प्रधानमन्त्रीको दिल्ली भ्रमणभन्दा एक दिन अघि दिल्ली आइपुगे पनि मेरो सेड्युल एकदम टाइट थियो। सरकारी प्रतिनिधिमण्डलमा नपर्ने हुनाले दिल्लीबाहेक अर्को ठाउँको समाचार कभर गर्न पाइँदैन थियो। त्यसैले सोमबारको मेरो रिटर्न टिकट थियो।
दिल्लीमा कलेजमा पत्रकारिता पढ्दादेखिको दिलदार साथी थियो- देवेन्द्र भट्टराई। दिल्लीमा बसेर एक्लै कान्तिपुरको भारत ब्युरो हाँकेर बसेका उनी अम्बर गुरुङलाई भेट्न मेदान्त जान लागेको थाहा पाएपछि मैले आफूलाई पनि लान भनेँ। दिल्ली नजिकै भए पनि मेदान्त अर्कै राज्यमा पर्छ- हरियाणा। त्यहाँसम्म पुग्न हामी बसेको ठाउँबाट मेट्रो चढी जान मात्रै डेढ घण्टा जति लाग्दो रहेछ। त्यसमाथि मेदान्तको कडा सुरक्षा व्यवस्था। भिजिटर एकजनाभन्दा बढी जानै नदिने, क्यामेरा त तलै राख्नुपर्ने।
बिहान पाँचै बजे उठेर जाने भने पनि राति अबेरसम्म न्युज फाइल गर्दा सुत्नै ढिला भयो। म उठ्नै सकिनँ। सरकारी मिडियाबाहेकको मिडियाका लागि प्रधानमन्त्रीको कार्यक्रम ३ बजे थियो। त्यसअघि दिल्ली जसरी पनि फर्कनु पर्ने थियो नत्र काठमाडौँले किचकिच गर्न सक्थ्यो।
मेट्रो चढेर मेदान्त पुग्दा सुरुमा सेक्युरिटीको दोस्रो लेयरले क्यामेरामा किचकिच गर्यो। त्यसपछि भिजिटर्स पासको लफडा। एक जना भन्दा बढीलाई पास नदिने। देवेन्द्रले म काठमाडौँबाट आएको पत्रकार भन्दै गुहारेपछि १५ मिनेटको एउटा अर्को पास बनाइदियो।
त्यसपछि हामी लाग्यौँ यो होटल शैलिको अस्पतालको नवौँ तल्लामा लिफ्टबाट। रुम नम्बर ४०३९। भित्र पस्दा अहो, मैले सँधै देखिआएका अम्बर गुरुङभन्दा निकै फरक, निकै कमजोर अम्बर गुरुङ। नमस्ते फर्काउनु भयो, उही चिरपरिचित स्वरमा।
तीन छोरा र एक छोरी मध्ये उहाँको स्याहार सुसार छोरी अलका र छोरा राजुले गरिरहेका छन्। श्रीमति बिना गुरुङ काठमाडौँमै हुनुहुन्छ। प्यारालाइसिस भएको छ उहाँलाई। किशोर कामविशेषले काठमाडौँ पुगेका थिए भने अलका बुबालाई एकछिन नछाडी त्यहीँ हुनुहुँदो रहेछ।
आधुनिक नेपाली संगीतका एक तारा र त्यसमाथि सारा नेपालीलाई जोड्ने नेपाली राष्ट्रिय गानको धुन कम्पोज गर्ने अम्बर गुरुङलाई सरकारबाट केही सहयोग नभएको, आश्वासनमात्रै पाएको कुरा सुन्दा मन कटक्क खायो।
दुई हप्ताअघि साग च्याम्पियनसिपमा भारतलाई हराएर नेपालले स्वर्ण पदक जित्दा राष्ट्रगानको धून बज्ने क्रममा बीचैमा रोकिएपछि राष्ट्रप्रेमीहरुको चर्को आक्रोश सुनिएको थियो। तर त्यही धून बनाउनेको संगीत साधना अस्वस्थताका कारण बीचैमा रोकिँदा कराउने कोही रहेनछ।
भारतको राष्ट्रपति भवनमा गार्ड अफ अनर लिने क्रममा प्रधानमन्त्री केपी ओलीको सलामीका लागि बजाइएको राष्ट्रगान धुन उनकै थियो- सयौँ थुङ्गा फूलका हामी… तर प्रधानमन्त्री आफ्नो व्यस्त सेड्युलका कारण गुरुङलाई भेट्न जान पाएनन्। तर पनि उनका छोराले राजदूत दीपकुमार उपाध्यायमार्फत् यस्तो निवेदन दिए-
प्रधानमन्त्री ज्यु चुप बस्नुभएन। स्वकीय सचिव इन्द्र भण्डारीलाई अस्पतालमा भेट्न पठाउनु भयो। भण्डारीले प्रधानमन्त्रीको तर्फबाट राज्यले सकेसम्म गर्ने आश्वासन दिएको छोरी अलकाले बताउनु भयो।
तर यस्तो आश्वासन त उहाँले रच्नुभएको रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो कम्पोजिसनलाई लोगो सङ्ग बनाउने सेनाका प्रधानसेनापतिले पनि अस्ति मानार्थ महारथिको उपाधि लिन आउँदा छोरालाई फोनमा गर्नुभएको थियो। अर्थमन्त्री विष्णु पौडेलले पनि प्रमको भ्रमणअघि भारतमा आउँदा त्यस्तै आश्वासन दिएर जानुभएको थियो।
तर आश्वासन यत्तिकै छ। दिनमा १० हजार आइसी बेडको मात्रै तिर्नुपर्छ। अरु खर्च अलग्गै। उपचारमा कुनै कमि हुन दिइएको छैन। छोरीले नै सबै जोहो गरिरहनु भएको छ। तर यत्रो स्रष्टाप्रति राज्यको पनि त केही दायित्व हुन्छ। खोई त त्यो निर्वाह भएको?
अनलाइन चन्दा अनुमति बिना
छोरी अलकाले आफ्ना बाबा अम्बर गुरुङको उपचारको नाममा अनलाइनमा चन्दा संकलन हुन थालेको प्रति आपत्ति जनाउनु भयो। ‘परिवारको अनुमति बिना यस्तो काम भइरहेको छ। हामीलाई कुनै पनि जानकारी दिइएको छैन’, उहाँले मलाई अस्पतालमा भन्नुभयो।
राज्यको दायित्व भएकोले राज्यले नै हेर्नुपर्ने र जिम्मेवार सरकारी पदाधिकारीले गर्छौँ भनेर भन्दाभन्दै सर्वसाधारणबाट ५/१० डलरको चन्दा उठाउनु उचित पनि हुन्न भन्ने आशय परिवारको रहेछ।
बरु एउटा काम हामी गर्न सक्छौँ- सरकालाई दबाब दिने। आ-आफ्नो तहबाट जसरी सकिन्छ त्यसरी। अरु केही गर्न सकिन्न भने फेसबुक वा ट्विटरबाट भए पनि।
अस्पतालमा केही समय बिताउँदा उहाँले गाह्रो गरी खोकेको, दुखेको बताएको जस्ता दृश्यको मूकदर्शक भइयो।
फर्कँदै गर्दा जाट आन्दोलनका कारण ठाउँठाउँमा हाइवे ब्लक थियो। जसोतसो मेट्रो स्टेसन पुर्याए अटो चालकले। फर्कँदै गर्दा उहाँको स्वर र संगीत भएको एउटा गीतको यी शब्द मनमा आइरहेका थिए-
ढुङ्गो भनी फालिदियौ, देउता थियो कि…
खुसीमा छौ कि विरहमा छौ, आवाज देऊ – तिमी कहाँ छौ
मृत्युलाई पनि नाघेर आउँछु, त्यो मुहार हेर्न – तिमी कहाँ छौ
यो विषयमा मैले हिजो पहिलोपोस्टमा एउटा समाचार लेखेको थिएँ। त्यसैका केही अंश-
के हो समस्या ?
गुरुङ माघ १४ गते उपचारका लागि यहाँ आइपुगेका हुन्। ‘खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको’ चिकित्सकहरुको ठहर छ।
‘यसलाई रेडियो र किमोबाट कम गराउने काम भइरहेको छ’, बुबाको स्याहारमा लागेकी अलकाले पहिलोपोस्टसँग भनिन्, ‘ट्युमरका कारण आन्द्रा साँघुरिएर खाना नजाने समस्या थियो। अहिले आन्द्रामा स्टेन्ट राखिएको छ।’
अस्पतालमा एडमिट नगरी बाहिरै अपार्टमेन्टमा राखेर किमोथेरापी दिनमात्र अस्पताल ल्याउने भनिए पनि स्वास्थ्यमा असहजता आएको देखेपछि यो हप्ता उनलाई फेरि अस्पताल भर्ना गरिएको हो।
‘पहिलो चरणमा डेढ महिना यसरी नै उपचार गर्नुपर्ने भनिएको छ’, उनले भनिन्, ‘भर्खर दुई हप्ता पूरा भयो।’
हाँस्ने रहरहरु, आँसुमा डुबे…
अम्बर गुरुङ संगीतमै डुब्ने एक अजिबका पात्र हुन्। ‘मलाई हार्मोनियम खोजेर ल्याइदेऊ न, म बजाउँछु,’ उपचारका लागि अपार्टमेन्टमा रहँदा पनि उनी आफूलाई भेट्न आउनेलाई आग्रह गर्थे।
पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाइ ट्युनिङ गर्न सक्ने खुबी भएको एक मात्र संगीतकारलाई राजा महेन्द्रले २०२६ सालमा नेपाल फर्काएका थिए।
पुर्ख्यौली घर गोरखाको रिसिङ भएका उनको जन्म भारतको दार्जिलिङको लालढिकीमा भएको हो। उनका बुबा र हजुरबुबा भारतीय सेनाको जागिरे थिए।
महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर,जग्गा, सम्पति मागे। तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन्। र त, उनीसँगै नेपाल आएकाहरु अहिले कहाँबाट कहाँ पुगे, उनी अझै बूढानिलकण्ठमा भाडाको घरमा बसिरहेका छन्।
‘ए कान्छा, ठट्टैमा यो वैँस जान लाग्यो’ जस्ता रोमान्टिक गीतदेखि ‘हाँस्ने रहरहरु आँसुमा डुबे, सुन्दर सपना शिशा झैँ फुटे..’ सम्मका वियोगान्त गीतको संगीत उनले भरेका छन्।
नेपाल संगीत नाट्य एकेडेमीको पहिलो कुलपति गुरुङले हजार वटा जति गीत कम्पोज गरेका छन् त्यसमध्ये ६/७ सय वटा गीत उनकै शब्द र स्वरमा रहेको छ। – See more at: http://www.pahilopost.com/content/-13579.html
वहॉको सुस्वास्थको पुन: कामना गर्दछु ।
यस्तो पनि सरकार ???
अम्बर गुरुङज्युको शिघ्र स्वाथ्यलाभको कामना गर्दछु / सरकारले उहाको उपचारको सम्पूर्ण खर्चको बन्दोबस्त तुरुन्तै गरोस /
Help Amber Gurung.
Why does Nepal government neglect to help Respected Singer Amber Gurung?
श्री अम्बर गुरुंग ज्युको स्वास्थ बिषयको स्तम्भमा नेपालीहरुको सार्है कम चासो देख्दा आश्चर्य लाग्यो ।
वहॉको सुस्वास्थको पुन: कामना गर्दछु ।
डा. सुरज श्रेष्ठ
नेपालगंज
… suswastha ko kamana … !
– SWAVIMAN
where are sleeping our political leader ?
वहॉको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।
डा. सुरज श्रेष्ठ
नेपालगंज
हेर्नुस, ओलीले महाभुल गरे अनि ठुलो मौका चुकाए| छ छ दिनको भ्रमणमा जाँदा एक क्षण समय निकालेर अम्बर गुरुङज्युलाई हेर्न गएको भएको कति ठुलो सहानुभूति मिल्ने थियो|
हामी नेपालीले केहि राहत महसुस गर्ने थियौ, अनुग्रहित हुने थियौ|
लौ भनौ प्रधान मन्त्रि जान सकेनन, एस्कर्टिङ्ग गरिएको वाहनमा मन्त्रि त् जान सक्थे|
अझ सम्म राजदुत एकपल्ट पनि गएका छैनन्? अब गएर फायदा पनि छैन|
भोलि बितेसके पछि ठुला ठुला शब्द लाएर सहानुभूति र शोक प्रकट गरेर के मतलब?
मुलुकलाई उँधो लाउने राजनैतिक व्यक्तिहरुको उपचारमा करोडौ खर्च गर्दा राज्यले किन अम्बर गुरुङज्युको उपचार खर्चमा तुरन्त निर्णय मात्र होइन कार्यन्वायन गर्दैन?
भारत बाहेक तेस्रो मुलुक अमेरिका बैंकक नै लैजान परे पनि सरकारले सहयोग गर्नपर्छ, व्यवस्था मिलाउनपर्छ|
अम्बर गुरुङ हाम्रा राष्ट्रिय सम्पदा हुन्, जति दिन क्षण हुनसक्छ जसरि हुनसक्छ उँहालाई सक्दो सहज हुनेगरेर परिवारको भावनालाई कदर गर्दै बचाईराखौ| हामी सम्पूर्ण नेपाली आभारी छौ र चिर ऋणी छौ उँहाको विशाल योगदान प्रति|
राज्यले ढिलाई नगरी तुरन्त कदम चाल्नु पर्यो नत्र भोलि केहि हुनगए पश्चताप नहोस|
अम्बर गुरुङ को उपचार गर्ने सरकार को काम हो. तुरुन्त पहल कदमी सुरु होस्.
देश छ त् केवल नेताको लागि मात्र , कार्यकर्ताको लागी मात्र , अरु को काम भनेको चुप चाप कर तिर्ने , नेताको भासन सुन्ने , सपना ओढ्ने , आश्वासन चपाउने , उनीहरुले उद्घाटन गर्दा , थपडी बजाएर मनोरंजन गर्ने |
२,४ बर्स अगि सम्म डाडा मा हगेर माटो को डल्लो ले पुछेर फाल्ने हरु , भ्यालेन्टाइन मा विस गर्ने .नास्पातिलाई चिया मा चोपेरखाने , बाथरुम जादा पजेरो ( गरिब को नेता , सर्ब हारा चै मुस्ताङ्ग हो क्यार ) चड्ने भैसके | त्यो कसरि ? कुनैउद्द्योग पति भएर .इलम गरेर हो ? हैन| दलाली गरेर . देश को लागि जनताको ट्याक्स रकम चोरेर . भुकम्प पिडित को पैसा खाएर हो |
ति बाँदर हरु कसरि सत्तामा पुगे ?
हजारौ गरिब .दलित हरुलाई . सोजा साजा लाइ मर्वायेर . उनीहरुको लाश मा टेकेर ?
देश बादरको हातको नरिवल भएको छ | इन्डियाको बजेट बन्दा, बृहत योजना बन्दा नेपाल को नदीनाला र प्राकृतिक स्रोत को हिसाब गरेर बन्न थालिसके |
अनि एस्तो मा रास्ट्रिय बिभुति अलपत्र पर्दैनन् ?