Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँहरुको दबाबले काम गर्‍यो : सरकारले गर्‍यो अम्बर गुरुङको उपचार खर्च व्यहोर्ने निर्णय

Posted on March 1, 2016 by Salokya

IMG_3000राष्ट्रिय गानको धूनका सर्जक तथा आधुनिक नेपाली संगीतका खम्बा अम्बर गुरुङको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने भन्दै तपाईँ हामीले दिएको दबाबले काम गरेको छ। हिजो राति बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

गुरुङ एक महिनादेखि हरियाणा राज्यको मेदान्त अस्पतालमा उपचार गराइराखेका छन्। ‘खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको’ चिकित्सकहरुले ठहर गरेपछि उनलाई रेडियो र किमोथेरापी दिइँदैछ। उपचार एकदमै महँगो छ। अहिलेसम्म सबै परिवारले बेहोरिरहेका छन्।

DCIM100GOPROGOPR0363.
हालै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदा उनले आफ्ना स्वकीय सचिव इन्द्र भण्डारीलाई अस्पतालमा भेट्न पठाएका थिए। प्रमका तर्फबाट उनले राज्यले सक्दो गर्ने आश्वासन दिएर आएका थिए। त्यसअघि अर्थमन्त्री विष्णु पौडेल र प्रधान सेनापतिले पनि यस्तै आश्वासन दिइसकेका थिए।

यसैगरी सरकारले उपचाररत नेपाली काँग्रेसका नेता नरहरि आचार्यको उपचार खर्च पनि व्यहोर्ने निर्णय भएको छ।

9 thoughts on “तपाईँहरुको दबाबले काम गर्‍यो : सरकारले गर्‍यो अम्बर गुरुङको उपचार खर्च व्यहोर्ने निर्णय”

  1. Pingback: पारीबाट आएका आप्रवासीका जन्मसिद्ध नागरिक यसरी पोख्छन् दुःख « Mysansar
  2. gajendra adhikari says:
    March 2, 2016 at 5:53 am

    यीत भए ठुला हरु को लागि
    साधारण को लागि के? आशा गरौ
    स्वस्थ बिमा को. दबाब दिनु पर्ने रहेछ

    Reply
  3. dor rampur says:
    March 2, 2016 at 5:15 am

    धेरै राम्रो समाचार ! राम्रो प्रयास ….

    प्रचलन को हिसाब ले खास मा नेपाल का जोसुकै नेता कार्यकर्ता लै औसधि खर्छ बेहर्नु कति राम्रो हो ! नेपाल मा औसधि बिमा प्रचलन बढाउनु पर्ने … अमेरिकी रास्ट्रपति को औसधि खर्छ त राज्यै ले न भएर बिमा ले बेहौरछ !

    Reply
  4. BS says:
    March 1, 2016 at 8:25 pm

    Yes, Ambar gurung contributed greatly to our country. We, all Nepali, must appreciate him for his contribution in composition of national anthem. But it does not necessarly mean to support by Government for those people who only contributed to the contry, why not for other people who are financially weak??. There are many people in Nepal who are financialy weak, it would be good if you also raise the issues for those peole who are financially weak. To overcome this, establisment of compulsary national health insurance system is very essential. Then, nobody does not need any support from the govenment for their any health check up/medication.

    Reply
  5. narayan says:
    March 1, 2016 at 10:53 am

    ढिलै भयपनी सरकारले राम्रो काम गरेकोमा बधाई र स्वागत छ /

    Reply
  6. Sanjeev Karki says:
    March 1, 2016 at 10:48 am

    धेरै राम्रो समाचार सुन्न पाइयो. मेरो संसार team र सालोक्य जी लाई सलाम, अनि सम्पूर्ण रास्ट्रप्रेमी पाठक हरु को प्रयाश लाई धन्यबाद.

    संजीव
    सिड्नी बाट

    Reply
  7. jeevan says:
    March 1, 2016 at 10:30 am

    Umeshji, yo hami haruko dawab bhanda pani tapai ko dawab ho. Hats off to you for crediting us. Huna ta Nepal ma kunai pani issue rais grana patrakar ko thul bhumika hunchha tara yo case ma tapai ko patrakar ko sathsathai byaktigat bhumika pani thulo chha.

    Reply
  8. sushil says:
    March 1, 2016 at 10:04 am

    तपाई हाम्रो दवावले हो कि नरहरिको झमटमा परेको हो त थाहा भएन, तर जे होस दुवैलाई राम्रै भयो. संगै कस्ठमण्डप एअरको दुई बहादुर पाइलटहरुलाई वीर पदक प्रदान गरेकोमा पनि सरकारलाई साधुवाद छ.

    Reply
  9. Raju Acharya says:
    March 1, 2016 at 8:48 am

    Pahilo Post, Mysansar, Kantipur, Umesh, Devendra ji हरुलाई मुरी मुरी धन्यवाद

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme