Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जुनियर सिरोहिया पनि व्यापारमा उत्रिए, म्यागेजिनसहित एकै साथ चार कम्पनी चलाउँदै

Posted on February 5, 2016February 5, 2016 by Salokya

_MG_1080
नेपालको मिडिया व्यवसायमा कैलाश सिरोहिया जति सफल कोही पनि भएनन्। र त अखबारमा एकछत्र राज उनकै छ। चलेका पत्रकारहरुको समूहसहित कान्तिपुरका एक पार्टनर विनोद ज्ञवाली नै बाहिरिँदा पनि धर्मराएको कम्पनीलाई ट्र्याकमा ल्याउन सफल भए र अहिले प्रतिस्पर्धामा अरुलाई निकै पछाडि छाड्न सफल भइसकेको छ कान्तिपुर। २०४९ सालमा सुरु भएको कान्तिपुरभन्दा दुई वर्ष जेठा सम्भव सिरोहिया उनै सिरोहियाका छोरा हुन्। बिहीबार उनले एकै साथ चार कम्पनी चलाउने घोषणा एट्टिक बारमा आयोजित कार्यक्रममा गरे। चारमध्ये एक कम्पनीले पिताकै जस्तो पत्रिका व्यवसाय गर्नेछ।
_MG_1067
सम्भव सिरोहिया सिइओ रहेको एमएन्डएस होल्डिङ्ग्सको घोषणा बिहीबार भएको हो। एमएन्डएस मूभर्स एन्ड सेकर्सको संक्षिप्त रुप हो। सन् १८७४ मा कवि Arthur O’Shaughnessy ले चलाएको यो शब्दले अग्रणी व्यापारी र ठूलो सफलता पाएकाहरुलाई जनाउँछ। यही नाममा सन् १९९७ मा भारतीय कलाकार शेखर सुमनले लेट नाइट टक शो पनि चलाएका थिए।

नेपालमा भने एमएन्डएस होल्डिङको स्वामित्वमा चार कम्पनी रहनेछ- भिम्याग, नेक्स्ट, वर्क्सप्रो र इभेन्टस।

एमएन्डएस भिम्यागमार्फत् जुनियर सिरोहियाले आफ्नै बाउलाई चुनौति दिनेछन्- यसले टक्कर दिनेछ बाउको कम्पनीको शुक्रबार निस्कने साप्ताहिकलाई। साप्ताहिक नेपालीमा निस्कने ट्याब्ल्वाइड भयो। यसले चाहिँ अंग्रेजीमा म्यागेजिन निकाल्नेछ ५२ पेजको।
_MG_0946
मुभर्स एन्ड सेकर्स मिडिया प्रालिबाट निस्कने ५० रुपैयाँमा बेचिने यो म्यागेजिन यसअघि काठमाडौँ पोस्टको १२ पेजको पुल आउट सप्लिमेन्टका रुपमा
छापिन्थ्यो। म्यागेजिनका रुपमा निस्किए पनि यसले भिडियो म्यागेजिनको स्वरुपलाई पनि कायमै राख्ने कम्पनीले निकालेको वक्तव्यमा उल्लेख छ।

जुनियर सिरोहियाको अर्को कम्पनीको नाम रहेको छ नेक्स्ट भेन्चर कर्प प्रालि। चार वर्षअघि एसियन भेन्चर्सको नामले सुरु भएको यो कम्पनीलाई मूभर्स एन्ड सेकर्स होल्डिङ्ग्सले लिएपछि एमएन्डएस नेक्स्ट भेन्चर कर्प नाम राखेको छ। विज्ञप्तिका अनुसार यसले संघर्ष गरिरहेका उद्यमी व्यवसायीलाई सहयोग पुर्‍याउने छ रे। यसमा नेक्स्ट लन्च प्याड, नेक्स्ट भेन्चर हब, नेक्स्ट भेन्चर स्कूल र नेक्स्ट भेन्चर फन्ड चार वटा कार्य राखिएको छ।
_MG_1152
प्रारम्भिक चरणका उद्यमीलाई स्थापित र सफल उद्यमीले व्यवसायिक परामर्श दिने यस्तो अवधारणा नेपालको कर्पोरेट क्षेत्रमा नवीन प्रयोग रहेको दावी विज्ञप्तिमा छ। परामर्शको नाममा राम्रा खालका नयाँ आइडिया ल्याउन सक्ने उद्यमीहरुलाई आफूले होल्ड गर्ने रणनीति चाहिँ यसको हुनसक्छ।

वोर्कसप्रो प्रालि जुनियर सिरोहियाको अर्को कम्पनी हो जुन आइटीसँग सम्बन्धित छ। यसले सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान र विकासमा काम गर्ने रे।

चौथो तथा अन्तिम कम्पनीको नाम हो मूभर्स एन्ड सेकर्स इभेन्टस प्रालि। विज्ञप्तिमा लेखिएका कुरा त्यति प्रष्ट छैन। लेखिएको छ नेपाली परम्परा र संस्कृतिलाई बाँकी विश्वमा चिनाउने काम गर्नेछ कर्पोरेट कल्चरमार्फत्। कसरी? उल्लेख छैन।

यस पटक हामी नेपालमा मनाइने होलीलाई विश्व परिधिसँग जोड्न पहिलो इभेन्ट गर्दैछौँ भनी विज्ञप्तिमा लेखिएको छ। हेरौँ होलीमा के कस्तो कार्यक्रमको आयोजना हुने हो, त्यसले यसको काम पनि देखाउनेछ।
_MG_1216
नेपालका सबैजसो ठूलासाना मिडिया र ब्लगरहरुलाई समेत निमन्त्रणा पठाएर गरिएको कार्यक्रमलाई कान्तिपुरका साहुको छोराको कार्यक्रम भएर हो कि खासै कभर गरेको भने देखिएन। कार्यक्रमपछि विज्ञप्ति र फोटोहरु पनि इमेलमा पठाइएको थियो। माथिका फोटोहरु त्यसैबाट लिइएको हो।

के बाउ सिरोहिया जस्तो छोरा सिरोहिया पनि सफल हुन सक्लान्? त्यसो त जुनियर सिरोहिया यसअघि इसपिङ पोर्टल ‘यस कान्तिपुर’मा नराम्रोसँग पछारिइसकेका छन्। तपाईँलाई के लाग्छ? तल कमेन्टमा लेख्नुहोस्।

8 thoughts on “जुनियर सिरोहिया पनि व्यापारमा उत्रिए, म्यागेजिनसहित एकै साथ चार कम्पनी चलाउँदै”

  1. सिर्जने says:
    February 8, 2016 at 7:40 pm

    मेरो पनि बाउको २-४ अरबको व्यापारिक सम्पत्ति भा’को भए यस्ता मुभर्स एण्ड सेकर्स १-२ ओटा खोल्थें हुँला / केटोको खुबिलिटी के रै’छ हेर्दै जाउँ; कि उही रौसी खा’र गाडी उल्टाउन मात्रै जान्ने हो कि ब्यापार ब्यबसाय गरेर खान सक्ने हो समयले देखाउला ……

    Reply
  2. shantu says:
    February 6, 2016 at 1:01 pm

    अनि यस्ती दुर्घटना भएको खबर चै किन न छापेको नि !!! आफ्नै पत्रिकामा

    Reply
  3. Pankaj Karna says:
    February 5, 2016 at 12:36 pm

    All The Best !

    Reply
  4. Michael says:
    February 5, 2016 at 9:46 am

    Lets do some fortune forecast. This guy will face business crash like his car couple of month ago. Ultimately he will land on US,Canada or Australia or Europe. All the black money collected by his dad will be spent this way like other corrupted Nepalese VIP , government official their family and kids.

    Reply
  5. sushil says:
    February 5, 2016 at 7:28 am

    सम्भावना कम छ. यो मान्छे पनि त्यही कुराको भिक्टिम हुनेछ.
    काठमाडौँमा बसेको हाइफाईले थानकोट बाहिरको नेपाल बुझेको हुँदैन, थानकोट बाहिरको नेपालले काठमाडौँ भेट्टाउन सक्दैन.
    साप्ताहिक जस्तो पत्रिका पढ्ने लत लगाइदिएको पाठक हाइफाई तिर लाग्दैन, हाइफाईवाला पाठकहरु अगाडी वाह! वाह! हो, पछाडी सित्तैमा दिएको पत्रिका पनि पढ्दैनन्.
    पैसा टन्नै होला बरु हौसला दिनुपर्छ, “खर्च गर भाई अझै सकेको खर्च गर, पैसा जम्मा गरेर पैसाको घर बनाउने हो र? पैसा भनेको खर्च गर्ने त हो नि. अझ धेरै कम्पनी खोल अनि बाबुलाई टक्कर दिनुपर्छ बिजिनेसमा”.

    Reply
  6. sabin khadka says:
    February 5, 2016 at 7:27 am

    aatney manxey ta pa6arinxa ni sir. ani ladera pheri uthney manxey nai safal hunxa jasto lagxa. pheri usko ta naam nai Sambav rakhi diyexan Baau le. kehi hola jasto xa, I am hopeful

    Reply
  7. kancha says:
    February 5, 2016 at 6:09 am

    हामी नेपाली जे होस् मारवारीहरुलाई अर्थतन्त्र सुम्पेर आफ्नै देशमा ग्राहक र कामदार भएर मस्तसंग बसी रा छौ है .अरब,इंडिया र मलेशियाबाट कुल्ली काम गरेर पैसा ल्यायो, बिदेशीहरुको समान किनेर फेरि तेइ पैसो विदेश पठायो! हामी बीर नेपाली कस्तो स्वाभिमानी !
    अस्ति लान्गोती मात्र लगाएर आका मर्वारी आप्रबासीले लगानी गर्दै अहिले राष्ट्रिय पार्टीहरु नै चलाउने भै सके ,हामी चै दरवान को दरवान !

    Reply
  8. Ramchandra upadhyay says:
    February 5, 2016 at 5:35 am

    हातिको khane दाँत र देखाउने दाँत bela बेग्लै हुन्छा
    ब्यापारमा tranceparency हुन आवस्यक छ
    उत्शःकलागी badhai

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme