-ध्रुव के. सापकोटा, नेदरल्यान्ड्स-
फ्रान्सका सम्राट नेपोलियन बोनापार्ट एक अद्भूत प्रेमी थिए। उनको प्रेमबारे धेरै इतिहासकारहरुले लेखेका छ्न्। प्रेमिकासँग कसरी भेट भयो र कसरी प्रेम अंकुरण भयो, कसरी अन्त्य भयो – यावत कुराहरु सबैले फरक-फरक उल्लेख गरेका छन्। जन्म, मृत्यु आदिको मितिबाहेक उनीसँग सम्बन्धित अरु विषयको कुनै ठोस प्रमाण भेटिएको छैन। नेपोलियनको यो प्रेमको कथा मैले अलग अलग लेखक – इतिहासकारहरुले उल्लेख गरेका अलग-अलग कथालाई परिमार्जन गर्दै लेखेको हुँ।
यो त्यस बखतको कुरा हो जब फ्रान्समा इ. स. १७९५ मा नयाँ कानून लागू भयो, जसअनुसार कुनै पनि ब्यक्तिलाई निजी हतियार राख्न निषेध गरियो। जो-जोसँग हतियार छन्, सबैले सरकारलाई सुम्पनु पर्ने भयो।
यही क्रममा एक भर्खर १० बर्षका बालक नेपोलियन कहाँ पुगे। उसको हातमा एउटा तरवार थियो। त्यतिखेर नेपोलियन सेनाका जर्नेल थिए। हतियार सुम्पनु पर्ने अभियानका नाइके उनै थिए।
ती बालकले बडो भावुक हुँदै, बिलौना गर्दै आँखाबाट आँसु झार्दै भने – “…यो तरवार मेरा स्वर्गीय पिताको हो। उनको स्मृतिमा यसलाई म बाँचुन्जेल सम्म आफूसँगै राख्न चाहन्छु। बरु म आत्महत्या गरी मर्न तयार छु तर म यो हतियार सुम्पिन्न। मलाई जे सजाय दिनुस् मन्जुर छ – बरु म मर्न तयार छु …. !”
बालकको यस्तो ह्रदयविदारक अभिब्यक्तिले जर्नेल नेपोलियनको मुटु पगाल्यो। ती बालकसँगै उनी पनि भावुक भए र भने – “ ….बाबु , तिमी धेरै संवेदनशील रहेछौ। म एकदम प्रभावित भएँ तिम्रो कुराले। हुन्छ मैले तिम्रो अनुरोधलाई लत्याउन सकिनँ। बरु मलाई एक पटक तिम्री आमासँग भेट गराउ न – यस्तो विलछण बालकलाई जन्म दिने तिम्रा बुवालाई त मैले भेट्न सकिनँ। तर आमा जिउँदै छिन् भने म एक पटक भेट्न चाहन्छु …!”
बालकले नेपोलियनलाई उनकी आमासँग भेट गराए।
भनिन्छ नेपोलियन सेना – शासक – सम्राट जस्तो कठोर पद, ओहोदा र अनुशासनमा संलग्न भएपनि उनको ह्रदय प्रेमिल थियो। ती बालककी आमा जोसेफाइनलाई देख्नासाथ उनी लट्ठ परे।
त्यसपश्चात् बिस्तारै उनको ह्रदयमा जोसेफाइनप्रति प्रेमको अंकुरण हुँदै गयो। उनी जोसेफाइनलाई नियमित भेट्न थाले। उनलाई धेरै रोमान्चक र संवेदनशील प्रेमपत्रहरु लेख्न थाले। उनले लेखेको पहिलो प्रेमपत्र यस्तो थियो-
“हिजोआज म तिम्रा सम्झनासँगै बिहान आँखा खोल्छु , तिमी अतुलनीय सुन्दरी छेउ जोसेफाइन! मेरो ह्रदयमा तिमीले कस्तो अनौठो छाप छाडिदियौ। मेरो आत्मा पीडाले चकनाचुर भएको छ – तिम्रो प्रेमीलाई तिमीले कुनै चासो नै नदेखाएकी ? मैले तिम्रो अधर बाट , तिम्रो ह्रदयबाट यो चित्र कोरें जुन एउटा ज्वाला बनी मलाई पोलीरहेछ ….. ओहो, म त तिमी नै मेरो सामु थियौ होला हिजो राति भन्ने भानमा परेछु। यो त मैले कोरेको तिम्रो तस्विर पो रहुछ …”
उनी जोसेफाइनको प्रेममा निकै गहिरिएर डुब्दै गए भने उता जोसेफाइन भने अनिस्चित थिन् – के गर्ने, नगर्ने।
जोसेफाइन एक विधवा थिइन्। उनी विधवा हुनुअघि पारपाचुके गरिसकेकी एक महिला थिइन्। भनिन्छ, उनका पूर्वपति Alexander गम्भिर प्रकृतिका मानिस थिए भने जोसेफाइन अलि चंचल स्वभावकी – असाध्यै खर्च गर्नुपर्ने – मोजमस्ति र फेसनमा पैसा उडाउने खालकी थिइन्। त्यसैले गर्दा उनलाई जहिले पनि आर्थिक समस्याले घेर्थ्यो। तर उनलाई जसरी होस् मोजमस्ती गर्नु पर्थ्यो र उनी पति बाहेक परपुरुषहरुसँग पनि शारीरिक सम्बन्ध राखी हिंडथिन्।
फेरि अर्कोतिर Alexander अमेरिकाको स्वतन्त्रताको लडाईंमा सामेल हुन चाहन्थे। परिणाम स्वरुप यी दुईको पारपाचुके भयो। त्यतिखेर अलेक्जेन्डरलाई सेनाको कमान्डर बनाएर Rhine (जुन अहिले Switzerland मा पर्छ) मा खटाइयो र उन्ले राम्रा कामहरु गरेका थिए। तर १७९४ को गृहयुद्धमा उनी गिरफ्तार भए। जोसेफाइनले आफ्ना पूर्वपतिलाई बचाउने पूर्ण कोशीस गरिन्। परिणाम स्वरुप उनी पनि जेल परिन्। यसरी पारपाचुके भएका दम्पतीको फेरि कैदखानामा भेट भयो। तर भनिन्छ कैदखानामा यिनीहरुको प्रत्यक्ष भेट भएन। बरु जोसेफाइनको जेलर (कारागरका हाकिम) General Louis Lazare Hoche सँग रोमान्स चल्न थाल्यो। आखिर जुलाई १३ , १७९४ का दिन Alexander लाई मृत्युदन्ड दिइयो।
अब मेरो पनि पालो आउने भयो भनेर उनी त्रसित जिन्दगी जिइरहेकी थिइन् तर भाग्यबस सत्ता परिवर्तन भयो र ६ अगस्त १७९४ मा रिहा गरियो। यो थियो जोसेफाइनको पृष्ठभूमि। उनको जीवनको एउटा पाटो – नेपोलियनसँग भेट हुनुअघिको।
उनको समाजमा राम्रो नाम र इज्जत थिएन। समाजले उन्लाई बद्नाम – नखरमाउली अनि विधवाको रुपमा हेरेको थियो। उता नेपोलियनलाई भने इज्जतदार – जर्नेल जस्तो ठूलो पदका मानिस भनेर चिन्थे। यो कारणले नेपोलियनका आमा, दाजु, भाइ र बहिनी यो सम्बन्धको विरोधमा थिए- “ तँ भन्दा छ वर्ष जेठी, त्यो बुढी – त्यो विधुवी – नकचरीलाई बिहे गर्ने कुरा गर्छस् तँ मूर्ख ? …” भन्दै विरोध गर्थे।
फेरि अर्कोतिर जोसेफाइनका साथीहरु पनि – “त्यो मोरो फिरंगी जर्नेल – युद्धमा आज यहाँ त भोलि कहाँ पुग्छ , त्यस्ताले तँलाई समय दिन सक्दैन, रखैल हुन्छन् सेनाका, त्यति ठूलो ओहोदाको जर्नेल जस्तो मानिसका कति हुन्छन् कति नि रखैल (Mistress) त। त्यस्ले तँलाई माया गर्दैन, अनि युद्धमा कुन दिन मर्छ। तँ फेरि विधुवी हुन्छेस्, नगर त्योसँग बिहे ….. त्यो फिरङी हो, त्योसँग एक कौडो पनि पैसा छैन। तलब पाएको खान्छ – मोज गर्छ – उडाउँछ। केही बचाएको छैन ….”
अनि जोसेफाइनका छोराछोरीले विरोध गर्नु त स्वभाविकै थियो – उनीहरुलाई चिन्ता थियो सौतेनी बाबुले माया गर्दैन भन्ने।
यी सम्पूर्ण दुबिधाका बाबजुद पनि जोसेफाइनले नेपोलियनको प्रस्तावलाई नकार्न सकिनन्। उनी एक्ली थिइन्। उनलाई जीवनसाथी चाहिएको थियो उता नेपोलियन पनि अरुको कुरा के सुन्थे र जोसेफाइनको मायामा उनी चुर्लुम्म डुबेका थिए!
फेरि उता जोसेफाइन कैदी हुँदा जेलर बाहेक अर्का एकजना Paul Barras भन्ने मानिसकी पनि रखैल थिइन् उनी भनेर धेरै इतिहासकारहरुले लेखेका छन्। उनी पनि जोसेफाइन जस्तै भाग्यशाली भएर कैद मुक्त भएका थिए। उनी जोसेफाइनको भलो चाहन्थे र उनले जोसेफाइनको नेपोलियनसँगको सम्बन्धलाई साथ दिए। मार्च महिनाको ९ तारिख १७९६ मा नेपोलियनसँग उनको बिहा गराइदिए।
यतिखेरसम्म नेपोलियन जोसेफाइनप्रति पूर्णरुपमा वफादार थिए। उनले कुनै परस्त्रीसँग सम्बन्ध राख्नु त टाढाको कुरा जोसेफाइन मात्र उनको दिल र दिमागमा थिइन्। उनले जोसेफाइनका दुबै छोराछोरीलाई असाध्यै माया र हेरचाह गरे। भनिन्छ ती केटाकेटीहरु सौतेनी बाबुको यस्तो माया पाउँदा अति नै हर्षित थिए।
बिहे गरेको भोलिपल्टै दुबै जना केटाकेटालाई पेरिसको नाम चलेको विद्यालयमा आफ्ना भाई Jérôme लाई पठाइ भर्ना गर्दिए र उनीहरुको राम्रो हेरचाह होस्, उनीहरुको शिक्षादीछा र हेरचाहमा केही कमि नहोस् भनी प्रधानाध्यापक र होस्टलका वार्डेनलाई आदेश दिए। (भनिन्छ नेपोलियनले जोसेफाइनका छोराको समय आएपछि भब्यताको साथ विवाह पनि गराइदिए र खासमा जोसेफाइनकी छोरीको आफ्नै भाइ Louis सँग विवाह गराइदिएका थिए)
अनि बिहे भएको दुई दिनपछि नै नेपोलियनलाई सेनाका कमान्डर बनाएर इटालीको मिलानो पठाइयो । उनले जोसेफाइनलाई मिलानोबाट यस्तो पत्र लेख्थे-
“मसँग तिम्रा पत्रहरु छन १६ र २१ अगस्तमा तिमीले पठाएका। तर प्रिय ! खै त यो अन्तरालमा तिम्रा पत्रहरु नै आएनन् , जब जब म तिम्रो पत्र पाउँछु, मेरो दिन नै सुनौलो हुन्छ। मलाई असाध्य खुशी लाग्छ। यसरी तिम्रा पत्रहरु ढिलो ढिलो आउँदा म तिमीसँग रिसाएको त रत्तिभर पनि छुइन तर मलाई तिम्रो चिन्ता लाग्छ, तिमीलाई केही भयो कि जस्तो लाग्छ। तिमीलाई नजिक पाउनु मेरो खुशी हुनेछ। तिमीलाई मेरो निकटमा भएको हेर्न चाहन्छु। तिमी चाँडै आउ प्रिय, म तिमीलाई चेतावनी दिँदैछु – यदि तिमी आउन ढिलो गर्यौ भने, मलाई तिमीले बिरामी अवस्थामा भेट्नेछेउ – म तिमीलाई अति नै सम्झन्छु, तिम्रो खुब याद आउँछ, तिमी छिट्टै आऊ ….”
तर उता जोसेफाइनले भने उनलाई वास्ता नगरेको जस्तो देखियो। बिहे गरेको दुई दिनपछि जब उनी इटली तिर लागे, त्यस्को ठीक भोलिपल्टको साँझदेखि नै उनी परपुरुषहरुसँग डेटिङ गर्न थालिन्। पार्टीमा जाने, रमाइलो गर्ने, परपुरुषहरुको छातीमा आफ्नो गर्दन झुकाएर नाच्ने यस्तै रमाइलोमा रूमल्लिन थालिन्। अनि यस्तैमा Hippolyte Charles नाम गरेका एक सैनिकसँग उन्को प्रेम प्रसँग पनि चर्चित हुन थाल्यो।
नेपोलियनको पत्राचार बाट “मलाई भेट्न आउ” भन्ने पुकारलाई सुनिदिँदै उनी भेट्न गइन् तर साथमा उन्को प्रेमी Hippolyte Charles पनि थिए। नेपोलियनले सोचे – “ …साथी होला, सँगै आएको… ”।
त्यसको दुई दिन पछि काजमा तर केवल दुई दिनको लागि नेपोलियन इटालीकै भेरोना भन्ने ठाउँ जानु पर्यो। दुई दिन पछि फर्कँदा जोसेफाइन आफ्नो प्रेमी सँगै Spain पुगिसकेकी थिन्। नेपोलियन झन् झन् गम्भीर हुँदै गए आफ्नी पत्नीको सम्झनामा अनि अप्रिल १७९६ मा यस्तो पत्र लेखे –
“…जब देखी तिमीलाई छाडेर आएँ तब देखि म दिनदिनै उदास (Depressed) हुँदै गएको छु , म तिम्रो सम्झनामा बाँचेको छु , तिम्रा आँसु सम्झेर बाँचेको छु , तिम्रो माया सम्झेर बाँचेको छु …”
उता जोसेफाइन आफ्नो प्रेमीसँग हफ्ता दिन जति घुमफिर रमाइलो गरी पेरिस फर्किन् । अनि आफ्नो रंगिन दुनियाँमा मस्त थिन् – उही पार्टी – रमझम अनि परपुरुष सँगको रोमान्समा । नेपोलियनलाई पत्राचार गर्ने उन्को क्रम झन् झन् पातलो हुँदैगयो । उता नेपोलियन आफ्नी पत्नीले बेवास्ता गरेको देखी उदास हुँदै गए र यस्तो पत्र लेखे –
“…तिमी बिना , तिमीले मलाई माया गर्ने आश्वसन बिना यो धर्तीमा मेरो लागि के छ र ! म के गर्न सक्छु र ! …”
यस्तैमा १७९६ को नोवेम्बर महिनाको अन्त तिर उन्ले यो हल्ला सुने कि उन्की पत्नी परपुरुषसँग सल्किएकी छिन् र खास गरी त्यही Hippolyte Charles भन्ने सैनिक त उन्को नियमित नाठो नै हो भनेर । जसरी अति नै गहिरो मायाजालमा फसेको प्रेमीले आफ्नी प्रेमिकाको बारेमा अरुको मुखबाट जे नराम्रो सुने पनि बेवास्ता गर्छ, ठीक यसै गरी उन्ले पनि यो कुरालाई वास्तै गरेनन् , बेकारको हल्ला हो भन्ने सोचे।
उनले फेरि पत्र लेखे र यो पालीको पत्र अझ गम्भिर थियो –
“…..तिम्रो सुन्दर चित्रलाई मेरो हृदयमा राखी म अब सयनकक्षमा जाँदैछु। मेरो मायाको प्रमाण त म कसरी दिन सक्छु र तर अहिले तिमी मेरो साथमा भएकी भए म तिमीलाई कति माया गर्ने थिएँ, अंकमाल गर्ने थिएँ र तिम्रा सुन्दर केशरासी छोपेको त्यो पछ्यौरी, तिम्रो पोटिलो वक्षस्थल ढाकेको तिम्रो रेसमी पहिरनलाई उदाङ पार्न तिमीलाई मेरा यी हातहरुको सहारा दिने थिएँ…….तिम्रो सुन्दर मुहारमा चुम्बन , तिम्रा ति सुन्दर नयनहरुमा , तिम्रो बछस्थलमा , जताततै, सबैतिर चुम्बन ……”
तर जोसेफाइनको पत्र आएन। अनि उनको मनमा अलि अलि चीसो पस्न थाल्यो – उनले सुनेको हल्ला साँचै हो कि त भनेर अनि अली रिसाएर यस्तो पत्र लेखे –
“……म तिमीलाई अब भने माया गर्दिन बरु घ्रिणा गर्छु , तिमी दुस्ट, जङली र वेश्या हौ । तिमी मलाई पत्र नै लेख्दिनौ, तिमी आफ्नो लोग्नेलाई माया गर्दिनौ , तिमीलाई था छ तिमीले पत्र लेख्दा म कति खुशी हुन्छु , तिमी जाबो दुई चार पंक्तिको एउटा पत्र सम्म लेख्दिनौ …..”
यस्तै किसिमले यी जोडी एक अर्काबाट टाढा बसेर जीवनयापन गर्दै थिए। अनि आखिरमा जोसेफाइनको रंगीन र आफ्नोपनको मोजमस्तीको जिन्दगीको पर्दाफास भयो जब १७९८ को मार्च महिनामा नेपोलियनका दाजु Joseph Bonaparte (जस्लाई कालान्तरमा नेपोलियनले स्पेनका राजा बनाए) ले उन्लाई पत्र लेखेर भन्दिए कि बुहारीको चालचलन ठीक छैन। उनी परपुरुषसँग खुलेआम सम्बन्ध राखेर हिँड्दैछिन्। उनले यो पनि भने कि यो कुरालाई पुस्टि गर्ने उनीसँग प्रमाण नै प्रमाणको पहाड छ ।
दाजुले नै भनेपछि अनि त्यस्मा पनि थुप्रै प्रमाणहरु छन् भन्दा उन्लाई अब भने हो जस्तो लाग्यो । उन्का दाजुले रिसले आगो भएर यो पनि लेखेका थिए – “ तिमी जहिले पनि हैन भन्छौ , यदी यो कुरामा तिमीलाई विश्वास लाग्छ भने शायद तिमीले बुहारीलाई पारपाचुके गर्नु ठीक हुन्छ……”
अनि फेरि चार महिनापछि जुलाईमा जब नेपोलियन इजिप्टको मिसनमा गएका थिए उनलाई फेरि खबर भयो -जोसेफाइनको उनीप्रतिको छल – धोका र बेइमानीको बारेमा। अब भने उनको हृदयमा बसेको पत्नीप्रतिको माया सदाको लागि चकनाचुर भयो , उनी विरक्तिए। अनि यही विरक्तिको घाउमा मलम लगाउन उनी एक आफू भन्दा जुनियर सेनाकी श्रीमती Pauline Bellisle Foures सँग सल्किए। यी भर्खरकी – कलिलै उमेरकी महिला नेपोलियनकी Cleopatra भनेर उन्को सैनिक समुदायमा चिनिइन्।
उन्ले अब पेरिस फर्कन्छु र जोसेफाइनलाई पारपाचुके गर्छु भनी योजना बनाए । अनि यस्तो असाद्धे मन दुखाएर उन्का दाजुलाई मार्मिक पत्र लेखे –
“….. पर्दाफास भयो, यो बडो दु:खको कुरा हुन्छ खासगरी एक ब्यक्ति प्रतिको यस्तो भावनाले जब एउटै मुटु दुई टुक्रा हुन्छ , म एक्लो हुनु आवश्यक छ , म आफ्नो ओहोदा बाट दिक्क भएँ , मेरा सम्पूर्ण भावनाहरुमा खडेरी लाग्यो , अब मलाई मेरो खुशीको परवाह छैन , मेरो उन्तिस बर्से कलिलो उमेरमै म सक्किएँ – ध्वस्त भएँ….. ”
उनको यो पत्र बेलायतका गुप्तचरले फेला पारे र नेपोलियनको छबीलाई धज्जी उडाउने उदेस्यले बेलायती अखबारमा छापियो। उता पत्नीले पनि त्यो अखबार पढिन् र जसबाट पुस्टि भयो कि अब खसमले उनलाई छाड्दै छन्।
जब उनी १७९९ मा पेरिस फर्किए तब उन्ले जोसेफाइनलाई भने – “तिम्रा के के सर समान छन् लैजाउ, अब मेरो घर छाड, अब म तिमी सँग पारपाचुके चाहन्छु …..” । जोसेफाइन रिसले पागल जस्तै भैन् । उनी त झन उल्टै उन्को गुनासो र पारपाचुकेको निर्णय माथि बदलाको भावनाले खनिन् । अब त झन उनी नेपोलियनलाई तड्पाउन – दु:ख दिन र दु:ख दिएर – तड्पाएर मजा लिने अभियानमा लागिन् । नेपोलियनले देख्ने गरी जानी जानी उन्लाई देखाउने गरी परपुरुष सँग सम्भोग गर्न थालिन् । नेपोलियनका हिरा जडेका अती नै बहुमूल्य पहिरनहरुलाई उन्ले देखी देखी उन्कै सामु Blade ले काटी काटी नस्ट पार्न थालिन् , बहुमूल्य क्रिस्टल जस्ता हिरा जडेका सुराही अरु सजावटका अतीनै बहुमूल्य फुट्ने खालका (Fragile) चिजहरुलाई हतौँडाले हानी हानी चकनाचुर पार्दिन् । नेपोलियन रिसले आगो भए तर हिर्काउनलाई उठिसकेका उन्का हात रुके, उन्ले केही गर्न सकेनन् ।
दुई दिन दिन बितेपछि ठूलो आँधिबेरी रुकीसके पछि जस्तै जोसेफाइन शान्त भैन् , अती नै नम्र भएर उन्ले माफि मागिन्, बिलौना गरिन्, रोइन्, कराईन् र भनिन् – म अब देखि तिमी बाहेक अरु कोही सँग पनि प्रेम र यौन सम्बन्ध राख्ने छुइन, मैले गल्ती गरेँ – मेरो होश हराएको थियो, अब मेरो आँखा खुलेको छ , मलाई माफ गरी देउ, मलाई एउटा अन्तिम मौका देउ, म आजीवन तिम्री ईमानदार पत्नी भएर बस्नेछु ।
नेपोलियनको लागि यो कुरा ढिलो भै सकेको थियो , अब भने उन्को पुरुष हृदय निकै कठोर भैसकेको थियो, जोसेफाइनको करुणाले उनि पग्लन सकेनन् । तर उन्ले पारपाचुके गर्ने धम्की भने बन्द गरे । उनी जोसेफाइन बाट स्वतन्त्र र स्वेच्छाको जिन्दगी जिउन थाले । थुप्रै रखैलहरु (Mistress) राखे र उनिहरु सँगै मोज मस्तीमा लागे । तर आफ्नो सैनिकको दाइत्व प्रति गम्भिर भएर काम गरिरहे । देखाउनको लागि जोसेफाइन अहिले पनि सार्वजनिक स्थलहरुमा उन्की पत्नीकै रुपमा उपस्थित हुन्थिन् तर नेपोलियनको हिर्दयमा उनी प्रति कुनै भावना थिएन । जोसेफाइनको उनि प्रतिको बेइमानीले गर्दा उनि टुटिसकेका थिए । यस्तैमा उन्को Career, प्रतिष्ठामा उन्नती हुँदैगयो , १८०४ मा उनि फ्रान्सका सम्राट भए र जोसेफाइन साम्रागी भैन् । उनि भित्री रुपमा जोसेफाइनबाट यती उदासिन् (Frustrated) थिए कि उनी सँग बाँकी जिन्दगी जिउन उन्लाई रत्तिभर मन थिएन , उन्लाई लाग्थ्यो कि उनि एउटा ढुंगामुडा जस्तो चिजलाई समाजको सामु आफ्नी अर्धाङ्गिनीको रुपमा प्रस्तुत गर्दैछन् ।
आखिर उन्ले १८०९ मा जोसेफाइन बाट छुटकारा लिने एउटा नयाँ बाटो खोजे । उन्ले भने – “….मलाई उत्तराधिकारी चाहिन्छ , मेरो मृत्यु पस्चात फ्रान्सको धर्तीमा राज गर्ने सम्राट मेरो छोरो हुनुपर्छ । म विहे गर्न चाहन्छु …..”
यसरी उन्ले जनवरी महिनाको १० तारिख १८१० मा बिधी पूर्वक पारपाचुके गरे । उन्ले जोसेफाइनलाई भने – “…तिमीले म माथि धेरै ठूलो पाप गर्यौ जोसेफाइन, म जस्तो ईमान्दार पतिलाई तिमीले दुश्मनलाई भन्दा पनि सय गुना नराम्रो व्यवहार गर्यौ जुन मैले आजसम्म बिर्सन सकिन र शायद जीवनभर सक्ने छुइन । म आज फ्रान्सको सम्राट हुँ, म भन्दा शक्तिशाली ब्यक्ति को छ आज फ्रान्समा ? मैले चाहेँ भने तिमीलाई म नांगै र भिखारी जस्तो बनाएर छोड्न सक्छु , मलाई कस्ले के गर्न सक्छ ? तर म त्यसो गर्दिन , तिम्रो भलो चाहन्छु , म तिमीलाई थुप्रै सम्पत्ति – सुन – चाँदी – हिरा – मोती, जग्गा – जमिन अनि महल दिएर मात्र अलग हुन्छु…. ”
भनिन्छ उन्ले जोसेफाइनलाई धेरै नै ठूलो धनराशी, सुन – चाँदी – हिरा- मोती दिए र धेरै एकण जमिन पनि दिए ।
अब जोसेफाइन पेरिस नजिकैको Chateau de Malmaison भन्ने ठाउँमा बस्न थालिन् । अनि उता नेपोलियनले मार्च महिनाको १० तारिख १८१० मा Austria कि राजकुमारी Marie Louise सँग विवाह गरे र उन्ले नेपोलियनले चाहना गरे जस्तै राजकुमार जन्माइदिन् ।
केही बर्ष पछि १८१४ मा बेलायतले आक्रमण गर्यो र नेपोलियनको सत्ता परिवर्तन भयो , उन्को राजनैतीक पतन भयो , उनि Saint Helena मा कैदमा थिए । यस्तैमा पारपाचुके भएको चार बर्ष पछि मे महिनाको २९ तारिख १८१४ मा खबर आयो कि उन्की पूर्व पत्नी जोसेफाइनलाई निमोनियाको बिमारले लग्यो । उनी स्तब्ध भए , साह्रै दुखी भए र भावुक हुँदै उन्ले आग्रह गरे – “….. म मेरी पूर्व पत्नीको दाह संस्कार गर्न चाहन्छु , मलाई यो मौका दियियोस्…” ।
उन्को कुरा सुनियो । उन्ले जोसेफाइनको दाह संस्कार गरे । त्यस्पछी उन्ले रुँदै रुँदै फेरी आग्रह गरे – “…म केही समय त्यो घरमा – त्यो कोठामा बिताउन चाहन्छु जहाँ मैले मेरी पूर्व पत्नी जोसेफाइन सँग बिताएको थिएँ , मलाई अनुमती दियियोस्….” । उन्को यो अन्तिम इच्छा पनि सुनियो । उन्लाई त्यो घरमा लगियो अनि उनि त्यो कोठा भित्र छिरे र ढोका ढप्काए । भनिन्छ उनी त्यहाँ जोसेफाइनको मृत्युमा निकै बेर बिलौना गर्दै रोए ।
खासमा उन्लाई जम्मा एक घण्टाको समय दियिएको थियो तर निकै बेर बित्यो १५ मिनट – आधा घण्टा – अनि १ घण्टा बिती सक्दा पनि उनी बाहिर निस्केनन् । अनि सिपाहीले बाहिर बाट कराए – “भयो , निस्क अब , अब यो भन्दा लामो समय दिन मिल्दैन तिमीलाई , ढिलो भयो…. ”… उनि अटेर गरेर अझै रोइरहे , हुँदाहुँदै करिब तीन घण्टा जति बितेपछि सिपाही ढोका खोली भित्र छिरे – नेपोलियन सोफामा ढल्किएर रोइरहेका थिए । सिपाहीले भने – “..मलाई माफ गर, मैले तिमीलाई धेरै समय दिएँ, अब सक्दिन …” उन्को हात समातेर ताने अनि बल्ल नेपोलियन उठे र उही उन्लाई बन्दी बनाएको ठाउँ सेन्ट हेलेना तिर लगियो ।
उन्को प्रभावशाली ब्यक्तित्व र छवी संसार भरी फैलियो , ठूला ठूला ईतिहासकार – सासक – विद्वानहरुले पनि उन्को ब्यक्तित्व र छवीको गुणगान गाएको भेटिन्छ – उन्लाई कतिले सब भन्दा सछम मानवको संज्ञा दिएका छन् । उन्को मृत्यु पछि कयौं गल्ली – शहर – पानी जहाज – कथा उपन्यासका पात्रहरु समेत उन्को नाम सँग जोडीएका छन् , उनि माथि सयकडौं चलचित्रहरु बनेका छन् , हजारौंं ग्रन्थहरु लेखिएका छन् । “असम्भव भन्ने शब्द मूर्खहरुको शब्दकोशमा मात्र पाईन्छ” अनि “जो डराउँछ, उस्को मृत्यु निस्चित छ “ जस्ता मानिसलाई प्रेरणा दिने वाणी यिन्कै हुन् । उनि भर्खर १५ बर्षको किशोर हुँदा एक ज्योतिषीले उन्को हाथको भाग्यरेखा हेर्दै – “बाबु, तिम्रो भाग्य रेखा त छोटो रहिछ” भनेका थिए अनि उन्ले आफ्नो हत्केलाको भाग्य रेखा छुराले घोचेर लम्ब्याउँदै – “ल, मेरो भाग्य अब लामो र बलियो भयो ? “ भनी ज्योतिषीलाई प्रश्न गरेका थिए ।
जब उन्को पतन भयो र उन्लाई गिरफ्तार गरी सेन्ट हेलेनामा बन्दि बनाइयो, उन्की पत्नी छोरो साथमा लि आफ्नै माइती देश अस्ट्रिया तिर लागिन् , उन्लाई भेट्न कहिले पनि फर्किनन् । उन्को म्रित्यूको कारण भिन्न भिन्न ईतिहासकारले भिन्न भिन्न लेखेका छन् – कसैले उन्लाई पेटको क्यान्सर थियो भनेका छन् , कसैले उन्को सिरमा एक प्रकारको वंशाणुगत रोग थियो भनेका छन् त कतिले उन्को इलाजको क्रममा Calomel भन्ने औषधीको सेवन अत्याधिक (overdose) भएकोले भनेका छन् त कतिले बेलायतको सरकारले Slow Poison दिएर मार्यो भनेका छन् । कारण जेसुकै भए पनि ५१ बर्षको उमेरमा ५ मे १८२१ का दिन कैदमै उन्को मृत्यु भयो । भनिन्छ उन्को मृत्युमा लाखौं फ्रान्सवासीहरुले आसुँ बगाए !
एक सम्राटको यो प्रेम कहानी पढ्दा पढ्दै अनि लेख्दा लेख्दै म अहिले नतमस्तक भएको छु । इजिप्टको लँडाइमा उन्को आदेशमा उन्का सेनाहरुले युद्धमा बन्दि बनाइएका दुश्मनहरुलाई विष पिलाएर सखाप पारेको अनि तीन दिन सम्म लगातार स्थानिय मानिस – आईमाई – केटाकेटीहरुलाई समेत दमन गरेको कुरा पढ्दा मुटु नै छिया छिया हुने ईतिहास पनि पढेको थिएँ । तर आज तिम्रो प्रेम प्रतिको निष्ठा पढ्दा म भाव विभोर भएको छु । तिमी मरेर गएको आज झन्नै २०० बर्ष हुन लागेछ तर तिमी प्रेम र निष्ठाका जिउँदो मिशाल हौ नेपोलियन ! तिमीले छेडेका ति युद्धहरुमा मारिएका निर्दोष पुरुषहरु, ति बेसहारा नारीहरु अनि ति निरीह वालवालिकाहरुको तर्फ बाट म तिम्रा सम्पूर्ण पापहरुलाई छमादान दिन चाहन्छु ।
सन्दर्भ सामाग्री
Napoleon and Josephine, Love Letters and Angst ! – Robert Horvat- 2013.
Napoleon’s Letters to Josephine: Correspondence of War, Politics, Family and Love 1796-1814, Leonaur, Henry Foljambe Hall – 2010.
Napoleon: The Visionary Conqueror, Todtri – Eric Ledru – 2002 .
Napoleon: A Biography, Arcade Publishing – Frank McLynn – 2011 .
Napoleon Bonaparte: A Life, Harper Perennial – Alan Schom – 1998 .
Josephine: Desire, Ambition, Napoleon; Hutchinson – Kate Williams – 2013.
Napoleon for Dummies : J. David Markham – 2005.
In my growing up years I was fascinated with the Emperor’s life. I read many books and you have done a good job summarizing his life with Josephine. After reading all the books one thing sticks out in my mind. When Napolian was imprisoned even his Austrian wife did not come to visit him nor brought her young son to visit with the father. None of his brothers and sisters came to visit him. The only person that came to visit was his mother, who used to give him some gold coins so that he could get some brandy from the guards. He laments, “I did everything for my family members, …lavished them with gold & silver, properties; appointed my brothers and sisters as prince, consuls ….. lavished them with enormous wealth, yet my mother was the only one that cared for me…”
Please note that Nepal went to war with the British —-1814-1816.Bhimsen Thapa had good relations with France. His cap is typical French. The arsenal at Sunderi Jaal was established with the help of France.
Thanks for the write-up.
Thanks for your reply with additional info Tika Ji.