Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरादेखि काठमाडौँ हल्लाउने नेहा हत्याकान्ड : आफ्नै साथीले गरेको रैछ हत्या

Posted on February 8, 2016February 8, 2016 by mysansar

-रञ्जन अधिकारी क्षेत्री-

IMG_20160207_140656 ‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं सुरक्षाकर्मी उनलाई पक्राउ गर्न भने चुकेनन् ।

सोमबार दिउँसो ठीक साढे १ बजे । जिल्ला प्रहरी कार्यालय, कास्कीको छतमा खचाखत सञ्चारकर्मीमाझ उभ्याईएका थिए सनसनीपूर्ण योरुना हत्या घटनाका अभियुक्त कृतन खड्गी । गत माघ १८ गते राति भएको घटनाको अभियुक्तलाई कास्की प्रहरीले ठ्याक्कै एक हप्तामा सार्वजनिक गरेको हो । अभियुक्त पोखरा ९ नयाँबजारका २१ वर्षीय कृतनलाई सबैले सतिश नामले चिन्छन्। बाहिरको आवाज चर्को आयो ‘हत्यारालाई फाँसी दे’, ‘हत्यारलाई बाहिर ले’ ।

IMG_20160207_140656
घोसेमुण्टो लगाएर प्रहरीमाझ उभिएका सतिश झुलुक्क बाहिर चियाउन प्रयास गरे । बाहिर भिड बाँक्लिँदै थियो । जिप्रका कास्कीको गेट बाहिर प्रहरीको बाक्लो उपस्थितिबीच नाराबाजी चर्को थियो । उनीहरु थिए गत माघ १९ गते बिहान पोखरा नयाँगाउँमा मृत फेला परेकी योरुना पुन (नेहा) का आफन्त तथा न्यायका पक्षधरहरु ।

चार वर्ष नपुग्दै बुबाको निधन भयो । सबै जिम्मेवारीको वहन गर्नुपर्ने दायित्व थियो सतिशको । एक्ली आमाको सहारा बन्नुपर्ने सतिश आफ्नै साथीको हत्या गरेर अपराधीको कलंकको टीका लगाउँदै जेलमा रहनेछन् अब । महिला दिवसका दिन मार्च आठमा सतिशले फेसबुकमा स्टाटस लेखे ‘आज नारी दिवस, रेस्पेक्ट देम गाईज, दे मिन्ट अ लट फर अस ।’ आज त्यहि सतिश एक नारीको हत्या अभियोगमा प्रहरी हिरासतको चिसो छिँडिमा छन् । यौनको भोक जागेका बेला नशाको सुरले सधैं समसाथमा रहने साथीको हत्या गरेपछि रोएर दिन बित्नेछ उनको ।
11159972_1600899976792056_2552591486219511260_n

नेहाको हत्या भएको ठीक एक हप्ताअघि सतिशको जन्मदिन थियो । २५ जनवरीमा फेसबुकमा पहिलो बर्थडे विश योरुना पुन मगरको नाममा छ । राति १२ बजेर १९ मिनेटमा उनले लेखेकी छिन् ‘ह्याप्पी बर्थडे प्यारो दाइ । गड ब्लेश यु दाइ ।’ र सतिशले सबेरै जवाफ फर्काएका छन् ‘थ्यांक यु सो मच बहिनी’ । साथीको सम्बन्ध रहेपनि सतिशलाई नेहाले दाइ भन्ने गर्थिन् । ओपन हाउसमा बर्थडे सेलेव्रेशन सहितका फोटोहरु पनि सतिशले अपलोड गरेका छन् । उनीहरुबीचको सम्बन्ध कति गाढा थियो भने सतिशका कभर फोटो सहितका प्रायः फोटोहरुमा नेहा नै छिन् । नेहाको कभर फोटोमा समेत सतिश सहितका केटाहरु छन् । नेहाका निकट साथीका अनुसार उनले सतिशलाई मन पराउने थिईनन् । उनले गुरुङ थरका अर्का युवकलाई मन पराउँथिन् । नेहा र सतिश दुवै एल.ए. उच्च माविमा पढेका हुन् । नेपाल भारत मैत्री विद्यालयबाट एसएलसी पास भएपछि नेहा एलएमा पढिन् र हालै प्रकाशित १२ कक्षा नतिजामा उनलाई दुई विषय लागेको छ ।

सतिशको गेम हाउस थियो । सबै साथीहरुसँग उनी निकट थिए । नेहा जस्तो निकट साथीको हत्यापछि साथीहरु समेत अचम्मित छन् । सतिश मःमः युजर नेम भएको सतिशको वालमा सीमा लामिछानेले लेखिन्– ओ माई गड । मोमो तैले के गरिस् यस्तो ? आई क्यान्ट विलिभ तैले यस्तो गरिस् भनेर । के सोचेको थिएँ तलाईं । कित यस्तो गिरेको काम गरिस् ?’ यस्तै, नेवार्नी केटी सपनाले लेखेकी छिन्– ‘मोमो साथी किन गरेउ यस्तो गल्ती तिमीले ? गर्न हुन्थेन तिम्ले यो गल्ती । मैले त सोचेको पनि थिएन यस्तो गल्ती गर्छौ भनेर ।’

सानैदेखि घमण्डीका रुपमा छिमेकीले चिन्ने गरेपनि साथीहरुमाझ प्रिय थिए सतिश र सबैले मःमः नामले बोलाउथे । अभियुक्तका रुपमा सार्वजनिक भएपछि सोमबार फेसबुकको सर्च बटनमा सतिशको प्रोफाइल पपुलर सर्चका रुपमा दर्ज गरेको छ । दिउँसो तीन बजेसम्म उनलाई ६३ हजार बढिले हेर्न खोजेको देखिन्छ । १०६४ जना लिस्टमा रहेको उनलाई कतिले त सुरुदेखि अन्तिमसम्मका पोष्टमा गाली गरेका छन् भने सयौंले ओपन प्रोफाइल रहेको सतिशलाई अश्लिल गालीको वर्षा गरेका छन् ।

(पोखराको बिग एफएममा कार्यरत रञ्जन अधिकारी क्षेत्रीको रेडियो रिपोर्ट, जुन साउन्डक्लाउडमा छ, बाट साभार)

2 thoughts on “पोखरादेखि काठमाडौँ हल्लाउने नेहा हत्याकान्ड : आफ्नै साथीले गरेको रैछ हत्या”

  1. sushil says:
    February 9, 2016 at 7:22 am

    समातियो ठिकै भयो. उमेरमा धेरै सम्हालिनु पर्दछ.
    बरु सजाय यस्तो हुनु पर्दछ कि अरुले यस्तो जधन्य अपराध गर्ने आँट नगरुन.
    नेपालको हालको कानुन अनुसारको सजाय बोका नेपालीहरुलाई “प्रोफेसनल क्यारियर चेन्ज” गरेको जस्तै हो.

    Reply
  2. बशन्त राज says:
    February 8, 2016 at 11:35 pm

    Every crime have three “W”
    They are Women, Wine & Wealth.
    This crime have 2 “W”.
    They are Woman & Wine. Keep safe distance from three “W” related Crime.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme