Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्वालिटी बिस्कुटको क्वालिटी हेर्नुस् त – कोही छ जिम्मा लिने?

Posted on February 8, 2016 by mysansar

-आशिष विष्ट-

आइतबार काठमाडौँको जयबागेश्वरीस्थित किराना पसलबाट खानको लागि क्वालिटी बिस्कुटको मर्निङ मेरी बिस्कुट किनेर ल्याएँ। घर पुगेर प्याकेट खोली बिस्कुट निकाली खान थाल्छु त के अचम्म पो भेटियो लौ।

बिस्कुट टुक्रा गर्दा बीचमा प्लास्टिकको धागो भेटियो। खाद्य वस्तुमा अखाद्य सामाग्री !

ध्यान नदिएको भए त यो प्लास्टिक सीधै मेरो पेटमा पो जाने रहेछ। नाम चैँ क्वालिटी, काम चैँ यस्तो? ल भन्नुस् को जिम्मेवार यसमा? कम्पनीलाई सजिलो होस् भनी यो बिस्कुटको ब्याच नम्बर सहितका फोटो पनि पोस्ट गरेको छु। कम्पनी केही बोल्ला नि, कि गैर जिम्मेवार भई चुप नै बस्छ? उपभोक्ता हितसम्बन्धी हेर्ने कुनै निकायले केही गर्छ कि, चुपै बस्छ?

IMG_7268

IMG_7267

IMG_7266

IMG_7265

IMG_7263

IMG_7261

IMG_7270

1 thought on “क्वालिटी बिस्कुटको क्वालिटी हेर्नुस् त – कोही छ जिम्मा लिने?”

  1. डा. सुरज श्रेष्ठ says:
    February 9, 2016 at 3:14 am

    धन्यवाद आशिष विष्ट,

    यो बिस्कुटमा पिठोको प्लास्टिकले बोराको भाग समेत बिस्कुट उत्पादनमा समावेश भएको देखिन्छ । मेरो विचारमा यो त यौटा नमूना मात्र हो ।

    हाम्रै पैसा लिई हाम्रै स्वास्थ संग खेलवाड गरिएका कति उत्पादन बजारमा छ्याप छ्याप ती खुले आम बिक्री हुन्छ त्यसको लेखा जोखा गर्दा सुचि १०/२० वा १००/२०० मा होईन हजारौमा छ ।

    अत्यधिक कीट नाशक औषधि तरकारी र अन्य कृषि उत्पादनले मानिसको रगत, कलेजो, मुटु, मृगौला, फियो, आन्द्रा देखि मस्तिष्क सम्म बिगारेको स्पष्ट छ ।

    सडेको पिठोको चाउ चाउ, अखाध्य खाने तेल, रोगले मरेको कुखुराको मासु, अखाध्य रासायनिक पदार्थ मिसाई बनाईएको दुध/दही/मिठाई, ……………ॐ ।

    मेरो विचारमा दुषित खाने पानी सबै भन्दा बढी स्वास्थकोलागी हानिकारक हो ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme