Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

व्यापारी पोस्न धरहरा बनाउन जनताले किन पैसा लगाउने?

Posted on February 17, 2016February 17, 2016 by mysansar

-सानुराजा शाक्य-

dharhara भूकम्पले भत्कनु अघिसम्म जनताले साइड वाकर्स ट्रेडर्स प्रालिलाई पैसा बुझाएर टिकट लिएपछि मात्र चढ्न पाउँथे। धरहरा र सुन्धारालाई व्यापारिक प्रयोजनको लागि काठमाडौँ महानगरपालिकाले साइड वाकर्सलाई २० वर्षको न्यून शुल्कमा ठेक्का दिइराखेको छ। २० वर्षसम्मको स्वामित्व साइड वाकर्सलाई दिएको विरोध स्थानीयले गरेका थिए। तर पैसाको बल अगाडि स्थानीयको पनि केही लागेन। धरहरा र सुन्धारा क्षेत्रको भोगचलन अधिकार पाएको साइड वाकर्सले धरहराको मर्मत सम्भारदेखि भत्केमा बनाउनु पर्ने दायित्वसमेत सम्झौतामा छ।

‘धरहरामाथिबाट सर्वसाधारणलाई सशुल्क दृश्यावलोकन गराउने अधिकारसँगै सम्झौता अवधिभर धरहराको सुरक्षा, रंगरोगन तथा कुनै कारणवश भत्किए वा चर्किएमा सोको पुनर्निर्माणको जिम्मा दोस्रो पक्ष (साइड वाकर्स) को हुनेछ’
सम्झौताको बुँदा नम्बर ५

jnx6p6L
साइड वाकर्स सम्झौताबमोजिम सुन्धारा धरहराको संरक्षण संभार गर्नु भन्दा सम्झौता विपरीत धेरै पसल कवलहरु निर्माण गरेर करौडौं कमाइरहेको छ।

महानगरपालिकालाई तिर्नुपर्ने न्यून शुल्कसमेत साइड वाकर्सले तिरेको देखिएन भने अर्कोतिर धरहरा भत्किसके पनि पसल कवलबाट मासिक लाखौं रुपैयाँ कमाइरहेको छ।

यस्तो अवस्थामा भूकम्पले भत्किएको धरहरा बनाउन प्रधानमन्त्रीले जनताको पैसा लगाउने घोषणाले व्यापारी साइड वाकर्सलाई पोसाउने काम मात्र हुनेछ। धरहराको पुननिर्माण सकिनासाथ धरहरा चढ्न पैसा उठाउन साइड वाकर्स आउनेछ सम्झौता बमोजिम।

एक पैसा लगानी गर्नु नपर्ने तर नाफा मात्र असुल्न पाइने गरी धरहरा पुननिर्माणमा जनताले पैसा किन लगाउने प्रधानमन्त्री जवाफ देऊ।

जबसम्म धरहरा तथा सुन्धारा क्षेत्रलाई व्यापारिक प्रयोजन गर्न दिने सम्झौता खारेज हुँदैन र भविष्यमा व्यापारीलाई प्रोत्साहित हुने किसिमले पुरातात्विक क्षेत्रको दोहन गर्न नदिने कानुन सरकारले बनाउँदै तबसम्म धरहार जस्ता पुरातात्विक महत्वको धरोहरहरुको पुननिर्माणमा जनताले लगानी गर्नु हुँदैन।

यसबारे सबभन्दा पहिले हचुवाको भरमा धरहरा पुननिर्माणको आह्वान गर्ने प्रधानमन्त्री, सरकार, महानगरपालिका र पुरातत्व विभागले स्पष्ट गरोस्।

32 thoughts on “व्यापारी पोस्न धरहरा बनाउन जनताले किन पैसा लगाउने?”

  1. Dinesh says:
    February 26, 2016 at 5:21 pm

    देशका महान नेताहरु लाई कमिसन न दिय धरहरा बन्दै बन्दैन । यि लुटेराहरु लाई जनता ले आफ्नो गास काटेर किन पोस्ने ???

    Reply
  2. Limbu HarataraH says:
    February 19, 2016 at 4:15 pm

    हौ, देशमा बुद्धिजिवि छैनन्? धरहरा चडिदा उठेका पैसाले हुने कुरा| अर्को, देश रिणमा छ तिरौं| नत्र अर्को, “त्यो बनाउने पैसाले स्कूल जाने पूल, पुस्तक, पाठ, पाथ बनाऔं plz plz plz !!!”

    Reply
  3. dor prasad says:
    February 19, 2016 at 9:17 am

    धरहरा बनाउनै पर्छ – अग्लो र बलियो झुकदै न झुक्ने ! म पैसा दिन तयार तर त्यो बेपारी संग हिसाब मिलाउनु पर्छ –

    Reply
  4. Saagar S says:
    February 18, 2016 at 9:57 pm

    मैले पनि सकेको दिने बिचारमा छु र दिन्छु पनि तर यो कुराको पुष्टि हुनुपर्यो र यदि सम्झौता भएको छ भने रद्द गर्नुपर्यो, धरहरा बनिसकेपछि निम्नतम शुल्क त लिनुपर्छ त्यो अधिकारिक निकायले उठाउनुपर्छ र पारदर्शी रुपमा त्यहि क्षेत्रको बिकाश, सफाई र सुबिधाको लागि खर्च गरिनुपर्छ, लौ सरकार त्यो सम्झौता खारेज गरेको सूचना जनतामा छिटो भन्दा छिटो संचार होस् |

    Reply
  5. madan bajracharya says:
    February 18, 2016 at 8:00 pm

    लिज सम्झौता अनुसार उस्ले बनाउनु पर्ने नबनायकोले तुरन्तै कानुनि कार्यवाही गरेर धरहरा पुन निर्माण गर्न जत्ति खर्च लाग्ने हो तेस्लाई तिराउने ब्यबस्था गरेर भत्केको धरहरा त् बनाउनै पर्छ/

    Reply
  6. सन्त मान श्रेषठ says:
    February 18, 2016 at 4:33 pm

    धरहरा ढलेको केही दिन पछि कुन कुन सिमेण्ट कम्पनीले पनि हामी बनाउछौ धरहरा भन्दै थिए । तर अहिले कहाँ गए ति कम्पनी ? फेरी दाताहरुबाट आएको पुनर्निर्माण शिर्षकको रकम चाही कहाँ खर्च गर्ने रहेछ र फैरी पैसा उठाउन थालेको ?

    Reply
  7. Reham says:
    February 18, 2016 at 2:01 pm

    नेपाली साधारण जनताको आँखा खोलिदिनु भयकोमा सानुराजा शाक्य जी धन्यबादको पात्र हुनुहुन्छ , नत्र भने कति जनता भावुक भएर फस्ने रहेछन .

    Reply
  8. Siyan says:
    February 18, 2016 at 1:13 pm

    साधारण सम्झौता पनि लागु गर्न नसक्ने यो कस्तो सरकार हो? एकदम सहि बिषय उठान गर्नु भयो शाक्यज्यु धेरै धन्यबाद, चन्दा चै दिईन्न

    Reply
  9. ravi says:
    February 18, 2016 at 9:57 am

    This is very good issue. They will collect money from innocent people like us and finally goes to the culprits politicians. PM and deputy president very cleverly made this innovative idea to involve the people like us. Let them,culprit politicians and the second party as said above donate the money 100%.

    I urge the innocent people like me and you not to donate even a penny on this work.

    Reply
  10. bman says:
    February 18, 2016 at 9:53 am

    this is a warning to all responsible authorities
    The people are fed up with the beauracrats and the politicians and their wayward ways

    This is no more 1960 or 70’s
    the people are knowledgeable and are aware of what’s happening around them
    Look what’s happening all over the world; Arab revolution and the know we have the second American revolution ( this one peaceful)
    Think the rise of Mr Trump and Mr Sanders

    this time when the people rise up
    it will only be violence and there will be one to blame but themselves (remember last time it was the ex royal family that took the blame)
    I hope not too much water has passed over the bridge

    If you are reading this this is not a threat but a warning to all those: jost, koirala , deuba, sharma, nepal, thapa, yadav, Thakur and the lot.
    Keep your house in order

    government of the people ,by the people, for the people.

    Reply
  11. sushil says:
    February 18, 2016 at 7:18 am

    साइड वर्कर्स भनेको “नेकपा एनजीओ” को शाखा हो जस्तो लाग्यो, सुको दिइंदैन र चिनेका कसैलाई पनि दिन दिइंदैन .
    जोकर बाजेको कन्फिडेंस पनि मान्नैपर्छ, “मैले भनेपछि चितवनको गैंडाले पनि मान्छ” भनेर भने होलान. सम्झौताको बुंदा नं ५ अनुसार भुकम्प र नाकाबन्दीले लखतरान भएको बेलामा इन्धनको कालोबजारीबाट भएको आम्दानी अब धरहरा पुनर्निर्माणमा लगाउनुपर्ने देखियो.

    Reply
  12. brz says:
    February 18, 2016 at 6:59 am

    :-C:-(:-(:-(:-(:-( म १पैसा पनि दिन्न

    Reply
  13. kaji says:
    February 18, 2016 at 5:45 am

    government have to set up independent non profit committee and design and estimate cost then put proposal in parlianment

    Reply
  14. Suresh Tamang says:
    February 18, 2016 at 4:30 am

    What is your priority? सरकारको प्राथमिकता के ? धरहरा पुनर्निर्माण (Re-construction of the Dharahara/Bhimsen Tower) vs. भुकम्प पिडित्हरुको सामाजिक आर्थिक पूनर्स्थपना (Socio-economic Rehabilitation of quake survivors!) Nepal Government’s vision is questionable.

    Reply
  15. Ekraj says:
    February 18, 2016 at 3:24 am

    If the information is correct, according to the contract, Side Walkers has the sole responsibility for the following:
    1. Pay compensations for the victims’ families, irrespective of whether they were covered by insurance or not. The contract has the legal requirement to insure the users. It appears that Side Walkers defaulted the contract deliberately and they should be prosecuted for that.
    2. The contract has clearly included the Side Walkers’ reponsibility for inspection, monitoring, repair and maintenance and build if damaged. Why the Government has to shy to action the contract obligation and take legal remedies.
    3. It appears that Side Walkers has already made lot of money out of the contract and its business is still collecting money in the precinct, they should be financially able to construct it.
    4. When Side Walkers’ were making profit from the business around Dharahara, did they pay any tax? Its needs to be investigated and audited. If they did not, there may be case for tax fraud by this company.
    5. There would be several cases for procecution agaist Side Walkers ( for gross neglegence, not honouring the conditions of contract, breach of contract, tax fraud, misleading public, involvment in corruption, and fail to pay compensation to victims family as result of the incidents.
    If the government can not resolve and provide some justice and instead takes side with Side Walkers’ and mislead general public; this government has no legitimacy to continue to rule. Oli is a useless arse hole if he does not take any responsibility for such a sensitive issue.

    Reply
  16. RC Gorkhali says:
    February 18, 2016 at 2:34 am

    Absolutely correct S Sakyaji, Why our PM or the government didn’t know it so far? Why to collect money from public for it? Thanks for digging out such a vital point it opens their eyes.

    Reply
  17. bhakta says:
    February 18, 2016 at 2:05 am

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ? गर्नु पर्ने काम बिजुली निकाल्ने , खानि खोतल्ने , बन्द भाका तिन हजार उद्ध्योग संचालन गर्नु पर्ने हैनर भन्या ? जनता संग ऋण लिएर बिजुली निकाल – जतिनी दिन्छन / धररा भन्दा भुकम्प पिडीत लाइ टहरा खाचो हो यतिबेला .. औठा छापे हरु आफ़ुनि जान्दैन जान्नेले भनेकोनी मान्दैन ! यस्तो भएसिनी ?

    Reply
  18. Shivaji Koirala says:
    February 17, 2016 at 11:08 pm

    जसरी अहिले नेपालमा आफ्नै देशका banks हरुको consortium बनाएर Hydro Power मा लगानी गर्ने राम्रो trend आएको छ , त्यसरी नै भत्किएका Tourism popular सँरचनाहरुलाई नेपालकै bank हरुको consortiumहरूलाई जिम्मा दिए भैहाल्छनी……..नया सँबिधान पछिको गठित सरकार किन यस्ता कुराहरुलाई institutionalize गरेर लान खोज्दैन……..अब कुनै कारणवश भत्किएमा सन्चालन गर्नेले बनाउने भन्नै कुरा , मर्मत नगरी भत्किन गयमा भन्ने हो तर माहा भुकम्पबाट भत्किन गयमा भन्नै होइन जस्तो लाग्छ….contract design मा fault हो जस्तो लाग्छ…..अरु operating agreements हरू सन्चालन कर्ताले पुरा गर्नै पर्छ…….। अब नया निर्माण नया efficient way बाट हुनु पर्छ………सरकारले राम्रो निति निर्माण गरिदिनु पर्छ……

    Reply
  19. bijay says:
    February 17, 2016 at 10:32 pm

    कुरा सहि हो . उखान टुक्का र गुण्डाको भरमा राजनीति गरेका अनपढ नेताको गफमा लागेर आफ्नो पैसा बर्बाद नपारौ..बरु यो साइड वाकर प्रा लि लै घोक्रो समातेर आफ्नो सम्झौता पालना गराउने तिर लागौं

    Reply
  20. subash says:
    February 17, 2016 at 9:56 pm

    Salokya ji,

    I agree with you completely. Side walkers should bear all the cost to rebuilt Dharahara. If they do not build, they should be sued in the court for the breach of contract.

    Reply
  21. सङ्कल्प पोख्रेल says:
    February 17, 2016 at 9:51 pm

    एकदम सहि कुरो। मेरो १०१% समर्थन छ। राम्रो कुरो उठाउनु भएकोमा -सानुराजा शाक्य- लाई धेरै धेरै धन्यवाद।

    यो कुरो अझ माथि ऊठोस्। मुद्दा हाल्नेहरू उठून।

    Reply
  22. Dr. Suraj Shrestha says:
    February 17, 2016 at 9:25 pm

    I can not donate a single paisa to such government with six deputy prime minister and notorious people as ministers.

    Dr. Suraj Shrestha
    Nepalgunj

    Reply
  23. वल बहादुर तामांग says:
    February 17, 2016 at 9:25 pm

    हन के हो यो साइड वाकर्स भन्या? side walkers? रे?
    साइड वाकर्सलाई किन बोझ? hawkers भन्न खोज्या हुन् कि? प्रष्ट पारिदिनुपर्यो|

    Reply
    1. Kabir says:
      February 17, 2016 at 9:53 pm

      साइड वाकर्स भनेको Side Walkers Traders Pvt Ltd हो जसले काठमाडौँ महानगरपालिकाका तत्कालीन एमालेबाट विजयी मेयर केशव स्थापितका बेला सम्झौता गरी न्युन मूल्यमा धरहरा-सुन्धारा क्षेत्रको ठेक्का लिएका थिए। त्यो सम्झौतामा जीवन बिमा गर्नेदेखि धरहरा भत्किए उसैले बनाउनेसम्मका कुरा थिए। तर जीवन बिमा पनि गरिएन। धरहरा भत्कियो, बनाउने कुरा छैन। अझ उल्टो धरहरा भत्किए पनि त्यो क्षेत्रमा मोमो रेस्टुरेन्ट चलाएर अझै पैसा असुलिरहेको छ।

      Reply
      1. वल बहादुर तामांग says:
        February 17, 2016 at 10:28 pm

        Thank Kabir sir!
        त्यो पैलेको सम्झौता स्वत: नल एण्ड भोइड भैसक्यो| न्यायालयमा उभिन्ने ठाउँ छैन| जरिमाना तिराउनपर्छ|
        सार्बजनिक रुपमा नंया टेन्डर निकालेर खुलाउन्पर्छ|
        कसैले साइड वाकर्स ट्रेडर्स संग गरेको सम्झौता पत्रको कपि राखिदिनुभए हुन्थ्यो|

        Reply
  24. Michael says:
    February 17, 2016 at 7:58 pm

    तिमीहरु काठमान्डू बासि भएर चार पास गरेको झापाको पाखे लाइ पी यम बनाउछ , अनि उ सग जबाफ माग्छ ? यो तिम्ले तिम्रै पुर्खा को बेजत गरेको कि ? आफुले पढेको पढाइ , ज्ञान को सिप को बेइजत गरेको कि ? डाडुमा पानि किन तताउदैन ?
    खालि नेवा प्रदेश मात्र भन्ने , भए पुग्ने ? त्यो पनि आर्को भैसी पाके प्रचाड़े , मकै पाके बाबुराम को बोलि उधारो लिएर | हेर्न पदम रत्न र राजेन्द्र श्रेष्ठ च्याम्पत्ति जस्तो घुमेको |
    अब यो कुमाई बाहुन ले इन्डिया सग गोप्य सम्जौता पनि गर्ला , मतलब ब्यापारी मात्र हैन, इन्डियन ,बिदेसी लाइ पनि पोस्ला | के गर्छ तिम्ले ?
    धपा पाखे !!देश चला पासा | देश चला
    पाखे हरु भिर पाखा मा मात्र राम्रो लाग्छ | सुहाउछ | जति पैसा कमाए पनि , पढेपनि उपद्रो गर्न छोड्दैन ,बाँदर जस्तो हुन्छ चुल बुले | तेस्माथी अब पाखेहरु डाक्टरी सर्तिपिकेत लिएर आउँ थालेको छ | तेस्तोलाई तिनीहरुको घर ,बा मामा घर तिर फर्काएर बेस्करी चाक मा लात हानेर पठा अनि देश बन्छ | पासा त्यो हो नि तरिका | यिनको पछि लागेर , यिनले बनाएको नौलो जनबाद , बहुदलीय जनबाद , प्रचण्ड पथ , गिरिजा हाइवे , बाबुराम ”नया सक्ति एण्ड नेपाल को ग्यारेन्टी बिकास ”को पछि लागेर हुन्न | हेर्दा हेर्दै यिनीहरु नै अरब पति बन्छ , देश पनि रहदैन अब |

    Reply
    1. devu says:
      February 17, 2016 at 11:00 pm

      नेवार हरु कर्म मा बिश्वास गर्ने जात हो .. यसलाई गफ हाक्ने झुटो बोल्ने र राजनीति गर्न आउदैन .. एक दुइ जना गफ हान्न जान्ने लै पनि कुरै कुरा मा लठेब्रो बनाई दिन्छ र बाकी त उही हो गणेशमान जस्तै बलिदान dinchaan .. बिद्यार्थी ले पढेको राम्रो doctor ले बिरामी जचेको राम्रो , ब्यापारी ले व्यापार गरेको राम्रो सबै ले आफ्नो क्षेत्र बाट बिकाश गर्नु पर्छ . १०%-१५% नेवार हरु आ आफ्नो क्षेत्र मा राम्रो छन्.. बाकी ले बुझ्नु पर्यो .. राजनीति सबै कुरो हैन भनेर ..
      सबै ले राजनीति गर्न थाले कसरि देश बन्छ ,, सबैले अधिकार मात्र खोज्न थाले कसरि हुन्छ ..यसको मतलब .. doctor ले अन्याय सहनु पर्छ भन्ने हैन .. उसले बोल्न त पाउछ … तर हाम्रा फुर्सदिला राजनीतिक कार्यकर्ता जस्तै बाटोमा tyre बल्न जना चाही भ्यौदैना र गर्दैन नि. त्यसो गरेमा बिरामी कसले हेरचा…???

      Reply
    2. Michael says:
      February 18, 2016 at 9:18 am

      I wish I always write something that does not hurt anybody or group.
      But When I think about the situation of our country that makes me feel very bad.
      There are so many well educated and honest people in our country, but Why it is always in the hand of very corrupted,ignorant people.

      Reply
    3. madan bajracharya says:
      February 22, 2016 at 6:53 pm

      ईतिहास बिगार्नेले नेवा र नेवार सब्द्को गलत व्याख्या गरे/ नेवाको अर्थ कुनै जाति बा समुदाय होइन जसले आफुलाई नेपाली मान्छ त्यो नेवा हो/ नेवा भनेको नेपा हो/ जसले नेपाल लाइ आफ्नो ठान्छ त्यो नेवा हो/ नेवारी भाषामा नेवा भनिने सब्द्लाई चलन चल्तीको नेपाली भाषामा नेपाल भन्न्दै मा नेवा र नेपा को अर्को फरक अर्थ लाग्दैन/

      रास्ट्रिय प्रथम नेवार राजा मानिने अरि मल्ल ” नेवार मल्ल” थियन “देव जातिको ठकुरी थिय/ नेपालको अन्तिम नेवार राजा मानिने काथ्मान्दुको राजा जय प्रकाश, पाटनको राजा तेज नरसिंग भक्तपुरको राजा रंजित तिनै पछि नेवा बनेको ठकुरी अरि देवको सन्तान थिय/ यसले नेवा जातिकै कोहि पनि नेपालको राजा नबनेको र सिंगो नेपालाई आफ्नो सबै नेवा अर्थात चलन चल्तीको भाषामा नेपाली हुने स्पस्ट गर्छ/ नेपालको राजा बने पछि नेवा बन्ने परम्परा पृथ्बी नारायण शाहले पनि पुरा गरे भन्न करै लाग्छ/ पृथ्बी नारायण शाह गोर्खाको राजा थिय तर उसले नेपाल जितेर नेपालाई गोर्खा बनायन गोर्खालाई नै नेपाल बनायो/

      नेवा ले जसले नेपालाई आफ्नो ठान्छ उसलाई स्वीकार्छ/ नेवाले नेपाल माग्छ नेपाल भन्छ मात्र नेवा प्रदेश ले कहिले भन्दैन/ जसले तेस्तो भन्छ त्यो बास्तविक नेवार समुदायको प्रतिनिधित्व गर्दैन भन्ने कुरा केहि नेवा राज्य माग्ने नेताहरु सम्पूर्ण तराईलाई अहिले मात्र मधेसीको पछि भारतको बनाउन खोज्ने सिट गठबन्धन गरे बात स्पस्ट देखाउंछ/ नेपाल हिमाल पहाड तराइ मिलेर बनेको देस हो र हिमाली पहाडी तराई बाशी सबै नेवा अर्थात नेपाली हो/ हिमाल पहाड तराइ र हिमाली पहाडी र तराईबाशि को नेपाली परिचय बदल्न खोज्ने सबै लेंग्दुपेहरु हुन्; मोदीको मोहरा हरु हुन् /

      Reply
  25. dor prasad says:
    February 17, 2016 at 7:01 pm

    कुरो सहि – सरकार ले दुइवटा बाटो मध्ये रोज्नु पर्यो

    (१) साइड वर्कस संग सम्झौता रद्द गर्ने,संजौता पालना न गर्दा जरिमाना गर्ने र जनता को पैसा मा निर्माण गर्ने. भबिस्य मा चडन बाट आउने पैसा जनता को सेबा को लागि खर्च गर्ने |

    (२) साइड वर्कस लै धरहरा बनाउन लाउने र सम्झौता अबधि भरि उपयोग दिने |

    Reply
  26. Agyat Shrestha says:
    February 17, 2016 at 6:58 pm

    सटिक कुरो…अब दिईन्न चन्दा….

    Reply
  27. Kiran says:
    February 17, 2016 at 6:56 pm

    एक दम सहिकुरा हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme