Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धेरै दिनपछि तर्साउने गरी भूकम्प

Posted on February 6, 2016 by Salokya

वैशाख १२ पछिका दिन र रातहरु कसरी बिते, त्यो नेपालमा बसेर त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। राति होस् कि उज्यालोमा- पटक पटक भूइँचालो आउँथ्यो। भूँइचालो नआउँदा पनि हल्लिएको झैँ हुन्थ्यो। त्यो चरण पार गरेर बसिसकेकाहरुलाई फेरि त्यतिबेलाकै दिनहरु सम्झिने गरी शुक्रबार एक पटक फेरि कम्पन भयो।

शुक्रबार अर्थात् माघ २२ गते राति १० बजेर ५ मिनेट जाँदाको कम्पन अरु बेलाको जस्तो थिएन। यो अलि लामै समय हल्लाउने खालको कम्पन थियो। काठमाडौँका धेरै ठाउँमा मान्छे घरबाट बाहिर निस्के। पछि राष्ट्रिय भूकम्प मापन केन्द्रले भनेपछि थाहा भयो, यो ५.५ म्याग्निच्युडको भूकम्प रहेछ। अनि केन्द्र रहेछ सिन्धुपाल्चोक।

५.५ म्याग्निच्युडको कम्पन भनेको २०४५ सालमा धरानलाई तहसनहस पार्ने गरी गएको भूकम्प जत्रो कम्पन हो। तर भाग्यले यो भूकम्पले त्यस्तो ठूलो कुनै क्षति भएको समाचार अहिलेसम्म सुन्नु परेको छैन।

बरु काठमाडौँको अनामनगरमा पुल बनाउने कामदारहरु बसेको घरको शिशा भूकम्पले फुट्दा १० जना घाइते हुनपुगे। फुटेको शिशा टाउको, हात, खुट्टा र जिउमा लागेर उनीहरु घाइते भएका थिए।

फोटो : सुभक महतो
फोटो : सुभक महतो

12665819_1117266111637376_1114855288_n

आजै शुक्रबार भारतीयहरुले रक्सौल-वीरगञ्ज नाकाको दसगजामा रहेको आन्दोलनकारीहरुको पाल, ढाट जलाएर खाली गरेपछि १०० भन्दा बढी मालवाहक गाडी नेपाल भित्र प्रवेश गरेर नाका खुलेको खबर आएको थियो, आजै फेरि भूकम्पको संयोग पनि जुर्‍यो।

भूकम्पले यसरी धक्का दिएपछि पुनर्निमार्णमा ध्यान दिनेतर्फ सरकारको आँखा खुले त हुने हो। नत्र अर्को दाता सम्मेलन गर्ने ध्याउन्नामै डुबाउने भए।

7 thoughts on “धेरै दिनपछि तर्साउने गरी भूकम्प”

  1. Michael says:
    February 6, 2016 at 5:54 pm

    The April vibration, Last yr started from the same area like 200 yrs ago( in Ranabahadur Shah regime, 1890 big earth quake, bigger than 1990). It is not from 1990 ( Judda shamsher)epi center.
    As a layman guess, those two area( 1880,1990 earth quakes) seems to create earth quake repeatedly. As we got earthquake from 1880 epicenter now. How about 1990 epicenter ? is it going to create another disaster any time soon again? Where are mysansar experts?

    Reply
  2. Krishna says:
    February 6, 2016 at 3:57 pm

    5.5 magnitude is even greater to harm something, but we Nepali are strong enough to digest it. Problems are just everyday life for us, we are even happy without fuel, electricity…

    What a coincidence, we were having some relief from blockade, then earthquake came.

    Reply
  3. tara says:
    February 6, 2016 at 10:43 am

    हल्लिदै हल्लिदै गैरहेछ, बिग्यलेहरुले भनेको शही हुन्छ कि ? तहसनहस गर्ने हो कि भन्ने दरले झन झन निन्द्रा खल्बलिदै छ

    Reply
    1. Michael says:
      February 6, 2016 at 9:16 pm

      तेसैले म भन्छु , आखा खोलेरै सुत्नु होला, माछा ले जस्तो |

      Reply
  4. nilam says:
    February 6, 2016 at 8:42 am

    म जस्तो साधारण ब्यक्ति को कुरा कसले मान्ने हो | तर तितो सत्यो यहि हो |
    मानिसले अब आफनै मन भित्र हेरे पुग्छ | भगवानको हात देखदैन न त् लठ्ठी ! भगवान्ले प्रहा गर्दा ! केहि देखदैन ! मानिसले चेतना गुमाएको ! मानिस आफै ले थाहा छ |सानो उदहारण ! ठुल ठुला घर बनाउने बेला के सोच्नु भएको छ ? दाजुभाई छिमेकि,को घर चेकिंचा(अप्ठ्यारो) कि भनेर ?आफुले गर्दा समाजमा बिकृति फैलिन्छ कि ?टोल छिमेकि समाजमा सस्कार सस्कृति धर्म अनुसासन जिमेवारी बिचार गर्नु भएको छ ?? देखावटी?कति सम्म गरेको छु ?हामी आफैलाई थाहा छ |१००% अत्याचार ले धर्ति लाइ भार परेको छ कि छैन ?? आफै सोचानुस|

    Reply
  5. Rohini says:
    February 6, 2016 at 2:06 am

    आशा गरौ मोर्चाका कार्यकर्ताले रक्सौल नाका फेरी बन्द गर्ने छैनन् अनि ठुलो भुकम्प पनि फेरी जाने छैन|

    Reply
  6. Surendra Bam says:
    February 6, 2016 at 12:56 am

    I am sorry…..my people are big trouble…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme