Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सप्रु हाउसमा प्रम ओलीको लेक्चर : हेर्नुस् रोचक केही पिक्चर

Posted on February 23, 2016February 23, 2016 by Salokya

IMG_3046
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चौथो दिन थियो आज। म दिल्ली आइपुगेको भने पाँचौँ दिन भयो। आज अलि धेरै कार्यक्रम त्यो पनि बिहानैदेखि भएर निकै व्यस्त रहनु पर्‍यो। आजको हामीले एक्सेस पाउने पहिलो कार्यक्रम थियो ११ बजे ICWA को कार्यक्रम। Indian council of world affairs लाई छोटकरीमा ICWA भनिँदो रहेछ। यसलाई सप्रु हाउस पनि भनिने रहेछ। यहाँ कुटनीतिज्ञहरुलाई बोलाई विशिष्ट व्यक्तिबाट प्रवचन दिन लगाइने रहेछ। २१ औँ प्रवचन प्रम ओलीको रहेछ। कडा सुरक्षा व्यवस्था पार गरी सप्रु हाउसमा पुगेर पहिलोपोस्टबाट अडियो लाइभ गरियो। हेर्नुस् त्यतिबेला खिचेका केही रोचक फोटो।

IMG_3041
प्रधानमन्त्रीले लिखित भाषण पढेका थिए। बोल्नुअघि लिखित भाषण पल्टाउँदै प्रम।

IMG_3066
प्रमले टाढाको हेर्न र नजिकको हेर्न दुई वटा चश्मा लगाउँदा रहेछन्। लेक्चरका लागि नजिकको देखिने चश्मा लगाएर उनले लिखित भाषण पढ्न थाले।

IMG_3071
दुई देशका विदेश मन्त्री। सुषमा स्वराज र कमल थापा।

IMG_3085
ओलीको प्रवचन सुन्न भेला भएकाहरु।

IMG_3087
स्रोता।

IMG_3089
सुन्नभन्दा मोबाइल हेर्न रमाइलो

IMG_3090
ओलीको प्रवचन ध्यान दिएर सुन्दै।
IMG_3091
भारतमा मिडियालाई अलि व्यवस्थित बनाइएको हुने रहेछ। नेपालमा भए सकेसम्म अगाडि जहाँ पायो त्यहाँ क्यामेरा राख्छन्। यहाँ चाहिँ निश्चित ठाउँ हुने रहेछ क्यामेरा राख्न। पत्रकार नभए त फोटो खिच्ने क्यामेरा पनि लान नपाइने। मोबाइल भने लान पाइन्छ। हाम्रो ऋषि धमलाजी भने अगाडि पुगेर फोटो खिच्न भ्याउनु भयो। फोटो हेर्न यहाँ क्लिक गर्नुस्
IMG_3094
हाम्रा विदेश मन्त्री निदाएका जस्ता उनीहरुका विदेश मन्त्री छड्के नमस्ते गरिरहेका जस्ता।
IMG_3110
दुई विदेशमन्त्री सँगै बसेकाले विभिन्न मुद्राका फोटो खिच्न पाइयो।
IMG_3127
यसमा त कमल थापाले चुप चुप भने जस्तो पो देखियो।
IMG_3129
प्रधानमन्त्रीले इन्टर्‍याक्सनमा भने राम्रो जवाफ दिए। उनले संविधान जारी भइसकेपछिका चार महिनामा १००० भन्दा बढी भारतीय महिलाले नेपाली नागरिकता पाइसकेको तथ्याङ्क सुनाएर बिहे पछि नागरिकता नपाइने भन्ने हल्लाको खण्डन गरे। त्यस्तै भारतकै आन्ध्र प्रदेश टुक्रिएको उदाहरण दिँदै सीमाङ्कन बारम्बार परिवर्तन भइरहन सक्ने बताए।

IMG_3143
आजै जन्मदिन परेका उनले हिजोको मिडिया ब्रिफिङमा जस्तो हँसाउन त हँसाएनन्। तर उनले प्रयोग गरेको आजको एउटा शब्द पनि हँसाउन लायक थियो। उनले नागरिकता लगायतका विषयमा मिस अन्डरस्ट्यान्डिङ वास्तवमा lacking of real understanding का कारण भएको बताए।

4 thoughts on “सप्रु हाउसमा प्रम ओलीको लेक्चर : हेर्नुस् रोचक केही पिक्चर”

  1. Ekraj says:
    February 25, 2016 at 6:10 pm

    Does not look like Oli is delivering any inlectual or interesting lecture. In some of the photograph Kamal Thapa is either sleeping or he is feeling bore and closing his eyes, and the Indian Foreign Minister appears to be bored as well.
    I still wonder on what topic Oli would deliver lecture.

    Reply
  2. devu says:
    February 24, 2016 at 5:12 am

    मिस अन्डरस्ट्यान्डिङ वास्तवमा lacking of real understanding का कारण भएको बताए.

    Sachai yastai bhanya ho ta OLI le .. Hasda hasda paad niskyo.. HHPN

    Reply
  3. डा. सुरज श्रेष्ठ says:
    February 23, 2016 at 7:19 am

    नेपालका सरकार प्रमुख, मंत्रीहरु, ब्यापारी र अन्य ब्यक्तिहरुको यो छ दिने लामो भ्रमण कतिको नेपाललाई भविष्यमा फलदायी हुन्छ भन्ने धेरै गहिरिएर बर्षौ लेखा जोखा गर्न नितान्त आवश्यक छ । यौटै अनुदान वा रृणलाई पटक पटक उदघोष गरी धेरै हो भन्ने जनतामा भ्रम पर्ने गरेको छ । अनुदान वा रृण परिणाममुखी हुन अत्यन्त आवश्यक छ । अनुदान मात्र अनुदानकोलागी लिदा नेपालको विकास र निर्माण उप्लब्धि मूलक हुने संभावना न्युन भएको धेरै उदाहरणहरु ताज़ै छन् ।

    समष्टी रुपमा नेपालमा दिगो र सतत: बिकाश हुने कार्यक्रम संचालनलाई सर्वोच्च प्राथमिकताको अदूरदर्शिताले नेपालमा हजारौ हजार विकाश आयोजनाहरु लथालिन्ग अवस्थामा हुदॉ सर्व साधारणहरुलाई फलदायी भएका छैनन् । लोकतन्त्रमापनि निति निर्माता, योजनाकार र योजना संचालन गर्ने निकायहरुले ख़ाली पद ओगटने परम्परा देख्दा सर्वसाधारण सार्है कुठन्गित भएको स्पष्ट नेपाली समाजमा देखिन्छ । यीनीहरु योजना सफल कार्यावनयनको सट्टा मौकामा चौका हान्ने प्रबृतिबाट माथि उठन नितान्त आवश्यक छ । मेरो विचारमा विशेंष गरेर राष्ट्रीय स्तरका गहकिलो ज़िम्मेवारी लिने पदहरुको राजनैतिक भागबन्डा, शक्तिको (शारिरीक, आर्थिक र आफ्नो प्रभावले आफ्नो ईच्छाको काम गराउने) चलखेल र प्रलोभनको उपस्थितिले नेपालको विकाश निर्माणमा ठुलो अवरोध रहेको छ ।

    नेपाल र नेपालीको प्रगति होस् ।

    डा. सुरज
    नेपालगंज

    Reply
  4. Michael says:
    February 23, 2016 at 1:19 am

    यहा हाम्लाई खुसुक्क घर घर मा ग्यास ल्याइदिञ्छु , मेट्रो रेल चलाई दिन्छु , बिजुली बाट चल्ने बस, अब चुप लागेर बस भन्नेले त्यहा इन्डियन लाइ पनि खुसुक्क ल अब तिमीहरुको घर घर मा नेपाल बाट बिजुली ल्याई दिन्छु , सुद्द पानि , सुस्मा नानि , मोदी करायो ,नाकाबन्दी हरायो भन्ने त् होलानी |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme