Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो

Posted on March 1, 2016 by Salokya

rss-choreko
आफ्ना समाचारहरु हुबहु चोरी भयो भन्दै कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दिने सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले समेत फोटो चोरी गरेको प्रमाण फेला परेको छ। मैले आफैले खिचेर माइसंसार र पहिलोपोस्टमा राखेको फोटोलाई राससले @salokya लेखिएको वाटरमार्कसमेत हटाएर क्रप गरी क्रेडिटसमेत नदिई ‘फोटो : रासस’ भनेर लेख्दै आफ्ना सयौँ ग्राहकलाई अनधिकृत रुपमा उपयोग गर्न पठाएको छ। म राससलाई चुनौति दिन चाहन्छु- त्यो फोटो म बाहेक अरु कसैले खिचेको भन्ने प्रमाण देखाओस्। हैन भने मेरो फोटोको वाटरमार्कसमेत हटाई मलाई क्रेडिट नै नदिई किन चोरी गरियो, यसको जवाफ सार्वजनिक रुपमा दिनुपर्छ।

rss
यो फोटो मैले गोप्रो हिरो सिल्भर ४ बाट फेब्रुअरी २१ तारिखका दिन सोमबार बिहान मेदान्त अस्पतालमा खिचेको थिएँ। फेब्रुअरी २७ तारिखको ब्लग “ढुंगो भनी फालिदियौ, देउता थियो कि : अम्बर गुरुङलाई मेदान्तमा भेटेर फर्केपछि मनमा गुन्जिएको गीत” को अन्तिममा रहेको फोटो नै राससले चोरी गरेको हो।

मैले खिचेको ओरिजिनल फोटो
मैले खिचेको ओरिजिनल फोटो

त्यो फोटोलाई यहाँ क्लिक गरी ठूलो स्वरुपमा हेर्न सकिन्छ। वाटरमार्क काटेर क्रप गरी राससले यसलाई चोरेको हो।

अम्बर गुरुङ जस्ता राष्ट्रिय निधिलाई सरकारले उपचारका लागि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले ब्लग लेखिएको र फोटो खिचिएको थियो। त्यसैले सामाजिक सञ्जालहरुमा यही फोटो धेरैले स्रोत खुलाएर प्रयोग गरे। बाबुराम भट्टराई, कनकमणि दीक्षित जस्ता अनेकौँले माइसंसारको स्रोत खुलाएरै फोटो उपयोग गरे। राससले पनि यही गरेको भए मेरो खासै गुनासो हुने थिएन। तर फोटो क्रेडिटसमेत नदिई भएको वाटरमार्क समेत काटेर चलाउन राससलाई अधिकार कसले दियो? मैले खिचेको फोटो मेरो अनुमति बिना राससका सयौँ ग्राहकले उपयोग गर्नेछन्, त्यसको हर्जाना कसले तिर्ने?

धेरै ठूलो आशा त छैन तर पनि मैले यो विषयमा हेलो सरकारमा उजुरी गरेको छु। हेरौँ त्यहाँबाट कस्तो कारबाही अघि बढाइने हो?

10 thoughts on “सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो”

  1. Pingback: फोटो ‘चोर्दा’ भएको लफडा : ‘रातोपाटी’ले क्षमा माग्दै दियो क्षतिपूर्ति – MySansar
  2. Rohit says:
    March 10, 2016 at 9:43 pm

    I am not sure if there’s any provision of photography copyright in Nepal. In countries where there’s one, you should have your photo(s) registered for copyright before you can make claims on any violations. Using photos from the internet for non-commercial purpose shouldn’t warrant trouble, but claiming credit for someone else’s work is downright immoral and unprofessional even for an individual. RSS owes you two apologies- one for misusing your work, another for reacting stupidly. Thanks for giving them a lesson, but you might have better things to do than chase a wild goose.

    Reply
  3. Pingback: कूतर्क गर्दै ‘फोटो चोरी’ बारे रासस सार्वजनिक बहसमा उत्रियो, यस्ता छन् ५ कूतर्क « Mysansar
  4. सिर्जने says:
    March 2, 2016 at 11:15 pm

    कुरीकुरी रासस!

    Reply
  5. Kusan Sharma says:
    March 2, 2016 at 5:43 pm

    आजको नागरिकमा पनि यहि फोटो छ,

    Salokya को नाम कतै उल्लेख छैन l

    Reply
  6. robei says:
    March 2, 2016 at 10:02 am

    यो हेल्लो सरकार हैन, हल्लाउ सरकार हो। तपाँईलाई हल्लाई राख्छ।

    Reply
  7. SAM says:
    March 2, 2016 at 9:44 am

    Salokya Ji,

    Chor ra fathaa ko desh ma aru k pauna sakincha ra yesta chiz haru nai ta hun. Chorne thagne. Desh ko bare maa sochda ni aashu nai aaucha.

    Hope one day our country will realize everything and may become one of the civilized country.

    Reply
  8. डा. सुरज श्रेष्ठ says:
    March 2, 2016 at 3:43 am

    सौजन्य: सालोक्य
    लेख्दा उचित हुन्छ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  9. Basanta says:
    March 2, 2016 at 2:06 am

    कपि गरेसि source खुलाऊन कन हिच्किचाऊंछन कुन्नि
    सरकारि संस्था बाटै एस्तो भएसि अरुबाट नियम पालना को के आशा गर्ने?

    Reply
  10. arun says:
    March 2, 2016 at 1:06 am

    Yesko chanbin hunu parcha…photo chorni ley chetipurti tirnu parxha

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme