Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोइरालाको अन्त्येष्टिमा पञ्चकको संयोग, विद्युतीय शवदाहले हटाउला नि दोष

Posted on February 9, 2016 by Salokya

panchak
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी नेता सुशील कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा निधन भयो। उनको अन्त्येष्टि भोलि बुधबार साँझ हुँदैछ। कोइरालाको निधन पञ्चक संयोगमा नभए पनि अन्त्येष्टि भने हुने भएको छ। आज बिहान ४ बजेर २७ मिनेटदेखि सुरु हुने पञ्चक शनिबार बिहान ७ बजेर २८ मिनेटसम्म रहनेछ।

pYOv1wH
हिन्दु परम्परागत चलन मान्नेलाई थप एउटा परम्परा पालन गर्नुपर्ने अवस्था आउँछ पञ्चकमा। यसमा वैज्ञानिक तथ्य के छ थाहा छैन, तर त्यसो नगरे परिवारको वा नजिकका आफन्त गरी पाँच जना थपलाई तान्छन् भन्ने डर देखाउने गरिन्छ।

भन्नलाई त पञ्चकको बेला अन्त्येष्टि नै गर्न नहुने भनिँदो रहेछ। तर अन्त्येष्टि नगरी नहुने भए कुशको पाँच वटा शवको प्रतिकृति बनाएर मान्छेलाई जसरी नै प्रक्रिया पूरा गरी दाहसंस्कार गर्नुपर्ने रे। यो कुरा मुहूर्त चिन्तामणि भन्ने शास्त्रमा लेखिएको रे। त्यसो गरियो भने चाहिँ पञ्चक दोष नष्ट हुने रे।

के हो पञ्चक?
पाँच नक्षत्रको संयोग नै पञ्चक हो। पूर्वीय ज्योतिष शास्त्रमा ग्रहलाई २७ नक्षत्रमा बाँडिएको छ। त्यसमा अन्तिम पाँच नक्षत्र धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपद, उत्तराभाद्रपद र रेवतीलाई पञ्चक भनिन्छ। चन्द्रमा मिन र कुम्भ राशीमा रहँदा पञ्चक हुने रहेछ।

पञ्चकमा गर्न नहुने पाँच काममा एउटा त शवको अन्तिम संस्कार भइहाल्यो। त्यसबाहेक दक्षिणा दिशामा यात्रा गर्न नहुने, रेवती नक्षत्रमा घरको छत राख्न नहुने, खाट बनाउन नहुने आदि पनि भनिँदो रहेछ।

पञ्चकमा अन्त्येष्टि गर्न नहुने भन्नुको कारण चाहिँ काठसँग सम्बन्धित रहेछ भनेर एक भारतीय पण्डितले यहाँ लेखेका रहेछन्।

पांचवाँ, सबसे महत्वपूर्ण है कि पंचको में शव दाह नहीं करते। इसके पीछे भी कारण लकडियों का ही है क्योंकि दाह के लिए लकड़ियों की आवश्कता होती है।

यदि काठसँग मात्र यो सम्बन्धित हो भने चिन्ता गर्नुपर्ने कारण केही हुने छैन। किनभने कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले परिवारको अनुमतिमा कोइरालाको अन्त्येष्टि विद्युतीय शव दाहबाट गर्ने निर्णय गरेको छ। विद्युतीय शव दाह गरिने उनी पहिलो हाइ प्रोफाइल व्यक्ति हुनेछन्। विद्युतीय शव दाह गर्दा काठ चाहिने होइन। शवदाह गृहमा शव राखिसकेपछि तातो बनाएर शव खरानी बनाउने हो। प्रविधिको उपयोगले पञ्चकको दोष नष्ट हुने त होला नि, के छ तपाईँको विचार?

8 thoughts on “कोइरालाको अन्त्येष्टिमा पञ्चकको संयोग, विद्युतीय शवदाहले हटाउला नि दोष”

  1. anamika thapa says:
    February 10, 2016 at 6:02 pm

    हा हा हा………. लाटा मनुष्यहरु हो !!! बिज्ञानको भर पर ? तिमीहरुलाई सबै कुरा बिज्ञानले दिन्छ होला । तर, एउटा कुरा भने नभुल । यो ब्रम्हाण्डमा बिज्ञानको विकास पहिलो भएर मानिसहरुले आज यो प्रगति गरेको भए बिज्ञानकै पछि लाग्नु, हिजोको त्यही ज्योतिष शास्त्र, पञ्चाङ्ग आदिबाट आजको यो प्रविधिको विकास गरेको भए, हिजोको कुरालाई त यसरी भुल्न मिल्छ ? मानिस भए भन्दैमा सबै कुरा जिते भन्ठान्ने भुल नगर मानव ! तिमीहरुको त्यो भ्रमको पर्दा च्यातिएको दिन तिमी चिर निद्रामा पर्ने अन्तिम दिन पनि हुनसक्छ । त्यसैले जीव जगतको विकास, मानव सभ्यताको विकासबारे सोधखोज र अनुसन्धान गरेर मात्रै बोल्नु ।

    Reply
  2. upendra says:
    February 9, 2016 at 11:20 pm

    Hindu रास्ट्र बिरोधि नेता लाई केको पंचक नि?

    Reply
    1. madan bajracharya says:
      February 10, 2016 at 4:22 am

      उपेन्द्रज्यु
      भाषा र बोलि को फरकले श्रीस्तिकर्ता र धर्मको नाम फरक हुन् गयको हो/ जिजस मोहम्मद जन्मेको देस र समयमा त्यहा हिन्दि भाषा बोल्न्दैन्थ्यो/ राम कृष्ण जन्मेको देस र समयमा त्यहा अंग्रेजी उर्दु बोलिन्दैन्थ्यो/ भक्तले जानेकै बोलीमा श्रीस्तिकर्ता र धर्मको नाम राखियो/सुनिने सुनाईने र भनिने सब्द भाषा मात्रै फरक भयर हुँदैन बोलि फरक भयर पनि फरक हुन् सक्छ/ मित्र कुनै पनि इश्वर बा धर्म नमान्न सकिन्छ/ तर इस्वर र धर्म फरक मान्नु गलत्नै हुन्छ/किनभने मानिस सिट गलत कुरा सिकाउने प्रथा र संस्कारको बिरोध गर्ने मात्रै अधिकारछ; सहि कुरा सिकाउने प्रथा र संसकारको बिरोध गर्ने अधिकार छैन/ संसारमा भिन्न भिन्न नाम दियको कुनै धर्म र इस्वरले गलत कुरा सिकाउन खोजेको छैन/.

      राज्य सबै धर्म मान्नेको साझा हुन्छ/ कानुनी राज चल्ने देसमा धरमको आधारमा निर्णय गरिंदैन कानुनको आधारमा निर्णय गरिन्छ/ नेपालको कानुनले पनि हिन्दु धर्मले ठिक भनेको र हिन्दु भगवानले गरे मानेको कयौं कुरालाई गैर कानुनि भनेको छ/तेसैले नेपाल धर्म निर्पेछ्य हुनुनै ठिक/

      Reply
  3. Michael says:
    February 9, 2016 at 11:16 pm

    येस्ता सब भ्रम को खेति , यो सब पनि तेल नुन सगै इन्डिया बाटै आयात भएको हो |
    अब एस्लाई कति महत्त्व दिने जानकार नेपालीकै जिम्मा |

    Reply
  4. सिर्जने says:
    February 9, 2016 at 10:41 pm

    यस्ता कुरामा धेरै बिश्वास नगरेकै राम्रो

    Reply
  5. madan bajracharya says:
    February 9, 2016 at 8:07 pm

    हाम्रो पुर्खाले भने मानेको कुरालाइ अन्ध बिस्वास भनेर तेतिकै त्याग्न सकिन्छ जस्तो लाग्दैन/ राजतन्त्र दस पुस्ता मात्रै टिक्छ भनेको पनिं सत्यनै साबित भयो/ २०१८ सालमा नेपालमा ठुलो भुकम्प आउने कुरा महिनौं दिन पहिला यौटा ज्योतिषले भबिस्य बानि गरेको थियो/ तेतिबेला कथामान्दुको कयुं मानिसहरु खुला चौरमा बसेको थियो/ आजको बैज्ञानिकहरुले पनि कुन बेला भुकम्प आउँछ भन्न सकेको छैन/ तर त्यो ज्योतिषले भनेकै समयमा भुकम्प त् अयो/ यो पंचाकको कुरा पनि तेस्तै नै हो/ पंचकमा आफन्त मरेमा परिवारको अरु ५ जना मर्न सक्ने कुरा यथार्तमा परिणत भयको कयुं घटनाहरु साँच्चैनै घटेको कुरा बारम्बार सुन्न र देख्नमा आयको छ/

    कुरो अन्ध बिस्वास मानिने विषयमै उठेकोले मेरो परिबार मा घटेको बैज्ञानिकहरुले मान्ने नसक्ने केहि घटना भन्न चाहन्छु/ मलाइ हप्तौं सम्म जन्म दिन नसकेकोमा भक्तपुरमा कान्छा गुर्जु भन्ने ले यसलाई भक्तपुरको सिमाना कटाउनु जन्मन्छ भनेको थियो/ तेतिबेलाका कुनै गाडी चल्दैनथ्यो नेपालमा/ आमालाई बोकेर भक्तपुर बात ल्याउँदै गर्दा भक्तपुर र काथ्मान्दुको सिमाना नदि मानिने मनोहरा नदीको पुर् आधि कतना साथ् पुलमै मेरो जन्म भयो/ तेही ज्योतिषले मेरो केहि बिमारी नभयको भाइ यति महिना पछि यति समयमा बेहोस हुने तेसपछी अन्धो हुने र त्यो पछि यति महिना यति पछि दिन पछि मर्ने भनेको थियो/ बुवाले पत्यायाँन तर यक दिन ज्योतिषले भने जस्तै भाई बेहोस भयो र होस् आउँदा अन्धो भयो/ तव हामि भक्तपुर बात पाटन बसाई सर्यौं/ तर भाइ त् ज्योतिषले भकेकै समयमा मर्यो/ तेही ज्योतिषले मेरो बुवा कुन समयमा मर्छ भनेको थियो/ त्यो ज्योतिषले मेरो बुवा उहाको ४८बर्श मा मृत्यु हुन् सक्ने र बचेमा ६५ बर्ष नदेख्ने भबिस्य बानि गरेको थियो/ ४८बर्श पुगेकै दिनमा मेरो बुवालाई ठुलै हार्ट अट्याक भयो/ बच्ने कुनै सम्भावना नै देखियन/ तेतिबेला त् बच्नु भयो तर ६४ को जन्म दिन मनायको ७ दिन पछि बुवा बित्न्यो/ भक्तपुरको त्यो कान्छा गुर्जु भन्ने को बारेमा कसैले पनि बुझ्न सकन्छ/

    Reply
  6. amuq says:
    February 9, 2016 at 7:40 pm

    यो पन्चक भन्ने चलन त गाउघरमा हुन्छ
    तर बैज्ञानिक युग ( कलियुग) हो खै के भन्नू र

    Reply
    1. श्याम says:
      February 10, 2016 at 5:29 am

      घरहरु गाउँमा नै हुन्छ, शहरमा महल सिवाय केहि हुदैन।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme