Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी कारणले रोक्यो देउवालाई पहिलो चरणमै सभापति निर्वाचित हुन

Posted on March 7, 2016March 9, 2016 by Salokya

अपडेट : दोस्रो चरणको निर्वाचनको नतिजा यस्तो रह्यो- शेरबहादुर देउवा १८२२, रामचन्द्र पौडेल १२९६। ५२६ मतको अन्तरले देउवा विजयी।
IMG_5246-001 तेस्रो पटक सभापति लडेका देउवा निर्वाचित हुनबाट थोरै मतले चुके। निर्वाचन समितिले आधिकारिक घोषणा नगरिसकेको परिणाम अनुसार ल्याउनु पर्ने १५७५ मतबाट ११ मतले चुके देउवा।

कांग्रेसको विधानमा सदर मतको ५० प्रतिशतभन्दा बढी भनेको भए देउवा सभापति निर्वाचित भइसक्थे। तर खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने प्रावधान विधानले गरेको छ।

bahumat

देउवालाई पहिलो चरणमै सभापति हुनबाट रोक्नेमा प्रमुख हात कृष्ण सिटौलाको देखियो। यदि दुई मात्र उम्मेदवार हुँदा हुन् त विधान अनुसार जसले बढी मत ल्यायो उही सभापति निर्वाचित भइसक्थे। सिटौलाले ल्याएका ३२४ मत पूरै पौडेलकै पक्षमा जाँदो हो भने पनि पौडेल ११५२‌+ सिटौला ३२४ गर्दा पनि १४७६ मात्रै पुग्छ। १५६४ त देउवाकै छ।

यो अङ्कगणितले बदर भएका १०८ मत निर्णायक हुने देखिन्छ। ती १०८ मतले दोस्रो चरणको निर्वाचनमा देउवालाई मात्र होइन पौडेललाई पनि जिताउन सक्छ।

यसरी हेर्दा १०८ बदर मत खासमा मतदान गर्न नजानेर मात्र होइन रणनीतिक हिसाबले पनि जानाजान बदर गराइएको शंका गर्न सकिन्छ। ती १०८ मत पौडेलको पक्षमा गए पनि वा सिटौलाको पक्षमा गए पनि केही फरक पर्ने थिएन। ती बदर मतले देउवालाई दोस्रो चरणको निर्वाचनमा जान बाध्य बनाउने काम भने पक्कै गर्‍यो।

के हुन्छ दोस्रो चरणको निर्वाचनमा ?

दोस्रो चरणको निर्वाचनमा दुई जना मात्र उम्मेदवार हुनेछन्- देउवा र पौडेल। अब जसले बढी भोट ल्यायो उही जित्ने हो। अर्थात् अब ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने बाध्यता हुने छैन।

यस्तो अवस्थामा अङ्कगणितीय हिसाबमा देउवा निश्चय पनि अगाडि देखिन्छ। तर माथि भनिए जस्तै सिटौलाको पक्षमा आएका मत र बदर मत पनि आफ्नो पक्षमा पार्न सके रामचन्द्र पौडेल पनि जित्न सक्छन्।

यो हिसाबले कांग्रेसभित्रको यो तेस्रो धार निर्णायक देखिन पुगेको छ। देउवालाई नखुलेका बदर भएका मतभन्दा खुलेका सिटौला पक्षधरका मतलाई आफ्नो तर्फ तान्ने प्रयास गर्नुपर्ने आवश्यकता हुनेछ जसले सिटौलाको बार्गेनिङ पावर बढ्ने निश्चित छ।

त्यसैले दोस्रो चरणको निर्वाचनसम्म धकेल्न सक्नु सिटौलाका लागि फाइदाजनक नै भएको छ। के पौडेलले यसलाई फाइदाका रुपमा उपयोग गर्न सक्लान्? नतिजा रोचक हुनेछ।

अपडेट : यसैबीच दोस्रो चरणको भोटिङ हुन दुई घण्टा बाँकी छँदा नाम नलिई देउवाको पक्षमा सिटौलाले यस्तो विज्ञप्ति जारी गरेका छन्-
sitaula

7 thoughts on “यी कारणले रोक्यो देउवालाई पहिलो चरणमै सभापति निर्वाचित हुन”

  1. john gauchan says:
    March 12, 2016 at 2:57 am

    जे होस् ढिलो भए नि माइ संसार मार्फत शेर बहादुर दाइ शाशांक दाइ र सिता देवी जी लाइ हार्दिक शुभकामना , आशा छ गुट उप गुट निश्तेज हुनेछ र मधेश समस्या र तेल बत्ति साथ् मा भुकम्प पिडितहरुको सहि राहत हुनेछ !!!

    Reply
  2. Ajay says:
    March 8, 2016 at 12:51 am

    देशको तिनतिनचोटी प्रधानमन्त्री भएको शेरेले देश र जनताको लागि कुनै उल्लेखनिए योगदान दिनुको साटो दुनियाकै हरिकंगाल हाम्रो देशमा पजेरो प्रणाली, सुत्केरी भत्ता जस्ता कुरीतिको शुरुवात गरे , सत्ता तिकाउन भारतको हदैसम्म चाकडी गरे, शेरेले शभापतिमा जीत हाशिल गर्दैमा चम्चे,धुपौरे,काम भन्दा बढी राजनीति गफ हाकेर दिन बिताउने नेपालीहरु डम्फु र खैन्जंदी बजाउदै खुशी हुनुमा कागलाई बेल पाक्यो हर्ष न बिस्मात हो,

    Reply
  3. pravin says:
    March 7, 2016 at 8:38 pm

    what about other posts? who won other posts?

    Reply
  4. bibek dhakal says:
    March 7, 2016 at 2:10 pm

    के हो सालोक्य जी, आज शिवरात्री को दिन शिवरात्री को ब्लग छोडेर का यो नन्दी, भ्रिंगी, भूत, पिसाचहरुको नौटंकीको ब्लग राखिरा. भएन यार

    Reply
  5. Ekraj says:
    March 7, 2016 at 9:26 am

    It appears that some of the stupids will waste their time and energy for another round of stinky garbage collection game to prove that they will elect one of the notoriously infamous faces. Leading a party by a good for nothing will continue for years until the demise of the corps.

    Reply
  6. Michael says:
    March 7, 2016 at 9:22 am

    सी के राउत लाइ मधेसी सेना गठन गरेर ग्रिह युद्द रोक्ने प्रतिबद्दता कुनै उम्बेदार ले देखाएको छ ?
    चीन र भारत सग कसरि सन्तुलन कायम गरेर , मधेस र जनजाति लाइ समेटेर अगि बढ्ने यी दुइ मध्ये कुनैको एजेन्डा हो ?

    डाइरेक्ट भन्नु पर्दा खालि हामीले तिरेको कर लाइ कसरि भागबण्डा लागाएर हसुर्ने यिन को एजेन्डा हो , र यिनले जानेको तेत्ति हो | जनाताकोकर कोपैसा बात सभासद लाइ पजेरो बाढ्ने, बिदेसी रंदिकोठिमा पठाउने देउवा हैन ?
    १७ चोटी सम्म पी यम मा हारेर निर्लज्जता कोपरिचय दिएको आर्को उम्बेदार हैन ?

    | अब भन्नुहोला सबैतिर चलिआएको रित , अरुले त् काम पनि राम्रै सग पो गर्छन त् तेसैले देश बनाएका छन् |

    कंगाल देश तर नेता ,कार्यकर्ता ,कर्मचारी बेस्करी धनि , हामि चै कति सर्कसको बादर जस्तो मात्र हुने ?कोइ देउबाले जिते खुसि हुने , कोइ आर्को ले , देश ले हामीले पाउने के हावाको लड्डु ?
    मानु एस्तो लाग छ योपरिक्ष्या हो प्रश्न एस्तो छ |तलका प्रश्न को उत्तर दिनुहोस ( जनता लाइ )
    तपाइँ के चाहनु हुन्छ ?
    १) मोर्नु २) बहुलाउनि ३) देश छोडेर जाने ४) देश मा बस्ने तर नेताको गाडी पछि दौडिने ,घर घर धाउने ५) बाझो बारीको कान्लो मा बस्ने थाप्लो मा हात लगाउने

    तलाका प्रश्न को उत्तर दिनुहोस (नेता लाइ )
    तपाइँ के चाहनु हुन्छ ?
    १) देश को प्राकृतिक स्रोत भारत लाइ दिने सन्धि , सम्झौताको चुप् चाप समर्थन गर्ने र तेस् बापत करोडौ कमाउने ,नेपाल को लागि भारत को खुफिया नेता भैरहने र सधै चर्चामा रही रहने गरिजा , सुसिल, बाबुराम , देउबा जस्तै सलामी खाने बा हाइ हाइ पाई रहने

    २) रास्त्रबादी जस्तो देखिने १९५० को सन्धिको कुरा गर्ने , भारत लाइ बिस्तारबादी भन्ने ,चीन कोसमर्थान गर्ने र पद मा मुस्किल ले पुग्ने बा न पुग्ने बा क्रमश मरिच मान जस्तै गुप् चुप हराउने

    ३) दिउसो घाम मा बेस्करी भारत को बिरोध गर्ने , राति आर्को ढोकाबाट भारतिय्दुताबास छिर्ने रिपोर्टिंग गर्ने एता पनि ठिक्क , उता पनि ठिक्क

    २)

    Reply
  7. Raj says:
    March 7, 2016 at 7:27 am

    पौडेल अब १९ औं पटक हारको प्रतिक्षामा ………..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme