Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति ज्यु, एक जना विज्ञ अझ थप्नुपर्‍यो : विज्ञप्ति पठाउन जान्ने विज्ञ

Posted on February 4, 2016February 4, 2016 by Salokya

20721021 Niyukti राष्ट्रपति कार्यालयबाट आज एउटा विज्ञप्ति आएको छ। विज्ञ नियुक्त भएको विज्ञप्ति रहेछ यो।

सत्तामा एमालेको हालिमुहाली भएपछि आएको नयाँ पद हो यो ‘विज्ञ’। यसअघिका प्रधानमन्त्री र राष्ट्रपतिले सल्लाहकार राख्ने गर्थे। अहिले भने सल्लाहकारबाहेक विज्ञ पनि राख्न सुरु भएको छ। बालुवाटारबाट केपी ओलीले नियुक्त गरेका विज्ञहरुपछि अब राष्ट्रपतिले पनि शितल निवासमा विज्ञहरु नियुक्त गर्न थाल्नुभएछ।

शितल निवासले जारी गरेको विज्ञसम्बन्धी विज्ञप्तिमा केको विज्ञ हुन् भन्ने चाहिँ खुलाइएको छैन। यस्तो अस्पष्ट विज्ञप्ति थप नआओस् भन्नाका लागि एउटा विज्ञप्ति पठाउन जान्ने विज्ञ पनि थपिदिनुभए वेश हुन्थ्यो कि। आखिर आफ्नो गोजीको पैसा जाने हैन क्यार, देशकै ढुकुटीबाट जाने हो क्यारे।

20721021 Niyukti
ल हेर्नुस् त माथिको विज्ञप्ति। विज्ञ भन्ने पनि कुनै विषयको पो हुन्छ, नियुक्ति दिनकै लागि कसैलाई विज्ञ भनेर त भएन नि। कुन विषयको विज्ञ हो, थाहा हुन परेन ?

फेरि संवैधानिक राष्ट्रपतिलाई किन कार्यकारी प्रधानमन्त्रीलाई जस्तो विज्ञहरुको लर्को आवश्यक परेको हो? पहिलाका राष्ट्रपतिलाई त कानुनी र प्रेस सल्लाहकार भए पुगेको थियो। अहिले चैँ विज्ञ नै विज्ञबाट घेरिएर राष्ट्रपतिले के चाहिँ नयाँ काम गर्न लाग्नुभएको हो?

उता प्रधानमन्त्रीले पाँच जना विज्ञ राखेका छन्

१ निरुदेवी पाल वरिष्ठ जनसम्पर्क विज्ञ
२ गोपाल खनाल वरिष्ठ बैदेशिक सम्वन्ध विज्ञ
३ ज्ञानेन्द्र शाक्य वरिष्ठ राजनीतिक विज्ञ
४ चेतन अधिकारी वरिष्ठ सञ्चार विज्ञ
५ डा. राजेन्द्रप्रसाद यादव वरिष्ठ प्रशासन विज्ञ

त्यसैगरी प्रमको सल्लाहकार टिममा छ
मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल
प्रमोद कु. सिंह (दाहाल) प्रेस सल्लाहकार
देवेन्द्र दाहाल जनसम्पर्क सल्लाहकार
डा. अजयक्रान्ति शाक्य विज्ञान, प्रविधि तथा सामाजिक तथा साँस्कृतिक सल्लाहकार
प्रकास वहादुर वस्न्यात सुरक्षा सल्लाहकार
बसन्त नेम्वाङ राजनीतिक सल्लाहकार

15 thoughts on “राष्ट्रपति ज्यु, एक जना विज्ञ अझ थप्नुपर्‍यो : विज्ञप्ति पठाउन जान्ने विज्ञ”

  1. रमण says:
    February 5, 2016 at 9:27 pm

    ठिक बिज्ञ राखेर सही उपयोग गरे राम्रै हो|
    सुशील सरकारमा संबिधान जारि गर्न अघि र पछि के गर्न पर्ने बारे बिज्ञ को सल्लाह नभएर होला वरवाद भएको हो| आदिवासी जनजाति थारुलाई हातमा लिएर र मुलुकलाई सर्बोपरि ठान्ने मधेसीहरुसंग हात मिलाएर अघि बढेको भए भूकम्पको मारमा परेका नेपालीले नाकाबन्दीको पीडा सहन परने थिएन|
    बिज्ञहरुले आउने सम्भावनाहरुलाई पहिलेबाट अवगत गरेर कदम चाल्नु पर्ने सुझाव दिनपर्ने|
    को थिए सुशील कोइरालाका परराष्ट्र बिज्ञ सल्लाहकार? उनलाई सोध्न्पर्यो|
    बिज्ञ र सल्लाहकारहरुका कामको मापदण्ड के हो र के काम गरे त्यसको पनि मेडियाले खेदो खाने अलि सुधार आउने थियो कि?

    Reply
  2. PradeepMS says:
    February 5, 2016 at 4:41 pm

    Kaal Aaeko Shyaal !!!

    Reply
  3. PradeepMS says:
    February 5, 2016 at 4:40 pm

    Yo Oli Sarkarle Desh Ta Banauna Sakena-Sakena, Aafnai Party Lai Pani Metaune Bhayo Aba !
    Vinashkaale-Biparita Buddhi !!!

    Reply
  4. कमल says:
    February 5, 2016 at 10:25 am

    राजतन्त्रमा प्रधान मन्त्रीलाई कमसेकम राजा र दरवारको सचिवको डर रहन्थ्यो|
    यस पुर्ब लोकतन्त्रमा राष्ट्रपतिको डर रहन्थ्यो|
    अहिले राष्ट्रपति पनि आफ्नै, जे भनि पनि मान्ने रबर स्टाम्प|
    पैले मन्त्रि र उपप्रधानको लावा लस्कर लगायो उखाने महाराजले| बिज्ञको नाउमा आफ्नै मान्छेको लावालस्कर पनि लगायो|
    ओलीले भित्रभित्रै प्रभु संग लम्पसार परेर बाहिर चाहि नाकाबन्दी खोल्छु घुंडा टेक्दीन भनेर गफ दिएको नेपाली जनतालाई पच्ने छैन|

    Reply
  5. Michael says:
    February 5, 2016 at 9:54 am

    बिज्ञ त् चाहिने नै भो नि , कुन पैसा खान मिल्ने ,कुन खान न हुने छुत्त्याउन बिज्ञ चाहिएन ?

    Reply
  6. sushil says:
    February 5, 2016 at 7:12 am

    संसारमा हरेक बिषयका कस्ता राम्रा राम्रा नेपाली प्रोफेसरहरु छन्, यिनले नियुक्त गर्ने बिज्ञ हेरौं न…..
    भुकम्पले जर्जर बनाएको, आन्दोलन र नाकाबन्दीले थिलोथिलो बनाएको देशमा लुट मच्चाउने यस्तो घटिया सरकार शायद नेपालको इतिहास मै थिएन होला. जताततै हाली मुहाली हुँदापनि देश चलाउन नजान्ने भन्ने कि प्रशासन नै एमाले भरिएर हो कुन्नि.
    जोकरले प्याच्च बोलिहाल्यो, अनि एमाले हनुमानहरुले कहिले देखि कुहिएको ट्यांकीको फोटो छापेर ग्यासको पाइपको सपना देखाउदै छन्. अब आफै सोचौं, यो सरकार र प्रशासनसंग के आश राख्ने?
    अब यो जुनीमा एमालेलाई भोट हालेचु भने त के!!!

    Reply
  7. Abhawa shah says:
    February 5, 2016 at 7:11 am

    नेपालमा महीला राष्ट्रपति हुनुमा गर्भ भयकाे थीयाे तर अाज भ्रम सकीयाे मेराे ५जना बिज्ञराख्दा अाज सम्मा नचाहीयका वीज्ञ अाज अायर मअीला राष्ट्रपतिले खाेजनु ठीकै हाे ।।।

    Reply
  8. Ekraj says:
    February 5, 2016 at 3:14 am

    This one type of cancer in politics of Nepal which has destroyed prospect of Nepal. If someone investigates it seriously, these mobs will not only gobble the fund from the treasury, they themsleves become the another major accomplish in the game of corruption.
    This just a practice to make the corruption practice pervasive.
    This also sends a message that when so called top leaders (PM or President) are almost intectually bankrupt it is not a surprise.
    Any way what are the experiences, education, undisputed knowledge, qualifications and credible contributions and sucessfully completed project in their career to be appointed as an expert. Do really Bidya Bhandari and KP Oli know how the title of an expert is earned by indiviauls to rise to that level.
    What a joke!

    Reply
  9. सन्तोष says:
    February 5, 2016 at 2:44 am

    मा नि बिज्ञ को जागिर खान आउनु परो रास्ट्रपति ज्यु

    Reply
  10. Alok says:
    February 5, 2016 at 2:32 am

    अनावश्यक विज्ञराख्नुको भनेको ढुकुटी रित्त्याउने खेलमात्रै हो ?
    विज्ञहरू राख्नेनै हो भने देशलाइ आत्मनिर्भर बनाउने बिषयहरूको विज्ञहरू राख्नु पर्थ्यो।
    जस्तोकी….
    जलस्रोत छिटो छिटो विकाशगर्ने विज्ञ -१
    कृषीकोद्रुतर विकाशगर्ने विज्ञ। – १
    प्राकृतिक ग्यासको विकाशगर्ने विज्ञ – १
    पेट्रोलियमको विकाशगर्ने विज्ञ। – १
    उच्चस्तरीय सडक सम्बन्धि विज्ञ – १
    आयात-निर्यात सम्बन्धि विज्ञ – १
    (अत्यावश्यक बस्तुबाहेक फाल्तुबस्तु
    आयातमा नियन्त्रण )
    उद्धोग धन्दाको तिब्र बिकाशगरी रोजगारी
    अभिबृद्धीगर्ने विज्ञ – १
    इत्यादि …………

    Reply
  11. डा. सुरज श्रेष्ठ says:
    February 5, 2016 at 1:04 am

    आ-आफ्नो शुभ चिन्तक र मन पर्नेहरुलाई कही न कही लाभको ठाउ दिने बहाना मात्र हो ।

    कान्छीलाई घुमाउने काठमान्डो सहर भनि रहर गर्ने र यस नियुक्ति यौटै यौटै जस्ता हो ।

    डा. सुरज
    नेपालगंज

    Reply
  12. dor Prasad says:
    February 5, 2016 at 12:49 am

    यी रास्ट्रपति ले पदको गरिमा रखालिन जस्तो छैन … रास्ट्रपति लै छुटै बिग्गे किन चाहियो मत्रलाये र बिभाग मा जति छन् तिन को काम पनि छैन – कर्येकर्ता भर्ति त्योपनि रास्ट्रपति बाट अलि सुहाएन !

    Reply
  13. आलोक says:
    February 4, 2016 at 11:40 pm

    अनावश्यक विज्ञराख्नुको भनेको ढुकुटी रित्त्याउने खेलमात्रै हो ?

    विज्ञहरू राख्नेनै हो भने देशलाइ आत्मनिर्भर बनाउने बिषयहरूको विज्ञहरू राख्नु पर्थ्यो।
    जस्तोकी….
    जलस्रोत छिटो छिटो विकाशगर्ने विज्ञ -१
    कृषीकोद्रुतर विकाशगर्ने विज्ञ। – १
    प्राकृतिक ग्यासको विकाशगर्ने विज्ञ – १
    पेट्रोलियमको विकाशगर्ने विज्ञ। – १
    उच्चस्तरीय सडक सम्बन्धि विज्ञ – १
    आयात-निर्यात सम्बन्धि विज्ञ – १
    (अत्यावश्यक बस्तुबाहेक फाल्तुबस्तु
    आयातमा नियन्त्रण )
    उद्धोग धन्दाको तिब्र बिकाशगरी रोजगारी
    अभिबृद्धीगर्ने विज्ञ – १
    इत्यादि …………

    Reply
  14. Rohini says:
    February 4, 2016 at 10:17 pm

    Honest cadres of UML got job by UML leader. This kind of practice is common in Nepal, which is ultimately destroying Nepal.

    Reply
  15. Roshan says:
    February 4, 2016 at 9:23 pm

    श्री ५ महाराजधिराज बिरेन्द्र र ज्ञानेन्द्र लाई पनि बिज्ञ र सलाहकार ले नै बिगारेका भन्छन!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme