Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको उपस्थितिले दिल्ली दूतावासलाई लागेको ‘दशैँ’

Posted on February 20, 2016February 20, 2016 by Salokya

DCIM100GOPROGOPR0204.
तपाईँले देखिरहनुभएको माथिको फोटो भारतको राजधानी नयाँ दिल्लीको बाराखम्बा रोडस्थित करिब ५० रोपनीमा फैलिएको नेपाली दूतावासको हो। अरु अधिकांश देशका दूतावास अलग्गै ठाउँमा सँगै छन् तर नेपाली दूतावास भने सुरुदेखि नै अलग रहेको छ। अनि माथिको यो झिलिमिली दशैँ वा तिहारको लागि होइन, प्रधानमन्त्री केपी ओलीको स्वागतका लागि गरिएको हो। नयाँ नयाँ कीर्तमानी कामहरु गर्दै आएका प्रम ओलीले यसपालि पनि एउटा कीर्तमान राखे। उनी पहिला त्यस्ता प्रधानमन्त्री भए जो फागुन ७ गते प्रजातन्त्र दिवस नेपाल र भारत दुवै देशमा मनाए।
DCIM100GOPROGOPR0201.
फागुन ७ वास्तवमा नेपाली राजनीतिमा दिल्लीको हस्तक्षेप सम्झाउने एउटा दिन हो। राणा शासनको विरोधमा तत्कालीन राजा त्रिभुवन भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए। दूतावासले उनलाई जहाजमा चढाई दिल्ली पठाइदियो।

दिल्लीमा नै राणा-राजा-कांग्रेसबीच भारतको मध्यस्थतामा सम्झौता भयो र फलस्वरुप राजा त्रिभुवन नेपाल फर्किए। फागुन ७ गते त्रिभुवनले प्रजातन्त्रको घोषणा गरे र संविधानसभामार्फत् संविधान बनाउने कुरा पनि गरे। तर त्यतिबेला संविधान सभाबाट संविधान बन्न सकेन। २०७२ सालमा संविधान सभाबाट संविधान बनाउँदा भारतले आफ्नो भूमिका खोज्यो। असन्तुष्ट हुँदै नाकाबन्दी गर्‍यो। सुरुमा राष्ट्रवादी झण्डा उचाल्दै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने उद्घोष गरे पनि व्यवहारतः त्यो सम्भव भएन। अनि कमल थापालाई पठाएर दिल्लीसँग संविधान संशोधनको ड्राफ्ट सेयर गर्‍यो।

त्यहीँ भएको सहमति अनुसार दुई विषयमा संविधान संशोधन भयो, बाँकी हुन बाँकी छ। त्यसै अनुसार सम्बन्ध सुधारका लागि ओलीलाई भारत भ्रमणमा डाकियो। त्यसका लागि चलाख भारतले यही फागुन ७ गते कै दिन रोज्यो। राष्ट्रवादी प्रमले त्यसलाई इन्कार गर्न सकेनन्। उनी साँझ नढल्दै प्रजातन्त्र दिवस मनाउन भारत आइपुगे।
IMG_2449

दिल्ली दूतावासको रमझम बेग्लै थियो। झण्डै ६ सय जनालाई निमन्त्रणा गरिएको थियो। कुटनीतिज्ञदेखि जासुससम्म। नेपाली समुदायका लगभग प्रतिष्ठित सबै। तारे होटलले एरेन्जमेन्टको जिम्मा पाएको रिसेप्सनमा मापसे गर्नेहरुका लागि छेलोखेलो थियो।

सबैभन्दा चित्त नबुझेको चाहिँ मन्त्रीहरुको ‘हैसियत’ लाग्यो। प्रधानमन्त्री ओली मुख्य आकर्षणका केन्द्र भईहाले। रानो मौरीलाई जस्तै त्यहाँ उनलाई पाहुनाहरुले घेरेका थिए। उनीसँग फोटो खिचाउने र सेल्फी लिन चाहनेहरुको भिड थियो।

प्रमसँगै आएका अन्य मन्त्रीहरुको हालत भने बिजोग थियो। सँगै रहेका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाको त तै अलि फाइँफुइँ देखिन्थ्यो। तर सँगै आएका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेतलाई वास्ता गर्ने कोही थिएनन्।
IMG_2504
त्यसमा पनि गृहमन्त्रीको हालत बिजोग थियो। ड्रेस त एउटै लगाएका थिए तर हाँसको बीचमा बकुल्ला जस्तै थिए उनी। झन् उनलाई अलि छेउको सोफा परेको थियो। एक्लै कहिले माथि हेर्थे कहिले तल। कहिले टोलाइ बस्थे। गृहमन्त्री जस्तो पावरफूल ओहोदाका व्यक्ति यता यति निरीह थिए कि प्रधानमन्त्री ओलीसँग फोटो खिचाउनेहरुको भिडमध्ये एक जनाले उनको खुट्टामै कुल्चिदिए।

पहिलो चोटी ससुराली जाँदा अप्ठेरो गरी बसे जस्तै बसिरहेका गृहमन्त्री (दायाँ)
पहिलो चोटी ससुराली जाँदा अप्ठेरो गरी बसे जस्तै बसिरहेका गृहमन्त्री (दायाँ)

टल्काइएको कालो जुत्तामा कुल्चेपछि उनले ऐया भन्दै हटाएको मैले आफै देखेँ। तर हाम्रा गृहमन्त्रीको खुट्टामा कुल्चने ती पाहुनाले माफी मागे कि मागेनन् त्यो चाहिँ सुनिनँ मैले।

अरु कार्यक्रममा यी मन्त्रीहरुको उपस्थिति कस्तो देखिन्छ हेर्न बाँकी छ।

IMG_2512

8 thoughts on “ओलीको उपस्थितिले दिल्ली दूतावासलाई लागेको ‘दशैँ’”

  1. karbir says:
    February 21, 2016 at 3:30 pm

    यांग्री बर्डको अफिस हो यो ? राम्रो रैच !

    Reply
  2. devu says:
    February 20, 2016 at 8:51 pm

    खच ब्याेहाेरा काे जानकारी भए राम्राे हुनेथीयाे ।। राजदुत अाफ्नै खल्ती बाट त सुकाे नीकालेन हाेला ।। पत्रकार जी ले अाेलीकाे स्वागत काे ब्याख्या र खुट्ा कुल्चेकाे समाचार भन्दा अली खाेज गरी यत्राे भाेज भतेर काे अावश्यकता कीन र कसले र कहाँबाट गयाे भन्ने समाचार राखीदीनुभएकाे भए ।। दुखी नेपाली जनता,, भुकम्प ले पीडीत जनता, नाकाबन्दी र महगाइका पीडीत जनता ले केही थाहा पाउथे।। सेल्फी खीचाउन अातुर काे हुन र कसरी त्यहाँ पुगे ।।। अादी इत्यादी।

    Reply
  3. rajkumar says:
    February 20, 2016 at 12:56 pm

    भोज भतेर मा पाहुनागणको हेरचाह र ख्याल गर्नु पर्ने जिम्मा होस्ट को हुन्छ । यहानिर गृहमन्त्रीको यो असहजतालाई सहज बनाउन राजदूत उपाध्याय लग्नु पर्थ्यो । यो मानसिक तनाब र मापसे सहितको भरि भोजमा अकेलापनको हर्जाना अबश्य उठाउनु पर्छ गृहमन्त्रीज्यु ले। 😀 😉

    Reply
  4. वल says:
    February 20, 2016 at 10:26 am

    भनेछी फाल्तु जोकर बनाईदिएछन् गृह मन्त्रीलाई| नेपालीको पिठ्यूँमा कुल्चनेहरुको खुट्टा कुल्चेको रिपोर्ट स्वादिलो लाग्यो| अरु पनि यस्तै स्वाद चखाउदै गर्नुहोला| ७७ सदस्ये जम्बो टोलीको खास उपलब्धि के के हुनेछन त्यसबारे पनि जान्न उत्सुक छौ|
    तर पजिटिभ कुरो चाँही आफ्नो हाकिम द्वय (बाजेराम र बाबुराम) ले त्यहि मुलुक भ्रमण गर्दा दौरा सुरुवाल नलाए पनि उनले चाँही लाएछन| वधाई|

    Reply
  5. श्री कृष्ण भट्ट 'नुवाकोटे' says:
    February 20, 2016 at 10:25 am

    भूकम्प पिडितलाई बिहान बेल्काको रोटि छैन, यी बापतिहरुको जम्बो टोलिलाइ बिदेशी ह्वीस्की सहितको स्वागत को कुनै तुक छैन | यो मृगौला पीडितले सुरा र सुन्दरीको सुरमा फेरी कुन चाही सन्धि गरेर फर्कनेहो पशुपति लाइ नै थाहा होला | राज्यको ढुकुटीमा दाइँ गरेर सिंगौरी खेलेर त्यत्रो हुल को जम्बो टोलि किन मर्नु पर्या होला भन्या | यो तामझाम गर्न करोडौ खर्च लाग्छ, तर मिर्गौला पिडितको बाउको पनि केहि जादैन, दुताबासको पनि केहि जादैन, जाने त हाम्रै त होनी |

    Reply
  6. kumar says:
    February 20, 2016 at 9:58 am

    किन विप सावारी हुदा चाइ सबै सजिसजावट गर्नु हुनु पर्ने रे ? तर हामी कुनै काम अप्ठ्यारोमा परेर कुनै सहयोग को लागि सरण माग्न जादा उल्टै हप्कायर पठाउछ के य विप चाइ सबै कुरा हो ? हामी चाई केही होइन रास्ट्रको लागि ? काम काज छैन हुने नहुने ढररा गर्यो के काम यस्ता नेतालाई राजा मान्ने प्रवृत्ति ले नेपाल कहिले पनि उभो नलागेको हुँदै मात्रै हुँदै गाको हो ।

    Reply
  7. Ekraj says:
    February 20, 2016 at 8:47 am

    Is anybody keeping transparency of the expenses in relation to Oli’s visit and this sort of extravagenga?
    Why a disorganised crowd of only looking for free drink were invited and in whose expenses?
    We wait and see where all this going to lead as the time passes.
    No doubt there will be lot of spillages which may appear as a very slippery path of diplomacy for Nepal, and in hostory evreytime Nepal has slipped on the grease in all past agreements with India.
    We wait see how much a very unintelligent Oli will be counselled and disciplined at the end of the visit. On what he bargain. Very likely he would seek support to hang onto his chair get the free money for his ill health from goverment treasury and sign any treaty to ensure such garantee. Why I am saying it, it is base on the characters we have known for years people like him. Can he proved to a different more intelligent than his predecessors.
    No doubts those ministers and Oli will tout a big success of their visit to Delhi but they will never tell at what it will cost to Nepal and Nepalese people.

    Reply
  8. डा. सुरज श्रेष्ठ says:
    February 20, 2016 at 7:50 am

    बलेको आगो ताप्ने हाम्रो चाल !
    अन्य, को ले पुछ्ने खेसारीको दाल ?
    हाम्रो नेपालीहरुको यस्तै हाल ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme