Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दरबारमार्गको डिस्को अगाडि लाइभ फाइट

Posted on March 5, 2016March 5, 2016 by Salokya

IMG_3559
शनिबार साँझ दरबारमार्गमा रहेको याक एन्ड यति होटल छेवैमा रहेको डिस्कोबाट बाहिरिने क्रममा केटाहरुबीच भएको फाइट लाइभ हेर्न पाइयो। शनिबार दिउँसो मात्र खुल्ने यो डिस्कोमा विशेष गरी भर्खरका केटाकेटीहरु झुम्मिने गर्छन्। के विषयमा कुरा मिलेनछ कुन्नि, निस्कने क्रममा एक हुल केटाहरुले एक जना केटालाई बाटैमा ठटाउँदै थिए। भिडियो हेर्नुस्

IMG_3564

7 thoughts on “दरबारमार्गको डिस्को अगाडि लाइभ फाइट”

  1. chandra says:
    March 11, 2016 at 4:20 am

    नेपाल का “राजनैतिक नेता” बन्न सुरुवाती अभ्यास क ख रा गर्दै रहेछन ! अहिलेका नेता हरु के पी ओली, सी पी मैनाली टाउको काट्ने च्यम्पिओन, गच्छेदार पेस्तोल च्यम्पिओन, प्रचण्ड को त सबैलाई थाहै छ भन्न नै परेन!

    Reply
  2. N. Baidya says:
    March 10, 2016 at 8:53 am

    कुरा अचम्म के भने दरबार मार्ग जस्तो ठाउँमा लफडा हुन लाग्दा तुरुन्त सुरक्षा निकाय सक्रिय हुनुपर्ने होइन र; जनता ले सकी नसकी कर तिरेर पाल्ने मात्र हो ? सबै चीजमा राजनीतिलाई दोष दिएको पाइन्छ तर आफ्नो काम गर्न हरेक निकाय स्वतन्त्र छन्…!!! जब जब देश मा तरल अबस्था हुन्छ प्रहरी प्रशासन झन् चनाखो हुनु पर्ने मा नेपाल का मुला साग हरू…..!!!

    Reply
  3. samrat~ says:
    March 9, 2016 at 4:02 am

    त्यो सेतो प्यान्ट लगाउने जगलते एक लात हानेर फेरी किन भागेको. कस्तो फाइट हो यो १० जना ले एक जना लाइ कुटेको. केटा केटि आयो गुलेली खेलायो मत्यान्ग्रा सत्यानाश ! येस्ता झार पात हरु लाइ बाटो खन्ने काम मा लगाउन सके देश ले केहि त पाउथियो बरु.

    Reply
  4. sushil says:
    March 6, 2016 at 12:48 pm

    कुटाइ खाने भाईको साथीहरु गद्दार रहेछन, लड्न पर्दा हेरेर बसे, भाग्ने बेलामा मात्रै संगै.

    Reply
  5. Michael says:
    March 6, 2016 at 9:07 am

    आइ यस आइ यस को फाइट को अगाडी यो फाइट त् गुच्चा खेलेको जस्तो न भयो |तर येस्ता क्रियाकलाप को अन्तिम गन्तब्य त्यो आइ यस आइ यस बा प्यालस्ताइन नै हो |
    तेसैले यो सब जानेर बुझेर सुकुल गुण्डा ज्यु हरुलाई त्यो बाटो मा न हिड्न हार्दिक अनुरोध गर्दछु |
    मध्य्पुर्ब को देश हरु इरान , इराक सिरिया मा तेल भण्डार छ त्याहा को तेल बाहिर लान र आफ्नो स्वामित्त्व खडा गर्न गोरे हरुले उनीहरुलाई लडाएको छ |मुसलमान हरु एक आर्काकै ज्यान लिन लागिपरेका छन् |
    हाम्रो देश को पानि ,प्राकृतिक स्रोत ,जरिबुती भारत लान इन्डिया ले नेपालि लाइ पनि मदिसे , पहाडी , जनजाति भन्दै फुटाएर लडाउन ठुलो कसरत गर्दै छ |
    सदियेउ देखि भुटान बसेको नेपालि मूल का लाइ प्यालेस्टाइन बनाउदा पनि आँखा न खुलेको नेपालि हरु ठुलो सड्यन्त्र मा परेका छन् | किनकि खुलेआम भारतीय समर्थन मा सी के राउत हरु मदिसे सेना गठन गर्दैछ अर्र्को तिर आफुलाई ठुलो र प्रजातन्त्र को ठेकदार ठान्ने कांग्रेस जनताको कर को पैसालाई लुतायेर दिन को २५ वोटा खसी काटेर तेत्रो राम झम खर्च साथ् अधिबेसन मा मस्त छ | मदिसेपार्तिहरु मौका को ताक मा छ ,
    यो अन्तिम काल को लक्ष्यण हो कि ?

    Reply
    1. Tek Raj Timalsina says:
      March 8, 2016 at 7:56 am

      कति लामो analysis गर्नु भएको | यो झगडाको तपाईं ले भनेको जस्तो तेती गहिरो कारण नै साएद थिएन होला | डिस्को मा ठक्कर लाग्यो होला या केटि को कुरा मा सुरु भयो होला झगडा | यसमा मुसलमान हिन्दु जनजाति को केहि कुरा नै थिएन होला |

      Reply
  6. Rosham says:
    March 6, 2016 at 7:04 am

    जम्मा एउटालाई तेत्रोले पिटेको ? थुक्क मुला सागहरु लाज सरमको पनि सिमा हुन्छ नि ! हुना पनि केहि भएन छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme