Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुलिसकेको थियो नाका, अब औपचारिक रुपमै मोर्चाले गर्‍यो नाकाबन्दी फिर्ता

Posted on February 8, 2016February 8, 2016 by Salokya

शुक्रबार भारतीय र नेपाली स्थानीय व्यापारीहरुले दशगजा क्षेत्रमा राखिएका पाल र ढाट जलाएर नाका खोलिसकेको भए पनि नाकाबन्दी घोषणा गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने औपचारिक रुपमा यसबारे केही घोषणा गरेको थिएन। शनिबार मोर्चाका जिल्ला स्तरका नेताहरुले केन्द्रीय स्तरबाट निर्देशन नआएको भन्दै नाकाबन्दी गर्न गएका थिए। तर स्थानीयले खेदाए। त्यसपछिका दिनमा लगातार गाडी आवतजावत भइ नै रह्यो नाकामा। आज अर्थात् सोमबार बल्ल आमहड्ताल र नाका अवरोध फिर्ता गरेको घोषणासहितको विज्ञप्ति मोर्चाले निकालेको छ।

morcha1

morcha2

2 thoughts on “खुलिसकेको थियो नाका, अब औपचारिक रुपमै मोर्चाले गर्‍यो नाकाबन्दी फिर्ता”

  1. Sunil. London says:
    February 9, 2016 at 2:19 am

    यो नाकाबन्दी नेपाल लाई भारतले “दादागिरी” देखाउने क्रममा लगाएको हो ! मदिसे हरुलाई त भारतले आफ्नो “मोहोरा” बनाएको मात्र हो ! भारतले नचाहेको भए यो नाकाबन्दी हुने नै थिएन !
    तर यस पटक भने भारतले धुलो चाट्नु पर्ने स्थिति आयो , जे सोचेको थियो त्यसको १० प्रतिशत पनि “दबाब” नेपाल माथि पार्न सकेन !!! पछि नाकाबन्दी उसलाई नै घाडो भयो , अब तेत्रो “दादागिरी” देखाउनु पर्नेहरुले आफै नाका खोल्दा इज्जत जाने डर , नखोलु भने अन्तराष्ट्रिय स्तर मा नाक कटीसक्यो !!! राजेन्द्र महतोले नाका खोल्नु पर्छ भन्ना साथ् उनीहरुले बहाना पाइहाले र रक्सौल का केहि ब्यापारी र भाडा का मान्छे पठाएर नाका खुलाए ! पहिला नेपाल सरकारले एकपटक नाका खुलाएकै हो तर “ठुल्दाई” हरुले तुरुन्तै बन्द गराए, अब हाम्रा “विकास वादी” मदिसे नेताहरुले पनि देखे यो नाका खोलाउन मा त “ठुल्दाई” कै हात छ , तुरुन्तै उनीहरु लम्पसार परेर “खुलीसकेको नाकालाई , खुलाउने” निर्णय गर्न बाध्य भए !!!
    अब हाम्रा मदिसे नेताहरुले पनि बुझे होलान अर्काको “बुइ” चढेर केहि काम पार लाग्ने रहेनछ भनेर !!
    त्यो भन्दा पनि बढी यसपाला “ठुल्दाई” हरुले बुझे होलान नेपालीको जात सार्है “ज्याद्रो” हुदो रहेछ भनेर, अब अर्को नाकाबन्दी गर्नु पहिला १७ पटक सोच्ने भए !!!! जय नेपाल !!!

    Reply
  2. dor Prasad says:
    February 9, 2016 at 1:08 am

    आन्दोलन भनेको जनता लै दुख दिन भन्दा ध्यान अकरासन र माग पुरा गर्न हुन्छन ..

    जनता गोलि खाएर त मरे मरे भोकै मर्ने स्तितिथि आयो ! कुनै यौटा औसधि ले २-३ दिन मा काम गरेन भने त बदेलिंछा भने एकै किसिम को आन्दोलन ५ महिना सम्म नाकाबन्दी गर्नु भनेको लेडे पन हो !

    येउतै माग मा आदिक रहनु कुनै सम्झौता को बाटो न राख्नु भेडे पन हो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme