Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कालो पानीट्याङ्की मतपेटिका, प्रदेश हैन विकास क्षेत्र लाइन

Posted on March 6, 2016 by Salokya

bikas-chhetra
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नयाँ संविधान अनुसार प्रत्येक प्रदेशबाट दुई दुई जना गरी १४ जना केन्द्रीय सदस्य आरक्षणबाट चुन्ने व्यवस्था गरिएको छ। यसअघि अञ्चलको प्रतिनिधित्व हुने गरी चुन्ने व्यवस्था थियो। तर मतदानका लागि लाइन लगाउने बेलामा भने प्रदेश अनुसार हैन पाँच विकास क्षेत्र अनुसार पो लाइन लगाइएछ। प्रदेशको बानी अझै लागेको छैन भन्ने बुझ्नु पर्‍यो त्यसो भए।

kalo-tanki1
त्यस्तै मतपेटिका पनि गज्जबकै छानेका रहेछन्। नाङ्ग्लोभन्दा ठूलो मतपत्र। ३ हजारभन्दा बढी मतदाता। निर्वाचन समितिले कालो मङ्गलम पानीट्याङ्कीलाई बनाइदिएछन् मतपेटिका चाहिँ। आखिर देशको ठूलो पार्टी जो पर्‍यो।

kalo-tanki

2 thoughts on “कालो पानीट्याङ्की मतपेटिका, प्रदेश हैन विकास क्षेत्र लाइन”

  1. Krishna says:
    March 7, 2016 at 1:35 am

    नया बनेको प्रदेश पनि झन् Confusing छन् नि ! अनि फेरी सीमा बदल्ने कुरा हुदै छ! एस्तो बेलामा बिकाशक्षेत्रलाइ नै आधार बनाको राम्रो हो जस्तो लाग्छ मलाइ त | पानि टंकी लाइ मतपेटिका बनाको चाइ अनौठो लाग्यो | पानि टंकी को प्रचार गरेको हो जस्तो लग्यो |

    Reply
  2. sushil says:
    March 6, 2016 at 12:51 pm

    अप्सनमा सबै पुरानै आइटमहरु मात्रै छन्, जसले जितेपनि उही पुरानै ढर्रा हुने होला!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme