अदालतले भ्रष्टाचारी ठहर गरी कैद सजाय समेत भोगिसकेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई राज्यकोषबाट २० लाख रुपैयाँ निकासा भएको प्रमाण हो माथिको विवरण। खुमबहादुर खड्का असहाय छैनन् तर प्रभावशाली छन्। त्यसै कारण सुशील कोइरालाको सरकारले द्वन्द्वकालमा कागजी क्षति भएको ५५ कोठे ‘डमी घर’ का लागि २० लाख क्षतिपूर्ति मात्र दिएन, उपचार खर्च भन्दै थप १५ लाख पनि दियो। उता भारतको मेदान्त अस्पतालको बेडमा राष्ट्रिय गानको धूनका सर्जक अम्बर गुरुङ भने एक महिनादेखि छटपटाइरहेका छन्। उनले पाएका छन् केवल आश्वासन।

सहयोग पाउन राजनीतिक शक्ति र प्रभाव कति जरुरी छ भन्ने यो उदाहरणले प्रष्ट पार्छ। आज कान्तिपुर दैनिकले पनि आफ्नो सम्पादकीयमै लेखेको छ-
राजनीतिक शक्ति र सत्तामा कोही छ भने प्रभाव र पहुँचका भरमा चाहेजति उपचार खर्च लिने गरेको दृष्टान्त सामुमै छ । तर, अम्बरजस्ता सर्जकका लागि राज्यपद्धतिमा पनि नियमसंगत रूपमा बोलिदिने कोही छैन, बोलिए पनि उपचार खर्चका नाममा केही राहत रकम दिने अवस्था यथावत छँदै छ ।
पूरा पढ्नुस्
‘खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको’ चिकित्सकहरुले ठहर गरेपछि उनलाई रेडियो र किमोथेरापी दिइँदैछ। उपचार एकदमै महँगो छ। अहिलेसम्म सबै परिवारले बेहोरिरहेका छन्।
उनको परिवार पनि अकुत सम्पति भएको खाले हैन। राजा महेन्द्रको अनुरोध मानेर नेपाल आएका अम्बरसित आफ्नो घरसमेत छैन। छोरीले भाडामा लिइदिएको घरमै उनको बास रहेको छ। श्रीमति प्यारालाइसिसका कारण काठमाडौँमा छिन्। छोरा राजु र छोरी अलकाले सब खर्च बेहोरिरहेका छन्। अलका बेलायतबाट आएर बाबाको स्याहार सुसारमा लागिरहेकी छिन्।
अस्पतालमै रहेकी उनकी छोरी अलकाले आफ्ना बाबा अम्बर गुरुङको उपचारको नाममा अनलाइनमा चन्दा संकलन हुन थालेको प्रति आपत्ति जनाइन्, ‘परिवारको अनुमति बिना यस्तो काम भइरहेको छ। हामीलाई कुनै पनि जानकारी दिइएको छैन।’
राज्यको दायित्व भएकोले राज्यले नै हेर्नुपर्ने र जिम्मेवार सरकारी पदाधिकारीले गर्छौँ भनेर भन्दाभन्दै सर्वसाधारणबाट ५/१० डलरको चन्दा उठाउनु उचित पनि हुन्न भन्ने आशय परिवारको रहेछ। हुन पनि पहुँच र शक्तिका आधारमा लाखौँ सहयोग नेतालाई तु गर्न सक्ने सरकारले यति ठूला स्रष्टालाई केही नगरी बस्न सक्छ भन्ने हामी कल्पना पनि गर्न सक्दैनौँ। तर भइरहेको छ त्यस्तै। अहिलेसम्म उनलाई आश्वासन मात्रै दिइएको छ।
हालै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदा उनले आफ्ना स्वकीय सचिव इन्द्र भण्डारीलाई अस्पतालमा भेट्न पठाएका थिए। प्रमका तर्फबाट उनले राज्यले सक्दो गर्ने आश्वासन दिएर आए। त्यसअघि अर्थमन्त्री विष्णु पौडेल र प्रधान सेनापतिले पनि यस्तै आश्वासन दिइसकेका छन्।
नेताहरुले राम्रो काम गर्न कहिले सिक्ने होलान? जैले नि उल्टो काम गर्या छ, गर्या छ / तिनका आसेपासेलाई चाहिने हो भने तु आउछ करोड, अब त अत्ति नै भयो /
खै के लेख्ने अब ?
यी भातमारा का सबै कुरा सबै नेपालीहरुलाई थाहै रहेछ ।
डा. सुरज श्रेष्ठ
कति दिने भनेर छल फल भैरा होला | प्रतिनिधि पठाएको भनेपछि त् पैसा दिन कै लागि त् हुनुपर्छ |
उहिले राजाले कानुनले तोकेको तलव लिन्थे; मलाई यति दे भनेर हुकुम जारि गरेर लिन्दैन्थ्यो/ तर इनोहरुले त् सर्वोच्चले कानुन बनायर मात्रै लिनु भनेको आदेश समेत नमानि भ्र्स्द्ताचार को आरोपमा जेल गयका खुमे जस्ता देखि पहाडीलाइ लखेट्न उक्साउने भाषान गरेकोमा कार्यवाही गरिने भनियको अमरेश जस्तालाई समेत मनपरी तरिकाले राजस्व लुताउन्दै आय बात राजा पाल्नु खर्चिलो भन्ने इनिहरु नै राजा भन्दा बढी खर्चिलो भयको स्पस्ट देखियो/त् खर्चिलो भनियको राजतन्त्रमा राजाले कसरि कति राज्य बात लिय र इनिहरुले कति लिंदै छन् र इनिहरुले प्रत्यक बर्ष राज्यको ढुकुटी बात कसलाई कति दिय लिय भन्ने कुरा अब कुनै संस्थाले विवरण सहित सबै नागरिकहरुलाई जानकारी दिलाउनै पर्ने अबस्था आयको छ (कुनै अधिबक्ताले नागरिकहरु सुशुचित हुनु पाउने अधिकार प्रयोग गरेर यस्तो विवरण सार्जनिक गराउन सर्वोच्चामा रित राखून!!) /
यसरि सुबिधा लिनेहरुमा कयौले पदमा रहंदा पनि राज्य र नागरिकहरु प्रति इमान्दार नबनेको र पदमा नरहँदा पनि तेस्तै आचरण गर्दै आयको सबैले देखे सुनेकै कुरा हो/ त् यस्ताको सम्पति त् पदमा नरहेको राजाको सम्पति रास्त्रिय्करण गरे जस्तै गर्नु पर्ने थियो/ तर उल्टो भैरहेको छ/
आर्थिक तथा शारीरिक रुपमा इनिहरु अशक्त भयमा राज्यले सहयोग गर्नु त् ठिकै हो/ तर जसको आर्थिक स्थिति मजवुत छ र जसको आफ्नै घर जिल्लामा प्रशस्त सम्पति छ तेस्तालाई पनि हिजो ठुलो पदमा बसेको भन्दैमा राजधानीमै सबै खर्च राज्यले व्यहोर्ने गरि आलिशान घर बंगला; चालक सहित मर्मत खर्च, र पेट्रोल समेत राज्यले उपलब्ध गराउनु गरिब देसको नागरिकहरुले तिरेको कर को महा दुरुपयोग नै हो/ यस्तालाई केहि दिने परे अर्को चुनाव हुने समय सम्म मात्रै दिनु पर्ने थियो आजीवन होईन/
सगरमाथा आरोहन गर्ने पासांग सिट इनिहरुले शुल्क लिय तर तेही बेला भारतको तिम्लाई आरोहन शुल्क माफ गरे/ नारायण गोपालले राज्यको सहयोग पायको भय मर्ने थियन/ सम्झंदै लेखे यस्तो उदाहरण त् सायद लाखौ पुग्छ होला/ त् आफुलाई सामान्य रोग लागे पनि अर्को मुलुकको महँगो अस्पतालमा राज्यको खर्चमा उपचार गराउन जाने, आफ्नै घर गाडी हुँदा हुँदै पनि राज्य बा सितैमा लिने इनिहरु सम्मानित् हुनु पर्ने नागरिकहरु अपमानित भयो उपेछित भयो भनेर गुनासो गर्नु बेकार छ/ किनभने इनिहरु आफुलाई नागरिकको प्रतिनिधि मानेर नागरिकलाई सम्मान गर्ने जातको होइन आफ्नो हुकुम र उर्दी मनाउन बन्धकी बनाउने जातका हुन्/
इनिहरुको लोकतन्त्र लोकलाइ अधिकार दिलाउने तन्त्र होइन इनिहरु आफैलाई लोकको मालिक बनाउने तन्त्र बनेको स्पस्ट देखिन्छ/ इनिहरुको कानुनी राज्यमा कानुन इनिहरुलाई लाग्दैन लागि हाले पनि इनिहरुले मुद्दा फिर्ता लिन्छ/ देसमा संबिधान बनाउने सभा थियो तर त्यो पनि इनिहरुको निर्णयमा ल्याप्चे लगाउने संस्था बनाउन के कस्तो प्रयाश गरे त्यो सबैलाई थाह छ/ लोकतन्त्रमा सदन निर्णायक शक्ति बन्ने भन्ने मान्यताकै उपहास गर्दै देसमा लोकतन्त्रको नाममा इनिहरु सबै निरङ्कुश राजा हुने ‘तन्त्र” लादेको छ/
भातमारा नेताहरुले राम्रो काम गर्न कहिले सिक्ने होलान? जैले नि उल्टो काम गर्या छ, गर्या छ / तिनका आसेपासेलाई चाहिने हो भने तु आउछ १-२ करोड, अब त अत्ति नै भयो /
ओह, नो-नो!!! कुरा ‘यो पनि’ देख्दा दुखै लाग्यो! यो “बेला, हेला, ज्याला” बारे सम्बन्धित व्यक्ति र अधिकार कस्को जिम्मेवारी हो ?
सालोक्य जी
अम्बर गुरुङ कुनै राजनीतिक पार्टी को आफ्नो मान्छे पर्नुभएन | सायद तेही भएर उपचार खर्च पनि पाउनु भएन |
यदी अम्बर खड्का,भटराई यस्तै केहि भैदिएको भए केहि हुन्थ्यो तर गुरुङ परि दियो येस्तै हो
Discrimination against Janajatis?
भनेपछि सबैभन्दा पहिला कुरा बिगार्ने महेन्द्र रहेछन.
संगीतकार गुरुङको सिध्र स्वस्थलाभको कामना गर्दछु.
राष्ट्रिय ढुकुटीमा हात साफ गर्ने पहुँच भएकाको लागि शान्ति मन्त्रालय मात्रै होइन प्रधानमन्त्री राहत कोष, अर्थ, गृह, भुकम्प खाता जताततै खुला हुन्छ.
नपत्याए मन्त्रालयहरुको रेकर्ड हेरे थाहा होला, कतिजना सम्पन्न मान्छेहरुले पनि पहुँचको आधारमा सरकारसंग सकेसम्म दाम फ़ुस्काउछन र मन्त्रीहरुले पनि मिलेसम्म आफ्नालाई दाम बाँड्छन्. त्यही गर्नको लागि त सत्तामा पुग्न हत्ते गर्ने हुन् नि. अब मेडियाले बेस्करी हल्ला गरेर सरकारले केही गर्यो भने हो नत्र त तेतिकै हो.
फोस्रो आश्वासन दिन मा हाम्रा नेता हरु बीरबल छन् तर काम गर्ने मा त भन्नु नै परेन। किन भने नेपालका नेताहरुले बोलेर पुर्याउन कहिले जानेका पनि छैनन् र जिम्मेवारी पनि कहिले लिदैनन। यिनीहरु ब्यापारी हुन् जता फाईदा हुन्च्छ त्यतै हेर्छन। व्यापारीको पनि एउटा धर्म पालन गरेको हुन्छ तर यिनिहरु त जता मलको उतै ढल्को यिनका नीति छन्। रास्ट्रियता , सम्मान , बिबेक धर्म यिनीहरुका बिबेक मगज बाहिर का कुरा हुन्। त्यस कारण अस्पताल रहनुजेल अम्बर गुरुङ्ग दाईले ओली सरकार बाट सुबिधा पाउनु होला जस्तो मलाई त् बिश्वास छैन। बागी नेता भए पो ढुकुटी खोल्थे साँचो हराए पनि ताला तोड़ थे। डांडा माथि का जुन लाई यिनले के हेर्लान् ?