Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विकास दृष्टिमै यो कस्तो लापरवाही ?

Posted on February 13, 2016 by mysansar

-राम लोहनी-

Sambrida-Nepal नेकपा एमालेका युवा सांसद रविन्द्र अधिकारीको “समृद्ध नेपाल” शीर्षकको पुस्तकमा ब्यानर छ “युवा राजनीतिज्ञको विकास दृष्टि”। युवा राजनीतिज्ञको विकास दृष्टि भन्ने पदावलिले मेरो ध्यानाकृष्ट गर्‍यो। नेपालको विकास होस् भनेर कामना गर्ने मजस्ता सर्वसाधारण मनुष्य यस्तै जोस जाँगरयुक्त युवा राजनीतिज्ञप्रति आशान्वित छन् जस्तो लाग्छ। पढ्दै जाँदा पृ. २६ मा गत वैशाख बार गतेको भूकम्पलाई लिएर लेखिएको अंशमा पुगें –

“यतिखेर मृतक सङ्ख्या साढे आठ हजार पुगिसकेको छ। अझै पनि भग्‍नावशेषको पूर्ण उत्खनन् नभइसकेको हुनाले यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ। घाइतेहरूको सङ्ख्या पनि लगभग १५ हजार पुगिसकेको छ। यसले पनि अनुमान गर्न सकिन्छ, भूकम्प अत्यन्तै विनाशकारी थियो।”
पृ. ३० मा गएर “एउटा छुट्टै अधिकारसम्पन्न संयन्त्र आवश्यक पर्छ। पुन:निर्माण आयोग या यस्तै कुनै नाम दिएर शक्तिशाली संयन्त्र खडा गरी त्यसैले सम्पूर्ण निर्माण कार्यकको नेतृत्व लिनुपर्छ” भन्ने पनि उल्लेख गरिएको रहेछ।

पुस्तक प्रकाशन मिति हेरेँ – “२०७२ पुष” लेखिएको छ। यो लेख पहिले नै लेखिएको हो कि भनेर यताउता खोजें। तर त्यस्तो सङ्केत कतै देखिएन। माननीय अधिकारीज्यूले जनतालाई “युवा दृष्टिकोण” दिनुभएको पुस्तक भएकोले सबै लेखन भविष्यदर्शी (prospective) होला भन्ने अनुमान गर्न म बाध्य भएँ।

पुस्तकमा लेखकको दृष्टिकोण स्पष्ट ढङ्गले मुखर भएको होला भन्ने म अनुमान गर्न बाध्य छु। लेखक वर्तमान सरकारको नेतृत्व गर्ने पार्टीको युवा, सक्रिय र जल्दोबल्दो नेता भएकोले पुन:निर्माण कार्यको संयन्त्र निर्माणको खिचातानीको प्रत्यक्ष गवाही हुनुहुन्छ। तर उहाँलाई संयन्त्र निर्माणको कानून अघिल्लै सरकारले तयार गरेर नयाँ सरकारले पदाधिकारी समेत चयन गरिसकेको महिनौँ भइसकेको पत्तो रहेनछ भन्न म सक्तिनँ।

भूकम्पको उद्धार कार्य उहिल्यै समाप्त भएको घोषणा सरकारले गरिसकेर घाइते र मृतकको अन्तिम संख्या पनि निर्क्यौल गरिसकेको कुरा पनि लेखकले मतलब गर्नुभएको रहेनछ भन्न पनि म सक्तिँन। मेरो अपेक्षा थियो उहाँ कम्तीमा अति सामान्य यस्ता तथ्य र तथ्याङ्कलाई नजरअन्दाज गरेर पुस्तकको “लेखक” बन्ने घोडदौडमा सामेल हुनुभएको छैन।

नेपालको उज्ज्वल भविष्यको खाका देखाउने उद्देश्यले लेखिएको “विकास दृष्टि” मै यस्तो लापार्वाही गर्ने लेखकले कस्तो खाका देखाउनुभएको होला भन्ने उदेक मान्दै केही गुदी निस्कन्छ कि भनेर पढ्दैछु “युवा राजनीतिज्ञको विकास दृष्टि” र देख्दैछु समृद्ध नेपालको सपना। आशा गरौं, लेखकको वास्तविक मनसाय इमान्दार छ, उहाँको नियत पुस्तकको लेखक बन्ने उद्देश्यले गरिएको छारकाप्रोमा मात्र सीमित छैन।

पुस्तकको भूमिकाका लेखक प्रा. पिताम्बर शर्मा पनि उही ड्याङका त होइनन् आँखा चिम्लेर प्रशंसा ठोक्ने भन्ने प्रश्न मेरो मनले गरिरहेको छ!

(लोहनीको फेसबुकबाट)

3 thoughts on “विकास दृष्टिमै यो कस्तो लापरवाही ?”

  1. Ekraj says:
    February 14, 2016 at 4:35 am

    We have seen many of these thugs who only barks and mislead people.
    At the end they are all same gang of corrupts, conartist who gobble fund from treasury.
    Lets see if Rabindra Adhikari can prove himself to be different from other criminals.

    Reply
  2. Bidur says:
    February 13, 2016 at 8:23 pm

    मलाई त पुस्तक को बाहिरी आवरण र यो समृद्ध भन्ने सब्द कै तालमेल नमिलेको जस्तो लाग्यो . कमसेकम नाङ्ग्लो को सट्टा एउटा मेसिनले धान बताइरहेको देखाएको भए पनि हो रैछ नेपाल समृद्ध हुन्छ होला भनेर सोच्न सकिन्थ्यो ….

    Reply
    1. मदन says:
      February 14, 2016 at 11:24 am

      तपाईको र मेरो बिचार एकै, तो फोटोलाई देखने बित्तिकै यो किताबमा केहि छैन जस्तो लागेर किताब किंनै मन लागेन ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme