Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाषण हुँदै गर्दा प्रधानमन्त्रीलाई दिइएको ‘चिट’मा के थियो?

Posted on February 25, 2016 by Salokya

IMG_3102
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको सप्रु हाउसमा सोमबार लेक्चरको कार्यक्रम थियो। महत्त्वपूर्ण व्यक्तिहरुलाई त्यहाँ बोलाएर कुटनीतिज्ञहरुका अगाडि लेक्चर दिन लगाउने त्यहाँको चलन रहेछ। यसअघि २० वटा लेक्चर भइसकेको रहेछ। ओलीको २१ औँ। प्रधानमन्त्रीका लागि लिखित सम्बोधन तयार थियो। प्रधानमन्त्रीभन्दा अगाडि कार्यक्रमको सभापति बनाइएका भारतीय विदेश मन्त्री सुषमा स्वराजले सम्बोधन गरेका थिए। प्रधानमन्त्री लिखित भाषण पढ्दै थिए। पढ्दै गर्दा नेपाली दूतावासका एक कर्मचारी मञ्चमा चढे। सम्बोधन गर्दै गरेका प्रधानमन्त्रीसँगै पुगे र एउटा ‘चिट’ दिए। चिट पाएपछि प्रधानमन्त्री केही समय चुप रहे। अनि बल्ल फेरि लिखित भाषण पढ्न थाले। के थियो त त्यो चिटमा ?

IMG_3103
प्रधानमन्त्रीलाई चिट दिँदै
IMG_3104
प्रधानमन्त्रीले चिट लिए।
IMG_3105
प्रधानमन्त्रीले चिट हेरे।
IMG_3106
चिट हेर्दै गर्दा उनको लिखित भाषण पढ्ने क्रम केही समय रोकियो।
IMG_3116-001

आखिर के थियो त त्यो चिटमा ?

ओली अगाडि बोलेकी भारतकी विदेश मन्त्री सुषमा स्वराजले आजै ओलीको जन्मदिन परेको भन्दै बडे भाइकी बडी बहनको नाता लगाएर शुभकामना दिएकी थिइन्।

लिखित भाषणमा त्यो हुने कुरै थिएन।

त्यसैले त्यो चिटमा तपाईँलाई दिइएको जन्मदिनको शुभकामनाको जवाफ पनि फर्काउनुस् है भनी स्मरण गराइएको थियो। पक्कै पनि कुटनीतिक क्षेत्रमा यस्ता कुरा महत्त्वपूर्ण हुन्छन्। तर प्रधानमन्त्रीज्यु अलमलिएर धेरै बेर चुप बस्नुभयो। त्यो जरुरी थिएन। लेख्नेले बुझिने गरी पो लेखिदिएनन् कि।

लिखित सम्बोधन सकाए पछि प्रधानमन्त्रीले जन्मदिनको शुभकामना जवाफ पनि फर्काए।

सुन्नुस् कार्यक्रमको अडियो-

5 thoughts on “भाषण हुँदै गर्दा प्रधानमन्त्रीलाई दिइएको ‘चिट’मा के थियो?”

  1. Ajay says:
    February 28, 2016 at 4:50 am

    नेपाली राजनीतिको अशभ्य निरन्तरतामा कालो बजारीको नाइके dr के पी ओलीको भारत भ्रमणबाट कुटनीतिक सम्बन्ध भन्दा पनि भविष्यमा अझ नेपालमा भारतीय हस्तछेप बढ्ने सम्भावना देखिन्छ,

    Reply
  2. madan bajracharya says:
    February 28, 2016 at 12:38 am

    ओलीको बिगत आलोचित थियो/ उ माथि भारत परस्त भयको आरोप पनि लागेको थियो/ महाकाली सन्धि गरिंदा भारतको ठुलै हित चिन्तक भयको देखिने ओलीले संबिधान भारतले दियको “चित” अनुसार लेखाउन मानेन/ २००७ देखि आफुले दियको चित अनुसार सिंहदरवारमा निर्णयहरु गराउंदै आयको थियो भारतले/ तर नेपालमा बन्दै गरेको संबिधानमा भारत सिट जोडेको नेपालको सम्पूर्ण भूभागलाई मधेशीको आत्म निर्णय गर्न सक्ने मधेश प्रदेश बनाउन सकिने गरि संबिधान लेख भनेर भारतले दियको चित सुसिल-ओलीले मानेन/ त् सुसिल सिट टेलिफोनमा पनि कुरा गर्न मानेन भारतले र ओलीको पालामा त् नेपालमा नाकाबन्दी समेत गरे/ यस्तो बेला ओलीको भारत भ्रमण यक प्रकारको “जांच” नै हो नेपालको निमित पनि भारतको निमित पनि/

    नेपाल भारतमा हुने कुनै पनि जांचहरुमा उल्लु विद्यार्थीले जाँचमा पास हुन् चित प्रयोग गर्छन र तेस्तो चितहरु उनीहरुको आफन्तहरु समेत अनेकौं तरिकाले जांच हुँदै गरेको स्थानमै उपलब्ध गराउञ्छन/ तेस्तै तरिकाले ओलीले पनि चित पाय/ अब ओलीले त्यो चित अनुसारै बोले लेखे बा त्यो चिटलाइ फाले भन्ने कुरा ओली नेपाल फर्के पछि जे गर्छ तेस्ले देखाउंछ/

    Reply
  3. Ramesh Limbu says:
    February 25, 2016 at 9:41 pm

    प्रधान मन्त्री राजिनामा दे !

    Reply
  4. रजनी शर्मा says:
    February 25, 2016 at 7:47 pm

    प्रधानमन्त्रीभन्दा अगाडि कार्यक्रमको सभापति बनाइएका भारतीय विदेश मन्त्री “सुषमा स्वराज”ले सम्बोधन गरेका थिए।
    गरेकी थिईन् हुनुपर्ने होईन र?

    Reply
  5. Ekraj says:
    February 25, 2016 at 5:41 pm

    It is ok to read a speach written in English. If someone has asked any question in English, how this harrilathhak would have replied.
    I don’t understand why this iliterate idiot (a fake Phd holder) did not give his speach in Nepali. Someone with good English language command should have interpreted his Nepali speech.
    When a lot qualified, educated, experienced Indian counter part (Foreign Minister) feel proud to speak in her own langjuage what did stop his inferior guy.
    Oli would not have got lost, if the speech was prepared by himslelf when he received the cheat.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme