Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बित्थामा ६ दिन लम्ब्याइएको भ्रमण सकाएर प्रम फर्किए

Posted on February 24, 2016February 25, 2016 by Salokya

GKB_8608
प्रधानमन्त्री केपी ओली ६ दिन लामो भारतको राजकीय (स्टेट) भ्रमण सकाएर बुधबार राति फर्किएका छन्। भ्रमणको सेड्युल बनाउनेहरुले किन ६-६ दिन लामो तालिका बनाए बुझिनसक्नुको छ। खासमा भ्रमण दोस्रो दिनमा नै सकिएको थियो। दोस्रो दिन गार्ड अफ अनरसहितको औपचारिक स्वागत र द्विपक्षीय भेटवार्ता तथा संयुक्त ब्रिफिङ थियो। त्यही दिन राष्ट्रपति उपराष्ट्रपतिदेखि मन्त्रीहरुसम्म भेटघाटहरु भएका थिए। तीन दिनको भिजिट भएको एकदम उपयुक्त देखिने थियो। तर अनावश्यक रुपमा थप ३ दिन लम्ब्याइएको भ्रमणमा प्रधानमन्त्री तेस्रो दिन तेहरी जलविद्युत परियोजना हेर्न गए। त्यसपछि दिल्ली आएर मिडिया र नेपाली समुदायसँग अन्तर्क्रिया गरे।

चौथो दिनमा कुटनीतिज्ञहरुलाई सप्रु हाउसमा सम्बोधन एउटा महत्वपूर्ण कार्यक्रम थियो। यसमा प्रमले नागरिकता र सीमाङ्कनका विषयमा प्रष्ट कुरा राखे। भ्रमहरुलाई निवारण गर्ने प्रयास गरे।

High_Profile_Dinner (24)

त्यही साँझ होटल ताज प्यालेसमा भएको बिजनेस मिटिङको फोटो हो माथिको। उनी निकै थाकेका देखिन्थे। लगानीकर्ताहरुलाई आकर्षित गर्ने उद्देश्य भएको यो कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेललाई नै ड्यासमा राखिएको थिएन। उनी तल दर्शक दीर्घामै थिए।

पाँचौँ दिनदेखिको कार्यक्रम त भ्रमणलाई लम्ब्याउने र प्रधानमन्त्रीलाई थकाउने किसिमको थियो। मंगलबार बिहानै सात बज्नुअघि नै निस्केर जहाज चढी प्रमको टोली भुजतर्फ लाग्यो। पुनर्निमार्ण प्राधिकरणका सिइओसहितको टोलीमात्र गए पुग्ने ठाउँमा प्रधानमन्त्री स्वयं दुई पुनर्स्थापन केन्द्रमा पुगे।

नरेन्द्र मोदीको राज्यमा पुगेर गुजरातकै मोडल अनुसार नेपालमा पनि पीडित आफैले घर बनाउनु पर्ने गरी पुननिर्माण थाल्ने देखाउन यो प्रयास गरिएको हुनुपर्छ।

छैटौँ दिनको कार्यक्रम पनि खासै महत्वको हैन। पाँचौँ दिनको साँझ नै प्रम मुम्बई जाने प्लेन चढे। छैटौँ दिन औद्योगिक पार्क घुम्ने र त्यहाँका व्यापारिक समुदायसँग लञ्चको कार्यक्रम थियो। दिल्लीमा नै तीन तीन वटा निजी उद्योगी व्यापारीको संस्थासित अन्तर्क्रिया गरिसकेपछि त्यति टाढा मुम्बई जाने आवश्यकता नै किन परेछ कुन्नि ? अनि अर्को एउटा कार्यक्रम पछि मात्रै मनीषा कोइरालाको पहलमा तय भयो- बलिउड स्टारहरुसँगको भेट। टप स्टारहरु त आएनन् तर गोविन्दा, बप्पी लहिरी जस्ता म्याद गुज्रिसकेकाहरु आए भेट्न।

समग्रमा यो भ्रमण कस्तो रह्यो त ? मैले पहिलोपोस्टमा लेखेको टिप्पणीको अन्तिम वाक्य यस्तो छ-

प्रधानमन्त्री ओलीको भ्रमण त्यसअर्थमा ‘आफूले भारतलाई दिएका आश्वासन पूरा गर्छु भनी दिएको वचन’लाई दरिलो बनाउने प्रयासमात्रै हो।

काठमाडौँले दिल्लीमा रहेका आशंकाका बादल हटिसक्यो भन्ने दावी गरे पनि त्यो हटिसकेको छैन। बरु प्रधानमन्त्री फर्कने दिन मौसम खराब भएर नेपालमा एउटा ट्विन अटर दुर्घटना भयो। उनको आफ्नै जहाज पनि काठमाडौँमा पानी परेको खबर आएपछि मुम्बईबाट ५० मिनेट ढिला मात्र उड्यो।

स्वघोषित तीन महिनाको समय सीमा ओलीका लागि महत्त्वपूर्ण छ। ढिला भयो भने नि? जवाफ पर्खाइमा छ। पूरा पढ्न क्लिक गर्नुस्

11 thoughts on “बित्थामा ६ दिन लम्ब्याइएको भ्रमण सकाएर प्रम फर्किए”

  1. Sunil, London says:
    February 25, 2016 at 10:03 pm

    माथि २ वटा फोटो छ , त्यस मध्ये तल्लो पट्टिको माथि भन्न खोज्या उमेश जीले , कस्तो कुरा नबुझेका पाठक हरुले !!!!

    Reply
  2. HarataraH says:
    February 25, 2016 at 3:37 pm

    कुरा बुझौँ, देखाउने दात – जति बाहिर बस्यो उति पैसा क्लेम गर्ने – लाटो कुरा! त्यहाँ जाने के को लागि, कसरि, त्यति लामो, संख्या… आफ्नो देशको हालत OMG !!!

    Reply
  3. कमल says:
    February 25, 2016 at 11:40 am

    थप तीन दिन फजुल हो| छ दिन कुनै पनि हालतमा आवश्यक थिएन|
    ओलीले राष्ट्रको ढुकुटी र समय बारे पटक्कै ध्यान दिईएको देखिएन| अर्थ मन्त्रिको हैसियत सह सचिव सरह देखियो| गृह मन्त्रि पीए सरह देखिए| दुई मन्त्रिहरु दुई दिनपछि फर्केका भए हुने| चुनाव जित्न आफुलाई कम्युनिस्ट भन्ने अनि काम चै बिपरित| संसारमा कतै नभएको कम्युनिस्ट नेपालमा|
    कमल थापा पनि नीरिह देखिए|
    छ छ दिन सेड्युल बनाउदा र धपडी गर्न्पर्दा प्रधान मन्त्रीको स्वास्थ्य बारे कसैले चिन्ता लिएनन? के यो हनिमुन भ्रमण हो?
    यस्तो तालले पनि मुलुक चल्छ?
    ओलीले भारतीय नेताहरुसंग बलिवूडकै भाषामा बोले कि दोभाषे प्रयोग गरे? उनको अंग्रेजी कस्तो थियो कुन्नि?
    नाकाबन्दीको समाप्ति, मुख बन्दीको शुरुआत नहोस| खास उपलब्धिहरु के हुन् र कसरि कार्यान्वयन गर्ने बारे जनतालाई जानकारी गराईनपर्छ|

    Reply
  4. sushil says:
    February 25, 2016 at 8:39 am

    मान्छे ससुराली पनि बस्दैन है ६ ६ दिन. कस्तो लाज पनि नलागेको हो?
    जुन प्र.म. आएपनि बाहिर बाहिर अनावस्यक रुपमा लंठिदै हिंड्ने. अलिकता आफ्नो वेट राख्नुपर्छ नि.
    सुष्मा स्वराज बिहान आएर बेलुका फर्किन्छे, यिनीहरु चाहिं त्यहीं ढुकेर बस्छन. अनि हेप्दैनन?

    Reply
  5. Praveen says:
    February 25, 2016 at 8:32 am

    ओलीको राजकीय भ्रमण ( state visit) भन्न मिल्दैन | राजकीय हुनको लागि मोदीले राजकीय भोज दिनु पर्ने थियो तर ओलीलाई हेपेर त्यसो गरेनन् | आम नेपाली जनतालाई यस्तो चलन बारे पत्तो छैन | लाज पचेका नेपालका राजनैतिक पार्टीहरुलाई केहि पनि फरक पर्दैन – कुर्सि बचाउन पाए पुग्यो |

    Reply
  6. chandra says:
    February 25, 2016 at 7:12 am

    Ukhan- Tukke JOKER PM bhaye pachhi k thik k bethik BRAIN le nai bhyaudaina ni! Tyesmaathi, aase paase sallahakar! Yi sabai chhyamata (capacity) le sarkar ma pugeka hun ra – sab jaal jhel tikdam, chakadi le garda po pugeka hun ta!!! Asafal, waahiyaat, ra Be-ijjat purna bhraman!!!!!!

    Reply
  7. Michael says:
    February 25, 2016 at 4:00 am

    नेपाल को पहाडी सासक लाइ तर्साएर नदि ,नाला , पानि हडप्ने हाम्रोघनिस्ट छिमेकी अथवा रोटि बेटीको र परम्परागत सुमधुर सम्बन्ध रहेको भनिआयेको इन्डिया को मुख्य उद्देश्य छ | तेस्को लागि उसले भर्खर देखाएको फिल्म अनुसार उ हाम्रोदेश टुक्र्याउने अन्तिम अस्त्र प्रयोग गर्न उद्द्यत छ | राउत ले सेना गठन सुरु गरि सक्यो , अब बिस्तारै राजेन्द्र महतो हरु त्यो लाइन मा छ |
    तेसैले अब भारत सग नया सम्बन्ध को परिभाषा गर्न जरुरि छ | पुराना सम्बन्ध का कुरा सब झुट साबित गरिसके इन्डियन हरुले | बास्तबिक रुपमा हेर्दा कसाइ र बोका को सम्बन्ध छ |
    तेसैले अब बेलैमा सचात भएर युद्द स्तर मै उत्तरी नाका खोल्ने , बाटा घाटा निर्माण गर्ने , चीन को लगानी यहा भित्र्याउने जे गर्न सकिन्छ त्यो गर्न जरुरि छ |
    किनकि यहा दया , माया , मित्रता ले काम गरेको देखिएको छैन | हालै गएको बिसाल भूकम्पको बेलामा इन्डियन मिडियाले गरेको नेपाल को अपमान र बेइज्जति पनि
    मुल्यांकन को एक आधार मान्न सकिन्छ |तेस्माथि पनि धेरै सुल सुले ,बिभिसन हरु नेपाल भित्र नै रहेकोले र मिडिया ,कर्मचारी तन्त्र ,नेत्त्रित्त्व तह , तहाकथित बुद्दिजिबि सब बिकाउ भएकोले हामि यो नाकाबन्दी हट्दैमा खुसि हुनु कुनै मतलब देख्दिन |
    अन्तत बाबुराम ले भनेजस्तो देश त् तुक्र्यायेरै छोड्छ ढिलो चाडो कोकुरा मात्र हो |
    येत्रो उप प्रधान मन्त्रि भएको ठाउमा महतोलाई पनि थपेर तत्काल थाम, थुम पार्न ओलीले खोज्या हुन् सक्छ | केहि गिभ अयंड टेक पक्कै भएको छ कतै , दुख को कुरा तेही चै कुरा हाम्रो बाठो मिडियाले पत्ता लगाउन सक्दैन |

    Reply
  8. बासु श्रेष्ठ says:
    February 25, 2016 at 1:44 am

    भ्रमणको अरु कुरा त उस्तै हो तर मनीषाको निम्तोमा बलिउड जानु पर्ने प्रयोजन र उपलब्धि मैले केहि देखिन | त्यो पनि होटेलको विशेष हलमा नभई लबीमा भेटघाट भएजस्तो छ |

    Reply
  9. बासु श्रेष्ठ says:
    February 25, 2016 at 1:32 am

    “त्यही साँझ होटल ताज प्यालेसमा भएको बिजनेस मिटिङको फोटो हो माथिको।”
    विजय गच्छदारपनि दिल्ली गएको थियो र उमेशजी? फोटो अर्कै पर्यो क्या | माथिको फोटो त एयरपोर्ट आइपुगेपछि भएको पत्रकार सम्मेलनको हो जस्तो लाग्यो | होइन र?

    Reply
  10. madan bajracharya says:
    February 25, 2016 at 12:57 am

    आफुले भने अनुसार संबिधान नबनाउने सुसिल सिट टेलिफोनमा पनि सम्पर्क गर्न नचाहने मोदीले ओलीलाई बिशेस स्वागत गर्नु मात्र नेपाललाई छिन् सिट नागिचिन बात रोक्ने र पेलेर मधेशबादीको मुख बात माग्न लगायको आफ्नो माग अब फकायर मनाउने प्रयाश मात्रै हो/ तराइ नेपाल बात अलग्याउने भारतले गर्दै आयको हो भन्ने कुरा राजेन्द्र महतोले मधेशबादी हारे भारत हार्छ भने बात स्पस्ट भैसके/ तराइ नेपाल बात टुक्राउन सजिलो पार्नकै निमित जातीय पहिचान हुने संघियता को माग मावोबादीको होइन माधेश्बादिको हो र मधेश्बादिको माग भारतको माग भयको पनि संबिधान बनाउने लागेको बेला मोदीको बिशेस दुत बनेर आयकालाले जे भने तेस्ले स्पस्ट भैनै सक्यो/ भारतले नाकाबन्दि गर्दा चीनले जसरि नेपाललाई जसरि सहयोग गरे तेसबात नेपालाई दवाउने भारतको प्रयाश लाइ चीनले खवरदार गरेको बुझेरै भारतले आफ्नो प्रयाश लाइ नरम बनायको मात्रै हो/ तेसैले मोदीले ओलीलाई स्वागत गरेकोमा खुसि होइन बढी होसियार हुनु पर्ने देखिन्छ/ यक जना लेंग्दुपेको कारणले सिक्किमले आफ्नो अस्तित्व गुमायो/ नेपालको दलहरुमा पनि तेस्ता लेंग्दुपेहरु भयको महसुस हुन्छ/ तेस्तालाई असफल बनाउन तराइलाइ मधेश भन्न छोड्नु पर्छ/ मधेश सब्द मध्यदेस बात बनेको हो/ बिहार बात आयका चाहि मधेसी हुने नेपाल बाटै तराइमा गय बसेका चाहि मधेसिहुने; बिहार र बिहारी सिट रगत रोटीको नाता छ भन्ने मधेशबादीले तराई बात पहाडी हिमालिलाई लखेट्ने अभियान बात सुरु गरेको मधेशबादी आन्दोलनको तात्पर्य तराईलाई नेपाल र भारत बिच “अर्को देस” बनाउन खोजेको स्पस्ट देखिन्छ/ तेस्तो मधेशबादीको माग मनाउन नाकाबन्दी गर्ने भारतले गरेको यस्तो स्वागतको कुनै अर्थ छैन/

    Reply
  11. kedar says:
    February 25, 2016 at 12:32 am

    कार्यबाहक प्रधानमन्त्रि सम्हालेर बसेका विजय कुमार गच्छदार कसरी दिल्लीको बिजनेस मिटिंगमा देखिए नी ? कि उनले पनि अरु कसैलाई कार्यबाहकको कार्यबाहक दिएर गएका थिए ? थिए भने कसलाई ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme