गर्ने हो भने विधिसंगत, नियम-कानून पछ्छ्याउदै आऊ र हामी कहाँ बिनम्र निबेदन हाल: त्यसपछि हामी बिचार गरौला!” वाह, माथी बसे पछि त जे नि गर्न छुट छ है??

    सरकारी संस्था रे! सार्है आलोकाँचो रहेछन|
    लाज नै लागेर ल्यायो| 😀

    Reply
  10. ज्ञान नारायण सिंह says:
    March 9, 2016 at 11:38 am

    माथिको सबै कुतर्क पढे पछी कसले मेल फरवार्ड गरेको र को मुख्य चोर हिरो बन्न खोज्दै रै छ भन्ने प्रस्ट भएन र ? यो जाँ… लाई बाटोमा यस्तो कडा कारबाही होस् की आईन्दा अरु पत्रुकारहरुले यस्तो पाखे काम गरेर पनि हिरो बन्न खोज्ने आंट नगरोस , नाम माथि नै छदैछ, कुन चाहिं पार्टी को कार्यकुत्ता रै छ? तेही कुकुर पार्टी को भुस्याहा कुकुर (गुण्डा) हरु बाट ठोकाउँ !! अनि अर्को अध्याय शुरु गरम्ला !!

    Reply
  11. Alikhit says:
    March 9, 2016 at 11:32 am

    सोमनाथ स्वांठलाई प्रतिलिपि कानून बारे केहि पो थाहा रहेन छ । बरु एक कपी स्क्यान गरेर मौसुफको इमेलमा पठाइदिदा वहांलाई मात्र होइन, रासस का सबै कर्मचारीलाइ फाइदा पुग्ने देखेको छुं ।

    Reply
  12. devu says:
    March 9, 2016 at 10:31 am

    एउटा कुरो …. तपाइको पनि …थाहा छ किन काङ्ग्रेसले पानीट्याङ्कीलाई मतपेटिका बनाएको? यस्तो हुनसक्छ एउटा कारण…. भन्ने लेख मा pahilopost.com रहेछ , बहस नै सुरु भएपछि यसो आफ्नो गल्ति पनि हेर्ने हो कि …

    Reply
    1. Kabir says:
      March 10, 2016 at 12:04 am

      हाहाहा, आग्राको कुरा गाग्रा
      ए देवु जी यताको लिङ्क पढ्नुस् अनि कुरा बुझ्नुहुन्छ http://www.pahilopost.com/content/about-us-1.html

      Reply
  13. sushil says:
    March 9, 2016 at 9:15 am

    चोर्न हुँदैन भनेर त शिशु कक्षामा पनि पढाइन्छ. हवाँ सरहरुलाई थाहा नभएको त पक्कै पनि होइन होला.
    मुद्दा हालिदिंदा हुन्छ, सरकारी कर्मचारी भएर बिठयाई गर्न पाइन्छ? फोटो खिच्न को गयो? कहिले गयो? कुन क्यामरा प्रयोग गर्यो? आदि भनेर केरकार गर्न थालेपछि जवाफ देलान नि कार्यकर्ताहरुले.
    होइन सालोक्यजी! छोड्नु हुँदैन, यो खबर अपडेट भैराखोस. अहिलेसम्म समाचार पढ्न कम्प्युटर खोल्ने बित्तिकै पहिला mysansar हेरिन्छ, कुरो तेतिकै सेलायो भने तपाईंको गोजी तात्यो भन्ने अर्थ लाग्नसक्छ.

    Reply
  14. Anupam Pokharel says:
    March 9, 2016 at 7:55 am

    १. तपाईंले चोर (यस केसमा रासस ) लाई – “हे महाशय, यहाँले चोरी गर्नुभएको चीज मेरो हो, त्यो स्वीकार गरिदिनुस” भन्नुभएछ । चोरेको छर्लङ देखिएपनी राससले स्विकार नै गर्दैन । उ चोरेकै होइन भन्छ । उल्टै तपाईंलाई उपदेश दिन्छ । देशको एउटा जिम्मेवार निकायको यस्तो ताल देख्दा मलाई त बिरक्त लागेर आयो ।

    २ सामान्य अवस्थामा चोरी भएको अवस्थामा प्रहरीकोमा गइन्छ । यो केसमा प्रहरी जस्तो निकाय भनेको नेपाल प्रेस काउन्सिल होला । तर तपाईंले चोरसँग सोझै सम्बाद गर्नुभयो । हुनसक्छ चोरले भलद्मीपन देखाउला भन्ने तपाईंले सोच्नुभाको थियो होला । नतिजा देखिहाल्नु भयो ।

    ३ शलोक्यजी, तपाईंले नेपाल प्रेस काउन्सिलमा बिधिवत रूपले आफ्नो उजुरी दार्ता गराउनु भएको छ कि छैन ? छैन भने कृपया उजुरी गर्नुस र त्यसको नतिजा हामी पाठक सामु ल्याउनुस ।
    यो क्रेडिट नदीई बौद्दिक कुरा चोरी गर्नेहरुलाई कम्सेकम वार्निङ दिने एउटा मौका हो ।

    Reply
  15. prashant says:
    March 9, 2016 at 6:53 am

    Lets get technical here. why don’t you ask for the exif data? or the RAW format. RSS will shit their pants. But i feel sorry that we have no law and regulations to cover cases like this.

    Reply
  16. manju says:
    March 9, 2016 at 6:10 am

    यहाँ त जो चोर, उसकै ठुलो स्वर भो , क्षतिपूर्ती सहित राससले सार्वजनिक रुपमा माफी माग्नु पर्छ !

    Reply
  17. makwane says:
    March 9, 2016 at 5:25 am

    RSS has been responsible for stealing the intellectual property so now it should come out and accept the mistake and compensate in someway. This will also help RSS to be more careful in future with what it produces. If they are unwilling to come out openly, it might be best to keep pressuring them through online shamming. Also make formal complain to appropriate organization and claim compensation as RSS distributes its contents to it’s members who are commercially utilizing the contents.

    Reply
  18. हर्के हवल्दार says:
    March 9, 2016 at 5:13 am

    भो! यस्ता बौद्दिक चोरहरु सँग तर्क गर्नु आफ्नो टाउको दुखाउनु हो। आजकाल त स्थलगत पत्रकारिता भन्दा पनि अर्काको पोष्टबाट चोरेर समाचार लेख्नेहरु मात्रै छन। अझ रासस त सरकारी एजेन्सी अर्काको चोर्यो आफ्नै हो भनेर पोष्ट गर्यो अनि दिनभरी तासजुवा र खैनी माडेर बस्यो। अनलाईनहरुले गर्दा त राससलाई त झन सजिलो पो भा’को छ त आजकाल।

    अब तपाईले खिचेको फोटोमा फोटोको बिचमै आफ्नो Watermark र logo राख्नुहोस। त्यसो गरेपछी क्रोप गरेर राख्नसक्दैन। उस्तै पर्यो भने फोटोसप गरेर राख्ला नी, शंकै लाग्छ फोटोसप पनि चलाउन आउछ की आउदैन राससका हरुले????

    Reply
  19. Keshav says:
    March 9, 2016 at 3:40 am

    Somnath Lamichhane seems to be administration chief (http://www.rssnepal.com/?page_id=12) at NAA (रासस ) and has mentioned as executive editor in his Linkedin profile. It is shame that he is not confident on his own position (role). Thats why he afraid to provide his full Identity when asked. Looking at his Logics/statements, it seems neither he nor the official handler of NAA’s twiter account have any knowledge of ethical journalism . And such person (s) is chief administratin/editor of NAA, what a shame!

    Reply
  20. Michael says:
    March 9, 2016 at 2:36 am

    अब कुरा क्लियर भैसक्यो रा स स ले चोरेकै हो | देश को नदीनाला बेच्ने , जनता लाइ घर घर ग्यास ल्याइदिञ्छु भनेर झुटो बोल्ने , सिङ्गा पुर् बनाइदिने , स्वित्जर्ल्यांड बनाइदिने भनेर झुटो बोल्ने अरु त् अरु इन्डियन ग्रयाण्ड डिजाइ अनुसार नेपाल लाइ भारत मा परिणत गर्न आफ़्नैदेश को १४००० -१५००० हजार दाजु भाइ मारेर क्रान्ति गरे भन्ने , अनि देश चै उल्टो दिसा मा जाने ( भ्रास्ताचार को हिसाब ले ५-६ नम्बर मा रहेकोलाई नम्बर १ मा लेउने )
    एस्तो कुकर्म ठाउमा फोटो चोरी हुनु लाइ कसले अपराध मान्छ , कसले जिम्बेबारी लिन्छ |
    तपाइँ ले क्ष्यति पूर्ति बा गैर जिम्बेबार भनेर सर्बोच मैठोक्दे पनि हुन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme