Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो प्रमलाई दिइएको ‘गार्ड अफ अनर’, ओली एकछिन त यसरी अलमलिएका थिए

Posted on February 21, 2016February 21, 2016 by Salokya

IMG_2642
शनिबार बिहान १० बजे भिजिटिङ प्राइम मिनिस्टर केपी ओलीको स्वागत गर्ने कार्यक्रम थियो। दिल्लीको मौसम केही दिनदेखि धुम्म थियो। घाम छेकिने गरी बादल लागेको थियो। १० बज्न केही समय बाँकी रहँदा राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी चलाइयो। मोबाइलसमेत गाडीमा नै छाड्नु पर्ने गरी क्यामेरामा सुरक्षा जाँचको टिकट लगाएर उक्लिएका हामीलाई प्रेस बस्ने एउटा व्यवस्थित ठाउँमा राखिएको थियो। यहाँ मोदीले स्वागत गर्छन्, त्यसपछि कुदेर गार्ड अफ अनर अवलोकनको फोटो खिच्न अर्कै ठाउँमा जाने अनि त्यहाँबाट फेरि कुदेर परिचय गर्ने फोटो खिच्ने रुट सुनाइएको थियो। तम्तयार थियौँ हामी। १० बजे नेपाली झण्डासहितको कालो गाडी घोडचढी सैनिकहरुले एस्कर्ट गरी ल्याए।

IMG_2573

IMG_2574

रातो कार्पेटमा टेकेर मोदी उनलाई स्वागत गर्न गए। ओली गाडीबाट झरे। मोदीले हात मिलाएर स्वागत गरे। अरुलाई जस्तो झ्याम्मै अङ्गालो चाहिँ मारिहालेनन्। विदेशी नेतालाई अङ्गालो हालेको बारे निकै उडाइएका कारण त्यसो नगरेका हुन् कि।

हामी बसेको ठाउँबाट मोदीले और क्या हाल है आपका र बहुत स्मार्ट लग रहे हो भनेको मात्र सुनियो। ओलीको आवाज खासै सुनिएन।
IMG_2585

IMG_2590

IMG_2607

प्रधानमन्त्री पत्नी राधिका शाक्य दुवै देशका मन्त्रीहरु बसेको ठाउँतिर लागिन्। मोदी पनि त्यतै लागे। प्रधानमन्त्री ओली भने सलामी लिन जाने ठाउँतर्फ अघि बढे। त्यतिन्जेल हामीले कुदाकुद गरेर पोजिसन चेन्ज गरिसकेका थियौँ।

सैनिकहरुले सयौँ थुङ्गा फूलका हामीको धून बजाए। भारतीय राष्ट्रपति भवनमा देशको राष्ट्रगानको धून सुन्न पाउँदा गौरव लाग्यो। ओलीले स्यालुट गरिरहे।
IMG_2619
नेपाली राष्ट्रगान सक्किएपछि भारतीय राष्ट्रगानको धून बज्यो।

त्यसपछि ओली सलामी लिने ठाउँबाट झरे। एक जना तरबार बोकेका सैनिकले चिच्याउँदै उनलाई बाटो देखाए। अब उनले गार्ड अफ अनरको अवलोकन गर्ने कार्यक्रम थियो। हो, यहीँनिर ओली झुक्किए।

IMG_2627
ओली झरे, सैनिकले बाटो पनि देखाए। तर ओली अगाडि बढेनन्। एकछिनपछि फर्केर हेरे। उनले आफूसँगै कोही आउने हुन् कि भन्ने आश गरेका थिए। एकछिन त्यसरी अलमलिएपछि उनी रातो कार्पेट टेक्दै आफ्नो बाटो लागे। गार्ड अफ अनर अवलोकन गर्दै।

IMG_2628

IMG_2635

IMG_2638

IMG_2640

IMG_2645

IMG_2647

IMG_2650

IMG_2655

IMG_2659

IMG_2660

IMG_2663

IMG_2670

त्यसपछि हामी फेरि कुदेर अर्को लोकेसन तर्फ गयौँ। त्यहाँबाट मोदीले भारतीय मन्त्रीलाई चिनाउने र ओलीले मोदीलाई नेपाली प्रतिनिधि मण्डल चिनाउने कार्यक्रम थियो। त्यो सकिए पछि त्यहाँ पनि उनीहरुले फोटो सेसनका लागि हात मिलाए।
IMG_2673

IMG_2675

IMG_2688

IMG_2714

IMG_2716

IMG_2718

IMG_2724

IMG_2733
अर्को रमाइलो कान्ड भने एक नेपाली पत्रकारको रह्यो। काठमाडौँबाट आएका एक नेपाली टिभीका टेक्निसियन सर्टको टाँक खोलेर कालो चश्मा लगाएर आएका थिए। भारतीय सेक्युरिटी टाइट। उनलाई चश्मा फुकाल्न र सर्टको टाँक लगाउन लगाइहाल्यो। टिभीले टेक्निसियन पठाउँदा जङ्की टाइपका नपठाई फर्मल कार्यक्रममा फर्मल ड्रेस लगाउनु पर्छ भन्ने कमन सेन्स भएका पत्रकारलाई पठाएको भए यस्तो स्थिति आउँदैन थियो कि।

2 thoughts on “यस्तो थियो प्रमलाई दिइएको ‘गार्ड अफ अनर’, ओली एकछिन त यसरी अलमलिएका थिए”

  1. sushil says:
    February 21, 2016 at 6:55 am

    भित्रभित्रै केही बुझाउने हो कि भन्ने पो चिन्ता हो त, फोकटमा त तेत्रो समय र पैसा खर्च गरेन होला इंडियाले.

    Reply
  2. khagendra bhandari says:
    February 21, 2016 at 3:16 am

    hehehe india ma vbye swaghat gryo vneyr makhkha nprnus desh laglan khoser.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme