Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाहा छ किन काङ्ग्रेसले पानीट्याङ्कीलाई मतपेटिका बनाएको? यस्तो हुनसक्छ एउटा कारण

Posted on March 7, 2016 by Salokya

mangalam1
कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व छान्नका लागि भएको मतदानमा एउटा अनौठो दृश्य धेरैले देखे- मतपेटिका। कहिल्यै नदेखेको कालो पानीट्याङ्कीको बिर्कोलाई काटेर मतपेटिका बनाइएको रहेछ। कतिले त हाइटेक मतदान भनेको त हिलटेक मतदान पो भएछ भनेर उडाए। कतिले चैँ कति लिटर मतदान भए भनेर उडाए। वास्तवमा त्यो हिलटेक ट्याङ्की थिएन। राम्रोसँग फोटो हेर्नुभयो भने थाहा हुन्छ, त्यो मङ्गलम् नामको पानी ट्याङ्की थियो। किन त मङ्गलम छानेको? एउटा रोचक कारण पत्ता लागेको छ।

कारण थाहा पाउनुअघि पृष्ठभूमि हेरौँ।

mangalam2
एक पटक एउटा पुलमा विस्फोटक पदार्थ भेटिन्छ।

mangalam3

डिस्पोज गर्नलाई प्राविधिक बोलाइन्छ।

mangalam4

प्राविधिकले विस्फोटक पदार्थ निस्क्रिय बनाउन खोज्छ। तर सक्दैन।

mangalam5

त्यसपछि उसले भन्छ प्लान एम। तत्काल रिले हुन्छ प्लान एम। एउटा गाडीमा आउँछ प्लान एम। अनलोड गरिन्छ र ओपन गरिन्छ।

mangalam6

प्लान एम भनेको त्यो विस्फोटक पदार्थ यो मङ्गलम ट्याङ्कीभित्र हाल्ने रहेछ।

mangalam7

प्राविधिकहरु त्यहाँबाट हिँड्छन्।

mangalam8

विस्फोटक पदार्थ पड्किन्छ। तर ट्याङ्की केही हुन्न।

mangalam9

अनि आउँछ ट्याग लाइन – फुट्दैन, फुट्दै फुट्दैन।

कांग्रेसका कुन चैँ उपब्रुजुक यो विज्ञापन हेरेर साह्रै प्रभावित भए जस्तो छ। त्यसैले बमले समेत नपड्कने ठानेर यही पानीट्याङ्कीलाई मतपेटिका बनाएका ! अथवा का‍ंग्रेसकै कोही नेताको लगानी पो छ कि यो ट्याङ्कीमा?

यो विज्ञापन नहेेरेको भए हेर्नुस् है यता छ-

4 thoughts on “थाहा छ किन काङ्ग्रेसले पानीट्याङ्कीलाई मतपेटिका बनाएको? यस्तो हुनसक्छ एउटा कारण”

  1. eklavya says:
    March 7, 2016 at 6:16 am

    अब झुसे बा त गैगयो तर झुसे आइदिया भने काङ्ग्रेसको कायमै छ।जबसम्म काङ्ग्रेसको अग्रपंक्तिका नेताहरुको अन्त्य हुँदैन तबसम्म काङ्ग्रेसले मुहार फेर्ने नसोचेनी भो उहि सात साले मत पेटीका या यस्कोलागी पनि भारतकै अनुहार ताकेका थिए होलान् नपाएछि सदा झै काङ्ग्रेसि काम चलाउ

    Reply
  2. Michael says:
    March 7, 2016 at 4:42 am

    कांग्रेसी नेता भनेका कहिले झुटो न बोल्ने , बोलेको पुरा गर्ने हुन्छन | काठमान्डू को जनतालाई उनीहरुले मेलाम्चिको पानि खुवाउने , काठमान्डू लाइ सिंगापुर बनाउने बाचा गरेको ४६ साल मै हो | माउबादिको नेताले स्वित्जर्ल्यांड बनाउने बाचा गर्नु भन्दा धेरै पहिले |
    अब सिंगापुर को साटो गिर्जाले नरक जानु पहिले नै झिगापुर त् बनायो | आगामी तन्नेरी कांग्रेसी युवा नेता देउवा बा रामचन्द्र जो भएनी यहि मङ्गलम ट्यांकीमा मेलाम्चिको पानि ल्याएर भएनी
    एक एक तुर्को ख्वाएर बोलेको बाचा पुरा गर्ने दिर्घ कालिन यॉजना (त्यो पनि आगामी १५ बर्स भित्र ) हुन् सक्छ | जे छ त्यहि कांग्रेस मै छ हो विश्व को प्रख्यात अर्थ सास्त्री पनि त्यहि छ ( जस्ता खाएको बिर्सिदिने हो भने ), सारा सांसदलाई जनाताको को कर कोपैसा मा पजेरो बाढ्ने, उहाहरुको मनिरंजन को लागि ब्यांकक पठाउने दिग्गज पनि तेही छन् , सम्पत्ति को नाउमा ३ वोटा सेल फोन हुने ( न धुर्त ) नेता पनि त्यहि छन् , कोशी , गण्डक बेचेर ,लाउदा ,धमिजा ले न पुगेर अब पुरै देश लाइ खरानी न बनाउञ्जेल यी
    सोसक सामन्तीका सुक्रकित हरु चुप लाग्ने वाला छैनन् |
    यो अध्यायमा आजकाल यिनको चुरी फुरी ,चहल पहल भएकोले तितो पोखेको हो |
    माउबादिको बिर गाथा , माले एमालेको कर्तुत पनि कम चाखलाग्दो र बर्णन योग्य छैन |

    Reply
    1. poudel says:
      March 10, 2016 at 2:15 am

      कांग्रेशका नेता ले प्रधानमत्री भय भने देश को नदीनाला बेच्ने काम चाही छिटो गर्छ अरु भनेको कार्यकर्ता लाइ पालनपोषण गर्दै मा पंचायतमा बनायको उधोग , राजमार्ग , र मत्रलायाको भवन मा राजनीति गरेर बस्ने भन्दा केहि छैन ,,, uppp

      Reply
  3. Ekraj says:
    March 7, 2016 at 4:28 am

    This is just a new cunning trick of a old jackle. Congress still has to prove that it has a credible leadership rank within its party.
    At the moment, it is only a process to recycle of rotten garbage to be picked up from stinky garbage dump.
    The cruelest joke is, how many stupids have wasted their energy and time to collect rotten garbase again (lazy, corrupts, intectually disabled and no vision).
    Who is going to believe a repeatedly failed party can do any good to a country and the people.
    Where is the new leadership? Are we not sick of these infamous faces?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme