Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारका पाठक महाधिवेशन प्रतिनिधि हुँदा हुन् त कसले जित्थे कांग्रेस सभापति?

Posted on March 4, 2016 by Salokya

ncprez
कांग्रेस महाधिवेशनका लागि तीन जना सभापतिका उम्मेदवार बनेका छन्- रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्ण सिटौला। मतदानका लागि ३ हजार २१८ महाधिवेशन प्रतिनिधि छनौट भएका छन्। उनीहरुले गरेको मतदान अनुसार सभापति लगायत अन्य पदहरु निर्वाचित हुने हुन्। तर माइसंसारका पाठकहरु भने यो लेख्दासम्म ७ हजार ७ सय ९४ जनाले सर्वेक्षणमा भाग लिए। के आयो त नतिजा ?

poll

यदि माइसंसारका पाठक महाधिवेशन प्रतिनिधि हुँदा हुन् त रामचन्द्र पौडेल कांग्रेस सभापति निर्वाचित हुन्थे। हिजोसम्म यो पोलमा पौडेल र देउवाबीच कडा प्रतिस्पर्धा भए पनि रातभर र आज बिहानको मतदानमा पौडेलले बाजी मारे।

कांग्रेसको विधान अनुसार ५० प्रतिशतभन्दा बढी मत ल्याए सभापति निर्वाचित हुनेछ। कसैकसैले ५१ प्रतिशत मत ल्याउनु पर्ने भनी लेखेका छन्। त्यो गलत हो। विधानमा यस्तो व्यवस्था छ-
bahumat

यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको भए बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचनका लागि मतदान हुनेे थियो। मानौँ पौडेलले ५० प्रतिशतभन्दा बढी मत नल्याएका भए ? देउवा र पौडेलबीच पुनः निर्वाचन हुन्थ्यो।

हेरौँ देउवा र पौडेलमात्रै उम्मेदवार भए भने सिटौलाका पक्षमा रहेका मतहरु कता जाँदा हुन्?

4 thoughts on “माइसंसारका पाठक महाधिवेशन प्रतिनिधि हुँदा हुन् त कसले जित्थे कांग्रेस सभापति?”

  1. Ramesh says:
    March 7, 2016 at 6:39 am

    Win for Sher Bahadur Deuba will spread the message that any person outside Koirala family can be party supremo. Nepali Congress is not any family’s asset.

    Reply
  2. Ramesh says:
    March 7, 2016 at 6:37 am

    Win for Sher Bahadur Deuba will spread the message that any person outside Koirala family. Nepali congress is not any family’s asset.

    Reply
  3. john gauchan says:
    March 5, 2016 at 2:47 am

    दुइ मत छैन शेर दाइको ?? खुरुक्क संसदीय दलको नेता , बरिष्ट नेता तथा प्रधान मन्त्रि नभएर पौडेल बा , लोभमा फसे गए , महामन्त्री चाहि शशांक कोइराला र गगन बीच बेजोड प्रतिष्पर्धा हुन्छ कोषाध्यक्ष्यमा चित्र लेखा नै हो !!! उपाध्यक्ष खुम दाई र मनोनित महामन्त्री बिमलेन्द्र निधि सकियो ….

    Reply
    1. Basant says:
      March 6, 2016 at 3:25 am

      हाहाहा भ्रस्टचारी खुम दाइ सक्किगो नि

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme