देशको पुरानो तथा अहिलेको नम्बर एक पार्टी (पछिल्लो चुनावमा जितेको सिटको आधारमा) नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन अहिले भइरहेको छ। बिहीबार सुरु भएको महाधिवेशनको बन्द सत्र शुक्रबार सुरु भयो र केन्द्रीय नेता चुन्नलाई मतदान भने आइतबार हुँदैछ। मतदान गर्ने अधिकार देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुलाई मात्र हुनेछ। एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष बाहेक यो निर्वाचनमा २५ जना केन्द्रीय सदस्य खुलाबाट चुनिने छन्। त्यतिमात्र होइन महिला सदस्य ६ जना, दलित निर्वाचित सदस्य २ महिला सहित ५ जना, आदिवासी जनजाती केन्द्रीय सदस्य २ महिला सहित ५ जना, मधेसी केन्द्रीय सदस्य २ महिला सहित ५ जना, मुस्लिम निर्वाचित केन्द्रीय सदस्य १ जना निर्वाचित हुनेछन्। त्यस्तै यस पटक नयाँ संविधान अनुसार सात प्रदेशबाट दुई दुई जना गरी १४ जना पनि केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यी पदका लागि क-कसले दिएका छन् त उम्मेदवारी? हेर्नुस् पूर्ण विवरण-