Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रतिगामी शशांक कि कांग्रेस ?

Posted on March 2, 2016 by सूर्य खड्का

surya_khadka नेपाली कांग्रेसले नेतृत्व नगरेको भए र तत्कालिन संयुक्त वाममोर्चाले साथ नदिएको भए २०४६ सालको संयुक्त जनआन्दोलनको सफलता संभव थिएन । र, त्यतिबेला पहिलो पटक चिकित्सकहरु पञ्चायत मूर्दाबाद भन्दै सडकमा नओर्लेको भए पनि आन्दोलन त्यति चाडै निर्णायक नबन्न सक्थ्यो शायद । र त्यसैसंग जोडिएको तथ्य के हो भने त्यहां शिक्षण अस्पतालमा डा. शशांक कोईराला नभएको भए पनि त्यसरी डाक्टरहरु सडकमा पंचायत विरुद्ध उत्रन समय लाग्थ्यो होला ।

हो, जननायक विपीका कान्छा पुत्र शशांक कोईरालाले देशको राजनीतिक परिवर्तनमा गरेको योगदानको पाना पल्टाउने सानो ऐना हो यो प्रसंग । अहिले देशको पुरानो र प्रजातान्त्रिक भनिने कांग्रेसको १३ औं महाधिवेशनले राजधानीको राजनीतिक रंग र रौनक तातेका बेला धेरैका आंखा शशांकमा गढेका छन । कारण एक ः शशांक विपीपुत्र हुन र विपीकै असली अनुयायी मानिन्छन । दोस्रो ः उनी पटक पटक केन्द्रीय सदस्य भन्दा माथि पुगेका छैन्न र यो बेला कांग्रेसलाई कोईराला वंशको रक्तवीजको उपज मान्नेहरु भावी नेतृत्वमा शशांक पुग्दा वंशविरासत सुरक्षित हुने ठानिरहेका छन ।

पोलिटिकल्ली उनी कोईराला वंशका तीन उत्तराधिकारी पात्र सुजाता र शेखर भन्दा बढी आकर्षक र सेक्सी किन मानिएका छन भने उनी परीक्षित भएका छैन्न अनि हर शब्दमा पिताजीको मात्रै नाम जप्छन हरपल, हरदम । पछिल्लो पटक विविसी नेपाली सेवामा दिएको अन्र्तवार्तापछि शशांक कांग्रेसभित्र विपीविचारलाई पछ्याउने हार्डलाईनरका रुपमा देखा परेका छन । बितेका ७० बर्षमा भएका त्रुटी कमजोरीहरु र नयां संविधान स्वीकार गर्ने नगर्ने मामालामा कांग्रेसको १३ औं महाधिवेशनलेृ कठोर समीक्षा गर्नुपर्ने जुन सन्देश दिए यसले उनी राजा सहितको विपीकालिन प्रजातन्त्रका पक्षपाती छन भन्ने सन्देश प्रवाह गरेका छन । उनले संघीयताको मुखै खोलेर विरोध नगरे पनि राष्ट्रियताको मामलामा विपीपथ नै पछ्याउनुपर्ने तर्क दोहोरायाएका छन पटक पटक ।

ईतिहासको कठोर सत्य हो की विपीकै कान्छा भाई गिरीजाप्रसादले मर्ने बेलामा तत्कालिन १० बर्षे माओवादी जनयुद्धलाई शान्ति राजनीतिमा फर्काउने नाममा देशलाई गणतन्त्रमा पुरयाए । अनि विपीले वारवार भन्ने गरेको राजाको गर्धनमाथि आफ्नो गर्धन जोडिएको छ भन्ने भनाई र विचारको समूल हत्या गरे । त्यतिबेला कुनै कांग्रेसीले गिरीजाका सामु चुंसम् मगर्न सकेन्न । गिरीजा बाचुन्जेल विपीपथ विपरित कर्म वा कुकर्म के गरे गिर्जावावुले भन्नेमा शशांक पनि मौन रहे । तर जब गिरीजापछिका शुसील पनि अस्ताए अनि एकाएक शशांक गिरीजा र शुसीलपथको ठीक विपरित धारमा उभिएका छन सार्वजनीक रुपमै, त्यो पार्टीको महाकुम्भ मेलाको मेलोमा ।

यदि हाल शशांकले भनेजस्तै कांग्रेस विपीपथबाटै निर्देशित र संचालित हुने हो भने कांग्रेसले गिरीजापथको उपज संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबाट पछि फर्कनुपर्छ । देशको धर्मराउदो राष्ट्रियताको मुद्धाको जगमा शशांकले विपीविचारको प्रतिरक्षा गर्नुको सिधै र सरल अर्थ हो गिरीजापथको गणतन्त्रको खारेजी । सुशीलको नेतृत्वमा बनायौं संविधान, सम्वृद्ध राष्ट्र निर्माण हाम्रो अभियान भन्ने मूल नाराको व्यानरमुनी आयोजित हुदै गरेको १३ औं महाधिवेशनमा संस्थापनका भरपर्दा नेता मानिएका शशांकले उठाएका सैद्धान्तिक मुद्धा खांटी गणतन्त्रवादी दावा गर्ने गगन थापा र नरहरि आचार्य वा कृष्णप्रसाद सिटौलाहरुको विरुद्धमा मात्रै लक्षित छैन, गणतन्त्र घोषणा गर्दा गल्ती नै गरिएछ भन्ने कुलबहादुर गुरुङहरु र देश हिन्दू राष्ट्र नै हुनुपर्छ भन्ने खुमबहादुर खड्काहरुको वैचारिक नेतृत्वकवचका रुपमा सार्वजनिक भएको छ । यो नेपाल पुनः हिन्दूराष्ट्र भएको हेर्न चाहने दक्षिणी छिमेकको भारतीय सत्तारुढ दल भारतीय जनता दल र त्यहांका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीको असली प्रवत्ताको द्योतक प्रतिनिधि विचार पनि हो ।

यदि हालको कांग्रेस नै नेपाली गणतन्त्रको असली जन्मदाता मान्ने हो भने यस्तो खांटी गणतन्त्रवादी कांग्रेसलाई पुरानो वीपिपथमा फर्काउन खोज्ने शशांक प्रतिगामी हुन र उनी पार्टी नीति विपरित विचार दिएको नाममा अनुशासनको कारवाहीका हकदार हुनुपर्छ । तर कांग्रेसले त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हत्याएको निहुंमा गिरीजाले अदुरदर्शी सनकमा कांग्रेसलाई गणतन्त्रवादी बनाएका थिए भनेर कांग्रेसले यदि गिरीजापथलाई गंभिर त्रुटीका रुपमा स्वीकार गर्ने हो भने कांग्रेसले शशांकलाई नेतृत्व सुम्पनु त पर्छ नै आफू लहैलहैमा लागेर गणतान्त्रवादी भएकोमा गम्भिर आत्मालोचनासहित राजनीतिक लाईन नै फेर्नु पर्छ । के त्यो शाहसिक र एकहदसम्मको प्रतिगामी वैचारिक रुपान्तरणको निर्णय साविकको कांग्रेस नेतृत्वबाट संभव छ त ? शशांकले यही वैचारिक धारको नेतृत्व गर्ने हुन भने उनी रामचन्द्र पौडेल वा शेरबहादुर देउवा वा कृष्ण सिटौला वा आफै स्वतन्त्र कुन तहमा महाधिवेशनमा नेतृत्वका आकांक्षी होलान त ? आफैं अग्रसर हुने हुन भने पनि वा अरुलाई सभापति मान्ने हुन भने पनि विचार शशांकको मुहार पौडेल वा अरु कसैको हुन लागेको हो त ?

१३ औं महाधिवेशनलाई नीति र नेतृत्व चयनको महासमर यदि बनाउने हुन देशभरका तीनहजार बढी महाधिवेशन प्रतिनिधिहरुले भने यो नै कांग्रेसको भाग्य र भविष्य निर्धारणको कडी हो । अब कांग्रेस प्रतिगामी सावित हुने की शशांकलाई प्रतिगामी सावित गर्ने त न्यायधिशको भुमिकामा रहेको आम प्रतिनिधिहरुले दिल दिमागबाट निर्णय लिन सक्नुपर्ने अहं सवाल हो यो होईन र ?

शशांकको पछिल्लो अभिव्यक्तिले अन्ततः कांग्रेसभित्र प्रकाश कोईराला र दुर्गा पोखरेलहरुको विचारको नेतृत्व गर्ने संकेत गर्दै गर्दा नार्गाजुनका पूर्वराजा ज्ञानेन्द्र शाहले मीठो मुस्कानसहित ऐना हेरे होलान, राजसंस्था र हिन्दू राज्यको मुद्धा उछालेर चौथो ठूलो दल हुदै केपी ओलीसत्ताको भाईनाईके हुन पाएका कमल थापाहरुको होस हवासै उड्यो होला । मागी खाने मुद्धा कांग्रेसले नै फित्र्ता लाने डरले कमलपन्थीहरुको निदहराम पनि भयो होला ।

खुमबहादुर, गोविन्दराज जोशीहरु र कुलबहादुर गुरुङहरुलाई समीकरण र ध्र्रुवीकरणको गणित मिलाउन हौसला मिल्यो होला । तर सुजाता कोईराललालाई भने भय र त्रासले चिमोट्यो होला । किन की पिताजीपथको गणतन्त्रबाट पछि हटेको कांग्रेस कम्तिमा सुजातहरुको रोजाई नहुन सक्छ । उता अस्पतालमै मुर्मुरिए होलान नरहरि अनि अब क्रान्तिकारी ध्वांस दिन र नयां गगनभेदी नारा चर्काउन मसला मिल्यो भनेर मख्ख परे होलान गगनहरु । शायद स्याम्पेन पनि फोडेहोलान महाधिवेशनको दशैंको मौकामा । यो सबको लेखाजोखा कसैको रहर वा चाहना जस्तो पक्कै हुने छैन तर यदि कांग्रेस महाधिवेशनका प्रतिनिधिहरुले सांच्चो अर्थमा विपीपथमा कांग्रेसलाई डोरयाउने हो भने शायद शशांकको साथ दिनेछन । निर्णय कस्तो आउला फागुन २३ पछिको कांग्रेसलाई नै कुर्नु पर्ला । तर आम कांग्रेसीहरुले हेक्का राख्नै पर्ने तथ्य के हो भने नारायणहिटी संग्राहलय बनिरहदा देशको सार्वभौमसत्ताको तजविजी अधिकार नयांदिल्लीमा सरुवा भएको यथार्थ नेपाली राजनीतिको कठोर बर्तमान हो । त्यसको सोधभर्ना किन राष्ट्रपति र प्रधानमन्त्री जस्ता पदले गर्न सकेन्न ? त्यतातर्फ भने विचार पुरयाउदा अरु लोकजनको के कुरा कांग्रेसजनकै भने अवश्यै भलो होला नी नहोला र ?

8 thoughts on “प्रतिगामी शशांक कि कांग्रेस ?”

  1. shyam says:
    March 3, 2016 at 3:30 pm

    वामपन्थीहरू गरिबका पार्टी हुन्, गरिबीको अन्त्य भएपछि उनीहरूको अस्तित्व रहँदैन,’ कांग्रेस भन्छ , ‘कांग्रेस पुँजीवादी पार्टी हो । किनभने, कांग्रेस सबै गरिबलाई धनी बनाएर मुलुकबाट गरिबी हटाउन चाहन्छ ।’विगत झन्डै २५ वर्ष कांग्रेसले राज गर्दा गरीबहरुको संख्या येति धेरै भयो कि कांग्रेस लाई भेट्टाउन टुकी बल्नु पर्ने अनि कम्युनिस्ट हरु येत्र-तत्र सर्वत्त्र हावी भए| ” गरिब संग विस्वेस्वर कार्यक्रमले गरिब लाई गरिबी तर्फ नै धकेल्ने हो कि?नत्र त् विस्वेस्वर सदाको लागि बिर्सीनेछन|धनि संग त् धन-लक्ष्मी मात्र हुने भयो | कि कसो?

    Reply
  2. shyam says:
    March 3, 2016 at 11:30 am

    नेपाली कांग्रेस जन्मैले पुरातनबादी हिन्दु र राजाबादी पार्टी हो तर वामपन्थीको चेपुवामा परेपछि र गिरिजाको प्रथम राष्ट्रपति बन्ने चरम महत्वाकान्क्ष्य|ले गर्दा र गिरिजाको हनुमानहरुको प्रहार खेप्न डराएका कंग्रेस्सी जमातले ति दुवै स्वीकारेका हुन्| उहिले कंग्रेस्सिको जगजगी थियो उस्कोमत्र agenda स्थापित हुन्थ्यो आजकल नेपाल वाम्पन्थिमय भएको छ (कांग्रेस को गलत नीति र राज्यसंचालन विधिको कारणले गर्दा )\ संसदीय निर्वाचनमा २/३ लेराउ अनि आफ्नो चाहना बमोजिम गर्दा हुन्छ|

    Reply
  3. sushil says:
    March 3, 2016 at 7:05 am

    नेपाल “मोदीको चाहनामा हिन्दु राष्ट्र हुने” कुरा मान्ने हो भने हिजो गणतन्त्र पनि सोनिया गान्धी अथवा मनमोहन सिंहको चाहनामा आएको थियो भनेर मान्नु पर्छ. त्यसैले एउटा कोणबाट हेर्ने हो भने शसांक कोइरालाको विचार ठिक हो. गल्ती सुधार्नु पर्दछ र आवश्यक पर्यो भने पछाडी पनि फर्किनु पर्दछ.

    Reply
  4. prakash says:
    March 2, 2016 at 9:58 pm

    aba ni rajtantra ko kura garnu jaayaj ho jasto laagdaina….. na shasank koiralla le ya kasaile.Raajniti BP bata girija samma aai pugda bagmati ma dherai paani bagi sakeko chha…. aba paribartan hunu psrchha. gyanendra le ni chance paaka hun…. there is no option for people republic of democracy….. jai nepal

    Reply
  5. devu says:
    March 2, 2016 at 7:31 pm

    २०४६ साल को आन्दोलन नेता हरु को लागि सफल थियो भने जनता को लागि असफल थियो.. २6 बर्ष पछि को यो अवस्था यसको उत्तर हो..

    Reply
  6. Navin Rayamajhi says:
    March 2, 2016 at 5:07 pm

    कांग्रेस पार्टीको पनी के कुरा गर्नु?

    Reply
  7. Michael says:
    March 2, 2016 at 3:15 pm

    देसः कुनै बि पिपथ . गिरिजा हाइ वे.प्रचण्ड पथ.नौलो जान बाद .बहुदलिय जनबाद , नया सक्ति , पुराना सक्ति , राजा ले बा खालि क्रान्ति का , भासन का ,आन्दोलन कुरा मात्र गरेर बन्छ ?१०० बर्स मा पनि बन्दैन |सब भ्रास्ताचारी , घुस खोरी , आडम्बरी मात्र भयेकोथाउमा |
    ल सुनौ केहि न मुना
    १) सबले तारिफ गरेको राम बरण , परमानन्द , पुर्ब प्रधान मन्त्रिहरु , अमरेश सिङ्ग हरु राज्य कोस बाट गाडी , तेल घर भाडा बापत करोडौ रकम लि रहेछन , आर्को तिर भुकम पिडित हरु छानो न पाएर ,खान न पाएर पिडित छ , खै न्याय , खै बिबेक ?

    २)मुस्ताङ्ग चढ्ने बाबुराम ले कुनै जागिर खाएको छैन ,आलिसान महल मा बस्छन ,दिनहु सयेउ मान्छे भेट्छ , कतै जादा लाबा लस्कर सहित जान्छ त् पैसा काँ बाट आउछ ?

    ३) कांग्रेस , एमाले ,राजा सब ले रास्ट्र घाती सन्धि गरेको छ , माउबादी ले बिदेसी ग्रयाण्ड डिजाइन मा काम गरेर नेपाल र नेपालि समाज धोस्त बनाएको छ यिनका यी पर जीबी , भाइरस ना हरुले देश बनाउछ भनेर नेपालि ले के आस गर्ने ?

    तेसैले येस्ता अधिबेसन , सम्मेलन हल्ला गुल्ला कति आए गए कोइ जागिर को नाउमा भाडा को सैनिक हुन् जाने , रुप र जवानी मा जिन्दगि खैरे सग पोइला गएकी सुजाता बुढी भए पछि देश फर्केर गिरिजाकै छोरी भएकोले नेता स्वीकार गर्ने , सब सामती ,जमिन्दार लाइनै सर्बहारा नेता मानेर पछि लाग्ने , बिहारी डाँका हरुलाई मुक्ति योद्दा ठान्ने यो के हो ? नेपालि जनताले कहिलेसम्म देश छ भन्न पाउला अब ?

    Reply
  8. Ram Sharma says:
    March 2, 2016 at 2:58 pm

    सुर्य जी

    सायद तपाई डाक्टर सशांक प्रति अलि बढी ऊदार हुनुभो
    २०४६ को जना आन्दोलन मा शिक्षण अस्पताल बाट आन्दोलन उठ्नुमा डाक्टर सशांक भन्दा कैयौ गुना बढी डाक्टर मथुरा श्रेष्ठ र अन्य थुप्रै को योगदान छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme