Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ओलीको गैँडा पुराण भाग २ (नसुने फेरि पनि पछुताइएला)

Posted on February 15, 2016February 15, 2016 by Salokya

पृष्ठभूमि : रक्सौल नाका खुलेको एक हप्ता नाघिसक्यो। मधेसकेन्द्रित दलले आन्दोलन पनि फिर्ता लिइसके। पेट्रोलियम पदार्थ आपूर्तिमा अब कुनै अवरोध छैन। तर बजारमा पेट्रोलियम पदार्थ अझै खुला रुपमा बेचिएको छैन। अब सहज हुन्छ भनेर निजी कालोव्यापारीले तेल ल्याउन छाडेका छन्। यही मौका छोपी सरकारी कालोव्यापारीले नाफा बढाउने मौका पाएका छन्। डिजेलको अभावमा छोरीको स्कूलले सोमबार अध्ययन गर्न नसक्ने सूचना पठायो। यस्तो अवस्थामा प्रधानमन्त्री केपी ओली के गर्दैछन्? गैँडा पुराण भाग २ सुनाउँदै।

स्थान : राष्ट्रिय पर्यटन परिषद्को बैठक।

तपाईँलाई थाहा होला, बल्खुस्थित पार्टी कार्यालयमा गत जेठमा प्रधानमन्त्री हुनुअघि ओलीले गैँडा पुराण भाग १ सुनाएका थिए। हिजो भाग २ यसरी सुनाए।


तथ्य नम्बर १ : चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा इन्डियन हुन्न

एक दिन दुई जना साथी आएर मलाई एउटा चिज देखाए, यसो हेरेको त इन्डिएन राइनो लेखेको रहेछ, मैले त्यहाँ अब्जेक्सन जनाएँ र भनें एकसिंगे गैंडा नेपालको हो। यो नेपालमा जन्मन्छ। चितवनमा जन्मेर भारत चर्न जाँदैमा त्यो इन्डिएन राइनो हुन्छ?

तथ्य नम्बर २ : नेपालमा मात्रै पाइन्छ, नाम गैँडा नै हुनुपर्छ

एक सिंगे गैंडा नेपालमा मात्रै पाइने भएकाले त्यसको नाम राइनोसरस नभई गैंडा नै हुनुपर्छ। बायोलोजिकल र साइन्टिफिक भनेर गैंडाको नाम राइनोसरस भन्देका छन्, तर यो हाम्रो गैंडा हो। हाम्रो देशमा उत्पादन हुन्छ, अमेरिकाले देख्नु न सुन्नु कहाँबाट राइनो नाम राख्ने ?’

तथ्य नम्बर ३ : गैँडाको आमाछोरी खेलिरहेको नेपालमा बाहेक अरु कहाँ हेर्न पाइन्छ?

एकसिंगे गैंडा विश्वमा अरुको हुन सक्दैन। एक सिंगे गैंडा हाम्रो हो, दुई सिंगे त अफ्रिका तिर पाइन्छ। त्यो उनीहरुको हो। हाम्रोमा जस्तो जंगलमा गएर गैंडा हेर्न अन्त कहाँ पाइन्छ ? हाम्रोमा हात्तीमा चढेर गैंडा हेर्न पाइन्छ, जीवित गैंडा त्यो चिडियाघरमा होइन, जंगलमा हेर्ने। गैंडाको आमाछोरी खेलिरहेको साँच्चिकै हेर्ने हो।

गैँडा पुराण भाग १ का तथ्यहरु भने यस्ता थिए-

गैँडा पुराण तथ्य १ : गैँडा युरोपमा जन्मिँदैन, अमेरिकामा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन। गैँडा हेर्न नेपाल नै आउनु पर्छ। (वास्तविकता : गैँडा भारतमा पनि पाइन्छ)

गैँडा पुराण तथ्य २ : जिन्दगीमा एक पल्ट गैँडा हेरेन भने आधा जिन्दगी खेर गयो।

गैँडा पुराण तथ्य ३ : गैँडा शृष्टिको यत्रो…जैविक संसारमा यत्रो…. (के हो कुन्नि भन्नुभएन)

गैँडा पुराण तथ्य ४ : गैँडा देख्या छैन भने पैसा कमाएर के गर्ने ? के खाने डलर खाने? युरो खाने ?

गैँडा पुराण तथ्य ५ : पैसा भएर पनि गैँडा देखेन भने बर्बाद हुन्छ

गैँडा पुराण तथ्य ६ : राइनो हैन गैँडा भन्ने शब्द चलाउनु पर्छ। अंग्रेजीमा कहाँबाट आयो राइनो? जहाँ हुँदै हुँदैन त्यहाँ केको राइनो?

तथ्य परीक्षण गरौँ न त के रहेछ

के प्रधानमन्त्रीले भनेको सही हो त ? के एक सिङ्गे गैँडा नेपालमा मात्रै पाइने हो त ? के भारतमा भएका एक सिङ्गे गैँडा सबै चितवनमा जन्मिएर भारतमा चर्न गएका मात्रै हुन् त ?

गलत !

800px-Rhinoceros-unicornis-map
एक जमानामा एक सिङ्गे गैडा यति धेरै ठाउँ र देशमा पाइन्थे। तर अब त पाकिस्तानमा लोप नै भइसक्यो। अहिले भारत र नेपालमा मात्रै पाइन्छ।

नेपालमा मात्रै एक सिङ्गे गैँडा पाइन्छ भन्ने ओलीको भनाई गलत छ।

सन् २००६ मा पृथ्वीमा २५७५ एकसिङ्गे गैँडा रहेकोमा IUCN/ SSC Asian Rhino Specialist Group (AsRSG) ले प्रस्तुत गरेको तथ्याङ्क अनुसार २१ सय भन्दा बढी त भारतमै थिए।
gaida
प्रतिवेदन हेर्नुस्

नेपालमा भएको भन्दा ठूलो संख्यामा गैँडा भारतमा त्यतिबेलै थिए। प्रधानमन्त्री जस्तो मान्छेले यस्तो कुरामा तथ्य विचार नगरी बोल्नु उचित हुन्न भनेर पनि के भन्नु, उहाँको छाला पनि गैँडाकै जस्तै भइसक्यो- जति आलोचना गरे पनि छुने होइन।

बरु हो, हो- एक सिङ्गे गैँडा नेपालकै मात्र हो। यसको वैज्ञानिक नाम पनि चेन्ज गरेर गैँडा नै राख्नुपर्छ। गैँडा वाज बर्न इन नेपाल भन्ने ह्यासट्याग ट्विटर र फेसबुकमा चलाउनु पर्छ भनौँ र प्रधानमन्त्री र एमालेको प्रिय बनौँ।

6 thoughts on “प्रधानमन्त्री ओलीको गैँडा पुराण भाग २ (नसुने फेरि पनि पछुताइएला)”

  1. sk says:
    February 16, 2016 at 8:53 am

    भन्नु पर्ने सबै भनेछन ….जीवनमा एकपटक गैडा हेरेन भने स्वर्गको धोका खुल्दैन भन्न मात्र छुटाएछन्..

    Reply
  2. डा. सुरज श्रेष्ठ says:
    February 16, 2016 at 7:07 am

    Joke of the century for us.

    Ha Ha Ha !!!

    Dr. Suraj Shrestha
    Nepalgunj

    Reply
  3. मनिष says:
    February 15, 2016 at 5:47 pm

    गैँडा पुराण तथ्य ४ : गैँडा देख्या छैन भने पैसा कमाएर के गर्ने ? के खाने डलर खाने? युरो खाने ?

    यिनको गृहजिल्ला झापाबाट हरेक सनिबार टूरिस्ट बसभरी आतंरिक पर्यटकहरु चितवनमा गैड़ा हेर्न पुग्छन् जस्तो पो कुरागरे बा/ यूरो र डॉलर हुनेहरु त सातसमुन्द्र पारीबाट गैड़ा हेर्न यहासम्म आइपुग्छन् /
    आफ्नै देशमा हुँदा त हाम्रा ९० परसेन्ट जनताले गैड़ा देखेका छैननहोला/ यी मुर्ख मान्छेले कसैले बुझाइदेओस उनीहरु भाग्यमानी की हामी भनेर/

    Reply
  4. Ekraj says:
    February 15, 2016 at 3:26 pm

    Oli as PM of Nepal has been a cruel joke and laughing stuff for everybody.
    This guy thinks since he is PM and he can through any garbage from his uncontrolled toungue.
    This guy is not serious at all to controll the black market of fuel and other essential goods and a result ordinary people are strugling for daily sevival.
    Bid question here is his own people (the economic crimals of his gang) are doing all the fraud and thriving black market in sector of business. He is getting its share and he not interested in controllin

    Reply
  5. Michael says:
    February 15, 2016 at 2:09 pm

    यो दोहोरि र रोदीघर को हिरो ;चार पास काजु कान्छो लाइ ; देश को प्रधान मन्त्रि बनाएपछि अब एसले थोडी गतिलो कुरा गर्न जानेको छ र आश गर्नु } एउटा उद्घाटन भासन मा भन्दै थ्यो यो सिक्ष्या पद्दति नै ठिक छैन ; पढेर काम छैन , ब्यबहारिक सिक्ष्या हुनुपर्यो रे |हुन् पनि उसले
    यो पद्दति लाइ नै चुनौती दिएर एकै चोटी पी यच डी लिन लागेका( गच्छेदार पनि ) पनि हो | न भए आज तपाइहरुले आर्को डाक्टर पी यम पाउनु हुन्थ्यो | येस्ता येस्ता घागडान भएर नै हो , कुन दिन नेपाल को इतिहास , भूगोल, म्याथ ,साइन्स , केमिस्ट्री सब गलत छ फेरी लेख्नुपयो भन्न थाल्छ |

    Reply
  6. bijay says:
    February 15, 2016 at 11:11 am

    एस्तो मान्छे त प्रधान मन्त्रि ..अनि देश खाल्डोमा नखसे के हुन्छ त

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme