Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इलेक्ट्रिक हैन, दाउराकै चितामा हुने भएछ कोइरालाको अन्त्येष्टि

Posted on February 9, 2016February 9, 2016 by Salokya

pYOv1wH बिहान १२ बजेर ५० मिनेटमा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भयो। अप्रत्याशित यो खबर बिहान ४ नबज्दासम्म धेरैले थाहै पाएनन्।
बिहान ८ बजेपछि कोइरालाको पार्थिव शरीरलाई नेपाल प्रहरीको ट्रकमा राखेर पार्टी कार्यालय सानेपा लगियो।
सानेपामा ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बस्यो।
त्यसपछि महेश आचार्यले सञ्चारकर्मीहरुलाई भनेका थिए, ‘परिवारको अनुमतिमा उहाँको विद्युतीय शव दाह गर्ने निर्णय भएको छ।’
धेरैले यसलाई राम्रो कदम माने। माघ १० गते मात्रै उद्‍घाटन भएको विद्युतीय शव दाह गृहको प्रचार र यसलाई सामाजिक मान्यता दिलाउनेतर्फ एउटा पाइला हुनसक्थ्यो यदि पहिलो हाइप्रोफाइल व्यक्तिका रुपमा कोइरालाको अन्त्येष्टि भएको भए। तर…

तर राति सरकारी समाचार एजेन्सी राससको समाचारमा परिवारले नमानेको खबर पो आयो। सुशीलका भाइ अशोक कोइरालालाई उद्‍धृत गर्दै समाचारमा लेखिएको रहेछ- ‘परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिनेछ।’

विद्युतीय शव दाह गरिएको भए पनि हिन्दू परम्परा त कायम हुने नै थियो। दागबत्ती लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी जलाउनका लागि मात्र दाउराको चितामा नराखी यस्तो इलेक्ट्रिक चिताभित्र पठाइन्थ्यो।

chita

तर अब परिवारले नै नमानेपछि जबर्जस्ती गर्ने कुरा त आएन। परिवारको इच्छाविपरीत जान मिल्ने कुरा पनि भएन।

तपाईँलाई के लाग्छ त, के तपाईँ चाहिँ आफ्नो मृत्यु भएपछि वा तपाईँको आफन्तलाई संभव भए इलेक्ट्रिक चितामा जलाउन तयार हुनुहुन्छ? आफ्नो प्रतिक्रिया तल कमेन्ट बाकसमा दिनुस् वा भोट गर्नुस्-

3 thoughts on “इलेक्ट्रिक हैन, दाउराकै चितामा हुने भएछ कोइरालाको अन्त्येष्टि”

  1. बन्धु says:
    February 11, 2016 at 5:28 am

    लोड शेडिंगको समस्या भएको देशमा भुपु प्रधानमन्त्री, कार्यरत पार्टीको अध्यक्ष जस्तो बिशिष्ट भिमकायकाय व्यक्तित्वको नश्वर शरीर सायद बिद्युतशवदाहबाट जल्न सक्ने कुरै भएन । अनी ठूलो पार्टीको ठूलै नेताको दाह संस्कारमा लोपोन्मुख धर्म संस्कृति बचाउन परंपराको रक्षा त गर्नै परो नी कसो ?

    Reply
  2. Sushil says:
    February 10, 2016 at 4:11 pm

    Yesto lagchha ki Yi Neta tatha yinka paribar ka sadasyaharu aaphno swartha, pad tatha pratistha ko lagi matra rajniti gareko hun, janata ko lagi hoinan, paribartan ko ta pakkai hoinan. chetana bhaya!!!

    Reply
  3. cRIS says:
    February 10, 2016 at 5:43 am

    कोइराला परिवारमा हार्दीक श्रदान्जली!

    तर कोइराला परिवारलाई एउटै कुरो भन्न चाहन्छु| तपाईहरु देश र समाजलाई अगाडी लाने / बदल्छु भनि सारा परिवार धेरै समय देखि लागी पर्या हो| र एकै परिवारको मुलुक हाक्ने ठाउँमा पनि धेरै जाना पुगेकै हुन्| तर समय र परिस्थिति आईपर्दा पछि हटेको देखियो! यसले त के संदेश दिन्छ भने, “अरुलाई उक्साएर अगाडी धकेल्ने, तर आफ्नो पालोमा लुरुक्क पछि हट्ने!” | कारणहरु धेरै हुनसक्छन गर्न/नगर्नमा तर lead by example मा कोइराला परिवार खस्कियेकै हो| आफ्नो बिचार|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme