शहरमा दुई आतंक छ यतिबेला। शहरमा एउटा ओली सत्ताको आशाखेती आतंक छ, तराई मधेशमा मधेशी मोर्चाको आन्दोलन आतंक छ। नाकाबन्दी मधेश आन्दोलनको पराकाष्ठ पीडा हो र त्यस्को कीर्तिमानी योगदान कालोबजारी अनी महंगी हो। पृष्ठभुमिमा आतंक मच्चाउनेहरु तराई मधेशदेखि शहरसम्म छन। सीके राउतहरुको आतंक भुसको आगो जस्तो हुर्दैछ भने शहरमा अर्को आतंक डा. बाबुराम भट्टराईको जो नयां शक्तिको नामले शहरीया एलिटहरुलाई गोलबन्द गरिरहेको छ। धेरैले नोटिस नगरे पनि संभवतः फागुन १ देखि अर्को लालआतंकको विधिवत पुनरागमन पनि यही भूमिमा हुँदैछ नेकपा माओवादी विप्लवको।
आम मान्छेले, मीडियाले उतिसारो भाउ नदिएको पूर्वराजा ज्ञानेन्द्रको गत पुस २९ मा जारी वत्तव्य पनि शायद आतंकको एक रुप हो। खासमा बुद्धको देश शान्तिको शास फेरिरहेको छैन,यो त आधुनिक आतंकको माखेजालोमा पो परिरहेको छ दिनदिनै।
मुख्य आतंकवादी अहिले पनि ओली सत्ता नै हो। उसले संसारकै उत्कृष्ट दावी गरेको संविधान जारी गरेको चार महिनाभित्रै संसोधन गरेर अर्को कीर्तिमान बनायो दम्भ प्रदर्शनको। जस्को बिहे उसैलाई देख्न नदिए झै गरेर गरिएको संविधान संसोधन आफैमा छ महिनादेखि जारी तराई मधेश आन्दोलनको विश्राम हैन परिमार्जनको कारक बन्यो। देशलाई थप दुखमा डुबाउने यो ओली सत्ताको राज्य आतंक थियो जस्को वाई प्रडक्ट अब मधेशी मोर्चाका नेताहरु बिहारमा गएर लालु यादवहरुको दीक्षा लिन थाले। चर्चा भए जस्तै लाखौं बिहारी वा अन्य भारतीयहरु मोर्चाको व्यानरमुनी तराई मधेशको आन्दोलनमा होमीए भने कुन प्रकारको आतंक सुरु हुनु हो त्यो अहिले कल्पना गर्न सकिन्न। कामना त यत्ति हो त्यो दुर्दशामा देश नजाओस। जनजनका पीडा र समस्याहरुको कुरा गरि साध्य नै छैन। खासमा नेपाल एक त्यस्तो देश हो जहां जनता सधै हार्छन्। यस पटक पनि जनता हारिरहेका छन र जनताको हारका कारण र कारक बनिरहेका छन,शासक र शासक दलहरु।
यी सबै पृष्ठभुमिका वीच पनि यतिबेला चर्चा गरौं डा. बावुराम भट्टराईको नयां शक्ति आतंकको। नयां शक्तिले राजनीतिक दलको हिसाबमा आफ्नो परिचय सार्वजनीक गरिसकेपछि उसको बारेमा चर्चा गर्न पाउनै पर्छ। शायद उनले यसलाई अस्वभाविक पनि मान्ने छैन्न। खासमा बाबुरामको नयां शक्ति , शक्ति हैन देशलाई डुबाउने नयां शहरीया आतंक हो। यो आतंकका प्रमुख डा. बाबुराम कुनै पनि मानेमा देश र जनताका हितैसी हुन सक्दैन्न। यसमा आफ्नै आधार र कारणहरु पनि छन।
कारण नम्बर १
१० बर्षे जनयुद्धको आलोकमा नयां शक्ति त्यो युद्धबाट पुरस्कृत हुने दुस्सासहस गर्दैछ, त्यो छुट कम्तीमा बाबुराम जस्ता अवसरवादीहरुलाई जनताले दिनु हुदैन। उनले ज्ञात अज्ञात १७ हजार बढी जनतालाई कुन आर्दशमा किन मारे ? त्यसको नेतृत्वकत्र्ता प्रचण्डलाई नै मान्ने हो भने पनि प्रचण्डका दाहिने हात उनै बाबुराम हुन। त्यस अर्थमा उनले त्यो युद्धको घाऊलाई असरल्लै छाडेर अहिले नयां शक्ति बनाउदैमा उन्मुक्ति पाउन सक्दैन्न। त्यो क्रुर लालआतंकको परिणाम उनी हेग जानु पर्ने, लगिनुपर्ने तर पुनः सिंहदरवार जान भेष बदल्दैछन, यो चुरो कुरो जनताले बुझ्नुपर्छ।
कारण नम्बर २.
गणतन्त्र नेपालको सर्वोच्च न्यायलयले बालकृष्ण ढुंगेललाई युद्ध अपराधी करार गरेकै छ। कर्णेल लामाको मुद्धा वेलायतमा विचाराधिन नै छ। अनि त्यो युद्धका मुख्य विचारक नेता दावी गर्ने डा. बाबुरामले नयां शक्तिको खोल ओढदैमा किन सबैको हाई हाई हुन पाउने ? युद्धकालिन मुद्धाहरु लामा र ढुंगेलको टाउको थुन्दैमा वीट मर्ने हुन भने त के भन्नु र ? हैन भने बालकृण्ण ढुंगेलका नेता बाबुरामहरुलाई केही भ्रष्टहरुले स्वागत र साथ दिन सक्लान तर स्वाभीमानी जनताले साथ दिनु हुदैन र दिन सक्दैन्न पनि। के बालकृष्णहरुले बाबुरामकै विचार, संगठन र बलमा मारेका हैन्न र उन्जनकुमारहरुलाई ? उन्जनकुमारहरुको आफन्तको पीडा अर्को पाटो हो जो यहां अहिले चर्चा नगरौं।
कारण नम्बर ३.
मानौं जनयुद्धका सबै दुखका डोबहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले मिलायो रे। उसो भए कर्णेल लामा र ढुंगेलहरु मात्रै त्यसको अपवाद किन त ? माफ गर्नुहोला यी दुई पात्रसंग मेरो कुनै गोरु बेचेको साईनो पनि छैन तर बिगार गर्ने भालु, कारवाही खाने कालु मात्रै त गर्न पाईन्न नी पाईन्छ र ? अर्को कुरा त्यत्रो युद्धका नाईके बाबुरामले त्यो दशक लामो युद्धको पीडा,क्षती र विनासप्रति कुनै पश्चाताप नगरी अहिले करिष्माहरुको बुई चढेर फेरि नयां नेता बन्न पाउछन र ? त्यो जनस्वीकृति दिईनु हुन्न नी हुन्छ र ? दशकसम्म युद्धआतंकबाट देशलाई मानव वलीको आहालमा डुबाउने ती क्रुर हत्यानाईकेलाई अहिले सुकिलामुकिलाहरुको आवरणमा मुक्तिदाता हुने नैतिक हक रहनु हुन्न र त्यसमा जनसमर्थन रहनुहुन्न।
कारण नम्बर ४.
बाबुरामसंग के त्यस्तो क्षमता छ जस्ले अबको नेपाल शान्त र समृद्ध बनाउन सकून। उनले अर्थमन्त्री र प्रधानमन्त्री भएर शासकीय योग्यता प्रश्तुत गरिसकेका छन। उनको अर्थमन्त्रीको कार्यकाललाई अपवाद मान्ने हो भने देशका सबैभन्दा देशघाती वाम प्रधानमन्त्री हुन उनी। उनले नेपालको एकमात्रै अन्तर्रराष्टिय विमानस्थल भारतलाई सुम्पन खोजेकै हुन। मृश्किलले मात्रै त्यो देशघात उनको हातबाट हुन नपाएको हो। भारत अनुकुल विप्पा संझौता गरेकै हुन। भारतको रुचीमा काम गर्ने सबै भन्दा खराब भुमिका निभाउने उनै हुन। उनका दर्जनौं देशघाती कुकर्महरुको ऐना जनताले हेरेकै हुन। जो ऐनमौकामा पुनःप्रश्तुत हुदै जालान।
कारण नम्बर ५.
प्रधानमन्त्रीको कुर्सीमा रहेर देशको सांचो अन्तै अर्थात भारतमा छ भनेर सगौरव भन्ने उनै बाबुराम हुन। उनी त्यस्ता वाम प्रधानमन्त्री हुन जस्ले भारतलाई खुसी बनाएर सत्ता लम्व्याउन कुनै कसर बाकी राखेका थिएन्न। पहिलो संविधान सभाको असामयिक हत्याका कारक सरकारप्रमुख उनै थिए। उनले त्यतिबेला रअको निर्देशनमा तत्कालिन संविधानसभाको हत्या गरेको होईन भनेर सार्वजनिक प्रमाण दिन आंट गर्छन ? अनि कसरी अब उनी रातारात देशभक्त हुन सक्छन नयां शक्तिको खोल ओढ्दैमा ?
कारण नम्बर ६.
देशमा सबैभन्दा जम्वो र भ्रष्ट सरकारको नेतृत्वकत्र्ता उनै बाबुराम हुन। उनको सत्ता कति भ्रष्ट र खराब थियो भन्ने चर्चा यो सानो व्लगमा संभव छैन तर जनताले उनलाई अब साथ दिने सोच्दै गर्दा त्यो भ्रष्ट सरकारको कार्यकाललाई कदापी बिर्सनु हुदैन। यदि जनताले त्यो कोलो बाबुराम सत्तालाई बिर्सने हो भने जनता पनि त्यस्का साक्षीकिनारा भएको सावित हुने छ। लाग्छ विवेकशील नेपाली जनताले त्यस्तो मुर्खता गर्ने छैन्न।
कारण नम्बर ७.
मानौं जनयुद्धकालिन माओवादी वा सत्ताकालिन क्यास एमाओवादीको कित्ताभन्दा पनि माथि उठेका बाबुराम आधुनिक नेपाली गणतन्त्रका वुद्ध नै हुन रे। के अब उनले जीवनको उर्जाशील उमेर व्यक्तिगत लाभका लागि बिताएकाहरुको क्लवबाट के गर्छन त देश र जनताका लागि ? उनको नयां शक्तिका अनुहारहरुबारे अहिले कुनै टिप्पणी नगरौं, सारमा यत्ति हो की ती सबै पात्रहरु राजनीतिक दर्शनशून्य रिटायर्डहरु हुन जोसंग न देश र जनताका लागि काम गर्ने उर्जा छ, न मिसन, न भिजन, न समपर्ण। मर्ने बेलामा राजनीतिक वैतरणी तर्ने तिनीहरुको तिर्सना केवल कार्यपत्र लेख्न फलदायी होला, नेपालजस्तो गरिखाने वर्गका जनताको उन्नती र प्रगतिका लागि ती सबै पात्रहरु कोही होईन्न, फगत हास्य पात्रहरु शिवाय।
कारण नम्बर ८.
जननायक विपीले कतै भने जस्तै कम्युुनिष्टहरु विग्रीए मासु जस्तै बन्छन भने जस्तै हुन बाबुराम। उनी असली भारतीय एजेन्ट नै हुन जो उनकै सहकर्मी प्रचण्डले उनको असली नियतको खुलासा पनि गरिसकेका छन। खासमा बाबुराम न कम्युनिष्ट रहे, न माओवादी, न हुन प्रजातान्त्रिक न हुन राजावादी ? यी राजनीतिक अनुहारका भारतीय वुख्याचा हुन जो सिद्धान्तबाट च्यूत र राजनीतिक चरित्रबाट स्खलित देशद्रोही हुन। यी भन्दा त बरु सीके राउत र जयकृष्ण गोईतहरु ईमान्दार भारतीय एजेन्ट हुन। बाबुराम त भेडाको टाउकोमा देखिने भारतीय व्वांसो हुन।
कारण नम्बर ९.
यदि माक्र्सवाद वा माओवाद नै गलत हो भन्ने बाबुराम जिकीर हो भने पनि उनले यो दर्शन गलत वा नेपालका हकमा अफापसिद्ध हो भन्ने प्रमाणित गर्न खोजेका हुन भने उनलाई यो सदवुद्धी पलाउन लगभग ५ दशक बढी लाग्यो। उनले हजारौं मारेर, देशलाई दशकौपछि धकेलेर सत्तारोहण गरेर पुनः सत्तामा जाने बाटो लगभग अन्त हुदै जान थालेपछि मात्रै यो कथित ईमान्दारीता प्रश्तुत गरे। अब भन्नुहोस बाबुराम आफै बबुरो बेबकुफ हुन जनताले साथ दिदा बाबुरामको उमेर ५ दशक बढी व्यर्थ भो। अब उनको थप बेबकुफीलाई प्रयोग गर्न जनताले किन साथ दिने ? के जनता चाहिं बाबुरामका बेबकुफी सनकहरुको प्रयोगभूमि पात्र मात्रै हुन र ? जनजनले यी तमाम सवालहरुप्रति किन ठण्डा दिल दिमागले आत्मसमीक्षा नगर्ने ?
कारण नम्बर १०.
जनताले बुझ्नु पर्ने गांठी कुरो के हो भने अन्ततः जुन रंगको भए पनि बिरालोको काम मुसा मार्ने नै हो। मार्कसवादी बिरालो हुदा माखो नमार्ने, माओवादी बिरोलो हुदा कुण्ठा मात्रै पाल्ने भ्रष्ट देशघाती सावित हुने बाबुरामले अब नयां शक्तिको मुकुण्डो लगाएर चाहि कुन मुसा मार्छन त ? लोकमानलाई अख्तियारमा पठाउनेहरु, जनयुद्धको बेला जनताका छोराछोरीलाई वुर्जुवा शिक्षा लेखा पढ नगर भनी भनी मानुषीहरुलाई पठित बनाउनेहरुले अहिले प्रचण्डको ईख र दक्षिणको ईशारामा नयां शक्ति नामको राजनीतिक नौटंकी गर्दैमा जनताले विश्वास गर्नु हुदैन। गरेमा त्यो जनताको आत्माघाती कदम हुनेछ। विश्वास छ मलाई अबका बाबुरामलाई जनसमर्थन हुने छैन र नहोस पनि। नयां शक्ति प्रचलित लोकोत्ति जस्तै नयां बोतलको पुरानो रक्सी हो जो खासमा विष हो।जनताले पाई पाईको हिसाब माग्नु पर्छ यस्ता छदमभेषीहरुसंग। यिनीहरुको वेईमानीलाई पटक पटक माफी दिनु हुदैन हुन्छ र ?
“राजतन्त्र मास्नु गलत हो!” – भन्ने दृष्टिकोणबाट हेर्दा त लेखकज्युको कुरो मनासिब नै होला| तर राजतन्त्रले नै सबै साधारण जनगणलाई पनि “राजा” हुन उत्प्रेरित गर्दछ, जसले हाम्रो जस्तो समाजलाई, (जुन समाज “आफैमा बेखुसी छ र सधै अरुलाई पिलोरेर खुसि हुन खोज्दछ) अल्मलाई रहेको त हामी सबैले नै देखे/भोगेकै हौ| त्यसैले यसलाई हटाउने अभियान र त्यो अभियान सफल पनि भएको परिप्रेक्षमा, परिणाम आफै बोलिरहेको छ माओबादी जनयुद्द बारे! अब यसलाई सकारात्मक या नकारात्मक हेर्ने त्यो तपाइको आफ्नो बिचार हो|
मेरो व्यक्तिगत बिचारमा, नेपाललाई अहिले शख्त चाहिने भनेको मुख बजाउने नेतृत्वहरु भन्दा गरेर देखाउनेहरुको खाँचो छ| गरेर देखाउन, त्यसपछि “ति गराईहरु” सहि/गलत भन्ने विश्लेषण गर्दै जाउँला| अहिले त नेताहरुको बोलीको कुरामै पुरै बिश्लेशनको महाभारत लेखिने चलन छ| गर्नेलाई बाटो नरोकौ| आफ्नो बिचार| 🙂
डा. बाबुराम भनेको नमचिने पिङको सय झट्का हो…., नयाँ शक्ति, नयाँ भक्ति….. जे जे भने नि उहि हो….
I don’t really quite agree with you on a lot of things
what’s wrong india managing our airport
this is a globalised world
what have you got to say about chinese firms buying properties around the globe?
Look at Bhutan whose hydro power is used to generate electricity with indian management and capital
at least they don’t have to remain in the dark for 12- 14 hours a day
you and your crap nationalism will leave us back by a century from the rest of the world
and what’s wrong with people changing their political colours
the world is dynamic and we need to try different political theories and then choose the best one according to our values and convictions
freedom of speech doesn’t mean you speak crap
remember with power comes responsibilities
so for once leave your crap nationalism and with cool heads use sense
it’s because of thoughts like these we are still in the stone age
बाबुराम भित्र २ वोटा आकांक्षा र एउटा प्रवृति छ |
आकांक्षा १ कुनै पनि पार्टीको प्रमुख हुने :- प्रचण्ड र बाबुराम उमेरको हिसाबले करिब एकै भएकोले राजनीति गरे पनि रिटायर्ड भए पनि एमाओबादीमा प्रमुख हुने उनको सम्भावना छैन र अन्य पार्टीमा प्रवेश गरे पनि प्रमुख पाउने कुरा भएन |
आकांक्षा २ प्रशाशनिक प्रमुख हुने:- माओबादी वा अन्य पार्टीमा लगेर फेरि प्रधानमन्त्री हुने सम्भावना छैन, नयाँ पार्टी केजरीवालको झैँ साच्चै नै लोकप्रिय भएमा उनको आकांक्षा पुरा हुन सक्छ | देशको प्रधानमन्त्री भैसकेको व्यक्ति पुनर्निर्माण प्राधीकरण प्रमुख हुन समेत तम्सिएको कुराले यो कुरा प्रमाणित गर्दछ |
प्रवृति:- उनीभित्र यथार्थता फेस गर्नु भन्दा त्यसबाट भाग्ने प्रवृति छ | अहिले उनी आफैले संचालन गरेको जनयुद्धले उनीमाथि लगाएको धब्बा पखाल्न र भाबी पुस्ताबाट उनीमाथि आइपर्ने गालबाट जोगिने यत्न गरिरहेका छन् |
तपाईं को कुरामा सहमत हुँदा हुँदै पनि नेपाल मा अहिले को परिस्थिति मा हेर्न कोहि पनि बाँकि नहुँदा, अलि कति भए पनिं गर्छन कि भन्ने मान्छे को आश भएर, राम्रो संग आकार नै ग्रहण नगरेको कुरा को पनि येति धेरै चर्चा परिचर्चा भएको हो जस्तो मलाई लग्छ |
राम्रो समिक्षा
नयाँ शक्तीले के गर्ला कस्तो गर्ला त्यो हेरेर मुल्याङ्कन गरौला, तर बिकास को नारा प्रमुख बनाउनुलाई म सकारत्मक नै मान्छु | कुन सन्दर्भमा कस्ले के भन्यो अनी के गर्यो भन्ने कुरा मुख्य हो, ति आधारमा मुल्याङ्कन गर्नु पर्ने हुन्छ | कुन ब्यक्तीले भन्यो भनेर हुन्न | बिकासको नारा मुल मात्र मानेर केही गर्छु भन्नेले गरेर देखौदै जान सकुन, म अहिलेलाई चाहि साकारात्मक नै मान्छु |
रह्यो कुरो बाबुराम ब्यक्तीको, ब्यक्ती सबै कुरा होइन, बिचार ठुलो हो | Past performance really doesn’t predict future. बिगतमा के कुरो भयो भन्ने कुराले भविष्य निर्धारणा गर्दैन | हो हिंसा नहुनु पर्ने भयो, गलत तरिका अपनाइयो , तर त्यो नभएको भए समान्तको किल्ला राजतन्त्र जान्नथ्यो होला | तर अब नयाँ बिचार नयाँ शैली र नयाँ संस्कार साथ नयाँ शक्तिले बिकासको कुर अघी बढाउछ भने त्यो चाहिन्छ र गरेर देखाउन सकोस् । कि त पुरना बदलिनु पर्यो कि त नयाँ आउनै पर्यो नि होइन र ?
बरू पार्टिको नाम नै “नेपाल बिकास पार्टी” हुनुपर्यो अनी बोलेर होइन काम गरेर देखाउनु पर्यो |
मलाई लागेको केही तथ्य यस स्तम्भ मार्फत भन्न चाहन्छु:
१) गिरीजा, पुष्प, माधव, झलनाथ, बाबुराम, खिलराज, सुशील र अब खडग सबै आठ जना एकै समुदायका नेपालको प्रधानमंत्री विगत नौ बर्षमा हुनुले १०४ बर्षे राणा शासनकाललाईपनि उछनेको मलाई लागेको छ ।
२) झन् बिध्वन्सकारी तरिकाले हत्या र बिनास गर्दै आएको लोकतन्त्र/गणतन्त्र बाट “नेपालको संविधान २०७२” संगै आम नेपालीहरुले झन झन सास्ती भोगेका स्पष्ट छ । यस अभियानलाई बाबुरामले कति सकारात्मक/नकारात्मक तवरले परिचालन गरेका हुन भन्ने जनताले मुल्यान्कन गरेका छन् ।
३) उनि प्रधानमंत्री हुदॉ संविधान सभाको अवसान भएको ताजानै छ ।
४) संविधान मस्यौदा अघिको यौटा समितिका नाईके बाबुराम नै हुन् ।
५) नयॉ शक्ती भनि ठालु, शोषक, अकूत सम्पति आर्जन गर्ने, जिम्मेवारीबाट भाग्ने र बहुसंख्यक आफ्नै समुदायका अनुहार अघि सार्नु अर्को धोका लागेको छ । यसबाट बाबुराम नाईके बन्न खोजेको स्पष्ट छ ।
६) अमृत साईन्स कलेजमा पढदा एक सुकाको एक घन्टा साईकल भाड़ामा चढेको बाबुरामलाई सम्झना होला । सो समय र अहिलेको शान, शौक़त र सम्पन्नता बाबुरामको तुलनामा के नेपालीहरुले १०% (दस प्रतिशत) पनि उन्नति गरे ?
मेरो विचारमा अहिलेको घडीमा नेपालीहरुले भर पर्ने कसैलाई न देख्नु बडो दुर्भाग्य छ ।
नेपाल र नेपालीहरुको जय होस् ।
डा. सुरज श्रेष्ठ
नेपालगंज
म १००% मात्र होइन २००% तपाईं संग सहमत छु| मेरो नम्र निबेदन यो छ कि यो ब्लग लाई प्रतेक Nepali को हात हात मा अरु पबलिकसंजाल को मध्यम बाट वितरण भय मा धेरैराम्रो हुनेथियो| म तपाईं को प्रतेक लेख को प्रसंसक हुँ| तपाईं को ओली प्रति को र बाबु राम प्रति जुन धारणा राख्नु हुन्छ त्यो १००% सहि हो|येस्तै लेख हरु बाट मात्रै जनचेतना जगाउन सकिन्छ भन्ने कुरा मा म बिस्वस्त छु| तंपैं लाई मेरो मुरी मुरी धन्यबाद|